दिगो विपद् व्यवस्थापनका चुनौती
२६ जेष्ठ २०७२
•
२० मिनेट पाठ
दिगो विपद् व्यवस्थापनका चुनौती
नेपाल प्राकृतिक विपद्का दृष्टिले खतराको उच्च सूचीमा रहँदैआएको छ। विसं २०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्प र त्यसपछिका अनुकम्पबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिले जोखिमपूर्ण रहेको पुष्टि गरेको छ। नेपालमा अहिलेसम्मका प्राकृतिक विपत्तिमध्ये पछिल्लो महाभूकम्पबाट मानवीय एवं भौतिक क्षति र मानसिक सन्त्रासले सबैभन्दा धेरै असर पारेको छ।प्रारम्भिक अनुमानअनुसार आठ हजारभन्दा बढीले ज्यान गुमाएका छन्, बीसौं हजार घाइतेको उपचार भइरहेको छ र दसौं खर्बँको भौतिक सम्पत्ति नष्ट भएको छ। यस विपत्तिको घडीमा राज्य संयन्त्रले विशेषगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्था र राजनीतिक दललगायतले स्वतःस्फूतरूपले गरेका कार्यको उच्च मूल्याङ्कन गर्दै भविष्यको मार्गचित्र स्पष्ट गर्नु आवश्यक छ। 
विपद् व्यवस्थापन
भूकम्पजस्ता विपद्को व्यवस्थापनलाई तीन चरणमा बाँड्न सकिन्छ। पहिलो चरणको कार्य उद्धार र आकस्मिक सहायता तथा विपद्बाट हुने क्षति न्यूनीकरण गर्नेतर्फ सर्तकता अपनाउनु हो। वैशाख १२ गतेको पहिलो भूकम्पपछि जनजीवन समान्य हुन लागेकै अवस्थामा बैशाख २९ गतेको अनुकम्पले बिथोल्यो र मानिसहरूलाई पुनः आतंकित बनायो। यसैले पहिलो चरणकै काम लम्मियो।

दोस्रो चरणमा पालमालगायत जेनतेन ओत लागेका भूकम्पपीडितलाई अस्थायी बसोबासमा सार्ने कार्यपर्छ। यो काम वर्षाअगाडि नै पूरा गरिसक्नुपर्छ। यसका लागि स्थानीय सामाग्री बाँस, काठ, स्याउला, छ्वाली उपल्ाब्ध नहुने ठाउँमा सरकारले दिने भनेको १५ हजार रुपैयाँले जस्ता पाता किनेर पनि अस्थायी आश्रस्थल निर्माण गर्नुपर्छ। यस क्रममा उपलब्ध भएसम्म स्थानीय सामग्री प्रयोग गर्ने नीति तय गर्नुपर्छ। उता वर्षे खेती लगाउने बेला भइसकेको छ। भूकम्पबाट बीउबीजन नष्ट भएका किसानलाई निःशुल्क बीउबीजन उपलब्ध गराएर खेती प्रणालीलाई निरन्तरता दिनुपर्छ। त्यसो गर्न सकेमा हाम्रो कृषीमा आधारित अर्थतन्त्रलाई असर पर्नेछैन। नेपालमा ६८ प्रतिशत नागरिक कृषिमा आश्रित छन् र कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको करिब ३२ प्रतिशत योगदान छ। अर्को वर्ष कृषि उत्पादनमा ह्रास भयो भने मुद्रास्फीति बढ्न गई अर्थतन्त्र पुनः धरापमा पर्नसक्छ भन्नेमा बेलैमा सचेत हुनु आवश्यक छ। 
वर्षा सुरु भएलगत्तै बाढी पहिराको प्रकोप बढ्ने जोखिम छ। भूकम्पका कारण धेरै ठाउँमा जमिन फाटेको छ भने कतिपय ठाउँमा भासिएको छ। यसैले बाढी पहिराका कारण बाटाघाटो थुनिनुभन्दा पहिले नै खाद्यान्न तथा अत्यावश्यक उपभोग्य सामग्री एवं औषधिको जोहो गर्नेतर्फ लाग्नुपर्छ। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रयत्न समयमै अघि बढाउनु श्रेयश्कर हुने देखिन्छ। 
यसबाहेक अनुकम्पका कारण अस्पतालहरूमा हुनसक्ने क्षति व्यवस्थापन गर्न साना पाल वा यस्तै सुरक्षित स्थानबाट स्वास्थ्य सेवा सञ्चालन गर्नु उपयुक्त हुने देखिन्छ। उदारहणका लागि नेपाली सेनाको काठमाडौको छाउनीमा रहेको सैनिक अस्पताललाई लिन सकिन्छ। सुरक्षित घर भएकालाई घरभित्र पस्न मानसिक परामर्श दिने, असुरक्षित देखिएका भौतिक संचरचनालाई तत्काल भत्काउने, काठमाडौका सघन बस्तीलाई सामूहिक टहरा निर्माण गरी अस्थायी बसोबासको प्रबन्ध मिलाउन जरुरी छ। 
प्राभरम्भिक तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्र दुई सयभन्दा बढी पुरातात्विक महत्वका स्थानमा असर परेको छ। पुरातत्व विभाग तथा विज्ञहरूको संलग्नतामा ऐतिहासिक पुरात्ाात्विक महत्वका भग्नावशेष तथा सम्पदा एवं सामग्रीको सुरक्षाको व्यवस्था मिलाउनु आवश्यक छ। त्यस्ता सम्पदाको पुरानो स्वरूपलाई कायम राख्दै दीर्घकालीनरूपले टिकाउनु आजको मुख्य चुनौती बन्न पुगेको छ। 
शैक्षिक संस्था सञ्चालन गर्न थालिएको छ। सुरक्षाको जोखिम भएका विद्यालयहरू ठूला पाल वा अस्थायी टहराहरूको व्यवस्था गरी सञ्चालन गर्नुपर्छ। विद्यालय संचालनमा हुने ढिलाइले बालबालिकामा भूकम्पकोे असर झन् गहिरिएर जाने खतरा हुन्छ। 
तेस्रो चरणमा दीर्घकालीन पुननिर्माणका विषयमा आधारभूत तहबाट छलफल सुरु गर्नुपर्छ। यसका लागि विपद् विज्ञ, स्थानीय निकाय, योजनाविद्आदिलाई सहभागी गराएर यस्तो योजना बनाउनुपर्छ। खासगरी योजनाहरू बनाउँदा गाउँ विकास समिति स्तरमा विपद् न्यूनीकरण तथा व्यवस्थापन योजनालाई विकास निर्माण कार्यसँग जोडेर र जिल्ला विकास समितिको समन्वयमा सबै विपद्को जोखिम मूल्याङ्कनका आधारमा योजनाबद्ध विकाससँग अन्तरसम्बन्धित बनाएरमात्र स्थायी वस्ती विकास योजना तर्जुमा गर्नुपर्छ। यस्तै प्रकृतिको योजनामा आधारित भई पुनर्निर्माण र पुनःस्थापन गर्दा आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने, निर्मित भौतिक संरचना दिगोरूपले सुरक्षित हुने सुनिश्चित गर्न निर्माण निरीक्षण गर्ने विज्ञहरूको संयन्त्र बनाउने गरी दीर्घकालीन पुनःनिर्माणको कल्पना गर्नुपर्छ। यस चरणमा भौगर्भिक अवस्थाको पहिचान गरी बाढी, पहिरो, भूक्षयजस्ता विपद्को पहिचान गरेर भविष्यमा दुर्घटना ननिम्तिने र भइहाले पनि क्षति न्युन हुने व्यवस्था मिलाउन सबैको ध्यान जानुपर्छ।
नेपालजस्तो भौगोलिकरूपले पनि विविधता भएको मुलुकमा बस्ती विकास योजनालाई बढी वैज्ञानिक स्वरूपमा ढाल्नुपर्छ। डाँडाको टुप्पोमा भएका दुई घरलाई राज्यले सबै सुविधा उपलब्ध गराउन सत्तै्कन। छरिएका बस्तीलाई एकीकृत गरी कम्तीमा पनि एक सय घरधुरी एउटै ठाउँ बस्ने व्यवस्था मिलाउनुपर्छ। यो एउटा अवसर पनि हो एकीकृत वस्ती विकासको। 
संस्थागत संरचना 
यसअघि गत वर्षामा सिन्धुपाल्चोकको जुरेमा आएको पहिरो, मध्य तथा सुदुरपश्चिमका जिल्लामा भएको डुबान, विसं २०६६ सालमा कोसी नदीमा आएको बाढी, विसं २०४५ सालमा पूर्वमा आएको भूकम्पजस्ता विपत्तिले राज्य संयन्त्रमार्फत् दीर्घकालीन योजना र संरचनाको आवश्यकता महशुस गराएको र सन् २००९ मा बनाइएको विपद् रणनीति लागु गरिएको भए पनि अहिलेसम्म कामकाज भने २०३९ सालको दैवी प्रकोप ऐनबाट चलिरहेको छ। भूकम्पपछि सरकारका विभिन्न निकाय, राजनीतिक दल, नागरिक समाज र विज्ञहरूबीच विपद् व्यवस्थापनका लागि छुट्टै मन्त्रालय वा प्राधिकरण गठन गर्ने विषयमा छलफल भइरहेको छ। विपद् व्यवस्थापन र उद्धारका लागि अहिलेको संरचनामा परिवर्तन नगरी यस्ता विपत्तिहरुसँग जुध्न नसकिने निष्कर्षमा सबै कुनै न कुनै रूपमा सहमत भएको देखिन्छ। अहिले गृह मन्त्रालयको मातहतमा रहेको विपद् व्यवस्थापन महाशाखाले भविष्यमा आउन सक्ने महाविपत्तिलाई थेग्न सक्ने विषयगत विज्ञहरूको (भूकम्प, बाढी, पहिरो, हिमताल, आगलागी, अन्य ) स्थायी सहयोगविना सम्भव देखिँदैन। अहिले गृह मन्त्रालयले गरिरहेको काम विपद् व्यवस्थापनको अध्ययन, अनुसन्धान नभएर विपद्पछि उद्धार र सहायता वितरण हो। यतिले मात्र भविष्यमा आइपर्ने विपत्तिलाई कम गर्न सकिँदैन। 
विज्ञहरूको नेतृत्व 
यसपटक भूकम्पपछि सरकारी निकायहरूबीचमा समयमै समन्वय र कार्यक्षेत्रका विषयमा असमझदारी उत्पन्न हुँदा उद्धार र सहायता वितरणको काममा ढिलाइ हुनपुगेको टिप्पणी भएको सुनियो। गृह मन्त्रालयले उद्धार र सहायता वितणको काममा सरकारका अन्य निकायबाट हस्तक्षेप भएको ठान््यो भने अन्य निकायले गृहले मात्र विपत्तिपछिको अवस्थाको व्यवस्थापन गर्न नसक्ने भन्दै आआफ्नो भूमिका खोजी गरे। यसले भूकम्प, बाढी, पहिरो, भूक्षय, आगलागीजस्ता प्राकृतिक विपद्को पूर्वतयारी, विज्ञहरूको नेतृत्वमा अध्ययन अनुसन्धान तथा विपत्तिपछि गर्नुपर्ने आवश्यक उद्धार, सहायता र पुनर्निर्माणका लागि विपद् व्यवस्थापन प्राधिकरण स्थापना गर्नु आवश्यक छ भन्ने नै देखाउँछ। कतिपयले विपद् व्यवस्थापन मन्त्रालय नै बनाएर अघि बढ्नुपर्ने तर्क गरेका छन्। तर यससम्बन्धी मन्त्रालय नै खडा गर्दा यसले नियमित काम नपाउन सक्छ। फलस्वरूप यो निकाय बोझिलो पनि बन्न सक्छ। मन्त्रालयमा राजनीतिक नेतृत्व हुने भएकोले त्यहा विज्ञहरूले आफ्नो क्षमता प्रर्दशन गरी नीतिनीयम बनाउने वातावरण नबन्न पनि सक्छ। बरू यसको सट्टा विज्ञहरुको नेतृत्व रहने गरी छरितो विपद् व्यवस्थापन निकाय बनाउँदा बढी प्रभावकारी हुनसक्छ। अहिलेको अनुभवमा स्वदेशीभन्दा विदेशी विज्ञ बढी निर्णायक बन्न पुग्दा र स्वदेशका विषयगत विज्ञलाई राज्यले उपयोग गर्न नसक्दा अन्योल चिर्न सकिएन। भग्नावशेष उठाउनुभन्दा अगाडि नै गर्नुपर्ने अध्ययन, अनुसन्धान अहिले अलपत्र परेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र स्वदेशी विश्वविद्यालयहरूले अनुसन्धानअगाडि बढाउने वातावरण सिर्जना गर्नुपर्छ। अहिले दक्षिण एसियाका धेरै मुलुकमा कार्यकारी प्रमुखको मातहतमा रहनेगरी बनाइएका विपद्सम्बन्धी संरचना नेपालको भन्दा उपल्लो स्तरका छन्। भूकम्प र सामुद्रिक आँधीको उच्च जोखिममा रहेका जापान, फिलीपिन्स, इन्डोनेसियाजस्ता मुलुक विपत्तिको व्यवस्थापनका लागि शक्ति सम्पन्न संयन्त्रहरू बनाएका छन्। 
विपद् व्यवस्थापन प्राधिकरण
चालु आर्थिक वर्ष सकिन करिब एक महिनामात्र बाँकी छ भने पुँजीगत खर्च २५–३० प्रतिशतमात्र हुने अनुमान छ। यस्तो समस्या केही वर्ष यता दोहोरिँदैआएको छ। अर्कातिर यही बेला मुलुकले भूकम्पबाट अकल्पनीय क्षति बेहोर्नु पर्योे। सरकारका संयन्त्रलाई आफ्ना नियमित काम गर्नै कठिन भइरहेका अवस्थामा करिब २५ खर्ब रकम बराबरको पुनर्निर्माण, ८ लाखभन्दा बढी जनताको पुनर्स्थापना तथा नयाँ नेपाल निर्माणको दिशातर्फ डोर्यारउने कामको नेतृत्व गर्न विपद् व्यवस्थापन प्राधिकरण आवश्यक छ। 
प्रधानमन्त्री सहायता कोषमा धेरैजसो विदेशी तथा स्वदेशी दाताबाट प्रतिबद्धताअनुसारको आर्थिक सहयोग प्राप्त भएको छैन। तिनले सरकारी कोषमा आफूले जम्मा गरेको रकम दुरुपयोग हुनसक्ने भन्दै आफँै काम गर्ने बताइरहेका छन्। तर सरकारले भने एक द्वार नीतिमार्फत् सहायता र पुनर्स्थापनाको काम अघि बढाउने भन्दै सरकारी कोषमा रकम जम्मा गर्न हारगुहार गरिरहेको छ। यसको अर्थ हुन्छ – विद्यमान सरकारी निकायप्रति दाताहरू सन्तुष्ट छैनन्। यही नै बेला राज्य संयन्त्रलाई कमजोर बनाउने प्रायोजित खेल पनि ‘ब्याक डोर'बाट भए। आर्थिक वर्षको अन्त्यसम्ममा पनि २५ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नसक्ने सरकारी निकायले करिब २५ खर्ब बराबरको बजेट सही रूपमा परिचालन गर्न सत्तै्कनन्। कतिपयले यस्तो प्राधिकरण बने राष्ट्रिय योजना आयोगको औचित्य समाप्त हुने शंका गरेर यसको बिरोध गरेको देखिन्छ। यसमा के स्पष्ट हुनु जरुरी छ भने राष्ट्रिय योजना आयोग सिङ्गो योजना तर्जुमा गर्ने उपल्लो निकाय हो। विपद् व्यवस्थापनका लागि आफँै बजेट परिचालन गर्ने निकाय होइन। त्यसैले यसबाट झस्कन आवश्यक छैन। भूकम्पबाट क्षतिग्रस्त २४ जिल्लामा पुनर्निर्माण र पुनःस्थापना गर्ने सीमित काममा मात्र योजना आयोग अलमलिनु हँुदैन। बरु दुवै निकायबीच समन्वय हुन सके पुनःनिर्माणको कार्य सहज हुनसक्छ। 
विपद्पछि ध्वस्त भएका संरचना निर्माण गर्न अहिले ठूलो धनराशि आवश्यक छ। यसमा विदेशी दातृ निकाय, मित्र राष्ट्रहरू, निजी क्षेत्र सबैको सहयोग चाहिन्छ। तर परम्परागत सरकारी संयन्त्रले विश्वास जगाउने सम्भावना छैन। यी सबैको बिश्वास जित्न नीतिगत, संस्थागत तथा कानुनीरूपले शक्तिशाली प्राधिकरण गठन अनिवार्य सर्त हो। विपद् व्यवस्थापनका लागि जम्मा भएको रकमलाई पारदर्शी, पीडितमुखी र दिगो विकास मैत्री बनाउन यस प्राधिकरणले भूमिका खेल्नुपर्छ। सरकारका अन्य निकायले आफ्ना नियमित काम पूरा गर्नेतर्फ लागे बरु अहिलेको पुँजीगत खर्च बढाउन सकिन्छ। 
प्रधानमन्त्रीमातहत रहने यो प्राधिकरणमा मन्त्रीसरहको हैसियत राख्ने गरी विज्ञको नेतृत्वमा विपद्का बिषयगत विज्ञको समुह निर्माण गर्नुपर्छ। विज्ञहरूको नेतृत्वमा बन्ने यस प्राधिकरणले विपद्को पूर्वतयारी, विपद्बाट हुने क्षतिलाई सकेसम्म कम गर्ने उपाय, विपत्तिपछि गरिने उद्धार, सहायता र पुनःस्थापनाका विषयमा स्पष्ट नीति तयार पार्ने कामको नेतृत्व गर्नेछ। विपद्प्रतिरोधी सम्पूर्ण पुनःसंरचनालगायतका कार्य राष्ट्रिय योजना आयोगले बनाउने समग्र विकास निर्माणको योजनाभित्रको अवधारण हो। यस्ारी कार्य भए सरकारको अधिकार सम्पन्न निकाय खडा भएर सबै प्रकारको स्रोतको व्यवस्थापन (स्वदेशी तथा विदेशी) एक द्वार प्रणालीबाट संस्थागत व्यवस्थापन गर्ने आधार सिर्जना हुनेछ र स्वाभिमानी राष्ट्रिय अर्थतन्त्र बनाउन मद्दत मिल्नेछ। तत्काल गरिनुपर्ने निर्माण, पुनर्स्थापना कार्यमा विशेष परिस्थितिको कार्यविधि बनाई सम्पूर्ण सरकारी तथा गैरसकारी निकाय, अध्ययन अनुसन्धानका विश्वविद्यालय तथा प्राज्ञिक संस्थासमेतले काम गर्न/गराउन सक्ने वातावरण सिर्जना गरी राष्ट्रिय विपद् सामना गर्न एकजुट हुनु जरुरी छ। 
यस प्रकारको कार्य शैली र संरचनाले विपत्तिबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दि्रनेछ। फलस्वरूप, पीडितहरूको पीडा कम भएर समृद्ध राष्ट्र निर्माणका दिशामा अघि बढ्न सघाउ पुग्नेछ। 

पूर्वउपाध्यक्ष राष्ट्रिय योजना आयोग
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस