नेपाली राजनीति दलीय स्वार्थमा टिकेको छ । दलको भलाइका लागि जस्तोसुकै अस्वस्थ प्रतिस्पर्धा गर्न पनि तम्सन्छन्। मात्रामा थपघट मात्रै हो कुनै दल यसबाट अछुतो छैन । नेटवर्कले नधाने पनि नेपाल टेलिकमले सिम बाँड्याबाँड्यै गरेजस्तै सरकारले प्रतिबद्धता बिर्सादै एकपछि अर्को सम्झौता गरेको गरेकै थियो । मधेसी, आदिवासी, तराईवासीसँग पटक-पटक सम्झौता भएको छ । कांग्रेस-माओवादी र माओवादी-एमालेबीच पनि ९-९ बुँदे सम्झौता भएको छ ।
बाह्रबुँदेबाट तन्किएको सम्झौताको शृंखला गाउँ, घर-परिवार-व्यक्ति सम्मै पुगेर संस्कार बन्न थालिसकेको थियो । बाह्रबुँदेले कमाल गर्यो भनेर उपि|mादाउपि|mादै सेनापति प्रकरणपछि थचक्क बसेर सोच्नुपर्ने अवस्था आयो ।
नेपालका राजनीतिक दल या शक्तिहरूको अध्ययन गर्दा एउटा साझा विशेषता पाउन सकिन्छ - दुई पक्ष मिलेर तेस्रो पक्षमाथि जाईलाग्ने । तेस्रो पक्ष पराजित भएपछि मैदानमा रहेका तिनै दुई शक्ति आपसमा भिड्ने । नेपाली काँग्रेस र राजा मिलेर १०४ वर्ष पुरानो राणाशासन ढाले । राणाशासन ढलेपछि राजा र काँग्रेसबीच शक्तिसंघर्ष सुरु भयो । राजाले राजनीतिक पार्टीहरूमाथि नै प्रतिबन्ध लगाइदिए ।
कांग्रेस र कम्युनिष्ट मिलेर २०४६ सालमा निरंकुश राजतन्त्रविरुद्ध् आन्दोलन गरे । प्रजातन्त्र आयो । त्यसपछि कांग्रेस-कम्युनिष्ट सत्तासंघर्षमा होमिए । माओवादीले सशस्त्र विद्रोह थालेपछि अरू दलका कार्यकर्ता गाउाबाट लखेटिए । राजाको सैनिक 'कू' पश्चात शान्तिपूर्ण धारका सात राजनीतिक दल र सशस्त्र विद्रोही माओवादी मिलेर राजाविरुद्ध आन्दोलन गरे । शान्तिपूर्ण १९ दिने आन्दोलनबाट जनताको सार्वभौमसत्ता फिर्ता भयो । राजा पूर्व राजा भए, नारायणहिटी राजदरबार संग्रहालयमा परिणत भयो । अहिले मैदानमा राजनीतिक दलहरू म्ाात्र छन् । र तिनीहरू आपसमा भिड्न थालेका छन् ।
गणतन्त्र घोषणापश्चात् दलमा विशेषगरी कांग्रेस र माओवादीबीच गलफत्ती जारी छ । माओवादी जनगणतन्त्रमा उफ्रेर पुग्ने जोसमा छ । यसमा कांग्रेस बाधक रहेको माओवादी ठम्याइ छ । यो लेखिरहँदा मलाई चैं अब कुन-कुन दल मिलेर कसमाथि जाईलाग्ने होलान् ? खुल्दुली भईरहेछ । अहिले राजा, राणा छैनन् । बाँकी जो छन्, तिनै भिड्छन् । संवैधानिक समितिलाई दिएको माओवादीको सुझावमा सामन्तवाद र साम्राज्यवादको हाउगुजी प्रशस्त देख्न सकिन्छ । मजदुर र सीमान्तीकृतको अधिकारमा अरूले टाउको दुखाउने छैनन् ।
अर्कातर्फ, नेपाली कांगे्रसको सुझावमा हिंसा, सैन्यवाद वा पार्टी विशेषको अधिनायकवादी डरको छाया देख्न सकिन्छ । कांग्रेसलाई कम्युनिष्ट शासन लादिने हो कि भन्ने शंका छ । माओवादीलाई जनगणतन्त्र ल्याउने हतारो छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा एक इन्च यताउता पर्ने सम्भावना छैन । एक्लै संविधान बनाउने दुईतिहाई बहुमत कुनै दलसँग छैन । राजतन्त्र हटिसकेपछि गणतन्त्र संस्थागत गर्नुपर्ने बेलामा दलहरू बेकारको विविाद गरिरहेछन् । कांग्रेस र एमालेले संसदीय ढाँचा प्रस्ताव गरेपनि चुनावी प्रक्रिया फरक छ भने माओवादी र फोरमले राष्ट्रपतीय मोडेल प्रस्ताव गरेका छन् । उनीहरू मिश्रति प्रणालीमा सहमति जनाउन सक्छन् ।
सर्वभौमसत्ता सम्पन्न जनता हुँदाहुँदै दलहरूलाई किन यत्तिका भाउ दिएको ? भन्नुहोला । प्रश्न जायज छ । जनआकांक्षाअनुरूप काम नगर्ने दलहरू इतिहासको गर्भमा हराउनेछन् । भविष्य त जनताइच्छा शिरोधार्य गर्नेको मात्र हुन्छ । जनताको सपनालाई आकार दिने दल मात्रै अस्तित्वमा रहनसक्छ । हाल तिनै जनताले चुनेका २५ दलसँग आबद्ध प्रतिनिधि संविधानसभामा छन् । संविधानसभाले नै संसदको काम गरिरहेको छ । कार्यपालिका र व्यवस्थापिकामा दलकै सदस्य टनाटन छन् । तिनै दलले जनताको समर्थन पाएका हुन् । संविधान निर्माण हेतु संविधानसभामा ११ विषयगत र ३ प्रक्रियागत समिति गठन गरिएका छन् । त्यसका संयोजक र सदस्यहरूमा तिनै जनताले चुनेका मानिसहरू बसेका छन् । आ-आफ्नो जिम्मेवारी पूरा गर्दैछन् । अतः संविधानसम्बन्धी निर्णय गर्दा दलीय स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नु सभासद्हरूको पहिलो कर्तव्य हो ।
नेपालका राजनीतिक दलले विभिन्न कालखण्डमा आफ्नो औचित्य पुष्टि गरेका छन् । विशेषगरी आन्दोलन गरेर राजनीतिक प्रणाली परिवर्तन गर्न सफल राजनीतिक दलहरू आन्दोलनका उपलब्धि संस्थागत गर्न विफल साबित भएका छन् । पहिलो जनआन्दोलन पछिको कालखण्ड यसको उदाहरण हो ।
संक्रमणकालीन समयलाई बुझेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग यथासक्य छिटो गठन हुनुपर्छ । समस्या हामीमा छ भने पहिले त्यो निराकरण गर्नुपर्छ । बलमिच्याईले केही हुनेवाला छैन । नेपाल र नेपालीलाई एउटा राम्रो संविधान दिनुपर्यो, त्यसपछि दलका नेताहरू जति बाझे पनि बाझ्नु ।