पछिल्लो स्थानीय निवार्चनको समयमा जन्मिएको बच्चा अहिले मतदाता बन्ने उमेर नजिक छ तर विडम्बना, डेढ दशकअघि भएको स्थानीय निर्वाचनपछि यो प्रक्रिया अघि बढ्न सकेको छैन। यो बीचमा तीन पटक निर्वाचन भइसक्नुपर्ने हो तर मुलुकको राजनीतिक अस्थिरताका कारण निर्वाचन अनिश्चित बनेको छ। माओवादी जनयुद्धका कारण पहिले स्थानीय निकाय निस्त्रि्कय बने। माओवादीले ‘जनसत्ता' चलाएको घोषणा गर्योन। त्यसपछि जनयुद्ध देखाउँदै सरकारले स्थानीय निर्वाचन गर्न सकेन। कू गरेका ज्ञानेन्द्रले ठाउँठाउँमा टिके सभापति र मेयर त चयन गरे तर त्यसले केही लछारपाटो लाएन।शान्ति प्रक्रिया सुरु भएपछि पटकपटक स्थानीय निकाय निर्वाचनका कुरा उठे। यो बीचमा देशमा दुई पटक संविधान सभाको निर्वाचन भइसकेको छ। तर पनि स्थानीय निकाय निर्वाचनको विवाद भने कायमै छ। त्यसैले स्थानीय स्रोत साधनमा टाठाबाठाको हालिमुहाली कायम छ। समान्य मानिस सानो कामका लागि पनि उनीहरुलाई ज्यू ज्यू गर्न बाध्य छन्। यसले राजनीतिक भेषका नव सामन्तको उदय गराइरहेको छ।
चुनाव हुन नसक्नुले दीर्घकालीन असर छाडिरहेको छ। विकेन्द्रीकरणको सिद्धान्त ठूलाबडा नेताको तलुवामुनि परेको छ। राजनीतिक संयन्त्र गठनपछि केही सहज देखिए पनि त्यसको कार्यसम्पादनमा प्रश्न उठेका छन्। अन्त्यमा संयन्त्र पनि मिलेर खाने संस्थाका रूपमा परिणत भयो। किनभने उनीहरु बेलगाम भए। त्यहाँ जनमतको लगाम थिएन। जनमतको लगाम नहुने हो भने राजनीतिक नेतृत्व तानाशाह बन्ने खतरा बढ्दै जान्छ। संयन्त्र पनि त्यही दिशामा अघि बढ्यो। जनताका कामभन्दा प्रतिनिधित्व गर्ने पार्टीका मुद्दाले प्राथमिकता पाएको देखियो। अर्थात विकास र अवसरको नियमित प्रक्रियाभन्दा बाहिर गएर पहुँचवालाको हालिमुहाली चल्न थाल्यो। बोल्न नसक्नेहरुको ठाउँमा मोटरबाटो, बिजुली र खानेपानी पुग्न सकेन भने टाठाबाठाहरुको ठाउँमा चारतिरबाट ट्रयाक खोलियो। जसले असमानताको दूरी अरु बढायो।
हेर्दा सामान्य देखिए पनि स्थानीय निकायको निर्वाचन नहुँदाको परिणाम अबको पुस्ताले गम्भीररूपमा भोग्नुपर्नेछ। पहुँच र विकासमात्र होइन, नेतृत्व विकासको एउटा शृंखला पनि रोकिएको छ। नेतृत्व निर्माणको प्रक्रिया रोकिनुले आगामी पुस्ता प्रभावित हुने नै छन्। स्थानीय निकायको निर्वाचन विकेन्द्रीकरणको माध्यममात्र होइन, नेतृत्व उत्पादनको प्रारम्भिक स्कुल पनि हो। एक पटक सोचौं न, स्कुल बन्द भए भने हामीले शिक्षित नागरिकको कल्पना गर्न सक्छौं? त्यस्तै प्रारम्भिक नेतृत्वको स्कुल बन्दा रहँदा कुशल नेतृत्वको अभाव नेपाली राजनीतिमा लामो समयसम्म खड्किरहने छ। जनताको बीचबाट खारिएर आउने नेतृत्व र नेताले टपक्क टिपेर माथि उठाउने नेतामा धेरै फरक हुन्छ।
अहिले नेपाली राजनीतिको केन्द्रमा जति पनि नेता छन्, प्रायजसो स्थानीय राजनीति र विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुगेका छन्। तर अहिले यो प्रक्रिया अवरुद्ध छ। विद्यार्थी राजनीतिको केन्द्र स्ववियू निर्वाचन बीचमा एक पटक भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन। विद्यार्थी राजनीति शिथिल छ। आन्दोलनको समयमा अग्रभागमा हुने विद्यार्थी राजनीतिलाई अब नयाँ शिराबाट माथि उठाउन नसक्ने हो भने यसको अवसानको खतरा उत्तिकै छ। नेपाली राजनीतिमा नेतृत्व विकासका लागि अहम् भूमिका खेलेको स्ववियुको भविष्यबारे पनि एक पटक सोच्नैपर्छ। ‘आइ हेट पोलिटिक्स' भन्दै रंग रमाइलोमा भुल्ने प्रवृत्ति अन्त्य गर्नका लागि पनि स्ववियुको पुनर्संरचना जरुरी छ।
नयाँ नेतृत्व विकासको शृंखलामा हामी डेढ दशकभन्दा बढी पछि परिसकेको छौं। अझै यो केही समय चल्ने राजनीतिक घटनाक्रमहरुले देखाउँदैछ। यसले नेताहरुलाई स्वेच्छाचारी बन्न सघाउँछ। नेपाली राजनीतिमा अझै केही दशक पुरानै नेतृत्वको हालिमुहाली रहने निश्चीत छ। नयाँ नआउनु भनेको नयाँ सोच नआउनु पनि हो। नयाँ सोचको विकास नहुनुले अग्रगति दिन सक्दैन। जसरी प्रविधि विकसित हुँदै जान्छ र नयाँ पुस्ता विकास गर्दै जान्छन् त्यस्तै राजनीतिमा पनि हुनुपर्छ। यसले मात्र राजनीतिमा नयाँ सोच, अवधारण र नयाँ आयाम पैदा गर्न सक्छ।
एकै पटक कसैले पनि सरकार वा राजनीतिक दलको नेतृत्व लिन सक्दैन। यसको विकास चरण हुन्छ। यस्तै विकासको चरणबाट आएका नेताहरु अहिले राजनीतिमा छन्। तर उनीहरुले आफूपछिका पुस्तालाई त्यो दिन सकिरहेका छैनन्। यो देशकै लागि खतराको विषय हो। पुस्ता हस्तान्तरणको विषय पनि हो। नेतृत्वको शृंखला तयार गर्न नसक्दा नेताको अभाव त नहोला तर कुशल नेतृत्वको अभाव भने रहिरहनेछ। राजनीतिक नेतृत्व सक्षम नहुँदा देशले कति खतरा बेहोर्नु पर्दोरहेछ भन्ने हामीले देखिरहेका छौं। यही अवस्था रहने हो भने के अबको पुस्ताले पनि त्यो खतरा बेहोर्नु नपार्ला र? नेतृत्वको सवाल हेर्दा सामान्य देखिए पनि देशका हरेक क्षेत्रलाई लामो समयसम्म प्रभावित गरिरहने खतरनाक विषय हो यो। समय अझै छ। अहिलेको राजनीतिक नेतृत्व यो विषयमा सचेत बन्नैपर्छ। आफूपछि को भन्ने प्रश्नको सिधा जवाफ तयार पार्न सक्नुपर्छ।