वैशाख १२ गते शनिबार गएको महाभूकम्पपछि देश ठूलो विपत्तिमा परेको छ। भूकम्पले कतिको ज्यानै लियो भने कतिलाई अपांग, अंगभंग र कतिलाई उठिबास लगाएको छ। यस्तो कहालीलाग्दो अवस्थामा ‘जो मर्योप, उही टुहुरो' भन्ने सोच बाँचेकाहरूमा आयो भने अरु बाचौँ भनेकाहरू पनि ज्युदँै मरेसरह ठहर्छ। त्यसैले जुनखालको विपत्ति देशले भोगिरहेको छ त्यसको प्रत्यक्ष मार मलाई पनि परेको छ भन्ने भावना बिर्सनुहुँदैन।कुनै एक घरमा परेको विपत्ति भए त्यहीँका टोलछिमेकीले उद्धार गर्थे। कुनै एक गाउँमा मात्र विपत्ति परेको भए वरिपरिका छिमेकी मिलेर उद्धार गर्थे तर यो राष्ट्रिय विपत्ति हो यतिबेला एक घर, एक गाउँमात्र होइन, सिंगो राष्ट्र नै उठ्नु आवश्यक छ। विपत्तिमा परेर ज्यान गुमाएकाहरूले धर्ती नै छाडिसके तिनको केही कुरा रहेन तर जो जीवित छन्, जसलाई सहयोग खाँचो छ, तिनलाई सहयोग गर्नु विदेशी राष्ट्रको भन्दा तपाईँ हामी नेपालीकै पहिलो कर्तव्य हुन आउँछ। ७५ मध्ये १५ जिल्ला भूकम्पबाट बढी प्रभावित भएका छन्। महाभूकम्प गएको नवौं दिनसम्म पनि एकिन तथ्याङ्क आउन सकेको छैन तर जे आएको छ त्यसका आधारमा भन्नुपर्दा करिव १ लाख ३० हजार घर पूर्णरूपमा भत्किएका छन्। २ लाख ५२ हजारभन्दा बढी घर जोखिमयुक्त छन्। त्यसबाहेक ६० जिल्ला र त्यहा रहेका घर त ठीक छन् नि। भूकम्पबाट प्रभावित हुने सङ्ख्याभन्दा त्यसबाट बचेका धेरै छन्। त्यसो हँुदा थोरैलाई धेरैले उद्धार गर्नु केही हदसम्म सहज कुरा हो। आखिर यो विपत्ति थियो, कुनै किसिमले थोरै सुरक्षित धेरै असुरक्षित रहेका भए पनि त समस्यासँग जुध्नु नै पर्थ्याे भने अहिले त धेरैले थोरैप्रति सहयोग गर्ने हो।
२ करोड ६४ लाख जनसंख्यामध्ये प्रभावित बनेका १० लाखलाई छाडेर बाँकीले एक/एक मुठी सहयोग गरे पनि कोही भोकमरीबाट मर्नुपर्दैन। आफ्नो घर सुरक्षित हुनेहरूले घरमा रहेका पाल, प्लास्टिकमात्र सहयोग गर्ने हो भने पनि अवश्य केही राहत पुग्नेछ। यस्तो बेलामा पनि केही सहयोग नगरी बस्ने हो भने त्यो मानव हुनै सक्दैन। काठमाडौँबाट करिव नौ लाख मानिसले उपत्यका छाडेर गएको समाचार आइरहेको छ। काठमाडांै छाडरे गाउँमा पुग्दा सुरक्षित भएको महसुस गर्नेहरूले एक पटक विपत्तिमा परेको अवस्था र त्यसबाट भोग्नुपरेको कहालीलाग्दो अवस्थाबारे सोच्नैपर्छ। अनि के सकिन्छ सहयोग गर्न जुट्नुपर्छ। विपत्तिबाट बच्नु आफैँमा खुसीको कुरा हो भने विपत्तिमा परेकालाई सक्दो सहयोग गर्नु पनि अर्को खुसीको कुरा हुनुपर्छ। भूकम्पको कुनै असर नपरेको ठाउँ र त्यहाँका मानिसले त मानवीय सेवा गर्न पाएको एउटा अवसर नै हो भन्ने बुझ्नुपर्छ।
सुनिँदैछ, सहज हुँदा व्यापार गरेर पैसा कमाउन आएका भारतीय व्यापारी सङ्कटका बेला पसल बन्द गरेर गएका छन्। उद्धारका लागि आएका विदेशी शक्तिहरू एक अर्काका बारेमा जासुसी गर्न र गोप्य सूचना सङ्कलन गर्नमा तल्लीन छन्। त्यसैले हिमाल, पहाड, तराई जहाँ रहे पनि हामी नेपाली हौं, हाम्रो घर नेपाल हो। घरभित्र हामीले कसैको जासुुसी गर्नु छैन। देशमा परेको विपत्ति हामी सम्पूर्ण नेपालीमाथि परेको विपत्ति हो। त्यसको सामना गर्नु हाम्रो आफ्नो कर्तव्य पनि हो। भूकम्प गएको यतिका दिन हँुदा पनि ओत लाग्ने त्रिपालदेखि खानपिनका लागि कुनै राहत नपाएका समाचार आइरहेका छन्। सरकार र पार्टी नेताप्रति जनता आक्रोशित छन्। तर यहाँनेर बुझ्नुपर्ने कुरा के भन्दा विपत्ति नपरेका बेला त जनतालाई केही राहत दिन नसक्ने सरकार र राजनीतिक दलहरूले कुनै चमात्कारी योजना ल्याउलान् भनेर आशा गर्नु दिवास्वप्नमात्र हो। त्यसैले सरकारको आश गर्नुभन्दा जसरी युवा पिढीहरू कुनै न कुनै रूपमा सक्रिय छन् तिनलाई साथ दिनु आजको आवश्यकता हो।
विपत्तिका बेला गरिने सहयोग राजनीतिक भावनाले भन्दा पनि निस्वार्थ भावनाले गरिनुपर्छ। हुनेखानेहरूले यस्तो विपत्तिका बेला मन खोलेर सहयोग गर्नुपर्छ भने हँुदाखानेले पनि क्षमताअनुसार एक गास कटाएर भए पनि सहयोग गर्नुपर्छ। सम्पत्ति जोड्नुमात्र पनि जीवनको अन्तिम लक्ष्य बन्नुहुँदैन। यदि विपत्ति परेको थिएन भने कोही कसैको ढोकामा भिख माग्न जानेवाला थिएनन्। आँटोपीठो, हिलो मैलो जे भए पनि आफ्नै परिवारसँग रमाएका थिए। दिन गुजारेका थिए। जब नियतिले यस्तो बनायो तब हात फैलाउनुपरेको हो भनेर सबै लागौँ। सरकारले केही गर्ला भनेर ढुक्नुभन्दा हरेक नेपाली यथाशक्य सहयोगमा लाग्न सकौँ। जसले जे सकिन्छ, त्यही गरौँ।