भूकम्पको त्रासदीसँग जुध्दाजुध्दै एउटा अप्रत्यासित घटना पनि भयो। पूर्वन्यायाधीश भरतराज उप्रेतीले देहत्याग गरेको समाचारले मर्माहत बनायो। अहिले सामाजिक सञ्जालमा अनेकौँ गहिरा र मर्मस्पर्शी भावनात्मक अभिव्यक्ति भेटिन्छन् उनका बारेमा। एक किसिमको प्रतिस्पर्धाजस्तो देखिन्छ उप्रेतीसँगको समिपता देखाउन। मरेपछि शोक मनाउँदै, मृतकप्रति भक्तिभाव देखाउन अत्यन्त दक्ष एवं 'हिपोक्रिटिकल' चरित्रले ग्रस्त समाज हो हाम्रो। उप्रेती मेरा पनि शिक्षक थिए। आफ्नो विषयमा उनी राम्रो दख्खल राख्थे।भारतको 'पुणे' बाट फर्किएर आएपछि उनको पढाइको स्तरीयतामा धेरै सुधार आएको थियो। सन् १९९० पछाडि नेपाली कानुन प्रणाली र न्यायप्रणालीको विकासमा नेपाल ल सोसाइटीमार्फत् उनी सक्रिय भए। अदालतमा बहस गर्नेमात्रै 'वकिल' हो भन्ने मान्यता र भ्रममा जकडिएका थुप्रै कानुन व्यवसायीका रुढीवादी मान्यताभन्दा फरक उप्रेती प्राज्ञिक व्यावसायीकताको पक्षमा सक्रिय भए। दैनिक अदालत गइ अभिव्यक्ति बर्बराउने मानिसमात्रै वकिल हो भन्ने रुग्ण मान्यताविरुद्ध उनले त्यसताकाका वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठसँग सहकार्य गरे। सामाजिक अभियन्ता हुने वकिलले प्राज्ञिक विकासका क्षेत्रमा काम गर्नुपर्छ भन्ने मान्यता थियो उनको। त्यसताका म क्लिनिकल लिगल एजुकेसनका लागि काम गर्थें नेपाल ल क्याम्पसमा। उप्रेतीको भरपुर सहयोग थियो यस कार्यक्रममा। सन् १९९० को दशकको पहिलो चरणताका 'सार्क ल' ले स्वरूप लियो। उप्रेती यसमा पनि सक्रिय थिए। सन् १९९० को दशकको पछिल्लो चरणतिर 'फ्रिडिल' भन्ने संस्थाको उदय भयो र 'नेप्का' (आर्बि्रटेसन काउन्सिल) को पनि जन्म भयो। मध्यस्थतालाई संस्थागत गर्न उप्रेतीको अत्यन्त सक्रिय भूमिका थियो। यसरी अत्यन्त पछाडि परेको, परम्परावादी नेपाली कानुनी सोचलाई प्रगतिवादी र समसामयिक कानुनशास्त्रतर्फ मुखरित गर्न उनले कतिपय पुराना र नयाँ पुस्ताका वकिलहरूसँग काम गरे ।
नेपाली समाजमा 'गर्नेको खुट्टा' तान्ने प्रचलन छ। नगर्नेलाई राम्रो मान्छे र गर्नेलाई नराम्रो मान्छे बनाइने हाम्रोजस्तो कमजोर मानसिकताबाट शासित समाजमा गर्ने, सक्रिय र इमानदार मानिसले पटकपटक मर्नुपर्छ। ल सोसाइटि र फ्रिडिलमा निकै लामो समयसम्म, उप्रेतीलाई 'लिडर' मानेर मैले पनि अरु साथीहरूसँगै काम गरेँ। मेरो उनीसँगको सम्बन्ध नितान्त व्यावसायिक थियो। उनको पारिवारिक जीवनको बारेमा हामीले कहिल्यै चियोचर्चाे गरेनौँ। उप्रेती समयलाई प्रयोग गर्ने मानिस थिए। त्यसैले देखिन्थ्यो, परिवारभित्र उनले दिने समय थोरै थियो। यसले उनको परिवारमा कस्तो असर पर्योस मलाई थाहा भएन।
एकदिन कटकबहादुर मल्ल, म र उप्रेती सर कृष्णप्रसाद भण्डारीको ल फर्मको माथिपट्टि बुइँगलमा जहाँ 'ल सोसाइटी' को अफिस थियो, त्यहाँ बसेर कालो चिया खाँदै थियौँ। उनले गुनासो गरे– कसैले उनलाई वकिल नै होइन, बहसै गर्दैन भनी कुरा काटेका रहेछन्। उनका बारेमा यस्तो कुरा गर्ने मान्छको नामै भने। 'ए सर किन वास्ता गर्नुहुन्छ यस्ता कुरामा? एकजनाले कुरा काट्यो भने ठान्नुहोस् तपाईंको अस्तित्व रहेछ। दुईजनाले काटे भने मान्नुहोस् तपाईं अरुभन्दा फरक हुनुहुँदो रहेछ। तीनजनाले काटेपछि मान्नुहोस् तपाईं दौडमा अगाडि गइसक्नु भएछ,' कटकले सम्झाउँदै भने। समाजमा लायकहरूको भन्दा नालायकहरूको आवाज ठूलो हुन्छ। मैले जीवनमा गरेको अनुभूति हो यो। नगर्नेहरू गर्नेलाई गाली गरिरहन्छन्।
उप्रेती 'खरो' मानिस थिए। जसको व्यक्तित्व 'क्रेन'ले तानेर होइन आफैले बनाएको छ, ऊ खरो हुन्छ। जसले अर्काको शरीरमा जुम्राजस्तै बसेर व्यक्तित्व बनाएको छ, उसले सधैँ अर्काको बाटो छेक्ने र षड्यन्त्र गर्छ। आफ्ना खुट्टामा उभिएका मानिसको सबैभन्दा डरलाग्दो शत्रु उसैको व्यक्तित्व हुन्छ र सबैभन्दा असल मित्र उसैको क्षमता हुन्छ। उनी सक्षम थिए, त्यसैले भिन्न थिए, निर्भीक थिए। निर्भीक मानिस स्वाभिमानी हुन्छ र फटाहाहरू त्यस्तो स्वाभिमानलाई 'घमण्ड' भनेर आत्मरति गर्छन्।
पछिल्लो समय उनीसँग मेरो सम्पर्क कम थियो। मलाई कताकता लागेको थियो, उनलाई न्यायाधीशको रूपमा सफल हुन दिँदैनन्। 'विचार गर है काम गर्दा वरिपरि लुमडीको झुण्ड लाग्छ' उनले मलाई महान्यायाधिवक्ता हुँदा शुभकामनासँगै दिएको सल्लाह हो यो। मलाई असफल पार्न केही वकिल लागेका रहेछन्। एकदिन एकजना न्यायाधीशको इजलासमा नामै लिएर म असफल हुने घोषणा भएछ। सायद उनले यसबारे जानकारी पाएको हुनुपर्छ, त्यसैले मलाई यो सल्लाह दिएको होला। 'स्वतन्त्र चिन्तकका रूपमा काम गर्ने मानिसलाई चुनौती हुन्छन्, डराउनु हुँदैन,' उनी मलाई भन्थे।
उप्रेतीलाई स्थायी गरेर न्यायपालिकामा भूमिका दिएको भए उनले न्यायपालिकाभित्र वाणिज्य कानुनशास्त्रलाई मजबुत गर्ने थिए। यसबारेमा कुनै शंका नै थिएन। टिकाटिप्पणी हुने गथर्ेे उनका फैसलाका बारेमा। वाणिज्य कानुनशास्त्रीलाई अंशबण्डाका मुद्दामा फैसला गराएपछि कमजोरी नभएर के हुन्छ? उनलाई वाणिज्य कानुनको विकास गर्नेखालका मुद्दा तोकिनुपर्थ्यो। उप्रेती र प्रकाश वस्ती दुवैलाई असफल पार्ने खेल व्यापक भएका हुन् त्यसबेला। हामीले देखेकै कुरा हो न्यायपालिका एउटा पुरानो क्लबजस्तै भएको छ, जहाँ आफ्ना चाहना र परिकार खानका लागि मानिस आइरहन्छन्। तर दुर्भाग्यबस एउटा निजी क्लबमा केवल त्यस्ता व्यक्तिले सदस्यता पाउँछन् जो त्यही सम्प्रदायभित्रका हुन्छन्। त्यो क्लबलाई जति धेरै वादी–परम्परावादी र अन्धविश्वासी बनायो, त्यसभित्रका सदस्यले त्यति नै बढी क्लबलाई माया गर्छन्। यदि कुनै सदस्यले क्लबको सुधारको कुरा गर्छ भने त्यो सदस्य अप्रिय हुन्छ। किन उप्रेतीको स्थायी नियुक्ति भएन? जबकि उनीबाहेक अर्को उत्तिकै जानेबुझेको वाणिज्य कानुनशास्त्री त देशमै थिएन। कुरा स्पष्ट छ, उनी सर्वोच्च अदालतभित्र सुधारको पक्षमा थिए। उनीसँग एउटा अन्तर्राष्ट्रिय अनुहार पनि थियो जुन कुरा अरु कतिपयलाई स्वीकार्य थिएन। त्यसैले उनी स्थायी न्यायाधीश हुन अयोग्य मानिए।
उनको समृद्ध कानुनी पेशा थियो। उनलाई पैसाको अभाव पनि थिएन। तर उनका वरिपरिका कतिपय साथीले सर्वोच्च अदालतको भलो चिताएर त्यसको सुधारको लागि उनलाई त्यहाँ जान प्रेरित गरे होलान्। सम्भवतः उनीहरू बोल्छन् होला आउने दिनमा। उप्रेती न्यायाधीशमात्रै हुन त्यहाँ गएनन्। उनको दिमागमा वाणिज्य कानुनशास्त्रको विकासको खाका थियो पक्कै पनि। तर त्यहाँभित्रको वातावरणमा उनी निसास्सिए। फैसला गर्नु र न्याय गर्नु एउटै कुरा होइन। विज्ञता र बुद्धिले न्यायको निर्माण गर्छ, यी दुईको अभावमा हुने निर्णयले अदालतलाई फैसला उत्पादन गर्ने कारखानामात्रै बनाउँछ।
जब जस्टिस वारेन अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश नियुक्त भए, भित्रका थुप्रै न्यायाधीशले उनको कुरा काटे। अर्का न्यायाधीश डगलस अदालतभित्र परिवर्तन चाहन्थे त्यसैले उनी एकजना वारेनको आगमनप्रति खुसी थिए। अमेरिकी राजनेताहरूले बुझे त्यसबेला, यदि वारेनजस्ता मानिसलाई अमेरिकी सर्वोच्च अदालतको नेतृत्व दिइएन भने त्यहाँभित्रका अरुले अदालतलाई परिवर्तनको विरुद्धमा एउटा अल्छी मानिसको क्लबमा बदल्नेछन्। जुनसुकै देशमा सर्वोच्च न्यायपालिका तीन वटा खम्बामा उभिएको हुन्छ। १. राष्ट्रिय समाजको बदलिँदो परिस्थिति र त्यसका भित्री आयामहरूको गहिरो समझदारी र सटिक विश्लेषण गर्नसक्ने न्यायाधीशको जमात आधारभूत खम्बा हो। २. न्यायिक संरचनाभित्र प्रवेश गरेका विभिन्न किसिमका विज्ञता र क्षमता भएका मानिसको पहिचान र परख गर्नसक्ने बौद्धिक नेतृत्वको सबल न्यायपालिका अर्को खम्बा हो। ३. कानुन र न्यायको क्षेत्रमा विकास भएका ज्ञानलाई निरन्तर प्रवेश गर्न दिने खुल्ला र समालोचनात्मक दिमाग भएका कानुनविद्हरूको उपस्थिति अर्को खम्बा हो। नेपालको न्यायपालिकामा यिनै कुरा छन वा छैनन् अडिट गर्नुपर्ने समय आएको छ। ती छन् वा छैन भन्न कठिन छ। केही राम्रा न्यायाधीश छन्, तर नेतृत्वको बारेमा प्रष्ट भन्न म सक्दिन।
न्यायपालिकाले सामाजिक वा राष्ट्रिय विकासको लागि आवश्यक पर्ने बुद्धिको निर्माण गर्छ। वारेनलाई थाहा थियो– अमेरिकी सर्वोच्च अदालतभित्र बुद्धि अथाह छ, तर दिशानिर्देश छैन। अमेरिकी समाज 'सामानहरूको फरकफरक अस्तित्व'को सिद्धान्तमा विभाजित थियो त्यहीबेला। फरकफरक अस्तित्वको सिद्धान्तलाई समाप्त पारेर संविधानको व्याख्या 'सबै एकै र सबै समान' को सिद्धान्तबाट निर्देशित हुनुपर्ने आवश्यकता थियो। त्यसैले वारेनले 'ब्राउन वि एजुकेसन बोर्ड' को मुद्दामा आफ्ना सहयोगी न्यायाधीशहरूसँग छलफल गरे। राष्ट्रको आवश्यकता उनीहरूलाई महसुस गराए। अन्ततः उनी सफल भए।
यदि देशको न्यायपालिका बुद्धिको ढुकुटी हुन सकेन वा छोड्यो र पदप्राप्त गर्ने र त्यसमा अडिरहने मानिसको सरकारी कार्यालयमा रूपान्तरण भयो भने त्यसले विद्वानहरू बनाउने होइन विद्वानको अवसान गर्ने मन्च तयार पार्छ। नेपाली समाजमा घटनामा उत्तेजित हुने र चर्का प्रतिक्रिया दिने, अनि केही दिनपछाडि सबै बिर्सने आदत वा चरित्र छ। उप्रेतीको मृत्यु अन्जु र अनुपका पिताको मृत्युमात्रै होइन। उनलाई न्यायाधीश बनाएर समृद्ध पेसाबाट 'डिस्ट्रयाक्ट' गर्ने र निकम्माहरूलाई पुरस्कार दिने पद्धतिले गरेको हत्या हो भन्नसकिन्छ। तसर्थ, अब हाम्रो न्यायपालिकाभित्र हुर्किएका केही चरित्र (क) प्रधान न्यायाधीश भई न्यायपालिकाको प्रशासनमा संलग्न हुन चाहने व्यग्रता र त्यसका लागि हरेक दिन जन्ममिति अध्ययन गर्ने न्यायाधीशहरूको प्रवृत्ति, (ख) राम्रो अध्ययन–अनुसन्धान गरेका नयाँ अफिसरहरूलाई न्यायाधीश बनाइ 'हाम्रा केटा' बनाउने प्रवृत्ति र उसले केही रचनात्मक काम गर्न खोज्यो भने मुद्दा नभएका जिल्लामा खटाउने प्रवृत्ति, (ग) आफूलाई मनपर्ने न्यायाधीशलाई मुद्दा तोक्ने र थुप्रै मुद्दा छिन्ने न्यायाधीश बनाउने अनि मन नपरेकालाई कम मुद्दा छिन्ने न्यायाधीश बनाइदिने प्रवृत्ति (घ) खोज–अनुसन्धानभन्दा पेय पदार्थप्रति मोह बढ्ने प्रवृत्ति, (ङ) नयाँ कानुनशास्त्र होइन आफ्नो निजात्मक व्याख्याका लागि व्यग्रता र, (च) सिद्धान्तको प्रकाशन होइन कानुन पत्रिकामा फैसला भागबण्डा गर्ने प्रवृत्तिले न्यायपालिकालाई थला पारेको छ। यिनै प्रवृत्तिका सिकार भए उप्रेती, यसले उनको उर्बर दिमाग बिथोलियो। अब न्यायपालिकाको पूर्ण संरचना नभई न्यायपालिकामा अरु भरतराजहरू नजान सक्छन्। गए पनि समाप्त हुने सम्भावन छ।
उप्रेतीले न्यायपालिकालाई जरैदेखि अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गराएका छन्। नेपाल बारको कति जिम्मा होला? म यसबारेमा चर्चा गर्नै चाहन्न। उसले गर्ने निर्णयको औचित्य वा तार्किक आधार के हो? उसैले सोचोस्। कानुन व्यवसायीले कति वर्षसम्म कानुन व्यवसाय गर्न पाउने हो त्यसतर्फ सोचोस्। उप्रेतीको मृत्युले नेपालको कानुनी जगत्मा एउटा अपूरणीय क्षति भएको छ। यसले सबैलाई पाठ सिकाउला।