अन्ततः माओवादीले सडकबाट 'गणराज्य' घोषणा गरेरै छोडे। अरू दलको आग्रह, अन्तर्राष्ट्रिय समुदायको सुझाव र जनचाहनाविपरीत माओवादीले एक्लै चालेको यस कदमबाट सहमतिको राजनीतिमा अर्को तगारो तेर्सिएको छ। विगतमा हतियार बोक्न उक्साउने क्रममा देखाइएको सपनाको चेपुवामा परेर माओवादी यो निर्णय गर्न बाध्य देखिएको छ। जातिका नाममा राज्य बनाउने सपना देखाउँदै युद्धमा होमिएकाको चित्त बुझाउनका लागि त यस कदमले काम गर्ला। तर, राष्ट्रिय सहमति कायम गरी राज्यको अग्रगामी पुनःसंरचना गर्ने अभियानमा भने यो कदम बाधक हुने देखिन्छ। अहिले आफैँले बिनावैज्ञानिक आधार घोषणा गरेका 'गणराज्य' को अडान छाड्न माओवादीलाई निकै मुस्किल पर्नेछ भने माओवादीको एकल घोषणामा सहमत हुन अरू पार्टीलाई पनि कठिन हुनेछ। यसले राज्य पुनःसंरचना गरी मुलुकलाई संघीयतामा लैजानेमा काममा पनि नकारात्मक असर पार्नेछ।
माओवादीले यस घोषणाबाट सरकारलाई अप्ठेरोमा पार्ने उद्देश्य राखेको होला। तर, यसबाट धेरै अप्ठेरो संविधानसभालाई परेको छ, जहाँ माओवादी सबभन्दा ठूलो दल हो। राज्य पुनःसंरचनाको निर्णय गर्ने अधिकार संविधानसभालाई मात्र छ। नयाँ संविधान बनाएर त्यसमार्फत एकात्मक र केन्द्रीकृत राज्यलाई संविधानसभाले मात्र संघात्मक बनाउन सक्छ। यति स्पष्ट हुँदाहुँदै माओवादीले किन एकतर्फी 'गणराज्य' हरूको घोषणा गर्यो? तत्कालै 'गणराज्य' घोषणा गरिहाल्नुपर्ने के बाध्यता पर्यो? यस्ता प्रश्नको उत्तर माओवादीले दिन सकेको छैन।
माओवादीको यो कदम अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता विपरीत छ। अन्तरिम संविधानले यो अधिकार संविधानसभालाई दिएको छ। त्यस्तै शान्ति सम्झौतामा माओवादीले समानान्तर सत्ता सञ्चालनका कुनै पनि संरचना नराख्ने बाचा गरेको छ। 'गणराज्य' घोषणा गरेर त्यसका 'प्रमुख' तोकेर माओवादीले विगतको 'जनसरकार'को अभ्यास पुनर्जीवित गरेको छ।
जनताको सार्वभौम अधिकार संविधानसभामा छ। जनताले संविधान बनाउनका जनप्रतिनिधि निर्वाचित गरेर पठाएका छन्। तर, त्यहाँ गतिका साथ परिणामुखी बहस भइरहेको छैन, औपचारिक र दिन कटाउने काम भइरहेको छ। संविधानसभाभित्र सार्थक छलफल-बहस गर्ने र निष्कर्षमा पुग्ने विषयमा ठूलो दलका नाताले माओवादीले अगुवाइ गर्न सक्नुपर्दथ्यो। तर, उसको ध्यान त्यसमा गएको देखिँदैन। सडकमा रोएर हुन्छ वा लन्डन, हङकङ र सिंगापुर धाउँदै 'प्रभु' को शरणमा परेर हुन्छ, जसरी पनि सत्तामा पुग्ने अर्जुनदृष्टि राखिरहेको माओवादीका लागि आफ्ना लडाकुको व्यवस्थापन र संविधान लेखन गौण बनेको छ। घोषणा र व्यवहारबीच कहीकतै पनि तालमेल नहुनु उग्रवामपन्थको विशेषता नै हो।
एकातिर माओवादी नेताहरुले 'संविधानसभा विघटन गर्ने षड्यन्त्र हुँदैछ' भनेर 'खबरदारी' गरिरहेका छन् भने अर्कातर्फ संविधानसभालाई औचित्यहीन बनाउने काम गरिरहेका छन्।
अरुलाई 'हिङ बाँधेको टालो' र आफूलाई 'हिङ' को दावी गर्ने पुष्पकमल दाहालको 'हिङ' समाप्त भइसकेको छ। संसद्मा ठूलो पार्टी बन्दा र नौ महिना सरकारको नेतृत्व गर्दा पनि केही गर्न नसकेको पीडाबाट माओवादी नेतृत्व छटपटाइरहेको छ। त्यही पीडामा अलिकति भए पनि मलमपट्टी लगाएर कार्यकर्ताको ध्यान अन्यत्रै लैजान अहिले संविधान निर्माणलाई नै असर पुर्याउने गरी 'गणराज्य' हरूको घोषणा गरिएको हो।
संविधान लेख्न छ महिना मात्र बाँकी छ। आफूले पनि सहमतिको नेतृत्व गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने माओवादी नीतिका कारण समयमै संविधान बन्नेमा आशंका बढिरहेको छ। यस्तो बेलामा माओवादीले आगोमा घिउ थप्ने काम गरेको छ। किनभने, माओवादीको घोषणापछि आम मानिसले 'अब संविधान नबन्ने रहेछ, संविधान बन्ने भए त माओवादीले किन अलग्गै राज्य घोषणा गर्थ्यो र?' भन्न थालेका छन्। नत्र भने छ महिना कुर्न नसक्ने के कारण थियो? माओवादीले स्पष्ट पार्न सकेको छैन। एकातिर सत्ताकब्जाको खुल्ला घोषणा, अनि अर्कातिर आफूखुसी 'गणराज्य'हरूको घोषणा! के यो संयोग मात्र हुन सक्ला र? बाहिर 'संविधानसभा विघटनको षड्यन्त्र' का बारेमा चर्को स्वरमा कुरा गरेर माओवादी नेतृत्वले भित्रभित्रै चाहिँ संविधानसभालाई निरर्थक बनाउन प्रयास गरिरहेको छ। ऊ चाहन्छ- संविधानसभाले संविधान बनाउन नसकोस् र छ महिनामा यो स्वतः विघटन होस्। त्यसपछि उत्पन्न हुने संकटका बेला कमजोर राज्य, आपसमा मिल्न नसक्ने दलहरू, जातीय राजनीति र फोरमजस्ता मधेसवादी दलको 'ढाडमा टेकेर टाउकोमा हान्न' सकियोस्। माओवादी त्यही अवस्थाको पर्खाइमा छ न । लडाकु समायोजन, संविधान निर्माण र राज्यको पुनःसंरचनामा माओवादी प्रतिबद्ध नभएको प्रमाण कुबेलाको 'गणराज्य' घोषणा हो।