संविधानका लागि सार्थक संवाद
०९ वैशाख २०७२
•
१३ मिनेट पाठ
संविधानका लागि सार्थक संवाद
संविधान निर्माणको सिमारेखा माघ ८ पार भएको ३ महिना नाघिसक्यो। यति लामो समयसम्म न सहमति हुनसकेको छ, न त प्रारम्भ गरिएको प्रक्रिया नै अघि बढाइएको छ! दलहरूबीच गम्भीर वार्ता नै हुनसकेको छैन। यतिबेला लाग्दैछ, संविधान राजनीतिक दलहरूको प्राथमिकताको एजेन्डा नै होइन। यो फुर्सदमा गफ गर्ने विषय हो। पहिलो प्राथमिकतामा राखेर निष्कर्ष निकाल्ने विषय होइन। यद्यपि, पछिल्लो समय प्रमुख ३ दलबीच बन्दै गएको समझदारीले आशाका किरण देखापर्न थालेका छन्।यतिखेर जातीय, धार्मिक, राजनीतिकलगायत बहुरंगी अतिवादहरू फणा उठाउँदै छन्। संक्रमणकाल लम्मिँदाको परिणामस्वरूप खराब संकेतहरू देखिन थालेका छन्, जनतामा निराशा छाएको छ र क्रान्तिका उपलब्धिहरू धरापमा पर्ने खतरा बढ्दैछ। संविधान सभाको अवधि ३ वर्ष छँदैछ, काम बिस्तारै गरौँला भनेर घाम तापेर बस्ने हो भने दुर्घटना हुनसक्छ। हिजो राजा थिए, हामी सबै राजाको आहार बन्न सक्छौँ भन्ने चिन्ता थियो राजनीतिक दलमा। जसले गर्दा अनेकौँ जटिलताबीच पनि सहमति भयो। ‘रोम सहर जलिरहँदा निरो बाँसुरी बजाएर नाचिरहेजस्तै' दलहरू मस्त बसिरहेका छन् यतिबेला। 
निदाएका मान्छेलाई ब्यूँझाउन सजिलो हुन्छ, निदाएको बहाना गर्नेलाई ब्यूँझाउन सकिँदैन। यतिबेला केही दल र नेताहरू निदाएको बहाना गरिरहेका छन्। संविधानका एजेन्डाहरूमा सहमति नभएको वास्तविकता एकातिर छ भने अर्कोतिर सहमति गर्नै नखोजिएको पनि देखिन्छ। संविधान आउँदा आफ्नो पार्टी र अझ आफ्नो गुटलाई घाटा पर्ने तथा भोलिको राजनीति धरापमा पर्ने आशंकाले कतिपय दलका नेताहरू संविधान बनाउने कुरामा जाँगर देखाइरहेका छैनन्। संविधान त सबैको साझा राष्ट्रिय कार्यभार पो हो। यो मुख्य विषयलाई पार्टीगत वा व्यक्तिगत स्वार्थसँग जोड्नु राष्ट्र र जनताप्रति विश्वासघात हो। आफ्नो फाइदाको ‘जोखना' हेरेर संविधान बनाउने सवालमा अवरोध पुर्यानउने कुरा घातक छ। ‘पावर सेयरिङ'को विषयले संविधान निर्माणमा हलो अड्किएको हो भने त्यसमा सत्तारूढ दलहरूले विचार गर्नु जरुरी छ। प्रमुख राजनीतिक दलहरूको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाउने र पक्ष–प्रतिपक्षको सिमारेखा मेटेर सबै पक्ष संविधान निर्माणमा केन्द्रित हुनसकिन्छ। त्यसमा एमाले–कांगे्रस लचिलो हुने र एमाओवादी–मधेसवादी हीनताबोधबिना सरकारमा सामेल हुने कुरा नै उत्तम हुनसक्छ। 
सम्पूर्ण भारी शीर्ष भनिने नेताहरूले आफैले बोक्ने अहिलेको अर्को समस्या हो। अरुलाई विश्वास नगर्ने र जिम्मा पनि नदिने उनीहरूको प्रवृत्ति छ। शीर्ष नेताहरूले त नीतिगत मार्गदर्शन गर्ने हो। काम गर्ने जिम्मा त अन्य नेता र विषयविज्ञहरूलाई दिनुपर्छ। संविधान निर्माणको सवालमा पनि दोस्रो तहका नेताहरूसँग आमजनता र बुद्धिजीवीहरूले अलि बढी आशा तथा विश्वास गरेका छन्। ताप्के नतातिने, बिँडमात्र तातिएरमात्र काम नबन्ला। तर दोस्रो तहका नेतालाई वार्ता र सहमतिका लागि जिम्मेवारी नै दिइँदैन! जिम्मा पाए पनि नपाए पनि दोस्रो पुस्ता वा बौद्धिक तहमा वार्ता गरेर सार निकाल्ने प्रयास गरिनुपर्छ। एजेन्डा वा प्रक्रियामा सहमति निर्माण गर्न कार्यदल बनाएर ‘होमवर्क' गरिनुपर्छ। त्यस्तो कार्यदलले सहमतिका लागि शीर्ष नेताहरूलाई ‘कन्भिन्स' गर्नुपर्छ। सबै कुरा अग्रज नेताहरूतिर फर्काएरमात्र नयाँ पुस्ताले पनि उन्मुक्ति पाउँदैन। 
हाम्रा नेताहरू आफूलाई सर्वज्ञ र पूर्ण सक्षम ठान्छन्। विषयवस्तुको गहिरो अध्ययन–विश्लेषण नगर्ने रोग तिनमा छ। संविधानमा केन्द्रित भएर बहस–छलफल नगर्ने, विषयहरूलाई छिमलेर संवाद नगर्ने र सबैलाई स्वीकार्य मिलनबिन्दु नखोज्ने, बरु सहायक कुरामा बरालिने समस्या पनि छ। दलका नेताहरू बैठक बस्दा न माइन्युट लेखिन्छ, न हस्ताक्षर गरिन्छ, न त एजेन्डा नै निर्धारण हुन्छन्! वार्ता र बैठकबाट परिणाम निकाल्नका निम्ति हरेक बैठकमा माइन्युट लेख्ने, सहमति भएका विषयलाई लिपिबद्ध गरेर हस्ताक्षर गर्ने, जुन विषयमा असहमति छ त्यसमै केन्द्रित भएर गहन छलफल गर्ने र ‘दही मथेर नौनी निकाले' झैँ सार निकाल्ने काम गर्नुपर्छ। 
द्वन्द्व व्यवस्थापन र महत्वपूर्ण मुद्दाहरूमा सहमति कायम गर्न सहजकर्ता वा मध्यस्थकर्ताको आवश्यकता पर्छ। नेताहरूमा ‘इगो' हुनसक्छ, मध्यस्थकर्तामा त्यो हुँदैन। दक्षिण अफ्रिकाको शान्ति प्रक्रियाको सफलतामा नेल्सन मन्डेलाको दूरदर्शिता र नेतृत्व क्षमताको मुख्य प्रशंसक थिए डी क्लार्कको तर्फबाट प्रमुख सहजकर्ता रोल्फ मेयर। मध्यस्थकर्ताहरूले अनौपचारिक छलफल गरेर सबै पक्षले जितेको महसुस हुने विकल्प निकाल्न सक्छन्। त्यसरी नै नागरिक समाजले पनि राजनीतिक दलहरूलाई दबाब दिने, सहमतिका लागि सहजीकरण गर्ने र निष्कर्ष निकाल्न हस्तक्षेपकारी भूमिका खेल्नु जरुरी छ। 
शान्ति प्रक्रिया सफल बनाइ नयाँ संविधान निर्माणको ऐतिहासिक घडीमा रहेको नेपालले सार्थक संवाद र सहमतिका लागि दक्षिण अफ्रिकाबाट शिक्षा लिनुपर्छ। त्यहाँको शान्ति प्रक्रियाको सफलताका ३ वटा महत्वपूर्ण कडी हुन्– समावेशीकरण, विश्वास र स्वामित्व। त्यहाँको शान्ति प्रक्रियामा ठूला–साना सबै राजनीतिक दलहरूको सहभागिता थियो। शान्ति प्रक्रियाको सफलताको लागि आपसी विश्वास र गरिएका सम्झौताहरूको इमानदारीपूर्ण कार्यान्वयन अनिवार्य हुन्छ। शान्ति प्रक्रियाको तीतो अनुभव रहेको आयरल्यान्डजस्तै नेपालमा पनि सहमति गर्ने, तर त्यसको मसी नसुक्दै उल्लंघन गर्ने प्रवृत्ति छ। दक्षिण अफ्रिकाको शान्ति प्रक्रियामा बाह्य पक्षको सहभागिता थिएन। बाह्य पक्षको प्रवेशले मध्यपूर्वको समस्या समाधान होइन, झन जटिल बन्यो। दक्षिण अफ्रिकीहरूले आफ्नो समस्यालाई आफैले बुझे, आफैले बोध गरे, आफैले समाधान गर्ने संकल्प गरे र निकास निकाले। आफ्नो शान्ति प्रक्रियाको स्वामित्व र अपनत्व उनीहरूले आफै लिए। संसारमा एउटा नौलो आयामको रूपमा स्थापित दक्षिण अफ्रिकाको द्वन्द्व व्यवस्थापन, रूपान्तरण र शान्ति प्रक्रिया आपसी एकता, विश्वास र सहकार्यका आधारमा सफल भएको थियो। लोकतान्त्रिक संविधान निर्माणको महाअभियान सफल बनाउन त्यहाँबाट हामीले धेरै कुरा सिक्न सक्छौँ।
जनक्रान्तिका मूल उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीताबाट हामी पछि हट्न सक्दैनौँ। यिनै उपलब्धिहरूलाई संवैधानिकरूपमा व्यवस्थापन गर्न हामी नयाँ संविधान निर्माणमा लागेका हौँ। हामी अमूक पार्टीका घोषणापत्र लेख्न बसेका होइनौँ। बाह्र बुँदे सहमति, बृहत् शान्ति सम्झौताको जगमा उभिएर राष्ट्रको साझा दस्तावेज लेख्नुपर्नेछ। त्यसका लागि दलहरूबीचको धु्रवीकरण र मोर्चाबन्दी टुट्नैपर्छ। एकले अर्कोलाई घोचपेच गर्ने अभिव्यक्ति बन्द गर्दै नियमित भेटघाट, अन्तर्क्रिया, ‘क्लोज डिस्कोर्स'को माध्यमबाट दलहरूबीच विश्वासको वातावरण बन्नु आवश्यक छ। 
यतिबेला न्याय प्रणाली र निर्वाचन प्रणालीका साथै शासकीय स्वरूपबारे प्रक्रियामा सहमति भएको छ। संघीयताको मुद्दा भने घाँटीमा अड्किएको काँडाजस्तो भएको छ। अधिकारहरूका बारेमा धेरै बहस भएको छैन। पहाडमा जातीय पहिचान र मधेसमा भौगोलिक पहिचान, दुई जबर्जस्त सवाल खडा भएको छ। संघीयता द्वन्द्व अन्त्य गर्न कि बढाउन? संघीयताका आधार एकरूप हुने कि एउटै देशमा फरकफरक? एकल जातीय सोचबाट समस्याको समाधान हुँदैन। प्रदेशका नाम राख्ने जिम्मा प्रदेससभालाई दिने लोकतान्त्रिक विकल्प किन नरोज्ने? एक जिल्ला कतै पर्नु–नपर्नु पनि संघीयताको मूल विषय होइन। पाँच जिल्ला नै समस्या हो भने जनमत संग्रह, विशेष संरचना, केन्द्र शासित, आयोगमध्ये एउटा टुंगोमा पुगेर सहमति गर्न सकिन्छ। संविधान भनेको ढुंगामा लेखेको अक्षरजस्तो होइन, भोलि आवश्यकताअनुसार संशोधन गर्न पनि सकिन्छ। एमालेले २०४७ सालको संविधानका कतिपय विषयमा सहमत नभएर ‘आलोचनात्मक समर्थन' गरेका कुरालाई पनि यतिबेला स्मरण गर्नुपर्छ। 
हाम्रो उद्देश्य र गन्तव्यमा नै भिन्नता हो भने भेट हुन गाह्रो छ। नत्र आजैबाट सार्थक वार्ताको पहल गरौँ, सहजकर्ताको सहयोग लिऔँ, सहमतिका विकल्प र सूत्र खोजौँ। सहमतिको मिलनबिन्दुमा पुगेर ‘विन–विन' अवस्थामा संविधान जारी गरौँ। समयले यही ऐतिहासिक कार्यभार हाम्रो काँधमा सुम्पिएको छ। नयाँ वर्षमा नेपाली जनताले आफ्नो स्वामित्व र अपनत्वसहितको नयाँ संविधान पाउन सकून्।
अर्को समाचार
संविधानको मर्म अनुसार सार्थक सम्वाद थाल्न राष्ट्रपतिलाई एमालेको आग्रह
२६ भदौ २०८२
•
१ मिनेट पाठ
संविधानको मर्म अनुसार सार्थक सम्वाद थाल्न राष्ट्रपतिलाई एमालेको आग्रह
नेकपा एमालेले संविधानको मर्म अनुरुप सार्थक सम्वाद सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ ।  

मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो ।  

एमाले महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद थाल्न आग्रह गरे ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।’

जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको एमालेले दाबी गरेको छ ।

एमालेले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस