दह्रो सरकार, खरो प्रतिपक्ष
१६ जेष्ठ २०७२
•
१० मिनेट पाठ
दह्रो सरकार, खरो प्रतिपक्ष
भूकम्पको विपत्तिलाई राजनीतिक लाभमा बदल्न पुष्पकमल दाहाल ‘प्रचण्ड' कम्मर कसेर लागिपरेका छन्। उनले प्रतिपक्षीविहीन सरकार बनाउन प्रधान मन्त्री पदका लागि मुख आँ पारेर बसेका केपी शर्मा ओलीलाई आफ्नो बल्छीमा आहाराका रूपमा उपयोग गर्न कदम चालेका छन्। प्रतिपक्षीविहीन सरकार लोकतान्त्रिक होइन, कम्युनिस्ट प्रणालीको निरंकुश आधार हो। यो पञ्चायती व्यवस्था हो। एमाले पनि कम्युनिस्ट हो, सहजरूपमा लेला प्रतिपक्षीविहीन व्यवस्थालाई। परन्तु कांग्रेसले के गर्छ त? हुन त आफ्नो नेतृत्वको प्रतिपक्षीविहीन सरकारको नारा कांग्रेसबाटै आइरहेको छ!जनअनुमोदित मतबाट बनेको वहुमतीय दह्रो सरकार र त्यही सरकारका टाउकामा अंकुश ठोकिरहने खरो प्रतिपक्ष हुने व्यवस्था नै लोकतन्त्र हो। मौकामा भित्तामा चौका हान्न एक पयर उठाएर कुकुर मुद्रामा बसिहरनु प्रतिपक्षको विशेषता नै हुन्छ लोकतन्त्रमा। प्रतिपक्षले मुखैमा तुर्क्याउला भन्ने भयकै कारण सदैव सुशासन गरेर जनताको सुखसुविधा तथा शान्तिसुरक्षा विषयमा कटिबद्ध भइरहन बाध्य हुन्छ, सरकार। यसकारण सदनमा पनि दह्रो, प्रशासनमा पनि दह्रो तथा आर्थिक र विकास–उन्नतिमा पनि दह्रो हुन हरप्रकार प्रयत्नशील रहन प्रयत्नशील नभई सुखै हुन्न सरकारलाई। यही कारणले नै सरकारको शतप्रतिशत ध्यान जनहितकारितामै केन्द्रित रहिरहन बाध्य हुन्छ। र, लोकतन्त्र स्थायी हुन्छ। सरकार हुनुको अर्थ राज्यलाई हुन्छ, जनतालाई हुन्छ।
परन्तु जनआन्दोलनपछि बनेका कुनै पनि निर्वाचित सरकारले दह्रो सरकारको रूप देखाउन सकेनन्, न त प्रतिपक्षीले नै खरो रूप देखाउनसके। कारण स्पष्ट छ– मनोनितता, समानुपातिकता, सहमतीयता, सर्वदलीयता, संक्रमणकालीनता तथा संविधानको प्राथमिकता आदि शब्दजालमा जनतालाई अल्झाएर बाँडिचुँडी राज्यलक्ष्मी तथा सुखसुविधा खाइनु नै लोकतन्त्र हो! यस्तो बाँडिचुँडी व्यवस्थामा सरकार दह्रो हुनैसक्दैन, प्रतिपक्षी खरो बन्नैसक्दैन। सरकार दह्रो नहुनु भनेको स्वयं सरकार विचरो हुनु हो। विचरो भएपछि सुशासन दिनसकिने कुरै आएन। अनि टिक्नलाई प्रतिपक्षीसँग गोप्य लेनदेन तथा ‘टाइमपास'बाहेक अन्य उपाय पनि हुन्न। 
अनि यता प्रतिपक्षी खरो नहुनु भनेको स्वयं प्रतिपक्षी पनि सरकारजस्तै विचरो हुनु हो। विचरो भएपछि खरो प्रतिपक्षी बन्न सकिने कुरै आएन। यही भोग्यौँ हामीले विगत करिब एक दशक। जस्तो सरकार त्यस्तै प्रतिपक्ष! धमासाएर लेनदेनको फुटपाथे खुद्रा पसल चलाएर लाभ हुने देख्यो प्रतिपक्षीले। र, विचरो सरकारलाई पनि खुद्रा पसले बनायो। सरकारले पनि फुटपाथमा मकल राखेर मकै बेच्नु नै शासन भन्नथाल्यो। नतिजा, न सरकार दह्रो, न प्रतिपक्षी खरो। कांग्रेसजस्तो संस्कार र इतिहास बोकेको दल पनि सरकारमा दह्रो भएन, प्रतिपक्षीमा खरो भएन।
२०४६ सालपछि एमालेलाई आफ्नो रंगमा ढाल्न सफल कांग्रेसले माओवादीलाई डेमोक्रेटिक बनाउन सकेन। बरु सत्ताको लालचका कारण उसैलाई माओवादीले आफैजस्तै बनाइदियो। काँचो खरबुजाहरूका बीचमा एउटा पाकेको खरबुजा राखिदिँदा सबैलाई पकाइदिन्छ। परन्तु यहाँ त माओवादी काँचो खरबुजाले पाकेको कांग्रेस र एमाले खरबुजालाई आफूजस्तै काँचो बनाइदियो। या कुहेको बनाइदियो? उदाहरण रमाइलो लागे पनि तथ्य पीडादायक छ। प्रमाणहरू हर पक्षमा प्रष्टिँदै आइरहेका छन्। माओवादी त त्यस्तै हो। उल्ले ढाँटेको छैन आफूबारे। ऊ सरकारमा हुँदा क्रान्ति र विद्रोहको कुरा गर्छ। आफ्नै सरकार हटाउन राष्ट्रपति गुहार्छ। कांग्रेस र एमालेको चाला पनि त्यस्तो भएकोले पो चिन्ता भएको हो!
अब प्रतिपक्षकै कुरा गर्दा, जनताले जिताए पनि पुष्पकमलको प्रतिपक्षी स्वभावका कारण विगत ७ वर्षमा धेरै मत ल्याएको माओवादी करिब साँढे ५ वर्षै (डिस्ट्रक्टिभ)प्रतिपक्षी बन्न पुग्यो। स्वयं डा. बाबुराम सरकारमा हुँदा पनि प्रचण्डको माओवादी भने प्रतिपक्षी नै थियो। सक्कली प्रतिपक्षी कांग्रेस भने गुफामा लुकेको थियो। प्रचण्डले प्रतिपक्षी नेता सुशील कोइरालालाई प्रधान मन्त्री बनाइदिने गाँजर मुखमाथिको लौरोमा झुन्डाएर लौरोलाई सुशीलकै पयरमा बाँधिदिएका थिए। उनको पयर चल्यो कि गाँजर मुखबाट दूर! प्रतिपक्षीकै प्रसंगमा आउँ। दीर्घकालीन प्रतिपक्षी माओवादीले सदन तोड्यो, सडक फोड्यो। तर खरो प्रतिपक्षी बनेन। सडकमा या सदनमा देखाउने विध्वंसात्मक रूपलाई लोकतान्त्रिक प्रतिपक्षका रूप मानिन्न। प्रतिपक्ष ‘कन्स्ट्रक्टिभ' अर्थात् रचनात्मक हुनुपर्छ, न कि डिस्ट्रक्टिभ। यौटा रचनात्मक मुद्दासम्म पनि सदनमा ल्याएन। जनसरोकारसँग सम्बन्धित कुशासनका विरुद्ध झिनो स्वर पनि निकालेन प्रतिपक्षीले। लोकतन्त्रपछि हामीले कन्स्ट्रक्टिभ प्रतिपक्ष नपाउनु नै लोकतन्त्रको असफल अनुहारको एक कारण हो। यसैकारण सरकार दह्रो बन्नसकेन। सुशासन र जनहित कुनै पनि सरकारको प्राथमिकतामै परेन। संविधान निर्माणका लागि संविधान सभाभित्र सोचिएका सहमतीय तथा समानुपातिक प्रणालीलाई सदन तथा सरकार, पद तथा बजेट र सुविधा बाँडफाँटमै सीमित बनाइयो।
भूकम्पपछि अहिले नेपाली राजनीतिमा यो कुरा उठिरहेको छ। तसर्थ, यस विपद्मा सुशील सरकार दह्रो होलान्, कडाइका साथ सुशासन गर्लान्, राहत तथा पुनर्निर्माणमा भ्रष्टाचार हुन नदेलान् भन्ने आशा गरिएको छ। सुशील सक्दैनन् भने अरु कसैले सक्लान्! तर जसको सरकार बने नि, त्यो दह्रो सरकारलाई सक्षम र सफल बन्न बाध्य बनाउन नभइनहुने तŒव हो खरो प्रतिपक्षी। परन्तु अब १० वर्ष प्रतिपक्षी नै नराख्ने चाहना ठूला भनिएका ३ वटै दलमा प्रष्ट आइसकेको छ। प्रतिपक्षीले त भन्छ नै। हुँदाहुँंदा सुशील पनि भन्न थालेका छन्, उनको सरकारमा माओवादी पसेर राष्ट्रिय सरकार बनाउनुपर्छ। आफू अराष्ट्रिय सरकार भएको भ्रम परेझैँ प्रचण्ड आउनेबित्तिकै राष्ट्रिय सरकारमा रूपान्तरण हुने कुरो गर्दैछन्! सारांशमा बिनाप्रतिपक्षीको सरकारको नाम दिइएको छ राष्ट्रिय सरकार। हुन त दाताको खातामा भएका खर्बौंले मुखमा पानी ल्याएको सत्य हो, प्रतिपक्षीलाई। र, उही खाता विषय प्रतिपक्षीले औँला नठड्याओस् भन्ने चाहना पनि होला सरकारको। इतिहासले अवसर दिएको छ कांग्रेस र एमालेलाई दह्रो सरकार बनेर देशमा विकास गर्न। र, माओवादीलाई पनि अवसर दिएको छ, खरो प्रतिपक्षी बनेर सरकारलाई सही मार्गमा ल्याउन। साँच्चिकै पुनर्निर्माणबाट देशको रूपान्तरण गर्न तथा दाताहरूले भनेका भ्रष्टाचार रोक्न। तसर्थ यस विपद्को आवश्यकता हो दह्रो सरकार–खरो प्रतिपक्षी। 
अन्त्यमा, गाडीमा एक्सिलेटरले गति, गियरले गति नियन्त्रण तथा स्टेरिङले घुमाइदिने भए पनि गाडी पूर्ण हुँदैन ब्रेकबिना। र, प्रतिपक्षी हो ब्रेक। जनआन्दोलनपछि हामीले चलाइरहेको बिनाब्रेकको गाडीलाई झन् अब संस्थागत गर्ने प्रयत्नले देश दुर्घटनामा पर्छ। दुर्घटनाले घाइतेमात्र हुन्छ कि अर्थोक पनि बिग्रन्छ?


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस