अर्थतन्त्रमा तरलताको संकट
०६ पौष २०६६
•
१० मिनेट पाठ
अर्थतन्त्रमा तरलताको संकट
अर्थतन्त्रमा आवश्यक तरलता प्रवाह गराइराख्नु केन्द्रीय बैंकका प्रमुख उद्देश्यमध्येमा पर्छ। यसैअनुरूप प्रत्येक वर्ष लक्षित आर्थिक वृद्धि दर र प्रक्षेपित मूल्य वृद्धि दर हासिल गर्न अर्थतन्त्रमा कति तरलता आवश्यकता पर्छ भन्ने हिसाब गरेर केन्द्रीय बैंकले आर्थिक वर्षको सुरुमा नै मुद्रा आपूर्ति लक्ष्य निर्धारण गर्छ। त्यही बमोजिम वर्षभर बजारमा तरलताको स्थिति अनुगमन गरिइन्छ। सरकारको ट्रेजरी बिल्सको दोश्रो बजारमा हुने कारोबारबाट निर्धारण हुने ब्याजदरलाई बजारमा तरलताको स्थितिको प्रमुख सूचक मानिन्छ। यही उद्देश्यले नै नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सरकारी ऋणपत्रको दोश्रो बजारमा कारोबार संचालन (ओपन मार्केट अपरेसन) गरेको हुन्छ। यस अतिरिक्त अन्तरबैंक कारोबारको ब्याजदर पनि बजारमा तरलता स्थितिको अर्को भरपर्दो सूचक हो। र, तेस्रो परिसूचक बैंकहरूमा निर्धारित अनिवार्य नगद मौज्दात अनुपात र दैनिक कार्य संचालनको लागि राखिने नगदको तुलनामा यथार्थमा बैंकमा रहेको नगद राशि हो। यी तीन माध्यमबाट केन्द्रीय बैंकले अर्थतन्त्रमा तरलताको स्थितिको नियमित जानकारी पाउँछ र लक्षित भन्दा तरलता वृद्धि दर न्यून देखिएमा बढाउने र अधिक देखिएमा घटाउने काम गर्छ। केन्द्रीय बैंकले संचालन गर्ने मौद्रिक नीतिको मूल आत्मा यही हो। अर्थतन्त्रमा तरलता पूर्वनिर्धारित स्तरमा कायम राखिरहनु पर्छ।




बजारमा आवश्यकताभन्दा बढी तरलता भयो भने ब्याजदर घट््ने र कर्जा प्रवाह बढ्ने हुन्छ। त्यसबाट आर्थिक वृद्धि दर र रोजगारीमा सकारात्मक प्रभाव पर्छ। यही भएकाले मन्दीको बेलामा आर्थिक वृद्धि दर र रोजगारी बढाउन बैंकले ब्याजदर घटाई अर्थतन्त्रमा तरलता ्बढाउँछन्। तर यसबाट मूल्य बढ्न सघाउ पुग्ने भएकोले सामान्य अवस्थामा केन्द्रीय बैंकले तरलतालाई एक निश्चित सीमाभन्दा बढी हुन दिँदैन। त्यसैगरी अर्थतन्त्रमा आवश्यकताभन्दा कम तरलता भयो भने ब्याजदर वृद्धि भई कर्जा प्रवाह (लगानी) घट्ने हुन्छ। त्यसको परिणामस्वरूप आर्थिक वृद्धिदर न्यून हुने र रोजगारी पनि घट्ने हुन्छ। त्यसैले आर्थिक वृद्धि दर, रोजगारी तथा मूल्य वृद्धि दरबीच उचित सन्तुलन कायम राख्न केन्द्रीय बैंकले हरबखत अर्थतन्त्रमा तरलताको अनुगमन गरिरहेको हुन्छ। समष्टिगत आर्थिक नीतिको चुरो यही हो।

नेपालमा विशेषगरी गत वर्षदेखि अर्थतन्त्रमा रहेको तरलता नेपाल राष्ट्र बैंकको नियन्त्रणभन्दा बाहिर जान थालेको अनुभव गरिँदैछ। संविधानसभाको निर्वाचनलगत्तै नेपाली बजारबाट हजार र पाँच सय दरका नोट एकाएक गायब भए। ठूलो रकम भुक्तानी लिन आउनेलाई नेपाल राष्ट्र बैंकले त्यतिखेर साना दरका नोट दिनु पर्दा ठूला बोरा वा टिनका टयांका लिई आउनसमेत सल्लाह दियो। त्यो समस्या समाधान नहुँदै गएको दसँैमा पुनः ठूलो दरका नोटको चर्को अभाव भयो। त्यसले गर्दा कति परिवारको यस पटकको दसँैं नै खल्बलियो। त्यो समस्या कति गम्भीर देखियो भने त्यसको कारण पत्ता लगाउन सरकारले पूर्वमन्त्रीको संयोजकत्वमा उच्च स्तरीय कार्यदल नै गठन गर्नु पर्‍यो। त्यस स्थितिको सामान्यीकरण हुन नपाउँदै अहिले बजारमा फेरि तरलताको चर्को अभाव भएको छ। बैंक तथा वित्तीय संस्थाहरू भुक्तानी दिने नगद नभएर मागे जति ब्याज दिने कबुल गर्दै बजारमा दौडधुप गरिरहेका छन्। बढी ब्याजदर दिने कबुल गरेर निक्षेप परिचालन गर्ने प्रयाश गरिरहेका छन्। यसबीच बजारमा अन्तरबैंक कारोबारको ब्याजदर समेत १३ -१४ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थासँंग निक्षेप फिर्ता लिन आउने ग्राहकलाई भुक्तानी दिने नगदको सख्त अभाव भएको छ भने कर्जा दिने त कुरै छैन। यस स्थितिमा आर्थिक वृद्धि दरको लक्ष्य हासिल हुने र बेरोजगारी समस्या कम हुने सम्भावनै भएन।

प्रश्न उठ्दछ, आखिर अर्थतन्त्रमा रहेको तरलता एकाएक कहाँ गयो? यो कतै गएको छैन, जान पनि सक्दैन, यो नेपालभित्रै छ। नेपाली नोट अन्य मुलुकमा नचल्ने भएकोले सीमावर्ति भारतीय बजारमा राख्न सीमित रकम लैजानेबाहेक ठूलो राशिमा बाहिर जान पनि सक्तैन। तरलताको अभाव बैंकहरूमा छ, पैसा हुने मानिसमा छैन। बचत पैसा हुनेले सामान्य अवस्थामा जस्तो बैंकमा जम्मा गर्न गएको छैन र बैंकमा पैसा राखेकाले पनि त्यहाँबाट झिकेर आफ्नै साथमा राखेका छन्। बैंकमा पैसा छैन भन्ने हल्ला चलेपछि निक्षेपकर्ताहरू आफ्नो पैसा डुब्छ कि भन्ने डरले पैसा झिक्न बैंक पुगेका हुन्छन्। धेरै निक्षेपकर्ताहरुले एकै साथ पैसा झिक्न बैंकमा गए पछि बैंकहरुमा नगदको अभाब हुनु स्वभाबिक हो। निक्षेपकर्ताले मागेको बेलामा रकम फिर्ता दिन नसके बैंकहरूको साख गिर्ने डरले बैंकहरूले बढीबढी ब्याज दिने कबुल गरेर पनि निक्षेप परिचालन गर्ने प्रयास गर्नु स्वभाविक हो। यसरी नगद बचत हुनेले त्यस्तो नगद आफ्नै साथमा राख्न खोज्नुको मुख्य कारण मुलुकको राजनीतिक स्थिति मुठभेडतर्फ उन्मुख हुनु, तत्काल निकासको सम्भावना नदेखिनु र असुरक्षाको भावना बढ्नु हो। यसरी उत्पन्न तरलताको संकटमा केन्द्रीय बैंकले खासै केही गर्नसक्ने हुँदैन।

नेपालमा तरलताको अभाव हुनेबित्तिकै सधैँ पुँजी पलायनको प्रसंग उठाइन्छ। तर यस सम्बन्धमा बुझ्नु जरुरी के छ भने पुँजी पलायन विदेशी मुद्रामा हुन्छ, नेपाली मुद्रामा होइन। किनभने नेपाली मुद्रा अन्य मुलुकमा चल्दैन। त्यसैले पुँजी बाहिर लैजान नेपाली मुद्रा भुक्तानी गरी विदेशी मुद्रा खरिद गर्नु अनिबार्य हुन्छ र त्यसो गर्दा नेपाली मुद्रा नेपालभित्रै रहन्छ। त्यसैलै अहिले नेपाली बजारमा देखिएको तरलताको अभावको मुख्य कारण मुलुकमा विद्यमान राजनीतिक अन्योल, मुठभेडतर्फ उन्मुख घटनाक्रम र असुरक्षाको वातावरण नै हो। राजनीतिले सही र शान्तिपूर्ण निकास पायो भने क्रमिकरूपमा बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा हुने क्रम बढ्छ र निक्षेप फिर्ता लैजाने क्रम रोकिन्छ। यस्मा कुनै द्विविधा छैन।

यसको संगसंगै नेपाल राष्ट्र बैंकलाई लामो समयसम्म नेतृत्व विहीन राख्नु र त्यसका गभर्नरलाई निविध्नतापूर्वक कार्यकाल पूरा गर्न नदिइँदा पनि केन्द्रीय बैंकको योजनाबद्ध काम कारबाहीमा व्यवधान खडा भएर नेपाली नोटको नियमित र सहज आपूर्ति अनियमित हुन पुग्छ। गत दसैँ ताकाको ठूला दरको नोटको अभाव यही कारणले भएको हो।
लेखक अर्थशास्त्री हुन्।
अर्को समाचार
नागरिक लगानी स्वत्वाधिकार कानुन
२९ साउन २०७१
•
९ मिनेट पाठ
नागरिक लगानी स्वत्वाधिकार कानुन
नागरिकको लगानीबाट राज्यले देशको विकास गर्ने नीति र कानुन किन ल्याउन सकेको छैन भन्ने प्रश्न नेपालमा आर्थिक र राजनीतिक दृष्टिकोणले उठेको देखिँदैन। अहिले हाल मुलुकको अर्थतन्त्रमा आएको अधिकतम तरलताको संकट लगानी गर्ने नीति तथा योजना सरकारले ल्याउन नसकेकाले उत्पन्न भएको शंका गरिएको देखिन्छ। त्यस्तै देशको विकासमा अमेरिकी डलरमा आधारित विदेशी लगानीबाट परेको आर्थिक भार राष्ट्र र नागरिकलाई धेरै महँगो पर्न गएको छ। जस्तै नेपाल विद्युत् प्राधिकरणलाई पर्न गएको खिम्ती र भोटेकोसीको भार। यसकारण अबका दिनमा देशको विकास र नागरिकको आर्थिक उन्नतिका लागि नागरिक लगानी स्वत्वाधिकार कानुनको व्यवस्था गर्नु अति आवश्यक छ। नागरिक लगानी स्वत्वाधिकार कानुनी व्यवस्था सबै प्रजातान्त्रिक विकसित देशमा गरिएको छ। 
विकास र लगानीको दृष्टिकोणमा नेपालको प्राकृतिक र मानव स्रोतको महत्व बढ्दै गएको छ। अब राज्यले नेपाली नागरिकको धनआर्जनको केही अंश बचत गरी देश निर्माणमा लगानी गर्न सकिने सामूहिक आर्थिक नीति ल्याउन जरुरी छ। देशभित्र वा विदेशमा कुनै नागरिकको आर्जन सञ्चित छ भने त्यसलाई देशमा लगानी गराउने आर्थिक नीति अपेक्षित हुन्छ। यसकारण अबको सरकारले देशमा नागरिक लगानी स्वत्वाधिकार (हक) कानुन सिद्धान्तका आधारमा सर्वसाधारण नेपाली नागरिकको सम्पत्तिबाट देशको चौतर्फी विकास हुन सक्ने र त्यसबाट नागरिकको आय र बचत बढ्ने आर्थिक नीति ल्याउन सक्नुपर्छ । 
उदाहरणका लागि संयुक्त राज्य अमेरिकाको 'सामाजिक सुरक्षा कोष' नागरिक लगानी स्वत्वाधिकार कानुनी व्यवस्थामा आधारित छ र त्यसमा देशका राष्ट्रपतिदेखि सामान्य जनतासम्म सबैको दैनिक तलबबाट अनिवार्यरूपमा १२ प्रतिशत (६ प्रतिशत कामदारबाट र ६ प्रतिशत काम लगाउनेबाट) रकम उक्त कोषमा जम्मा हुन्छ र देश विकासमा लगानी गरिन्छ। यो लगानी गरेबापत राज्यले नागरिकलाई वृद्धावस्थाको निवृत्तिभरण र बाँचुन्जेल निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँछ।
मानौ, संयुक्त राज्य अमेरिकामा २० करोड कामदार छन् र कामदारको औसत आम्दानी महिनाको तीन हजार अमेरिकी डलर छ। त्यस अवस्थामा यस कोषमा प्रत्येक महिना कति रकम जम्मा होला? राज्यले यस कोषबाट व्यक्तिको उमेरको हद पुगेपछि मात्र भुक्तानी र सेवा दिन सुरु गर्छ। अतः राज्यले व्यक्ति निवृत्त नभएसम्म उक्त कोषको रकम देश विकासमा लगानी गर्ने अवसर पाउँछ। नेपालमा राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित ' नेपाली नागरिकको लगानी बचत' कोष नियमावली कार्यान्वयन गर्योक भने दस लाख नेपालीले आफ्नो स्वेच्छाले महिनाको एक हजार रुपियाँमात्र यस कोषमा जम्मा गरेमा पनि एक महिनामा नै एक अर्ब रुपियाँ जम्मा हुन सक्छ। 
कानुनको नीतिगत अवधारणा
देशमा अनुकूल हुने यस्ता आर्थिक नीति राज्यले ल्याउन सकेमात्र देशको विकास सम्भव छ। वास्तवमा नागरिक लगानी स्वत्वाधिकार कानुन सिद्धान्तमा आधारित आर्थिक नीतिले राज्य र नागरिक दुवैको सँगसँगै सम्पन्नता निश्चित गर्छ। राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन सिद्धान्तमा आधारित “सर्वसाधारण नेपाली नागरिकको बचत लगानी” नीतिको प्रमुख उद्देश्य राष्ट्रको आर्थिक विकास सर्वसाधारण नेपाली नागरिकको आर्जन बचतको केही अंशबाट लगानी हुनुपर्र्ने धारणा निश्चित गरेमा राज्यले कानुनी आधार व्यवस्थित गर्न सक्नुपर्ने हुन्छ। यसको अर्थ राज्यले देश विकास लगानीको आर्थिक स्रोत सर्वसाधारण नेपाली नागरिकको आर्जन बचत अंशलाई नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित आर्थिक नीतिलाई प्राथमिकता दिनुपर्ने हुन्छ।
यस कारण राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित “सर्वसाधारण नेपाली नागरिकको लगानी–बचत” आर्थिक नीति देशमा कार्यान्वयन गर्न सके सर्वसाधारण नेपाली नागरिकले आफ्नो आर्जन–बचतको केही अंश देश विकासमा लगानी लगाउने अधिकार पाउनुका साथै आफ्नो आय बढाई सञ्चित धनबाट आफ्नो वृद्ध–निवृत्तिको व्यवस्थासमेत मिलाउने मौका पाउन सक्थे। यो यथार्थ बुझेर राज्यले उक्त कानुन देशमा लागु गर्न सक्नुपर्छ।
कानुनी प्रावधान
राज्यले नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित यस्ता आर्थिक नीतिलाई देशको कानुन बनाउन सक्नुपर्छ। देशको केन्द्रीय बैंक (राष्ट्र बैंक) लाई नीति कार्यान्वयन गर्ने अधिकार प्राप्त हुनुपर्छ। उक्त कानुन व्यवस्थामुताविक “सर्वसाधारण नेपाली नागरिकको लगानी–बचत” कोष खाता देश र विदेशबाट नेपाली नागरिकले नेपाली नागरिकता प्रमाणपत्रका आधारमा खोल्न पाउने व्यवस्था राष्ट्र बैंकले गर्नुपर्छ। यस्तो व्यवस्था अन्य व्यापारी, बैंक र संघ/संस्थामार्फत सञ्चालन गर्ने कानुनी प्रावधान पनि राज्यले बनाउन सक्नुपर्छ।
नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित सर्वसाधारण नेपाली नागरिकको लगानी–बचत नीतिको प्रावधानलाई राज्यले “नागरिक लगानी–बचत” कोषको सम्पूर्ण रकम देश विकासमा लगानी लगाउने अध्यादेश लागु गर्न सक्नुपर्छ। राज्यले “नागरिक लगानी–बचत” कोषको रकम देश विकासमा लगानी लगाएबापत (उदाहरणका लागि कम्तिमा ५ प्रतिशत ब्याज उक्त कोषलाई दिनुपर्ने र थप मुनाफा राष्ट्रको “कुल–घरेलु–उपज” वृद्धि अनुपातमा अथवा राष्ट्र बैंकको वार्षिक ब्याजदरमा आधारित हुने प्रावधानको व्यवस्था) केही व्यवस्था गर्न सक्नुपर्छ।
नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित कानुनमुताविक “नागरिक लगानी–बचत” कोषको सुरक्षा, प्रबन्ध, प्रत्याभूति र सञ्चालन गर्ने अधिकार राष्ट्रको केन्द्रीय बैंक (राष्ट्र बैंक) लाई दिने प्रबन्ध मिलाउनुपर्छ।
राज्यले नागरिकको लगानी सुरक्षित हुने प्रावधान भएको नागरिक लगानी स्वत्वाधिकार कानुन व्यवस्थामा आधारित आर्थिक नीति व्यवस्थित गरेमा मात्र देशको विकास सम्भव छ। नागरिकलगानी स्वत्वाधिकार (हक) कानुन व्यवस्थाले सर्वसाधारण नेपाली नागरिकलाई राज्य निर्माणमा आफ्नो आर्जनको केही अंश लगानी गर्ने अधिकार दिन्छ। यसै कानुनका आधारमा विकसित देशहरुमा नागरिक लगानीबाट विकास भएको हो।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस