कार्बन व्यापारको नियमन
२८ चैत्र २०७१
•
१५ मिनेट पाठ
कार्बन व्यापारको नियमन
समकालीन विश्वमा जलवायु परिवर्तन, जलवायु वित्त र कार्बन व्यापारजस्ता विषय ओजिला भएका छन्। अविवेकशील मानवीय क्रियाकलापका कारण वायुमण्डलको तापमान बढ्दै गएको छ र जलवायु परिवर्तनका प्रभाव देखिन थालेका छन्। यसै क्रममा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रमुख नीति संयन्त्रका रूपमा कार्बन व्यापारले महत्व पाएको छ। क्योटो प्रोटोकलपछि जलवायु परिवर्तन वार्ताको प्रमुख विषय पनि हो यो। राष्ट्रिय तथा क्षेत्रीय कार्बन व्यापारका ‘स्किम'हरू कार्यान्वयनमा आएका छन्। र, दिनप्रतिदिन कार्बन कारोबारको बजार संस्थागत हुँदैछ।के हो कार्बन व्यापार? यसको विकास कसरी भयो? यसले कसरी जलवायु वित्तको संयन्त्रका रूपमा काम गर्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ। कार्बन व्यापारको अवधारणा अकस्मात आएको होइन। यसमा विभिन्न कालखण्डमा धेरै अर्थशास्त्री र जलवायुविद्को योगदान छ। सन् १९६० मा सिकागो विश्वद्यिालयका अर्थशास्त्री रोनाल्ड कोएसले विकास गरेको प्रदुषण व्यापार (पोलुसन ट्रेडिङ) को विकसित रूप नै आजको कार्बन व्यापार हो। रोनाल्डको सिद्धान्तलाई टोरोन्टो विश्वविद्यालयका जे एच डेल्स तथा विस्कन्सिन विश्वविद्यालयका थोमस क्रोकरले मूल्य र प्रदूषणको स्तरलाई बजारमार्फत् नियन्त्रण गर्नसकिने, जसका लागि प्रदुषणको मापदण्ड (इमिसन टार्गेट) सरकारले तोक्नुपर्ने भनी थप व्याख्या गरे। यसै सिद्धान्तलाई आधार मानी प्रदुषणलाई बजार संयन्त्रबाट नियन्त्रण गर्ने कार्य संयुक्त राज्य अमेरिकामा वातावरण संरक्षण एजेन्सीमार्फत् सन् १९७६ बाट सुरु गरियो। अमेरिकाले सन् १९९० मा स्वच्छ वायु कानुन संशोधन गरी सल्फर डाइअक्साइड व्यापार प्रणाली विकास गर्योर। बिग्रँदो विश्व वातावरण र जलवायु परिवर्तनको मुद्दाले विश्वकार्यसूची पाएपछि कार्बन व्यापारको विषयले प्रवेश पायो।
सामान्यरूपमा भन्दा कार्बन व्यापार कार्बन कोटाको किनबेच गर्ने प्रक्रिया हो। अन्य वस्तु–सेवाजस्तै यो सामान्य बजार सिद्धान्तमा आधारित रहन्छ। कुनै मुलुक (वा कम्पनी) को कार्बन उत्सर्जन सीमा कम भएमा त्यो सीमा वा कोटा (कार्बन बचत) लाई बढी उत्सर्जक मुलुक (वा कम्पनी) लाई बेच्न सकिन्छ। कार्बनको गणना प्रतिटनमा गरिन्छ। क्योटो प्रोटोकलअन्तर्गत राष्ट्रसंघीय जलवायु परिवर्तन खाका अभिसन्धि र यसअन्तर्गतका वार्ताहरूमा हरितगृह ग्यास उत्सर्जन कटौतीका लागि कार्बन व्यापारलाई उपयोग गरिन थालिएको हो। कार्बन व्यापारलाई नियमित गर्न उत्सर्जन गर्न पाउने सीमा निर्धारण गरिएको हुन्छ। जुन मुलुक/निकायले निर्धारित सीमासम्मको उत्सर्जन गरिसक्छ, उसले उत्सर्जन नगर्ने मुलुक/निकायसँग किन्नसक्छ। यो विधिलाई ‘क्याप एन्ड ट्रेड′  (कार्बन सीमा र व्यापार) भनिन्छ। मौन संकटका रूपमा रहेको वायुमण्डलको बढ्दो तापमान नियन्त्रण गर्न  कार्बन व्यापार, क्याप एन्ड ट्रेड, अफसेट्सलगायतका कार्बन कारोबारले अन्तर्राष्ट्रिय तहमा अर्थराजनीतिक महŒव पाएको छ।
क्योटो प्रोटोकलअन्तर्गत उत्सर्जनका हिसाबमा मुलुकहरूलाई दुई वर्गमा राख्ने गरिन्छ, अनुसूचीमा समावेश भएका (औद्योगिक) मुलुक र अनुसूचीमा समावेश नभएका (विकासशील) मुलुक। औद्योगिक मुलुकहरू नै हरितगृह ग्यास उत्सर्जनका कारक हुन्, तिनले गरेको अन्धाधुन्ध उत्पादन र प्राकृतिक सम्पदाको दोहनका कारण नै कार्बनलगायत कार्बनजन्य (हरितगृह) ग्यास उत्सर्जन भै स्वाभाविक प्राकृतिक चक्रमाथि खलल पुग्न गई वायुमण्डलको तापमान बढ्न गएको छ। त्यसैले औद्योगिक मुलुकहरूलाई कार्बन सीमाभित्र र अनुसूचीमा नभएका मुलुकलाई कार्बन सीमाबाहिर राखिएको छ। राष्ट्रसंघीय जलवायु परिवर्तन खाका अभिसन्धिले ‘मुलुकहरू समान तर फरक दायित्व' (कमन बट डिफरेन्सियल रेस्पोन्सिबिलिटी :  सीवीडीआर) को सिद्धान्त प्रतिपादन गरेको छ। त्यसैले अनुसूचीका मुलुकहरूले प्रतिबद्धता समय र प्रतिबद्धता कार्यान्वयनको प्रतिवेदन बुझाउनु पर्छ, जसबाट कार्बन क्रेडिटको स्तरसमेत हेरिन्छ। अनुसूचीमा नभएका मुलुकहरू स्वैच्छिकरूपमा मात्र हरितगृह उत्सर्जन ग्यास घटाउन सक्छन्, उनीहरूलाई बाध्यात्मक अवस्था रहन्न। किनकि, यी मुलुकको मौजुदा कार्बन उत्सर्जनमा खासै योगदान छैन भने आर्थिक विकासमा पनि पछि नै छन्। नेपालकै कुरा गर्दा विश्व कार्बन उत्सर्जन परिमाणमा ०.०२५ प्रतिशत जति मात्र हिस्सा रहेको छ।
कार्बन व्यापारअन्तर्गत फाइदा लिनका लागि स्वच्छ विकास संयन्त्र र संयुक्त कार्यक्रम कार्यान्वयन गरी दुई प्रकारका विधि अवलम्बन गरिन्छन्। सन् २०१० सम्म २५०० कार्बन अफसेट प्रोजेक्ट स्वच्छ विकास संयन्त्र दर्ज भएका थिए। जसअन्तर्गत २०० प्रकारका, जसमा नवीकरणीय ऊर्जा, ऊर्जा वितरण, ऊर्जा दक्षता, मिथेन आयोजना, बृक्षरोपण, ऊर्जा स्विचिङ आयोजनाहरू समावेश थिए। कार्बन व्यापारका सन्दर्भमा पहिलो चरण (सन् २००५–००७ सम्ममा कार्बनडाइअक्साइड १ देखि दुई प्रतिशत घटाउने) र दोस्रो चरण (सन् २००८–०१२ सम्ममा ४.३ प्रतिशत घटाउने) को प्रतिबद्धतापछि र हाल तेस्रो चरण (सन् २०१३–०२०) कार्यान्वयनमा छ। यसले विगतका चरणमा भन्दा विस्तृतरूपमा कार्बन कारोबारलाई अवलम्बन गर्दैछ। कार्बन व्यापार परिमाण र मूल्य आयतन दुवैका रूपमा बढिरहेको छ। जस्तो कि सन् २००८ को तुलनामा ५६ प्रतिशत बढी कारोबारको मात्रा ८.७ गिगाटन पुग्यो भने सोही अवधिमा १३५ अर्ब अमेरिकी डलरबाट १४४ अर्ब अमेरिकी डलर कार्बन व्यापार भएको थियो। औद्योगिक मुलुकहरू आफ्नो दायित्व पूरा गर्नका लागि कार्बन कोटा किन्ने गर्छन् भने विकासशील मुलुक कार्बन क्रेडिटबाट लाभान्वित हुन प्रयासरत छन्।
नेपाल जलवायु परवर्तनका दृष्टिमा संकटापन्न मुलुक हो भने विश्व कार्बन उत्सर्जनमा नेपालको हिस्सा नगण्य छ। त्यस्तै, नेपालले अवलम्बन गरेका विभिन्न नीति संयन्त्र तथा कार्यक्रमबाट नेपाल लाभान्वित हुनसक्छ, जसलाई विकास वित्तका विभिन्न पक्षमा उपयोग गर्न सकिन्छ। नेपालको नवीकरणीय ऊर्जा कार्यक्रम, जो स्वच्छ विकास संयन्त्रमा पर्दछ, उत्साहप्रदरूपमा विस्तार भैरहेको छ। सामुदायिक वन पनि उदाहरणीय छ, जसलाई कार्बन क्रेडिटमा उपयोग गर्न सकिन्छ। विकासका दृष्टिमा नेपाल अझै भर्जिन छ, प्राकृतिक स्रोतको उपयोग भएको छैन। स्थानीय रैथाने प्रविधि आफैमा स्वच्छ संयन्त्र हुन््, त्यसबाट पनि लाभान्वित हुने सम्भावना छ। जस्तो कि, जैविक प्रविधि अवलम्बन गरी विकास संरचना निर्माण र नदी तथा जलाधार संरक्षण, पहिरो नियन्त्रणलगायतका कार्य परम्परागतरूपमा हुँदैआएका छन्।
तर कार्बन व्यापारबाट नेपालजस्ता मुलुकले फाइदा लिनका लागि थुप्रै व्यावहारिक जटिलता छ। विस्तृत प्राविधिक गृहकार्यबिना अवसर उपयोगबाट टाढा रहनु पर्ने स्थिति छ। कार्बन आयोजना तयारी गरी कार्बन क्रेडिट लिनका लागि स्वच्छ विकास संयन्त्र आयोजना प्रस्ताव (पीडीडी) तयार गर्ने कार्य प्राविधिकरूपमा निकै जटिल छ। कार्बन क्याल्कुलेसन गर्न पनि विज्ञ परामर्शदातामा भर पर्नुपर्छ। यसले गर्दा गोल्डमान साख, जेपी मोर्गान, इको सेक्युरिटीजस्ता संस्थाको कार्बन कारोबारमा बोलवाला हुनसक्छ। कार्बन कोटाको किनबेचमा बहुराष्ट्रिय बैंकजस्ता मध्यस्थतकर्ताहरूले बजार कब्जा गर्नसक्छन्। कार्बन कारोबार बजार संयन्त्रबाट भन्दा राजनीतिक आधारमा क्रियाशील रहँदै आएको छ। त्यस्तै मूल्य निर्धारणमा सम्झौता हुनसक्छ, जसबाट विपन्न मुलुकहरू फेरि ठगिन सक्छन्।
हरितगृह ग्यास उत्सर्जनको मापनमा पनि समस्या छ। क्योटो प्रोटोकलअन्तर्गत ६ वटा ग्यासलाई मात्र कार्बनजन्य मानिन्छ, जसको स्रोत र उत्सर्जन प्रभाव भिन्नभिन्न रहने गर्छ। कुन ग्यासको ‘ग्लोबल वार्मिङ पोट्यान्सियालिटी' कति हो? नेपालजस्ता अल्पविकसित मुलुकमा औद्योगिक क्रियाकलापहरू प्रायः नभएकाले कार्बन उत्सर्जन नगण्य छ, तर खेती प्रणालीबाट मिथेन र नाइट्रस अक्साइड उत्सर्जन भैरहेको छ। यसको ग्लोबल वार्मिङ पोट्यान्सियालिटी उच्च छ। अन्य उत्सर्जन पनि हरितगृह प्रणालीमा असरदार हुनसक्छन्, जसको लेखाजोखा गरिएको छैन। ‘क्याप एन्ड ट्रेड' लाई नमान्ने मुलुकलाई कस्तो संयन्त्र अपनाएर कसरी कार्बाही गर्ने? साथै, अनुगमनलाई कसरी प्रभावकारी पार्ने? क्याप एन्ड ट्रेडले उत्पादनको मूल्य बढाउँछ। हालै ओबामा प्रशासनले लागु गरेको नयाँ इन्धन मापदण्डका कारण कारको मूल्य सन् २०२५ सम्ममा २५०० अमेरिकी डलरले बढ्न गै उपभोक्ता छनौट क्षमतालाई साँघुरो बनाइदिएको छ। कार्बन ट्रेड आयोजनाहरूको मूल्यांकन (भ्यालिडेसन) प्रक्रिया पनि जटिल छ। क्योटो प्रोटोकलले हवाई तथा समुद्री मार्गका उत्सर्जनलाई समेट्दैन, यो ‘कार्बन लिकेज' लाई भावी दिनमा कसरी गणना गर्ने? किनकि हवाई तथा समुद्री यातायातबाट औद्योगिक तथा नवऔद्योगिक मुलुकहरू उल्लेख्य उत्सर्जन गरिरहेका छन्। चीन, भारत, ब्राजिल, मेक्सिकोजस्ता अनुसूचीमा नभएका मुलुक कार्बन सीमाबाहिर छन्, तर उदीयमान अर्थतन्त्रले उत्सर्जन आयतन बढाउँदै लगेका छन्। सामान्य बजारजस्तै कार्बन बजार पनि दरिलो नियमन भएमा मात्र स्वस्थरूपमा क्रियाशील हुन्छ, यसका लागि नेपालजस्ता सानो स्वर र न्यून आन्तरिक क्षमता भएको मुलुकले कसरी वार्ता प्रक्रियामा प्रभावकारी हुने? साथै, प्रविधि हस्तान्तरण र वैदेशिक सहायतामार्फत् कार्बनबाट फाइदा लिने अवसर कसरी विस्तार गर्ने? यी र भविष्यमा देखिनसक्ने अन्य व्यावहारिक जटिलता नफुकाई कार्बन व्यापारको अवसरबाट हामी लाभान्वित हुन कठिन छ। यसका लागि दरिलो तथ्यांकीय आधारसहितको संस्थागत क्षमता विकासतर्फ ध्यान दिन ढिला भैसकेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस