महाभूकम्पले सिर्जना गरेको अकल्पनीय एवं अप्रत्यासित संकटका अवस्थामा राष्ट्रको पुनर्निर्माण चुनौतीपूर्ण कार्य हो । तर उत्साह पनि त्यत्तिकै छ किनभने भूकम्पले त्रासदी र विध्वंसमात्र होइन उत्तिकै सम्भावना पनि छाडेर गएको छ । नेपाल अब नयाँ पुनर्संरचनाको युगमा प्रवेश गर्ने सम्भावनाको ढोका खुलेको छ । जाति, धर्म र क्षेत्रका विभाजनहरू कृत्रिम विभाजनमात्र रहेछन् भन्ने कुरा आज प्रष्ट देखिएको छ।धरहरा भूकम्पमा पूरै क्षतिग्रस्त भयो । त्यसको जगमात्र छ आज । सम्पूर्ण जनता धरहराको क्षतिबाट भावविह्वल भएका छन्, भलै धरहरा क्षत्री प्रधानमन्त्री भीमसेन थापाले बनाउन लगाएका थिए । हनुमानढोका वरिपरिका साँस्कृतिक सम्पन्नता बोकेका मन्दिरहरू भत्किँदा बाहुन, क्षेत्री, राई, लिम्बु, मगर, गुरुङ सबैका आत्मा रोइरहेका छन्, भलै ती मन्दिरहरू काठमाडौंका नेवार राजाहरूले बनाउन लगाएका थिए । भक्तपुरको दरबार स्क्वायरमा भत्किएका मन्दिरहरू देखेर काठमाडौं रोइरहेको छ । पाटनका मन्दिर भत्कँदा भक्तपुर रोइरहेको छ । क्षतविक्षत काठमाडौं देखेर मधेस रोइरहेको छ । बारपाकमा भएको दुर्दसा देखेर झापा रोइरहेको छ । अब कसले भन्छ नेपाल एकीकृत छैन ?अब यहीँबाट सुरु गरौं समृद्धिको नयाँ खुट्किला ।
देश गरिब छ । देशमा भत्किएका सबै घर बनाउन पुग्ने सम्पत्ति छैन । प्रत्येकपीडितलाई पुग्नेगरी राहन दिने स्रोत छैन । प्रत्येक टुहुरा बालबालिकालाई स्कुल पठाउने स्रोत पनि छैन । गाउँमा हरेक घर भत्किएका छन् । शरीर लुकाउने छानो छैन । कसैले बाबुआमा गुमाएका छन्, कसैले छोराछोरी । जताततै शोक छ । जताततै विपद् छ । बस्ने घर, खाने अन्न, सुत्ने विछ्यौना र लाउने लुगा चाहिएको छ । अब देशले यी सबै समस्याको समाधान गर्नुपर्छ, जत्रोसुकै चुनौती भएपनि । तर माग्ने प्रवृत्ति त्यागौं, आफै गरौं ।
कसले गर्छ यी समस्याको समाधान ? जतिबेला भग्नावशेषबाट लासहरू निकालिइरहेका थिए, थुप्रै विदेशी सरकारका प्रतिनिधिहरू भनिरहेका थिए ‘हामी दिन्छौं’ रकम । हामीले सुन्यौं यति अर्ब, उति करोडका कुरा । सहर र गाउँबस्तीहरूमा लास पुरिएर गन्हाइरहेका थिए, अनि ससाना बालबालिका आमाबाबु पुरिएका घरका आँगनमा उभिएर जीवन बाँच्ने प्रतिज्ञा र साहस जुटाउँदै थिए । त्यतिबेला केही मानिस जोसँग पैसा छ, उनीहरू भन्नथाले– हामी सरकारी कोषमा रकम हाल्दैनौं । हामीलाई सरकारमाथि विश्वास छैन । सरकार पारदर्शी छैन । हामी हाम्रो पैसा आफै खर्च गर्छौं । कोही भन्न थाले– दातृसंस्थाहरू सरकारी कोषमा रकम नहाल । यो सरकार निकम्मा छ । यो पारदर्शी सरकार होइन । सरकार निकम्मा होला । निकम्मा सरकारलाई हटाउन सकिन्छ । तर सरकारबिनाको राज्यको परिकल्पना गर्न सकिन्न । अनि गैरसरकारी संस्थाहरू सरकारको विकल्प पनि होइनन्, हुनसक्दैनन् ।
यसो भन्नेहरूमध्ये कोही त हिजो सरकारले नै नियुक्त गरेको वरिष्ठ कर्मचारी थिए । सभासद्हरू पनि थिए । हिजो आफूलाई नियुक्त गर्दा यो सरकार कसरी सक्षम, पारदर्शी र जिम्मेवार भयो त ?समस्या सरकारको सक्षमता र जवाफदेहीको होइन, समस्या त हाम्रो ‘हाइपोक्राइटिक चरित्र’को हो । भूकम्पको विपद्मा आज राज्यको अस्मिता गुम्ने खतराछ । लोकतन्त्र पराजित हुने अवस्थामा छ । राज्यप्रति शंका–आलोचना र आक्रोश यति धेरै भइसक्यो, अब राज्यप्रति नागरिककै विश्वास हुन छोड्यो । हामी स्यालको संगतमा आमाको भुँडी चिरिरहेका छौं । विदेशीलाई यो देश बर्बाद हुँदा के फरक पर्छ ? उसको त आफ्नै देश छ । नेपालमा नबस्ने नेपालीलाई यो देश बर्बाद हुँदा के फरक पर्छ, किनभने उनीहरूको पनि आवास गर्ने अर्कै देश छ ।समस्या त सर्वसाधारण नागरिकलाई पर्छ जो माटो खाएर पनि यही देशमा बस्छु भन्छ । समस्या त त्यो गरिबलाई पर्छ जसको यो देशबाहेक अर्को कुनै देश छैन । समस्या त त्यो नागरिकलाई पर्छ जो आफ्नो भूमिकालाई राम्रो बनाउन संघर्ष गरिरहेको छ । त्यसैले भूकम्पको यस त्रासदीमा भविष्यमा राष्ट्रले गर्नुपर्ने कार्यलाई लिएर विवाद भइरहँदा हामी राष्ट्रप्रेमी, देशभक्त, मेहनतशील, इमानदार नागरिकले सचेत हुनैपर्छ । हामीलाई पीडितको राहत, राष्ट्रको अस्मिता र राज्यको सम्मान तीनवटै कुरा समानरूपमा चाहिएको छ । कुनै एकको लागि अर्को त्याग्न हामी सक्तैनौं ।
हामीले सुन्यौं विदेशीहरू अर्बौं रुपैयाँ दिन्छांै भनी भनिरहेका थिए । अहिले भन्दैछन् दिन्छौं तर आफूखुसीले खर्च गर्छौं । किन ? उनीहरू भन्छन्– नेपाल सरकार सक्षम र पारदर्शी छैन । तर सत्य त्यो होइन । उनीहरू त्यो रकम दिएको बहानामा आफ्नै घरमा सहायता रकम राख्न चाहन्छन् ।उनीहरूका परामर्शदाताहरू महँगा होटलमा बस्छन्, धेरै तलब खान्छन् । उनीहरू मालसामान महँगो दाममा आफ्नै देशबाट ल्याउँछन् । अनि दिएको सबै पैसा आफ्नै देशमा लान्छन् । अहिलेसम्मको अनुभव र तिनको व्यवहारले त्यही देखाउँदै आएको छ । हामीले हाइटी, सुडान, इस्ट टिमोर तथा कम्बोडियामा पनि त्यही देखेका छौं । तर नेपालमा उनीहरूले पालनपोषण गरेका केही विकासे नामका मानिस, केही पत्रकार, केही वकिल आदि लगाएर नेपाल ‘असलफल राज्य’ हो भनी उनीहरू नै प्रचार गराउँछन् । ‘नेपाल फ्रेजाइल’ छ भनी भाषण गर्छन् । भनेको समयमा राहत र उद्धार हुन सकेन त्यो सत्य हो । अहिले पनि लाखौं मानिस घरबाहिरै छन् । तर यो अप्रत्यासित आपद्८० लाख मानिसले व्यहोरेका थिए भने ४लाख वटा घर लडेका थिए । पहिरोले बाटाहरू पुरिएका थिए । तर पनि राज्य आत्तिएन । राज्यले १२ दिनमा उद्धारको काम गर्यो । राष्ट्रका हरेक व्यक्तिले काम गरे । सरकारलाई आलोचना गर्ने नाममा नेपाली राज्यलाई कमजोर पार्ने र त्यसको सम्मानमा खेलबाड गर्ने प्रवृत्ति सहन हुँदैन÷सकिँदैन ।
यस त्रासदीले सिर्जना गरेको संकटलाई सम्बोधन गर्दै राष्ट्रको पुनर्संरचना कसरी गर्ने भन्ने कुरा नेपालको सार्वभौमिक अधिकार हो । हामीले खोजेको सहयोग र सहकार्य हो । जसरी चीन र भारतले सहयोग गरिरहेका छन्, हामीले खोजेको सहयोगको ढाँचा त्यही हो । दातृसंस्थाहरूको पारदर्शीता हाइटीमा देखिएकै हो । हामीले देशलाई ‘भूकम्प शरणार्थी’को देश बन्नसक्ने खतरालाई रोक्नुपर्छ । पुनर्संरचनाको योजना राज्यले बनाउँछ । यस्तो योजना बनाउँदा दातृ संस्थासँग परामर्श राज्यले नै गर्छ । योजना बनिसकेपछि दातृ संस्थाले कुनै योजना ‘म गर्छु’ भन्छ भने त्यो पनि स्वागत हुनसक्छ । यस्तो अवस्थामा सहयोगमा सर्त रहन्छ भने हामीले भन्नुपर्छ– चाहिँदैन तिम्रो सहयोग। अब हामीले हिम्मत गर्नुपर्छ आफ्नो देश आफै बनाउने ।
विपद् उत्तरतिरका जिल्लामा बढी परेको छ । उत्तरतिर चीनको तिब्बत छ । अनेकौं संस्थाका नाममा सहयोगको बिल्ला भिरेर केही मानिस उत्तरका जिल्लामा जान चाहन्छन् । उनीहरूको स्वार्थ यहाँ नेपालसँग होइन चीनसँग गाँसिएको छ । उनीहरू त्यहाँ जनतामा भ्रम फैलाउन चाहन्छन्, विभाजित गर्न चाहन्छन् । चीनसँग वैरभाव राखेर नेपालले आफ्नो अस्तित्व बचाउन गाह्रो छ भन्ने कटु यथार्थ तिनलाई मतलब छैन । नेपाल एकातिर ‘क्रिस्टियानिटी र शिव सेना’ को प्रतिष्पर्धाबाट प्रभावित छ भने अर्कोतिर भारत र चीनबीचको कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने बाध्यतामा छ ।
नेपालमा पनि एकथरि मानिस छन् तिनमा देश र जनताप्रति इमानदारी छैन । विदेशीको भक्तिमा उनीहरू धर्तीको माटो बेच्न पनि पछि पर्दैनन् । तिनले आफन्त, नातेदारको जत्था भेला पारेर संस्था खोलेका छन् । त्यस्ता संस्थालाई विदेशीले बजेट दिन्छन् । ती सरकारको विरोध गरेका नाममा ‘राज्यको अपमान’ गर्दछन् । मन्त्री मन नपर्ला, सरकार पनि मन नपर्ला । तर राज्य मननपराउन पाइँदैन÷हुँदैन । राज्यप्रति बफादार रहनु नागरिकको कर्तव्य हो । राहतकोषमा रकम नहाल भनी सामाजिक सन्जालमा लेख्नेहरू सरकारको आलोचना होइन राज्यको अपमान गरिरहेका छन् । त्यो कोष प्रधान मन्त्रीको नाममा छ, तर त्यो सुशील कोइरालाको कोष होइन । त्यो नेपाल राज्यको कोष हो । त्यसमारकम नहाल भन्नु ‘राज्यलाई तिरष्कार गर’ भनेको हो । त्यसैले प्रत्येक नागरिकले पहल गरौं त्यो कोषमा योगदान गर्न । सबैले छाक काटेर पनि राज्यलाई सहयोग गरौं ।
त्रासदी र बर्बादीबाट देशलाई मुक्त गर्नेकार्यको नेतृत्व सरकारले नै गर्छ । जनताले निर्वाचित गरेको सरकारले नै राष्ट्रको प्रतिनिधित्व गर्ने हो । यस सरकारमाथि विश्वास छैन भने अर्को सरकार बनाउन आवाज उठाउन सकिन्छ । सरकार पारदर्शी र जिम्मेवार पनि हुनैपर्छ । त्यसैले सर्वप्रथम सरकारले यी विपद् सम्बोधनका लागि बन्ने राहत कोषको छुट्टै ऐन निर्माण गर्नुपर्छ । ऐनले राहतकोष र त्यसबाट भएको खर्चको अनुगमन गर्ने एउटा स्वतन्त्र कार्यदलको व्यवस्था पनि गर्नुपर्छ । कार्यदलमा प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघको प्रतिनिधि, नागरिक समाज, स्वतन्त्र लेखापरीक्षक र पीडितको प्रतिनिधिसमेत रहनुपर्छ । ऐनले पारित योजनामा मात्र कोषमा रहेको खर्च गर्ने र पारित योजनाको अनुमोदनव्यवस्थापिका संसद्को सम्बन्धित समितिले गर्ने व्यवस्था गरिनुपर्छ । तर कुनै संस्था वा कुनै दातालाई राज्यभन्दा माथि रहेर काम गर्ने अनुमति दिन हुँदैन । त्यसैले राज्यले सर्वप्रथम आफ्नै स्रोतमा पुनर्निर्माण कार्य गर्ने घोषणा गर्नुपर्छ । नपुगेको मात्र सहयोग माग्ने हो । सहयोगलाई पनि प्राथमिकीकरण गरौं । सर्वप्रथम छिमेकीलाई आह्वान गरौं । पृथ्वी राजमार्ग, गोर्खा जाने सडक, काठमाडौंका पुरातात्विक भवनहरूको पुनर्निर्माण, भत्किएका अस्पताल तथा सरकारी कार्यालयको पुनस्र्थापनाका लागि भारत सरकारसँग अनुरोध गरौं । गोर्खा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा जिल्लामा नागरिकका लागि एकीकृत आवास तथा यस क्षेत्रमा स्कुल र बाटाहरूको पुनर्निमाणका लागि चीन सरकारलाई अनुरोध गरौं । हामीलाई अहिले पुनर्निर्माणचाहिएको छ । सभा, सेमिनार र गोष्ठीफुर्सत्मा पछाडि गरौंला ।
००००००००