ब्राह्मणवादको धिपधिप
०२ वैशाख २०७२
•
१६ मिनेट पाठ
ब्राह्मणवादको धिपधिप
सुरुमै स्पष्ट पारिदिऊँ, ब्राह्मणवाद ब्राह्मण जातिलाई अपमान वा प्रहार गर्न बनेको शब्द होइन। यसलाई जातिवाद, मनुवाद, पुरोहितवाद, भाग्यवाद आदि नाम दिन सकिन्छ। ब्राह्मण धर्म यसको जरा भएकाले ‘ब्राह्मणवाद' शब्द यसैबाट प्रचलित भएको हो।भारतीय दलित विद्वान् भीमराव अम्बेडकरका अनुसार समता, स्वतन्त्रता, बन्धुत्व भावना तथा न्यायको निषेध नै ब्राह्मणवादको देन हो। प्रसिद्ध मानवशास्त्री डोरबहादुर बिष्टले ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट' मा यही ब्राह्मणवादलाई विकासको बाधक मानेका छन्। ब्राह्मण समुदाय सबै ब्राह्मणवादी र अन्य समुदाय ब्राह्मणवाद विरोधी भन्ने होइन। वैश्य र शुद्रलाई निच मान्ने क्षत्रीय, नेवारमै साल्मी, च्यामे, पोडे, कसाई, गाइनेलाई अछूत व्यवहार गर्ने वज्राचार्य, प्रधान, श्रेष्ठ र जोशी, मधेसीमै डोम, मुसहर, पासवान, वादीलाई अछूत ठान्ने झा, यादव अनि दलितमै अन्य दलितलाई छुवाछूतको व्यवहार गर्ने व्यक्ति सबै ब्राह्मणवादी हुन्।  
ब्राह्मणवादको उत्पत्ति
हिन्दु समाज चार वर्णविधानमा आधारित समाज व्यवस्था हो। भारतीय समाजशास्त्री डा. विजयकुमार त्रिशरणका अनुसार यसलाई रुसको भोल्गा किनारबाट पूर्वतिर लागेका विदेशी आर्यहरूले भारतीय उपमहाद्वीपमा आक्रणपछि स्थापित गरेका हुन्। वर्ण व्यवस्थाको उल्लेख सर्वप्रथम ऋग्वेदको पुरुषसूक्तमा भएको हो। ऋग्वेदको दसौँ मण्डलको ९० औँ सूक्तमा पुरुषसूक्तको वर्णन छ। त्यसको एक स्तुतिअनुसार आदिपुरुष प्रजापति ब्रह्माको उत्पत्ति सृष्टिपूर्व नै भइसकेको थियो। उनका सन्तान देवताहरूले उनलाई ‘दैविक बलि' चढाए। फलस्वरूप ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, जाँघबाट वैश्य र खुट्टाबाट शुद्र उत्पत्ति भए। त्यसैगरी, मुखबाटै इन्द्र र अग्नि, मस्तिष्कबाट चन्द्रमा, आँखाबाट सूर्य, श्वासबाट हावा, नाभीबाट वायु अनि यही ‘दैविक बल' बाट ‘पवित्र सिद्धान्त' उत्पत्ति भयो।
भारतीय मानवशास्त्री चन्द्रभान प्रसादका अनुसार वर्ण व्यवस्थाले तीन सिद्धान्त प्रतिपादन गर्छ।  एक, हरेक धर्मदर्शनमा सृष्टि तथा मानव उत्पत्तिको व्याख्या पाइन्छ। हिन्दु मात्र यस्तो धर्मदर्शन हो जहाँ मानव वर्गको उत्पत्तिको सिद्धान्त व्याख्या गरिएको छ। दुई, मानव शरीरमा मुख सर्वोत्तम अंग मानिने हुनाले यसबाट उत्पन्न ब्राह्मण सर्वश्रेष्ठ मानियो। अनि वर्णको तुलना मानव अंगको स्थानअनुसार गरेर वर्णको असमानता जन्मजात एवं चिरस्थायी बनाउने काम भयो। तीन, असमानताको यस सिद्धान्तलाई ईश्वरको इच्छा भनेर धार्मिक पवित्रताको जामा पहिराइयो। अम्बेडकरको मतमा हिन्दु उच्चजातीय व्यक्तिले पूर्वाग्रही भएर तल्लो वर्णको आफ्नै धर्मावलम्बीमाथि होचोअर्घेली गरेका नभई ‘ईश्वरको वाणी' धर्मशास्त्रलाई शिरोपर गरेका हुन्। पुरुषसूक्तको मन्त्र संख्या ११ र १२ मा चार वर्णको उत्पत्ति ईश्वरले नै उत्पत्ति गरेको मात्र उल्लेख छ। यसैलाई यजुर्वेद र अथर्ववेदमा पनि उल्लेख गरियो। उत्तरवैदिक हिन्दु धर्मग्रन्थहरूले वर्णलाई चार सामाजिक वर्गको प्रतिनिधिका रूपमा व्याख्या गरे।
ब्राह्मणवाद र वेदप्रति असहमति राखेर विद्रोह गर्ने पहिलो व्यक्ति बुद्ध थिए। उनले आफ्नो संघमा उपाली, सुनीत, स्वास्तीलगायत शूद्रलाई विशेष प्राथमिकता दिएर वर्ण व्यवस्थालाई नामेट पारिदिए। त्यसकै प्रतिरक्षाका रूपमा ब्राह्मण राजा पुष्यमित्रको कालमा मनुद्वारा ईश्वी संवत् १५० वर्षअघि रचित ‘मनुस्मृति' आयो। यसमा चार वर्णको विस्तारित व्याख्या र विशेष वर्णन गरियो। यसलाई हिन्दु समाजको दण्ड विधानका रूपमा व्याख्या गरी पहिलोपल्ट संस्थागत गर्ने काम भयो। त्यसैले कतिपयले ब्राह्मणवादलाई मनुवाद पनि भनेका छन्। अम्बेडकर वाङ्मय खण्ड ६ अनुसार ‘मनुस्मृति हिन्दुहरूको दैवी आचारसंहिता तथा दैवी शासनको लिखित संविधान हो। यसमा हिन्दुहरूको धार्मिक, शास्त्रोक्त तथा सामाजिक जीवनलाई नियन्त्रित गर्ने नियमहरूको सूक्ष्म वर्णन छ।' यसमै पहिलोपल्ट शूद्रमाथि सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक तथा राजनीतिक निषेधको व्यवस्था गरियो। अर्कातिर ब्राह्मणलाई हरेक प्रकारले विशेषाधिकार दिई सर्वोच्च पदमा स्थापित गरियो। ब्राह्मणको काम धर्मग्रन्थ पाठ गरी पुरोहित्याइँ गर्नु, क्षत्रीयको काम लडाइँ, वैश्यको काम व्यापार र शूद्रको काम यी तीन समुदायको सेवा गर्नु तोकियो। ब्राह्मण जति मुर्ख भए पनि देवता, भूदेव, क्षत्रीय जति अशक्त भए पनि लडाकु, नेवार (वैश्य) जति अल्छी र बेकार भए पनि वैश्य अनि शूद्र जति विद्वान् र योग्य भए पनि निन्दनीय हुने भयो।
यसलाई एक कदम अघि बढेर नवौँ शताब्दीको पूर्वार्द्धमा शंकराचार्यले हिन्दु धर्मको आधारशीला खडा गरे। उनको यो कदम त्यतिखेर ज्ञानमार्गका रूपमा प्रख्यात र व्यापक भएको बुद्ध दर्शनको प्रतिरक्षामा आएको थियो। त्यस क्रममा उनले भेटेसम्मका बौद्ध दर्शन र साहित्यलाई खरानी बनाइदिए। ‘ब्रह्मसूत्र' मा शंकराचार्यको तीन मूल मन्त्रको चर्चा छ जुन हिन्दु धर्म पुनरुत्थानको आधारशीला बन्यो। एक, ब्रह्म सत्य जगत् मिथ्या अर्थात् ब्रह्म सत्य हो र जगत मिथ्या। दुई, सर्व खलु इदम ब्रह्मम् अर्थात् अस्तित्वमा रहेका संसारका सारा चिजमा ब्रह्म छन्। तीन, अहम् ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ। चन्द्रभान प्रसादका अनुसार शंकराचार्यको कार्य हिन्दु धर्मदर्शनको पुनर्स्थापनामा सीमित थिएन। उनी वर्ण व्यवस्थामा आधारित हिन्दु समाज व्यवस्था नै पुनर्स्थापना गर्न चाहन्थे। इतिहासको अग्रगामी कदमसँगै समाज व्यवस्था विलुप्त भयो भने बिस्तारै व्यवस्थाको दर्शन पनि विलुप्त हुने उनको ठम्याइ थियो।




ब्राह्मणवादको असर
हिन्दु धर्ममा सृष्टि तथा मानव उत्पत्तिको ब्राह्मणवादी सिद्धान्तलाई विज्ञानले सर्वथा झुटो साबित गरिसकेको छ। तर, यही सिद्धान्त हिन्दु जगतमा सामाजिक विधान बनेको छ। संसारका हरेक सभ्यतामा मानव निर्मित असमानताविरुद्ध मानिसले नै लडाइँ गरेका छन्। धर्मसत्ता राज्यसत्ताभन्दा धेरै शक्तिशाली हुन्छ। राज्यसत्ताले बलपूर्वक मानिसलाई दास बनाउँछ। धर्मसत्ताले मानिसलाई वंशानुगत मानसिक दास बनाउँछ। धर्मसत्ताको आलोचनालाई धर्मभीरुहरू आफैँमाथि भएको आक्रमण सम्झन्छन्। अनि धर्मभीरु समाजमा ‘ईश्वर' विरुद्ध कसले लडाइँ गर्ने? ब्राह्मणवादको सबभन्दा ठूलो शक्ति नै यही हो। असमानताको सिद्धान्तबाट पीडित वर्गको दिमागमा यसलाई ‘ईश्वरको इच्छा' भन्ने भान पारिएको छ। हरेक सभ्यतामा ईश्वरसामु मान्छेले शिर झुकाउँछ, जोरी खोज्दैन। वर्ण व्यवस्थाको असमानताविरुद्ध लड्नुको अर्थ हुन्छ ईश्वरविरुद्ध लड्नु। त्यसैले त दलित समुदाय स्वयं आफ्नै मानमर्दन गर्ने वेद, महाभारत, रामायण लगायत कथालाई दैविक वाणी मानेर शिरोपर गर्छ। सप्ताह, एकाह, नवाह, सत्यनारायणको पूजा लगाउँछ। आफ्नो अपमानित जीवनलाई भाग्यको फल र ईश्वरको इच्छा ठान्छ। यसरी ब्राह्मणवादी समाज व्यवस्था सभ्यताको संस्कृति र धर्मको अंग बन्न पुग्यो।
ब्राह्मणवादका कारण व्यक्तिको हैसियत र मान प्रतिष्ठाको कारण उसको गुण तथा कर्मअनुसार होइन, जन्म र जातिअनुसार हुने भयो। आज पनि उच्चशिक्षित दलित वर्गले बौद्धिक कुरा गरे उच्च जातिले खिसीटिउरी गर्ने प्रवृत्तिमा यही ब्राह्मणवाद झल्किन्छ।
असर कस्तोसम्म छ भने वर्ण व्यवस्था नमान्ने जनजातिहरू समेत दलितमाथि छुवाछूतको होचोअर्घेली व्यवहार गर्छन्। केही वर्षअघि तनहुँको घाँसीकुवामा पधेँरामा गाग्रो छोएको निहुँमा अजित श्रेष्ठ र उनका परिवारले माया विश्वकर्मालाई गरेको कुटपिट अनि घान्द्रुकमा गुरुङ समुदायले दलित शिक्षकलाई महिलाको पेटीकोट लगाइदिएर गरेको अपमान ज्वलन्त उदाहरण हुन्।
हिन्दु धर्मसत्ता कति बलियो छ भने आज पनि वर्ण व्यवस्थामा आधारित समाजको सारा चरित्र बुझेको मान्छे स्वयं धर्मसत्ताको एक अंग बन्न पुग्छ। त्यसैले त ‘देवासुर संग्राम' लेखेर हलचल मच्चाउने मोदनाथ प्रश्रित स्वयं यज्ञ गराउँछन्। कमरेड बाबुराम भट्टराई बाबुआमाको इच्छा पुर्याजउन बारम्बार मनकामना र विभिन्न धार्मिक स्थल धाउँछन्। कमरेड प्रचण्ड भैँसीपूजामा संलग्न हुन्छन्। कमरेड झलनाथ खनाल प्रधान मन्त्रीको सिंहासन चिरस्थायी बनाउन पूजाआजामा संलग्न हुन्छन्। कम्युनिस्ट मन्त्रीहरू नै बोकाको बलि चढाई रगतमा टेक्दै मन्त्री निवास प्रवेश गर्छन्। ब्राह्मणवाद विरोधी स्तम्भ लेख्ने म स्वयं स्वर्गीय आफन्तको इच्छा पुर्यातउन एकाह लगाउन बाध्य हुन्छु।
निभ्न लागेको दियो
निभ्न लागेको दियोको धिपधिप झनै चहकिलो हुन्छ। आदिवासी जनजाति, मधेसी, महिला, उत्पीडित वर्गको जागरण अनि गणतन्त्र, धर्म निरपेक्षता र छुवाछूत मुक्ति घोषणासँगै ब्राह्मणवादको राजनीतिक सत्ता अन्तिम सास फेर्दैछ। त्यसैले यो निभ्न लागेको बत्तीजस्तै झनै प्रचण्ड र उग्र भएको छ। यो बेग्लै कुरा हो, ब्राह्मणवादको राज्य सत्ता पल्टिए पनि यसको सामाजिक र सांस्कृतिक सत्ता मेटिन अझै सयौँ वर्ष लाग्न सक्छ। तर, राज्यसत्ताको पतन नै यस्तो ढोका हो जसले सामाजिक तथा सांस्कृतिक सत्ताको पनि पतनको बाटो खुला गरिदिन्छ। त्यसैले त एमाले अध्यक्ष केपी ओली पहिचानको मुद्दालाई जातीय राज्यको अभ्यास भनेर सहमतिमा आउनै लागेका प्रतिपक्षलाई बारम्बार भड्काउँछन्। प्रधान मन्त्री सुशील कोइराला जनताको ज्युँदो पहिचानलाई लोप्पा खुवाउने प्रशासनिक संघीयताको नक्सा फैलाउँछन्। कांग्रेस उपसभापति रामचन्द्र पौडैल शान्ति मन्त्री हुँदा जनजाति र मधेसीसँग सहमतिमा आफैँले गरेको हस्ताक्षर भुसुक्कै बिर्सनमा आनन्दित हुन्छन्।
सबैलाई थाहा छ, आदिवासी जनजाति र मधेसीले पहिचानयुक्त संघीयता मागेको जातीय राज्यको अभ्यास गर्नलाई होइन। तिनको भाषिक, सांस्कृतिक र राजनीतिक अधिकार अनि दलितको आत्मसम्मान र बाँच्ने अधिकार थिचिएको छ। महिलाको पारिवारिक र सामाजिक मात्र होइन, राजनीतिक अधिकार पनि कुण्ठित छ। पछाडि परेका र थिचिएका वर्गलाई प्राथमिकता दिएर अगाडि आउन सघाउनु आधुनिक लोकतन्त्रको विशेषता हो। तर, यहाँ लोकतन्त्रको सबैभन्दा चर्को नारा दिनेहरू नै लोकतन्त्रको यो सामान्य सिद्धान्त लागु गर्नुलाई जीवन–मरण ठान्छन्। शब्दमा जे भने पनि यो मनको भित्री तहबाट ब्राह्मणवाद त्याग्न नसक्नुको परिणाम हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस