कुनै पनि राष्ट्रलाई प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोले जस्तै आगजनी र कुनै गम्भीर रोगले पनि त्यति नै प्रभाव पार्ने गर्छ। यति हुँदाहुँदै पनि बाढीले बगाएर घरवारबिहीन भएका, आगोले डढाएर ध्वस्त बनाएको भन्दा भुकम्पले पुर्याएको क्षति केही सम्हालिन सकिनेखालको हुन्छ।बाढीले बगाएर लगेको चिज पुनः पाउन सकिँदैन। यतिसम्म कि राज्यको सम्पूर्ण निकाय लाग्दा पनि लाससम्म नपाउने अवस्था हुन्छ। आगोले जलाएका धन सम्पत्ति सबै खरानी हुन्छन् त्यसलाई पुनः उपयोग गर्न सकिँदैन तर भूकम्पले पुर्याोएको क्षतिमा जहाँको तहीँ लास खोज्नेदेखि पुरिएका सामग्री उत्खनन् गर्न सकिन्छ। कति सामग्री पुनः प्रयोग गर्न सकिने हुन्छ। परिवारका सदस्य गुमाउनुपर्दा, बस्दै गरेको घर गोठ भत्कँदा, अन्नपात पुरिँदा दुःखी हुनु स्वाभाविक भए पनि सधैँ कसैको सम्झानामा पिर गरेर दिन चर्या चल्नै सक्दैन। त्यसैले केही दिनको अन्तरालपछि पुनः पुरानै अवस्थामा फर्कन बाध्य हुन्छ। अहिले नेपालमा आएको भूकम्पले पनि जनतालाई यही नियति भोग्न बाध्य बनाएको छ।
विनाससँगै सम्भावनाका ढोका पनि खोलिएका हुन्छन्। त्यसैले विनाससँगै नयाँ निर्माणको अवसर हो भन्ने भनाइ पाइन्छ। विश्वका कैयौँ देशले ठूलो विनासपछि नै आफूहरूलाई उन्नतिको मार्गमा लान सफल भएका छन्। संसारका तिनै उदाहरणलाई हेरेर हुनुपर्छ भूकम्प आएलगत्तै विभिन्न विद्वान्, लेखक, राजनीतिज्ञलगायत सबै तह र तप्काका मानिसले यो विनासपछि देशलाई समृद्धिको मार्गमा लैजान सक्नुपर्छ भन्ने आशयका लेखहरू आए, भनाइहरू सुनिए, अब त केही हुन्छ कि भन्ने आशाका किरणहरू देखिए। तर समय वित्दै जाँदा ‘चुच्चे ढुङ्गो उही टुङ्गो' भनेजस्तै कहीले गरिबीका नाममा, कहिले बाढीपहिरोका नाममा, कहिले भूकम्पपीडितका नाममा लगायत अन्य त्यस्तै विभिन्न बहानामा सधैँ भिखारी मानसिकताबाट चलेका शासकहरूले पुरानो बानी बदल्ने सङ्केत दिन सकेनन बरु भूकम्प गएको महिना दिन बितिसक्दा पनि अब के गर्ने भनी एउटा सामान्य खाकासमेत तयार पार्न सकेनन्।
राजादेखि अन्य शासकसम्मले पटक पटक नेपाल र नेपालीको जीवन स्तर उकास्न सक्ने गरी मौका पाइरहेका थिए तर शताब्दियौंदेखि यहाँका शासकले जनतालाई सधैँ विपत्मा पारिरहेका छन्। त्यसैमाथिको अर्र्को विपत् हो यो। ९० सालको भूकम्प र त्यसले पुर्यारएको विनासबारे सुनेका र इतिहास पढेकालाई अहिले प्रत्यक्ष अनुभूति गर्न बाध्य बनायो। हुन पनि कल्पना गर्न नसकिने कहालिलाग्दो विनासकारी भूकम्पको एक झड्काले कतिको ज्यानै लियो भने कतिलाई उठिबास लगायो। यस्तो कहालिलाग्दो अवस्थामा आफ्नो भन्ने र आशा गर्ने ठाउँ भनेको राज्य हुनुपर्थ्याे तर विडम्बना राज्यको उपस्थिति भएको महसुस जनताले गर्न सकेनन्। चुनावका बेला भोट जसलाई दिए पनि विपत्मा परेका बेला ती जनता कुनै पार्टी र दलका कार्यकर्ता हुन सक्दैनन्। हामीले देखे/भोगेका छौँ कुनै बेला राजा ज्ञानेन्द्र जहाँ जहाँ पुग्थे, त्यहाँ जनताको ओइरो लाग्थ्यो। मानौँ, सबै राजाको पछाडि छन् तर त्यो स्थिति लामो समय रहन सकेन। राजा फालेर गणतन्त्र ल्याए। गणतन्त्रपछि माओवादीको पक्षमा लहर नै आयो। त्यतिबेला जनतामात्र होइन, रुखपात खोलानाला सबै माओवादी भएजस्तो लाग्थ्यो। तर चार वर्षपछि त्यही माओवादीले आफ्नो अस्तित्व जोगाउन नै मुस्किल पर्योए। जनताका नाममा सत्तामा पुगेर आफ्ना सालासाली भाइ भतिजालगायत सात पुस्तालाई सम्पत्ति जोड्नमा ध्यान दिएपछि जनताले पनि एउटै दल एउटै नेतालाई विश्वास गर्न छाडेका छन्।
सरकार र विपत्का बेला राहत बाँड्नेहरूले राजनीतिक आस्थाका आधारमा कुनै काम गर्नुहँुदैन। जनता कुनै पार्टीका दास हुन सक्दैनन्। आपत परेका बेला जुन व्यक्ति, दल र समूहले सहयोग गर्छन् जनताले तिनैलाई आफ्नो ठान्नेछन्। चुनावका बेला फुस्रा आश्वासन बाँडेर भोट खानेहरूले अहिले प्रत्यक्षरूपमा काम गरेर नागरिकलाई आफ्नो पक्षमा पार्न सक्नुपर्छ। राजनीति त्यतिबेला गर्नुपर्छ जति बेला राजनीतिक प्रतिस्पर्धा हुन्छ। तर मुलुक विपत्मा परेका बेला त्यही अप्ठ्यारो स्थितिको फाइदा उठाउन कसैलाई दलको कार्यकर्ता बनाउने प्रयास गर्छन् भने त्यो मानवीय संवेदनामाथिको गद्दारी हुनेछ। हिजो आफ्नो पार्टीलाई भोट दिएको थियो भन्ने मनसायले व्यक्ति व्यक्ति छानेर राहत बाँड्ने, त्यसरी राहत बाँड्न लुकाउने जस्तो घृणित काममा जो कोही लाग्छ भने त्यो अपराधी ठहर्छ। त्यसैले एमाले अध्यक्ष केपी ओलीले पार्टीका स्वयम्सेवकहरूलाई तपार्इँहरू अहिले राजनीति होइन विपतमा परेका जनतालाई राहत दिनूस् भन्दैछन्। वास्तवमा अहिले सबैले राजनीतिभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ। भोलि सरकार चलाउने उद्देश्य राख्ने दलहरू आज जनताको घरघरमा पुग्न आवश्यक छ। अहिले राजनीतिमा होइन, नवनिर्माणमा समर्पित हुने बेला छ।
उपप्रा. रत्नराज्यलक्ष्मी क्याम्पस