घाउ, घाउ र फेरि घाउ
०१ पौष २०६६
•
१२ मिनेट पाठ
घाउ, घाउ र फेरि घाउ
सशस्त्र द्वन्द्वको आघातबाट नेपाली समाजमा जताजतै घावैघाउ लागेका छन्। द्वन्द्वमा जीवन गुमाउने विद्रोही र राज्यपक्षका लडाकुका प्रियजनका हृदयमा घाउ छन्। द्वन्द्वको चेपमा परी एकबारको जुनी गुमाउने अबोध नारनारीका आफन्तका हृदयमा घाउ छन्। बेपत्ता नागरिकका परिवारजनका हृदयमा घाउ छन्। विकलाङ्ग हुनेका हृदयमा घाउ छन्। विस्थापित मानवका हृदयमा घाउ छन्। मनोवैज्ञानिक र आर्थिक उपचार हुन बाँकी अथाह पीडादायी यी घाउहरू नित्य चहर्‍याइरहेका छन्। माओवादीबाट भएको यदु गौतमको बध समाजको आङमा लागेको यस्तै एउटा घाउ हो। तीर्था गौतमका हृदयको घाउ आफ्ना पतिको बधबाट संक्रमित हो। र, अहिले घाउपछि घाउ बनाउने मेसोमा सञ्चारकर्मी टीका बिष्टको हृदयमा घाउ लागेको छ। यो पछिल्लो घाउको कारण के हो? यसका कर्ता कोको हुन्? र, यस्ता घाउले द्वन्द्वरत राजनीतिमा गर्ने संकेत के हुन्? घाउको बढौती कि घाउको निषेध?

जब टीका बिष्ट आक्रमणमा परिन्, राजधानीको विशाल सञ्चार सञ्जालमा कोलाहलमय होहल्ला व्याप्त भयो। होहल्लाको एकल भाका थियो - माओवादीले, माओवादीले...। हल्ला हल्लै थियो, पुष्टि गर्ने प्रमाणको आभास भएको थिएन। सोचेँ, हल्लाको लत लागेकाका जिब्रा माओवादीलाई के भनुँ, के भनुँ भनेर चिलाइरहेका हुँदा हुन्। टीकाको देहका र हृदयका घाउ देखेर यिनले भन्ने निहुँ पाए। एकाध दिनपछि रैथाने पत्रमा छापिएको टीकाको लेख यस दैनिकमा प्रकट भयो - 'तीर्थाको सिन्दुर किन चाहियो माओवादीलाई?' लेखको शीर्षकले नै घटनाको कारण र सम्भावित कर्ताबारे मलाई केही न केही छनक दियो। टीकाको लेखमा घटनाको पृष्ठभूमिको खुलासा छ। सञ्चारमन्त्री शङ्कर पोखरेल एफएमको उद्घाटन गर्न खलङ्गा पुगेछन्। एमालेगण आफ्ना मन्त्रीको स्वागत गर्न तल्लीन भएछ र माओवादीगण तिनलाई लखेट्न सुरिएछ। बस्, विरोध र प्रतिविरोध, घृणा र प्रतिघृणा, प्रतिशोध र जबाफी प्रतिशोधको आगो त्यहीँबाट सल्क्यो। र, प्रतिशोधकारी द्वन्द्वको सिकार हुन पुगिन् टीका बिष्ट।

घटनाको अन्तर्य भन्छ - महिला भएकै कारण टीका बिष्ट आक्रमणको तारो भएकी होइनन्। माओवादीमाथि लक्षित तिनको कटाक्षकारी लेखमा एमाले कोणको मुखर आग्रह छ। यो आग्रह हरफहरूको बीचमा होइन, शब्दलहरको सतहमै टड्कारो छ। लेखमा अपुष्ट माओवादीको अभद्र वाणी 'तीर्था तेरो सिन्दुर खोई? हलानो, फलानो तेरो पोइ'प्रति नारी संवेदनाको सहज र उत्तेजक अभिव्यक्ति पनि छ। लाग्छ, टीकामाथिको प्रहार तिनको यही अभिव्यक्तिको प्रत्युत्तरमा आइलागेको आततायी आघात हो। आततायी आघातले महिला र पुरुषको भेद छुट्याउँदैन। टीकाले शब्दवाणको माध्यमले अफ्नो सही वा गलत आग्रह वा आस्था पोखिन्। क्रोधाग्निले जलेको अपुष्ट माओवादीले दिमाग, जिब्रो र कलमको सामर्थ्य र धर्म भुसुक्कै बिर्स्यो। र, आफ्ना भालुपन्जा उठाएर टीकामाथि ऊ जाइलाग्यो। आखिर नतिजा के भयो? टीका सहानुभूतिको सागरमा डुबिन्। अपुष्ट माओवादी भर्त्सनाको आहालतिर धकेलियो। शब्दबलको प्रत्युत्तरमा जसले बाहुबल प्रयोग गर्छ, उसले दानवी छविको उपहार पाउँछ। अपुष्ट माओवादीका भागमा परेको कर्मअनुसारको फल आखिर यही त देखियो।

राजनीतिक खेलाडीबीच सहमति र सहकार्यको चौतारीमा जब शान्ति र संविधान लेखनले मन्दै भए पनि गति लिन्छ, राजनीतिक दलहरूबीचको कलह मत्थर हुन्छ। जब गतिरोध उत्पन्न हुन्छ, कलह र विग्रह ‰याङ्गिन्छ। अनि सुरु हुन्छ गाँड कोराकोर, कुटाकुट र थुकाथुक। सल्यानमा एमाले भेलामा माओवादी जम्बोरी जाइलाग्यो रे। नेता भइखाएकाको काम त आफ्ना र अर्काका कार्यकर्ताबीचका द्वन्द्वहरुलाई समन गर्ने शान्तिकामी एवं मैत्रीमुखी उपचारको खोजी गर्नु पो हो। तर, एमाले अध्यक्ष झलनाथ खनालले आइलाग्नेमाथि जाइलाग्न आफ्ना कार्यकर्तालाई जङ्गी आदेश दिँदै दुनियाँले देख्ने गरी खुकुरी उजाएछन्। शान्ति र संविधानको बाटो बरालिँदा द्वन्द्वको चक्रमा यसरी प्रतिशोधकारी आगो उर्लिँदो छ। टीका बिष्टमाथिको आघात यस्तै विनाशकारी आगोको त्रासद् वर्षा हो।
सञ्चार डबलीको होहल्लाको प्रकृति र प्रवृत्ति देख्दा म त्यसैत्यसै जिल्ल पर्छु। यो होहल्लामा औसत एनजीओजीवी मानवअधिकारकर्मीको दृष्टिकोण र शैलीको हालीमुहाली दृष्टिगोचर हुन्छ। सतही र खण्डे दृष्टिकोण भएका यी मनुवा समाजका जटिल र व्यापक समस्याको हल सहती सूत्र र सङ्कुचित खण्डे उपायमा खोज्छन्। टीकामाथिको आक्रमणको विरोधको मेसोमा यिनको यही प्रवृत्ति छताछुल्ल भएको छ। अरुका के कुरा, पत्रकार महासंघको चिन्तन र कर्मको प्रकृति र प्रवृत्तिमा पनि यही कुरा झल्किँदो छ। 'दोषीलाई समात। दोषीलाई कारबाही गर। सञ्चारकर्मीको जीउज्यानको रक्षा गर। दण्डहीनताको अन्त्य गर।' प्रत्येक हिंसात्मक घटनापछि नित्य-निरन्तरजसो सुनिने पत्रकार महासङ्घका मागहरू यिनै हुन्। यथार्थको सतहमुनि समस्याको गहिराइ र जटिलतातर्फ यो संस्था दृष्टि भेदन नै गर्दैन। रोग तल जरामा छ, यो माथि पहेँला पाततिर मात्र हेर्छ। सतहका घटनाहरूको पुच्छर समात्छ र यो सतहमै कुदिरहन्छ। घटनालाई बहुकोणीय आलोचनात्मक दृष्टिले हेर्दैन। समस्याको गाँठोमा हस्तक्षेप गर्ने साहस र यत्न गर्दैन। र, द्वन्द्वविस्तार गर्ने र घाउ बढाउने औजारका रूपमा यो जान-अन्जान आफूलाई प्रस्तुत गर्छ। अहिले अतिरञ्जित भाषाको माध्यमले पीडित टीका बिष्टको कारुणिक तस्बिरको निर्माण र पीडक अपुष्ट माओवादीको दानवी तस्बिरको निर्माणमा यो प्रयत्नशील छ। यसको सम्भावित नतिजा होः पुनः बाहुबली प्रतिशोध र अर्को घाउको रचना।

राजनीतिक विग्रहसँगै अराजकता बढ्दो छ। घरिघरि यहाँ, त्यहाँ र जहाँ पनि हिंसात्मक घटना हुन्छ। कसुरदार शङ्काको घेरामा आउँछ पनि। तर, किटानीसाथ ऊ चिनिदैन। प्रशासनले कर्मकाण्डीय शैलीमा केही मनुवालाई पत्रे्कजस्तो, केरकार गरेजस्तो गर्छ। र, तिनलाई पछिल्लो ढोकाबाट सुटुक्क बिदा दिन्छ। जहाँ मन्त्रीले सिडिओ कुट्छ र कुटिने पात्र उल्टै दण्डित हुन्छ, त्यहाँ प्रशासनले कसुरदारलाई किन चिनोस्? भोलि सरकार कसको हुने हो केही थाहा छैन। प्रशासनका मनोबलशून्य र सुरक्षाविहीन प्रमुखहरू कसुरदारलाई चिनेर आफ्नो दानापानी र वृत्ति विकासलाई दाउमा किन राखून्? टीका बिष्ट प्रकरणको नियति पनि सायद यही नै हुनेछ।

दलका अनुयायीहरूबीच तल धरालतमा हिंसात्मक कलह छ। यो माथिको राजनीतिक कलहको धरातलीय प्रतिविम्ब हो। समस्याको गाँठो माथि राजनीतिक बेमेलमा छ। तसर्थ तल घाउ बनाउन नदिन माथि विवादित मुद्दाहरूमा सहमति अनिवार्य छ। तर, सहमतिको साटो राजनीति ठोकाठोकतिरै लम्किरहेछ। संविधानसभाले दुई तिहाइको मतोमा गर्ने भनिएको गणराज्यहरूको सीमाङ्कन र नामाङ्कन माओवादी सडकबाटै गरिरहेछ। र, अन्य वादीहरू यसले शान्ति बिगार्‍यो, यसले भिडन्त डाक्यो भन्दै गनगन गर्नमा व्यस्त छन्। तल घाउ बनाउन छाड भन्न रुचाउनेहरूले भन्नुपर्ने त अग्रगमन र शान्तिको सर्तमा माथि सुलह गर पो हो। महामहिम राष्ट्रपति आफ्नो कर्ममार्फत् शान्तिको बाटोमा डाइनासोर भएर पल्टिएका छन्। अरू टीका बिष्टहरूका देहमा र हृदयमा घाउ लागेको देख्न नचाहनेहरूले भन्न सक्नुपर्छ - राष्ट्रपति महोदय, तिमी आफैँ बोल। नागरिकहरूका देहमा र हृदयमा थप घाउ लगाउने कारक तिमी नबन। आफूले छेकेको शान्तिको बाटो तिमी आफैँ खोल। र, दलहरूलाई प्रभावकारी दबाब दिन सक्नुपर्छ - राष्ट्रपतिबाट सिर्जना गराइएको कलह संसद्बाट किनारा लगाओ। नत्र तिमीहरूका निधारमा थप घाउको कलङ्क लाग्ने छ।

हामीलाई चाहिएको थप घाउ, पीडा र मृत्यु होइन। पुराना घाउ कोट्याउँदै र तिनमा नुनचुक लगाउँदै नयाँ घाउ बनाउने प्रतिशोधकारी वातावरण सिर्जना गर्दा फाइदा हुने त अशान्तिका उपासकलाई न हो।
अर्को समाचार
घाउ नै घाउ छ मुटुभरि
०७ भदौ २०८३
•
१ मिनेट पाठ
घाउ नै घाउ छ मुटुभरि
१) गजल

घाउ नै घाउ छ मुटुभरि, कति चोट परेको हो,

आँखाभरि नमी किन आज यति झरेको हो।

नरोऊ भन्छ मनले आफैँ भक्कानिँदै पनि,

पीडाले आँसु बनी कुन बाटो रोजेको हो।

क्षितिजपारि तिमी हुँदा मुटु किन जल्छ यहाँ,

सम्झनाले हरेक श्वासमा कस्तो विष भरेको हो।

पुजेर पनि भगवानले भाग्य मेरो फेरिएन,

चोट दिने त गए टाढा, तक्दिर किन हरेको हो।

२) गजल

मिलन–बिछोड, हाँसो–रोदन जिन्दगीका रीत बने,

अँधेरीमा झरेका आँसु बिहानीका शीत बने।

पुराना ती घाउ बल्झिँदा ज्वारभाटा उठ्छ मनमा,

कति पीडा गजल बने, कति पीडा गीत बने।

चाहेर पनि सबैलाई यहाँ खुसी पार्न सकिनँ,

कति आफ्ना पराई भए, कति दुश्मन मीत बने।

जिन्दगीको यात्रामा यात्री धेरै भेटिए पनि,

मझधारमा एक्लै भएँ, सबै यात्री अतीत बने
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस