भूकम्प आफैमा विनाशकारी होइन भन्ने ज्ञान नहुँदा, कुनै पनि समयमा व्यहोर्नुपर्ने भूकम्पीय चुनौतीको सामना गर्न सकिँदैन। बस्दै गरेको घर, भवन बन्दै गर्दाका आर्थिक, सामाजिक, राजनीतिक परिस्थितिजन्य विनाशको घोत्लिएर हामीले लेखाजोखा गरेनौँ। प्रकोपविरुद्ध उभिनसक्ने भइएन। दैनिक ज्यालामा बाँच्ने सहरिया, परम्परागत कृषि उत्पादनबाट ६ महिना मुश्किलले धानिएको ग्रामीण जीविका, शक्ति सन्तुलनमा अल्भि्कएको राजनीति, राजनीतिकरणग्रस्त कर्मचारीतन्त्र, नियमकानुनको समयानुकूल व्याख्या गर्ने नियामक निकायलगायतले विपत्का लागि पूर्वतयारी गर्ने र सामना गर्नसक्ने बन्न दिएन।
प्रतिकूल सोच
हामीले विकसित देशको प्रविधि र प्रयोगमा आधारित भूकम्पीय सुरक्षा—उपाय अपनायौँ। हाम्रो संरचना, सहर, बजार, गाउँको अवस्थिति, भूगोलको बनौट, समाज, अर्थतन्त्र बुझेर सुरक्षा उपाय खोजेनौँ। हाम्रो असली परिस्थितिसँग जानकार हुन नसकेको सुरक्षा उपायले काम गरेको देखिएन। टेबुल, कुर्सी वा अन्य त्यस्तै साधन र सामाग्रीमुनि पुरिएर मरेका मानिसले यसलाई पुष्टि गरेर गए।
भूकम्प काबुबाहिरको प्रकोप हो। यसको क्षति हाम्रो सामाजिक, आर्थिक र राजनीतिक चेतना, पुर्वतयारीको अवस्था र त्यसलाई व्यहोर्ने सामर्थ्यका उपज हुन्। यसो किन भनिएको भने भूकम्प आफैमा जातजाति, धर्म, अर्थतन्त्र, राजनीति, क्षेत्र, भुगोललाई छान्दै क्षति पुर्या उने प्रकोप होइन। अर्थात् प्रकोप विभेदकारी हुँदैन। तथापि, यसको प्रभाव र असरमा भने जातीय, क्षेत्रीय, भौगोलिक अवस्थिति, राजनीतिक प्रणाली र आर्थिक अभ्यासले फरक पार्दछ। उदाहरणका लागि, गोरखाको बारपाकमा ढुंगा—माटोले बनेका पूरापूर घरबस्ती भत्किँदा समेत सिमेन्ट, रडले बनेका पक्की घर सग्लो/उस्तै रहे। बलियो आवासका लागि बढी लगानी गर्न सक्नेहरूको घर, गाउँ वा सहर, अधिकांश सुरक्षित नै रह्यो।
प्रविधि र प्राविधिक दोष
खासगरी प्राविधिक पक्षमा देखिएको हाम्रो अक्षमता, अकल्पनीय क्षतिको कारण बन्यो। प्राविधिक त्रुटिमा इन्जिनियर वा घरधनी दोषी ठहरिए। सुरक्षित प्रविधि लागु गर्न सरकार र नियामक निकाय, कसैले कडाई गरेन। कम लगानीमा धेरै भाडा असुल्ने घर बनाउने घरधनी वा यसलाई ठीक भन्ने इन्जिनियरले यस्तो विपत्तिको प्राविधिक नोक्सानलाई अनुमानसम्म गर्न सकेनन्। गाउँ त गाउँ नै भइहाल्यो, जहाँ बाहुल्य घर ढुंगा—माटोले बनेका, प्राविधिक मापदण्डभन्दा बास र गुजाराले प्राथमिकता पाएको छ। सहरमा थुप्रिएका अवसर र चुनौतीले प्राविधिक ज्ञान र महŒवलाई गाउँसम्म पुग्न दिएन। अनिवार्य वा अतिरिक्त आम्दानीका लागि सहरमा अस्थायी बसाइ सरेका डेरावालमा समेत प्रशस्त प्राविधिक चेत नहुनाले कच्ची घरको डेराले धेरै जनधनको क्षति भयो। सुरक्षित बासका लागि प्राविधिक मापदण्डअनुसार घर बनाउन नसक्दा गाउँका ढुंगा र माटोले बनेका धेरै घर भत्किए।
हामीले राम्रा इन्जिनियरलाई पनि कम लागतमा निर्माण हुने कच्ची घर, भवनलाई सही भनाउन घुस दियौँ। घुसको संस्कारले राम्रा इन्जिनियरमा समेत घुसबिना काम नगर्ने मान्यता संस्थागत भयो। जसले घर, भवनको संरचना र प्रयोजन छुट्याउन नसकिने गरी सहरलाई अस्तव्यस्त बनाइदियो। बाटो, बिजुली, पानी, स्वास्थ्यसेवा, दैविप्रकोपजन्य अन्य आकस्मिक सेवाको सुनिश्चतता नभइकन विस्तार भएका बस्ती, हामीबीच अत्याज्य र असह्य विनाश बनेर उभिएको छ।
भूगोलको उपेक्षा
नेपालको भौगोलिक संरचनासँग मानवबस्तीको विकास, आयआर्जन, अवसरको सम्भावना र पहुँचलाई एकाकार नै गरिएन। कुन ठाउँमा कस्तो बस्ती बसाल्ने भन्नेमा राज्य मौन रह्यो। आफूखुसी अघिबढेका आर्थिक, सामाजिक, राजनीतिक संरचनाको निर्माण र विस्तारलाई हस्तक्षेप, सहजीकरण गर्नबाट राज्य चुक्यो। समन्वय, सहजीकरण, नियन्त्रणबिनाका मानवनिर्मित भौतिक संरचना नै जनधन क्षतिका कारण देखिए।
भूगोल, समाज, अर्थतन्त्रसँग इन्जिनियरिङको अन्तरक्रिया नै भएन। इन्जिनियरिङ डिजाइन घरको आकर्षण र लागतसँग मात्र बढी सरोकार रह्यो। इन्जिनियरिङ परामर्श र अनुगमनलाई नीति—नियममा सीमित गरियो। नीति—नियम कार्यान्वयन गर्नेले आफूलाई अप्ठ्यारो पर्नबाट जोगिने, भ्रष्टाचारलाई सहयोग पुग्नेगरी व्याख्यात्मक कार्यान्वयन गरे/गराए। प्राविधिक मापदण्ड र संरचनालाई जनधन सुरक्षासँग जोडिन दिएनन्।
गाउँ—सहर विभेद
परिमाणका हिसाबले सहरभन्दा गाउँमा जनधनको क्षति ज्यादा भयो। कमजोर प्राविधिक संरचना र वर्षौं पुरानो घर दोषी देखिएका छन्। विपन्नलाई थप विपन्न बनाउने गरी प्रकोप आइलाग्यो। जसले पुरानो घर भत्काएर नयाँ र मजबुत घर बनाउन सकेनन्, तिनै व्यक्ति वा समूहमा जनधनको ज्यादा क्षति भयो। सहरका पक्की संरचना, जनसंख्या र आवादको अनुपातमा न्यून जनधनको क्षति भए पनि यो भाडामा आश्रित गाउँलेको भागमा ज्यादा परेको देखियो। सहरिया विपद्ले राष्ट्रिय/अन्तर्राष्ट्रिय साथ पाए पनि गाउँमा राज्य पुग्नसम्म सकेको देखिएन।
सहर, गाउँ, सबैतिर परिवारको आर्थिक, सामाजिक, राजनीतिक स्तरले क्षतिको स्तर पनि फरक देखियो। सहर भत्किए, गाउँ उजाडिए। सहरमा बाहुल्य पक्की घर हुनाले गाउँको तुलनामा कम क्षति व्यहोर्यो । गाउँघरमा जसले ऋणधन गर्नसक्थ्यो, तिनले आफ्ना सन्तानलाई धेरै पढाए, लेेखाए, स्वदेश/विदेशमा रोजगारी पाउनसक्ने बनाए। मजबुत घर भएका यिनले कम जनधनको क्षति व्यहोरे। यो हेर्न राजधानीदेखि केही घन्टाको दूरीमा रहेको नुवाकोटको लहरेपौवा, रसुवाको ठूलागाउँ, धादिङको छत्रेदेउराली गए हुन्छ। राजनीतिक आदर्शमात्रको लोकतन्त्रले सामाजिक, आर्थिक अवसर र पहुँचलाई लोकतान्त्रिक बनाएन। दशकौँको शासकीय चरित्र र शैलीले आप्रवासी सहरिया र सिमान्त गाउँलेको जनधनको क्षति गरायो।
विभेद्को खोज
संघीयता, पहिचान, राज्यपुनर्संरचना बहसले थिलथिलो भएको सामाजिक, आर्थिक, राजनीतिक संक्रमणकालमा महाभूकम्प आयो। उद्धार नसकिँदासम्म मानिसलाई बाँच्ने आशाले जितेको देखियो। एउटै अस्थायी भान्छा र छानोमा जात, सम्प्रदाय, क्षेत्र, भूगोल भुलेर अटाए। जब राहत आउन थाल्यो तब जातजाति, क्षेत्र, भूगोल, राजनीति, धर्मको पहिचान र विभेद सुरु भयो। गाउँ र सहर छुट्टियो। सहरियाहरू राहत बोकेर गाउँ पुगे। राहतका आकांक्षी गाउँलेमात्र बन्न पुगे।
जात, धर्म वा राजनीतिको नाममा राहत जोडिए, बाँडिए। दलले राजनीतिक प्रवर्द्धनमा राहत र पुनर्निर्माणलाई केन्द्रित गरे। देश/विदेशको पल्लो कुनामा बसेर आफ्नो जात, सम्प्रदायको खोजीलाई संस्थागत गरियो। हिन्दु वा बौद्ध धार्मिक संस्थाले आफू मातहतका स्थानीय धार्मिक संस्थासँगमात्र समन्वय गरिदिनाले खास धर्मावलम्बी पीडितले खास धर्म वा सम्प्रदायबाट बाँडिएका राहत पाए।
राहत वितरणको कुरा गर्दा, जेठको पहिलो साता मोरङ र काठमाडौँबाट गएको एउटा जातीय सामाजिक संस्थासँग रसुवाको ठूलागाउँ पुगिएको थियो। सयौँ घरपरिवारलाई लगिएको राहत, उक्त जातीय सामाजिक संस्थाले सम्बद्ध जातीय घरपरिवारलाई मात्र वितरण गर्योक। छिमेकी अर्को जातजातिका परिवारले त्यो राहत पाएनन्। उनीहरूलाई जानकारी नै दिइएन। प्रकोपले जातजाति, धर्म, लिंग, क्षेत्र, भूगोल नभने पनि राहत वितरणमार्फत् जातीय विभेद बौरिएको पाइयो।
राहत आफैमा अस्थायी हुनाले दिगो आर्थिक, सामाजिक, राजनीतिक सम्बन्ध हुँदैन। हुनेले नहुनेलाई विवेकले दिने हो। यति हुँदाहुँदै पनि जातजाति, धर्म, राजनीति अगाडि आउनु राम्रो होइन। स्थानीय अगुवाले आफू र आफ्ना लागि पहुँच, सम्बन्धका आधारमा राहत पाए। पहुँचविहीन पीडित, जातजाति, सम्प्रदाय र दलका नाममा सिमान्तकृत भए। विभिन्न जातीय, धार्मिकलगायत संघ/संस्थाको नाममा बाँडिएको राहतमा धार्मिक, नश्लीय, क्षेत्रीय, भौगोलिक विभेदनिहित छ।
प्रकोपजन्य विश्लेषण
प्रकोप प्रभाव विश्लेषणमा प्रकोप पीडित गाउँले सहर पस्ने र ‘स्लम’ बढ्ने कुरा आएका छन्। राज्यले साथ नदिँदा र बाध्य नबनाएसम्म यसो भइहाल्ने छैन। भविष्य मौन रहेको प्रकोपको भौतिक क्षति तत्काल गाँस—बाससँग ज्यादा जोडिएको छ। बाढी/पहिरोजस्ता प्रकोपमा झैँ जीविकानिहित खेतीयोग्य जमिनमा लगाइएका फसल अहिले नष्ट भइहालेका छैनन्। यसो भनिरहँदा प्रकोपजन्य अन्य क्षति छैन भन्ने होइन। खेतीको उत्पादन नहुँदासम्म खाद्यान्नको संकट हुने हो। जसलाई धेरथोर उपलब्ध राहतले थेगेको छ। खेतीको उत्पादन सुरु हुनासाथ यो कमजोर भइहाल्छ। जहाँसम्म बासको कुरा छ, यो त आफूजस्तै अरुले अपनाएका बासको तरिका र संरचनाले विस्तारै सामान्य बनाउनेछ। सोचेर, पर्खेर आफ्नो सामाजिक, आर्थिक स्तरअनुसारका घर बन्नेछन्। परिवारका सदस्यहरू सहर पस्ने कुरा, ‘भूकम्पअघि र पछि’ उस्तै रहनेछ।
रोजगारी त परम्परागत कृषिबाट बजारतिर पस्न खोज्दै गरेको छ, जुन समाजको समस्या नै हो। प्रकोपमा फुक्ने, अघिपछि खुम्चने भन्ने होइन। उद्योगभन्दा ज्यादा बजारले धानेको हाम्रोजस्तो संक्रमणकालीन अर्थतन्त्रमा रोजगारको दर र दायरा संकटमा असरले बचत वा उपभोगमुखी आम्दानीलाई निर्माणमा केन्द्रित गर्नेछ।
साम्प्रदायिक चेत
राहत, उद्धार, पुनर्निर्माणमा भएका विभेद बाहिर आएका छन्। सदियौँको साम्प्रदायिक विभेद र बौरिएको जातीय चेतको संघारमा यो स्वाभाविक बनेको छ। तर सामाजिक, आर्थिक, राजनीतिकरूपमा बलिया सम्प्रदायले यसलाई स्वाभाविक ठाने पनि, सिमान्त सम्प्रदायमा यसले द्वन्द्व उत्प्रेरणाको काम गरेको छ। उस्तै समस्या र समाधानमा व्यहोरेको विभेद लोकतान्त्रिक समाजका लागि हितकर होइन। प्रकोपपछि राहत, उद्धार, पुनर्निर्माण, पुनर्स्थापनाजस्ता कामका लाीि पीडितले अनुरोध गर्ने र दाताले आवश्यकता पहिचान गरी सहयोग गर्ने हुन्। तर जसको सामाजिक, आर्थिक, राजनीतिक पहुँच बलियो छ, त्यसले बढी लाभ लिएको देखियो।
दलितका तुलनामा गैरदलितको दातासँगको निकट सम्बन्ध, सूचनाको बलियो पहुँच, स्थानीय/राष्ट्रिय तहमा क्रियाशील राजनीतिक नेतृत्व आदिले राहत वितरणमा जानेर/नजानेर साम्प्रदायिक विभेद निर्माण गरेको देखियो। सिन्धुपाल्चोकमा दलित समुदायका लागि लगिएका राहत खोसिएका घटना विभेदपूर्ण साम्प्रदायिक सम्बन्ध र पहुँचका नतिजा हुन्। यस्ता घटनाले फरक पहिचान र अस्तित्वलाई नकारेको छ।
पुनर्निर्माणको राजनीति
धेरथोर राहत वितरणले दैनिक उपभोगलाई सहज बनाएको अवस्थामा, सार्वजनिक सरोकारका विद्यालय भवन, स्वास्थ्यचौकीजस्ता क्षतिग्रस्त संरचना निर्माणमा पीडित समाज पसेको छ। यसलाई नजिकका छिमेकी, राजनीतिक दलका नेता/कार्यकर्ताले साथ दिएका छन्। दलीय प्रभाव र प्रभुत्वको अवस्थितिले पुनर्निर्माणका क्षेत्र, भूगोल वा समाज छानिएका छन्। सहरको पुनर्निर्माणलाई सरकारी/गैरसरकारी संघसंस्थालाई सुम्पिएर गाउँ पसेका राजनीतिक दलले स्थानीय नेता/कार्यकर्ताको सिफारिशमा काम गर्दैछन््। जसलाई पीडितको आवश्यकताभन्दा दलीय आकांक्षाले थिचेको देखिन्छ।
दलीय ‘ब्यानर’ मा भएको पुनर्निर्माण कार्य स्वाभाविक होला। तर भूकम्पअघि नै समाज, अर्थतन्त्र र राजनीतिको लामो संक्रमणकाल जारी रहेकाले, संविधानमा भए/देखिएका विवाद र असहमतिलाई सुल्झाएर संविधान जारी गर्ने कुरा देश र देशबासीका लागि महत्वपुर्ण छ। पुनर्निर्माणको जिम्मेवारी स्थानीय नेता/कार्यकर्ताले उठाउँदा समाज, अर्थतन्त्र र राजनीति साथसाथ उठ्ने थियो।
समाजशास्त्री, त्रिचन्द्र क्याम्पस