भूकम्पपछिको अवस्थालाई कमाउने अवसरका रूपमा लिनेहरू देखिन थालेका छन्। हरेक क्षेत्रमा यस्ता व्यक्ति र संघसंस्थाको सक्रियता बढेको देखिन्छ। राहत हिनामिना गर्ने र पुनर्निर्माणका नाममा प्राकृतिक स्रोतको थप दोहन गर्ने प्रपञ्च बुन्न थालिएको छ।भूकम्पबाट भत्किएका घर पुनर्निर्माणका लागि आएका जस्तापाता हिनामिना भएको खबर आइरहेकै छ। विदेशीले दिएका त्रिपाल जिल्ला पुर्यााउने नाममा आफ्ना निजी गोदाममा लगेर थन्काउने पनि देखिएका छन्। राहतका नाममा आएका खाद्यान्नलगायतका वस्तुको परिमाण कम देखाउने प्रपञ्च राज्यसंयन्त्रबाटै भइरहेको खुलासा भएको छ। त्यस्ता सामग्रीको मात्रा र परिमाण कम देखाउने र पछि त्यसबाट लाभ लिने मनस्थिति भएका तत्व सलबलाइरहेका छन्।
राहत वितरणका क्रममा उल्लिखित बेथिति देखिए पनि उद्धार कार्यमा आमनेपालीको शीर ठाडो भएकै हो। विशेषगरी, हाम्रा सबै सुरक्षा निकायको सक्रियता र अनुभवले गर्दा धेरै हदसम्म हामी सफल भएकै हौँ। तर पछिल्ला दिनमा राहत र पूर्ननिर्माणका नाममा धेरै बेथिती बढ्ने संकेत प्रशस्त देखिन थालेका छन्। सबै क्षेत्रमा धमिलो पानीमा माछा मार्ने तत्वहरु सक्रिय हुदैछन ्। त्यसबाट वन क्षेत्र पनि चोखो हुन सकेको छैन।
राहत र पुनर्निर्माणका नाममा सरकारी निकायबाटै हचुवाका भरमा आफूखुसी दूरगामी असर पुग्ने खालका निर्णय हुन थालेका छन्। अझ भूकम्पले भत्किएका र चर्किएका घरहरूको निर्माणका लागि आवश्यक काठ र ढुंगा, गिट्टी पनि चुरेबाटै निकाल्नुपर्छ भन्ने सुन्न थालिएको छ। जबजब राज्य कमजोर हुन्छ वा व्यवस्था परिवर्तनका निम्ति आन्दोलन हुनथाल्छ त्यतिबेला सबैभन्दा बढी आक्रमण प्राकृतिक स्रोतमाथि हुन्छ। अहिलेको अवस्था त्यही हो। भूकम्पले देश थलापरेका बेला निहित स्वार्थ पूरा गर्ने व्यक्ति, समूह र संस्था यतिखेर सक्रिय छन्।
राज्यसंयन्त्रभित्रै रहेका र बाहिरका तत्वहरू यसैगरी कुर्तक अघि सारेर प्राकृतिक स्रोत मास्ने दाउमा छन्। जानेर होस् वा अञ्जानमा काठ, ढुंगा र गिट्टी व्यवसायीका मतियारहरू फेरि पनि चुरेलाई नै आफ्नो केन्द्रबिन्दु बनाउन थालेका छन्। चुरे फँडानी नगरी वा त्यसलाई नखोस्रीकन पुनर्निर्माण हुँदैन भन्ने अफवाह फैलाउन थालिएको छ।
यस्ता हल्ला र अफवाहको पछि लागेर वन विभागले पनि चुरे केन्द्रित काठ संकलन तथा वितरण ढाँचाको खाका तयार पारेर वन मन्त्रालयमा पठाएको छ। पुनर्निर्माणको हतारो हो कि मौकामा चौका हान्ने दाउ हो, बुझिनसक्नु छ। विभागका पदाधिकारी र प्राविधिकहरूलाई पक्कै पनि थाहा हुनुपर्ने हो, चुरेको संवेदनशीलता र यसको विनाशले निम्त्याउने सम्भावित विपत्तिबारे। होइन भने, भूकम्पले भत्काएका घरका संख्या र तिनलाई आवश्यक काठको परिमाण कण्ठ पारेर बस्नुको रहस्य के हो?
यसको मतलब पुनर्निर्माण गर्नु हुँदैन भन्ने होइन। भूकम्प पीडित परिवारलाई आवश्यक काठदाउराको आपूर्ति सरलीकृत गर्नैपर्छ। यसका लागि भूकम्पबाट प्रभावित जिल्लाहरूकै सामुदायिक वनबाट काठ निकाल्न सकिन्छ। सामुदायिक वन उपभोक्ता समूहलाई बढीभन्दा बढी काठ संकलन गर्ने अधिकार दिनसकिन्छ। सहज र सजिलै धेरै मात्रामा काठ निकाल्ने व्यवस्था गर्नुपर्छ। भूकम्पबाट अति प्रभावित जिल्ला पहाडमै पर्छ। त्यसै पनि पहाडी जिल्लाहरू सामुदायिक वन संरक्षण, व्यवस्थापन र सदुपयोगमा अग्रणी छन्। तराईको तुलनामा पहाडका वनजंगल हराभरा छन्। तिनमा काठ पनि प्रशस्त छन्।
यी जिल्लाका सर्वसाधारणको खेतबारीमा पनि प्रशस्त रुख छन्। उनीहरूसँग निजी वनका पाखाहरु पनि त्यत्तिकै छन्। निजी वनका काठ सजिलै काट्न पाइने र ओसारपसार गर्न पाइने व्यवस्थातर्फ मन्त्रालय केन्द्रित हुनुपर्छ। त्यसो त मन्त्रालयले भत्किएका र चर्किएका घरका पुराना काठ ओसारपसारलाई सजिलो पार्ने पहल भइरहेको जानकारी दिएको छ। यो जरुरी पनि छ, कतिपय पीडित परिवार आफ्नो पुरानो बसोबासबाट बसाइँसराइ गर्ने मानसिकतामा छन्। त्यस्ता पीडित परिवारलाई सहयोग पुग्नेखालको निर्णय गर्न मन्त्रालय तत्पर हुनुपर्छ।
उल्लिखित उपाय अवलम्बन गर्नुको साटो वन प्रशासनभित्रैबाट चुरे प्रवेशलाई सहज बनाउने प्रयास हुनथालेको छ। मन्त्रिपरिषद्ले यही बेलामा गत वैशाख २५ गते चुरेका सामुदायिक वनबाट ढलापढा र सुकेका रुख निकाल्न पाइने निर्णय गर्योा। यसरी निकालिएका काठदाउरा आन्तरिक खपतबाट उब्रिएका खण्डमा व्यावसायीक प्रयोजनको लागि समेत बिक्रि–वितरण गर्न छुट दियो। २०६७ मै रोक लगाइएको व्यवस्थालाई फुकुवा गर्ने उद्देश्यले यो निर्णय गरेको भए पनि समय भने अत्यन्त गलत भयो।
यसैलाई काठ व्यापारी र तस्करहरूले ‘भूकम्प पीडितहरूको पुनर्निर्माणका लागि' भएको निर्णय भनेर अफवाह फैलाइरहेका छन्। वर्षायाममा पनि चुरे प्रवेश गर्न पाउने मागलाई स्थापित गर्न चारैतिरबाट अनेक प्रपञ्च गरेको देखिएको छ। जंगल प्रवेश, काठ संकलन, घाटगद्दीजस्ता प्रक्रिया सहज बनाउनुपर्छ भन्ने दबाब मन्त्रालयलाई दिइएको छ। पछिल्ला दिनमा संरक्षकर्मीहरुको उपस्थित वनमा घट्दै गएको छ। यसले गर्दा वन फडानी र काठ तस्करीका घटना बढिरहेका छन। संरक्षणलाई अझ प्रभावकारी बनाउनुपर्ने बेलामा नीति नियम अझै खुकुलो बनाउ भन्दै हिडने काम एकदम गलत हो।
डरलाग्दो पक्ष त चुरेलाई भूकम्प पीडितहरूको भावनासँग जोडिएको छ। यस्ता प्रपञ्च वन मन्त्रालय, विभाग र मन्त्रिपरिषद्भित्रैबाट हुने सम्भावना पनि त्यत्तिकै छ। यी निकायलाई घेरेर राखेका व्यक्तिहरू पुनर्निर्माणका नाममा अहिले पनि त्यसैगरी अगाडि बढेका छन्, जसरी विगतमा सलबलाएका थिए। ढुंगा–गिट्टीका लागि चुरे खुला गर्नुपर्छ भन्ने र विदेश निकासीका लागि दौधधुप गर्नेहरू पनि त्यत्तिकै छन्। उनीहरूको ध्यान मन्त्रिपरिषद्लाई कसरी प्रभावमा पार्ने भन्ने मै केन्द्रित छ। विगतमा पनि यस्ता प्रयास भएकै हुन्।
कुतर्कले जित्न खोज्नेहरूलाई के थाहा छैन भने चुरे अहिले पनि संकटमै छ। यो सबैभन्दा कान्छो र कमजोर पहाड हो। खुकुलो पत्रे चट्टानका कारण यो कमजोर छ। सबैभन्दा डरलाग्दो पक्ष त यो भूकम्पको सम्भावित क्षेत्र पनि हो। यसलाई अति जोखिमयुक्त क्षेत्रमा राखिएको छ। बाढी, पहिरो र कटानको जोखिम त्यत्तिकै छ। मधेसको जलाधारको प्रमुख आधार यही हो। मुलुकको आधाभन्दा बढी जनसंख्याको जिविकोपार्जन यसमै आधारित छ। यसलाई अहिलेकै अवस्थामा छोड्दा पनि नेपाल र छिमेकी देश भारतले ठूलो विपत्तिको सामना गर्नुपर्ने देखिन्छ। यसको दिगो संरक्षण भएन भने खाद्यान्नको भण्डार मानिने तराई मरुभूमीकरण हुन्छ। तराईबासीको जनजीवन तहसनहस हुन्छ।
यही मुद्दालाई मनन् गरेर सरकारले पछिल्लो समय पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा चुरे तराई–मधेस संरक्षण विकास समिति गठन पनि गर्योो। समिति अहिले चुरे संरक्षणको गुरुयोजना निर्माणमा तल्लिन छ। तर यता भूकम्पपछिको पुनर्निर्माणका नाममा चुरे मास्ने विभिन्न प्रपञ्च भइरहेका् छ।
एउटा विपद्को सामना गर्ने नाममा चुरेजस्तो संवेदनशील क्षेत्र फँडानी गरेर र खोसि्रएर अर्को विपत्ति निम्त्याउने काम कतैबाट नहोस्। चुरे मासियो भने नेपालले दीर्घकालीन विपत्तिको सामना गर्नुपर्छ। यो विनाश भयो भने १ करोड ४६ लाख जनताको जीवन कष्टकर हुन्छ। योभन्दा ठूलो अर्को विपद् के होला!
विशेषगरी वन मन्त्री महेश आचार्य यसका जानकार हुन्, फँडानी र खोसि्रने योजनाहरू तुहाउने काममा उनी कति सफल हुनेछन्, त्यो आगामी दिनले देखाउने छ। इलामदेखि कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरेले कूल भूभागको १२ दशमलव ७८ प्रतिशत ओगटेको छ। यसको विनाश गरेरमात्र होइन यसलाई अहिलेकै अवस्थामा छाड्यौँ र संरक्षण गरेनौँ भने पनि नेपालले ठूलो विपत्तिको सामना गर्नुपर्ने छ। त्यो ०७२ वैशाख १२ को भन्दा ठूलो विपद् हुनेछ।