सुरुमा सबैजसो प्राकृतिक विपत्तिले मानवीय संवेदनालाई जागृत गर्ने रहेछ। त्यसैले होला उद्धार र आकस्मिक सहायतामा सामान्यजन पनि स्वेच्छाले सामेल हुन्छन्। त्यसपछिको चरण आत्मसुरक्षाको हुने गर्छ। जाने गइगए। हुने हुनामी भइहाल्यो। बाँकी भएकाहरूले बाँच्ने जोहो त गर्नु पर्यो। अन्त पनि घर हुने त्यता लाग्छन्। फुत्किन सकिने विकल्प नभएकाहरू सुस्तरी आआफ्ना काममा फर्कन थाल्छन्। अत्यास, आशंका एवं अन्यमनस्कताबाट नियमिततातर्फ फर्किन सहज भने कहिल्यै पनि हुँदैन।झन् राज्यमाथि भरोसा नरहेको समाजलाई तङ्ग्रिन त अझ बढी समय लाग्छ।गोरखा भुइँचालोका पराकम्पनहरू नसकिँदै २५/४ को त्रास भने १२ मे २०१५ मध्याह्न पुनः फर्कियो। नेपालजस्तो भूबनोट एवं छरिएर बस्ती विकास भएको ठाउँमा हताहत वा क्षतिको विवरण मूलतः अड्कल, अनुभव तथा सामान्य सूचनामा आधारित अनुमानमात्र हो। र यो २५/४ र १२/५ दुवै भुइँचालाका असरहरूमा लागु हुन्छ। एकदुईवटा मोटामोटी कुरा भने देख्न सकिन्थ्यो। पछिल्लो कम्पनले मुटु नै हल्लाए पनि त्यसको वेग र अवधि दुवै अगिल्लोका तुलनामा कम थियो। भागाभाग दोस्रो पटक पनि भयो। रुवावासी भने उति साह्रो सुनिएन। नमार्ने विषले बलियो बनाउँछ भन्ने फ्रेडरिक नित्सेको धारणा अरू बेला जेजस्तो भए पनि प्राकृतिक विपत्तिका बेला भने साँचो लाग्ने रहेछ।
विपत्तिबाट बाँचेकाहरूको मनःस्थितिलाई विभिन्न कोणबाट अध्ययन भएका छन्। मनोचिकित्सक एवं मनोवैज्ञानिकहरू व्यक्तिलाई बुझ्ने चेष्टा गर्छन्। अन्ततः व्यक्तिको अदम्य जीवीविषा नै हो विपत्तिपछिको स्थितिलाई साम्य बनाउने शक्ति। समाजशास्त्रीहरू परिवार, समुदाय, धर्म एवं परम्परा आदिलाई विश्लेषण गर्ने गर्छन्। हरेक कुरालाई अंकमा व्यक्त गर्न सकेमात्र अर्थशास्त्र गहकिलो ठहर्छ। त्यसैले क्षतिको आकलन एवं पुनर्निर्माणको लागत अर्थविद्हरूको प्रमुख चासोको विषय हुनेगर्छ। सबै विधाका आआफ्नै विशेषता र कमजोरी छन्। त्यस्ता सबै विश्लेषणबीच सामान्यजन भने प्रायः ‘प्रभुको लीला’भन्दा बढी भन्नसक्ने अवस्थामा हुँदैनन्।
प्राकृतिक विपद्को राजनीतिक विश्लेषण पनि प्रायः एकैनासको हुन्छ। युद्धजस्तै विपत्तिले पनि सुरुमा यथास्थितिलाई बलियो बनाउँछ। राजनीतिक दलका तुलनामा स्वयंसेवी समूहले गतिविधि बढाउने हुँदा अधिकारका आवाज मत्थर र कर्तव्यका नारा चर्को बन्नपुगछ। त्यस्तो प्रवृत्तिको प्रभावले गर्दा आफ्नो सान्दर्भिकता जोगाउन उत्पीडित समूहहरूसमेत मूलधारकै सिको गर्न थाल्छन्।
विपद्पछि सामाजिक न्याय, सांस्कृतिक सम्मान तथा राजनीतिक सहभागिताका स्वरहरू मधुरो हुँदै गएर केही कालका लागि हराउँछन्। परोपकार र संघर्षको राजनीति परस्पर विरोधी धारणा हुन्। परोपकारले यथास्थितिलाई स्वीकार गरेर अनुकूलन र सहन गर्न उत्प्रेरित गर्छ। राजनीतिले अधिकारका लागि आन्दोलित हुन सिकाउँछ। एउटा बलियो हुनु अर्को कमजोर हुनु नै हो।
अर्थराजनीतिक एवं भूरणनीतिका पराकम्पनहरूको आकलन भने बहुआयामिक हुनेभएकाले सहज हुँदैन। युद्धमा जस्तै विपत्तिमा पनि सुिरक्ष निकायको प्रमुख गतिविधि अनुशासित, संगठित एवं आदेश र पालनको नियममा चल्ने हुने भएकाले बर्दीको स्वीकार्यता भने बेपत्ता बढ्छ। स्वाभाविक हो, सुरक्षा निकायका अधिकारीहरू आफ्नो योगदानका अनुपातमा शासकीय प्रभाव दाबी गर्न थाल्छन्। राजनीतिक वृत्त कमजोर भएका बेला त झन् यस्तो दबाब थेग्नै सकिँदैन। सायद, त्यसैले होला राष्ट्रिय सरकार निर्माण गर्ने युक्तिसङ्गत प्रस्तावसमेतले यथेष्ट समर्थन जुटाउन सकेको छैन। तोकिएका ठाउँमा ‘बाहुली निसान बक्सहुने’ थपनाका प्रधानमन्त्री पाएपछि स्थायी सत्ताले अरू विकल्पमा बारेमा छलफल गर्ने कुरा पनि आउँदैन।
‘सतीको सरापेको देश’ भन्ने आहान पत्याउन धर्मभीरु नै हुनुपर्छ भन्ने होइन। युरेसियन र भारतीय पट्टिकाबीचको धाँजाले बनाएको भौगर्भिक बनोट छ। पहाडहरू नयाँ र अस्थिर छन्। नदीको वेगलाई थेग्न नसक्ने चट्टान छ। दुईचार इन्च मलिलो माटोले छोपेको ग्रेग्य्रानका थुम्का छन्। देउता, साधु र डाँकामात्र बस्न मिल्ने भूभाग नेपाली पुर्खाहरूले पक्कै पनि वाध्यतावश नै रोजेको हुनुपर्छ। विज्ञान र प्रविधिले जति नै विकास गरे पनि प्राकृतिक सीमिततालाई पूरै बेवास्त ागर्न सत्तैmन। नेपालमा सुन्दर संरचना बनाउने हो विशाल, अग्ला र भव्यको काम यहाँ छैन।
भौगोलिक त जे छ छँदैछ, भूरणनीतिका वाध्यताले नेपालको छनौटलाई झनै सीमित बनाउनेरहेछ। तत्कालीन इस्ट इन्डिया कम्पनी र त्यपछि ब्रिटिस इन्डियाका प्राथमिकताले गर्दा मुलुक स्वतन्त्र त रह्यो तर सार्वभौमिकताको अभ्यास भने स्वेच्छाले कहिल्यै गर्न पाएन। ती बाध्यता बदलिएको विश्व परिदृश्यमा पनि यथावत् छन्। छाना उँडाउने ओस्प्रे युद्धक विमान ‘मान नमान मै तेरा मेहमान’ भन्दै उँडिरहन्छ। सहायताका लागि आउन लागेको चिनुक हेलिकप्टर भने नयाँ दिल्लीबाटै फिर्ता पठाइन्छ।
सहरिया र पढैया मध्यमवर्गले भारत विरोधी भावनालाई जति नै भड्काउन खोजे पनि यथार्थ के हो भने भारतीय सहायताकर्मी टुटेफुटेको हिन्दी बुझ्छन्। दालरोटी बाँड्छन्। गाई वा सुँगुरको मासुको नाम लिँदैनन्। तिनले ल्याउने ओखती बिरामी चिन्छन्। म्याद नाघेको मिति पढ्न सकिन्छ। स्वाभाविक हो ती गाली पनि खान्छन्। त्यसको अर्थ भारतीय प्रभाव कम भएको भने होइन। तिनले आफ्नो शक्ति चिनियाँ वा पश्चिमा गतिविधि न्यूनीकरणका लागि प्रयोग गर्न खोज्दा भने नेपाल
चेपुवामा पर्छ।
अहिलेको भूरणनीतिक शक्ति सन्तुलनमा भारत मुख्य खेलाडी होइन। बङ्गलादेश, श्रीलङ्का वा नेपालमा त के माल्दिभ्स र भुटानजस्ता साना देशमा समेत नयाँ दिल्लीले वासिंगटन वा बेइजिङसँग आफ्ना महत्वाकांक्षाको समायोजन गर्नुपर्ने हुन्छ। त्यस्तो समीकरणमा भारतको छनोट जेजस्तो भए पनि नेपालको जनपक्षीय महत्वाकांक्षा भने ओझेलमा पर्न पुग्छ। चिनियाँ र अमेरिकी दुवै सैन्य एवं व्यापारिक प्रतिस्पर्धीहरू समसामयिक विश्वमा परिवर्तनभन्दा स्थायित्व रुचाउँछन्। र स्थायी सत्तालाई नै पत्याउँछन्। बिचरा! पुष्पकमल दाहालको हतास बुझ्न गाह्रो छैन। विश्व परिदृश्य वर्गीय सोच विरुद्ध छ।
पुनर्निर्माणको चरणमा कूटनीतिक प्रभावको प्रतिस्पर्धा झनै चर्किन सक्छ। प्रयोगात्मक प्रविधि, जोखिमयुक्त उपचरणको जाँच वा नयाँ उत्पादनको परीक्षण जरुरतमा परेको सरकारले अपेक्षाकृत सजिलै स्वीकार गर्ने गर्छ। प्रतिस्पर्धी उत्पादक वा सेवा प्रदायकको हितलाई प्राथमिकतामा राख्ने कूटनीतिक नियोगहरूको दबाब थेगनसक्ने क्षमता नेपालको स्थायी सत्तामा एक त साह्रै कमजोर छ। भारतको प्रभावबाट मुक्त रहेको व्यर्थको दम्भले गर्दा त्यो अझ कमजोर बन्न पुगनेछ।
अभिव्यक्तिलाई क्यानाडेली लेखक नाओमी क्लेनले प्रचलित तुल्याएको भए पनि प्रघातवाद (सक डक्ट्रिन) वा विपत्ति पुँजीवाद (डिजास्टर क्यापिटलिज्म)जस्ता अवधारणा पुरानै हुन्। दुईचार वर्ष धानको उब्जनी बढेपछि भण्डारण गर्ने ठाउँ वा बेच्ने बजार नपाएपछि मिथिलाका जमिनदारहरू आकाशतिर हेर्दै भन्ने गर्थे अरे – ‘आब त रौँदिएकी आश’। त्यो लोभ व्यापारीमा झन् बढी हुन्छ। सहकालभन्दा
जो बढ्छ।
सत्ताले सुख्खा कति रुचाउँछ भन्ने कुरा भारतीय लेखक पत्रकार पी साईनाथले आफ्नो पुस्तक ‘एभ्री बडी लभ्स ए गुड ड्राउट’ ( राम्रो सुख्खा सबैलाई मन पर्छ) शीर्षकको पुस्तकमा चित्रण गरेका छन्। वैदेशिक सहयोगले बहुराष्ट्रिय व्यापारी एवं पेसाकर्मी विपद्पछि झन् मोटाउँछन् भन्ने वृत्तान्त हाइटी बारे लेखिएको ‘द बिग ट्रक द्याट वेन्ट वाई’मा पुस्तकमा पढ्न सकिन्छ।र, सेना, प्रशासन, व्यापारी तथा अन्तर्राष्ट्रिय समुदायले सिर्जना गर्ने विपत्ति –वित्तीय सत्ता विमर्श मिसेल रुथ ग्यामबर्डले सुनामीपछिका दृष्टान्तहरू लिएर ‘गोल्डन वेभ’ पुस्तकमा गरेका छन्। धेरथोर पाठ सबैको
एउटै हो: विपत्ति आयो भन्दैमा राजनीतिलाई गौण हुन दिइयो भने सबैभन्दा बढी दुःख पाएका गरिब एवं सीमान्तीकृतका वेदना बेचेर धनी अरू धनी एवं शक्तिशाली झन् बढी शक्तिशाली बन्दै जान्छन्। निरीहतालाई शोषणको निरन्तरताको अवसरका रूपमा प्रयोग गर्नेहरूकै प्रायः स्थायी सत्तामा प्रभुत्व हुनेगर्छ।
व्यक्तिको जागरुकता अधिकारको राजनीतिमार्पmत् मात्र सम्भव हुन्छ। त्यसैले संकटका बेला जनचेतना कायम राख्न राजनीतिक दलहरूले आआफ्ना गतिविधिलाई जारी राख्न गप प्रयास गर्नुपर्ने हुन्छ। तिर्खाएकालाई बोतलको पानी, भोकाएका पत्रु आहार (जन्क फुड) र रुझेकालाई त्रिपाल बाँड्न शीर्ष नेता चाहिँदैनन्। त्यस्ता काममार्पmत् सन्तुष्टि लिनेहरूले बरु अझ बढी प्रभावकारी सेवा पु¥याउन सक्छन्। राजनीतिक दलहरूले भने अधिकार र सामाजिक न्याय तथा उपस्थिति एवं सम्मानका विषयलाई निरन्तरता दिनुको विकल्प छैन।
पारदर्शिता एवं उत्तरदायिताजस्ता शब्दहरू आकर्षक लाग्छन्। तर आधारभूत शक्ति संरचना नै असन्तुलित भएपछि न त पारदर्शिताले केही गर्छ न जवाफदेहीले नै। त्यस्तै राष्ट्रिय सहमतिको सरकार आदर्श समाधान होला तर तोकिएका ठाउँमा बाहुली निसाना दिन बालुवाटारमा जो भए पनि केही फरक पर्दैन। चिल्लो र मीठो कुरा गरेर वाहवाही लुट्नेभन्दा आवश्यक तर खस्रो कुरा गर्ने राजनीतिकर्मी गाउँ र सहर जताततै चाहिएका छन्। लोपोन्मुख लाग्ने त्यस्तो पंक्तिको खोजी भने संकटका बेला पनि भइरहनुपर्छ।

अभिशप्त अवस्थिति

विपत्ति पुँजीवाद

अनिकालमा नाफा