महाभूकम्पको पार्श्वप्रभाव
०२ असार २०७२
•
१३ मिनेट पाठ
महाभूकम्पको पार्श्वप्रभाव
बुधबार बिहान काठमाडौँलाई केन्द्र बनाएर गएको ४.४ रेक्टर स्केलको भूकम्पले उपत्यकाबासीलाई आतंकित तुल्यायो। लगत्तै सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ रेक्टर स्केलको भूकम्पभन्दा उनीहरूलाई त्यही ठूलो थियो। केन्द्रविन्दु भएको ठाउँमा त्यसै पनि औसतभन्दा धेरै बढी कम्पन हुन्छ। अर्कातिर, यसले मान्छेलाई नजिक र आफू संलग्न घटनाले बढी प्रभाव पार्छ भन्ने सन्देश दिन्छ।कतिपय ठुटे बुद्धिजीवी र उपबुजु्रक कविहरूले भूकम्पलाई सबैभन्दा बढी साम्यवादी र समाजवादी देखेका छन्। भूकम्पले ठूला महलवालादेखि झुप्रेसम्मलाई त्रिपालबासी बनाएको उदाहरण दिएर तिनले आफ्नो भुइँफुट्टा तर्क दिएका छन्। त्यो तर्क तथ्यभन्दा बढी सतहमा देखिने दृश्यमा आधारित छ। भत्केका ठूला महलहरू अपवादका केही उदाहरण हुन्। खासमा महाभूकम्पले प्रभावित क्षेत्रमा कच्ची घरहरूलाई झन्डै शतप्रतिशत पूर्ण क्षतिग्रस्त पारेको तथ्यहरूले नै देखाएका छन्। महलवालाले त्रिपालमुनि बसेको बास त बिदामा पिकनिक मनाउन गएजस्तै हो। जसरी पिकनिकको रामरमितापछि मानिस घर फर्कन्छन्, त्यसैगरी पराकम्पन बन्द भएपछि तिनीहरू आफ्नै आलीशान महलमा फर्कन पाउँछन्। फोटो पत्रकार, संवाददाता, चर्चित साहित्यकार, स्वघोषित बुद्धिजीवी, नेता, प्रशासकहरूका आँखा भत्केका ठूला महलमै मात्र पुग्छन्। गरिबका लागि आफ्नो झुपडी नै स्वर्ग हो। आफ्नो झुपडी भत्कनु तिनका लागि खर्बपतिका १७ तले हाउजिङ अपार्टमेन्ट भत्कनुजस्तै हो। तर, झुपडी र कच्ची घर भत्कनु नेता र राज्य संरचनामा रहेका ठूला मान्छेका लागि कुनै घटना नै होइन। किनभने तिनको वर्ग अर्कै हो। राहत वितरणमा न्याय हुन नसक्नुको मुख्य कारण तिनले गरिबको दुःख बुझ्न नसक्नु हो। 

खलबलिएको रुटिन
महाभूकम्पले जिन्दगीको रुटिन खलबलिए पनि मानिस बिस्तारै नियमिततामा अभ्यस्त हुन थालेका छन्। क्यालेन्डरमा ‘मुरी फलाउन मानो रोप्ने' महिना असारको पातो पल्टेपछि किसान खनजोतमा व्यस्त छन्। तथापि तिनको मनमा शान्ति छैन। महाभूकम्पले जग हल्लाएर तिनका घर मात्र भताभुंग पारेको छैन, मनको जगसमेत खल्बल्याइदिएको छ। 
भक्तपुर, गुन्डुका किसानको पिरलो अझ बेग्लै छ। मकैका हरिया बोट कम्मरसम्म आइपुग्नुपर्ने बेला तिनका बारी बाँझै छन्। महाभूकम्पलगत्तै पानी परे पनि बेलैमा तिनले मकै छर्न पाएनन्। जेजतिले छरे, ती पनि खडेरीले पिल्सिएका छ्वालीखुट्टे मकैको बोट हेरेर दिक्क छन्। यसपालि दुधिलो मकै पोलेर दार्न, सहरतिर लगेर बेच्न वा हिउँदमा भुटेको भुटेको मकै–भटमास चपाउन तिनको भाग्यमा नलेखिएजस्तो छ। बर्खामासमा हुने काँक्रो, फर्सी, खुर्सानी, भटमास, सिमी, बोडी, रामतोरियाँ, भन्टाजस्ता तरकारी रोप्न भ्याएनन्। तिनलाई एकातिर बासको पिरलो थियो। घरको अवयव पन्छाइनसक्नु थियो। अर्कातिर चाहेर पनि छाप्रा ठड्याइएको बारीमा खनजोत सम्भव थिएन। बिस्तारै उनीहरू त्रिपालबाट सरेर जस्ताको अस्थायी टहरा वा टनेल घरमा सरेका छन्। बारी खाली हुन थालेको छ। तर, किसानको भाग्य मेहनतले मात्र बल्दैन, तिनलाई प्रकृतिमाताले पनि साथ दिनुपर्छ। वर्षा नहुँदा खनजोत गर्न तिनलाई महाभारत छ। लगाएका तरकारीबाली पनि भोेकमरी लागेका बालकजस्तै जिंगरिंग छन्। पैसा तिर्नुपर्ने धाराको पानी बिहान, बेलुकी दियो, तालु चर्काउने दिउँसभरिको घामले तिनलाई खंगरंग पारिदिन्छन्। बोटबिरुवालाई चाहिने प्राकृतिक नाइट्रोजन हो। त्यो आकाशे पानीबाट प्राप्त हुन्छ। त्यसले बालीनाली लहलह बनाउँछ। असार लागिसक्दा पनि जमिन गल्ने गरी पानी परेको छैन। जेजति छिट्ट्याउँछ, त्यसले जमिनको धुलो पनि मेट्दैन। किसान यो बालीविज्ञान बुझ्दैन। ऊ बाली सप्रेन भनेर आवश्यकताभन्दा बढी युरिया मल हाल्छ। बोटबिरुवाको शरीरभरि विषादी खन्याउँछ। तर, खडेरीमा अप्राकृतिक नाइट्रोजनयुक्त युरिया मलको अधिकताले बालीलाई उल्टै हानि गर्छ। विषादीले ग्राहकको मात्र नभई आफ्नै शरीरका बलिया किलापुर्जामा खिया लाग्छ भन्ने आत्मसात गर्दैन। चर्को गर्मीमा रसिलो काँक्राको चिरा चपाउने, भुन्टे फर्सीको कैँडा ताछेर, फर्सीको मुन्टा छिलेर हरियो खुर्सानी मिसाइएको तिख्खर तरकारी खाने, गोलभेडा मिसाइएको रामतोरियाँको स्वादिलो चिप्लो तरकारीसँग गहुँको ढिँडो निल्ने र बाँकी तरकारी सहरियालाई बेचेर गर्जो टार्ने तिनको सपनाले पनि यसपालि लोप्पा खुवाउला जस्तो छ।
महाभूकम्पले यहाँका झन्डै ८० प्रतिशत बासिन्दाको घर भत्कियो। कतिको अन्नपात, लुगाफाटा पुरिए। तिनलाई धानको बीउकै समस्या भयो। कृषि कार्यालयबाट राहतमा आएको बीउको गुणस्तर कस्तो हो कसैलाई थाहा भएन। त्यही पनि अत्यन्त सीमित मात्रामा आयो र टाठाबाठाले हात पारे। लाटासुधाले त्यसको अनुहारसमेत देख्न पाएनन्। अधिकांशले राम्ररी सुकाएर भण्डारण गर्न नपाएको बीउ छरे। खडेरीले त्यही पनि उमि्रएन। दोहोरो छर्नुपर्योम। तिनको श्रम र बीउबिजन दोहोरो लगाउनुपर्योा। त्यही पनि राम्रो होला भन्ने ग्यारेन्टी छैन। यस्तो स्थितिमा धानबाली लगाउन पाइएन वा लगाए पनि खडेरीले खायो वा हावाहुरी, असिनापानीले खायो भने पनि क्षतिपूर्ति दिने कुनै निकाय छैन। जनताको दुःखका कथा सुन्नुपर्ला भनेर सरकार कानको बिर्को थुनेर बस्छ। विपत्को सामना गर्न सरकारसँग कुनै योजना छैन। लोककल्याणकारी सरकार र जनउत्तरदायी नेता भइदिएका भए जनताको भविष्य यति असुरक्षित हुँदैनथ्यो।

टनेल घर
उद्योग मन्त्री महेश बस्नेतको पहलमा युवा संघ नेपाल र मानवीय आस्था केन्द्रले भक्तपुरमा लगभग ६ सय वटा जस्ताको टनेल घर निःशुल्क बनाइदिए। वास्तविक भूकम्पपीडितको खोजी गरी यस्ता घर बनाइदिने क्रम जारी छ। इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थीले डिजाइन गरेको यस घरको मूल्य जम्मा १० हजार ३ सय रुपियाँ बराबर हो। फलामका तीन वटा एक इन्चका पाइप अर्धगोलाकाररूपमा बंग्याउने, जस्तापाताका दुवै छेउ चिरेर एकअर्कासँग जोड्ने अनि २६ वटा किला जस्तापातामाथि ठाकेर डन्डीमा अड्याउने यो प्रविधि सस्तो, किफायती, बलियो र अस्थायी बसोबासका लागि सबैभन्दा भरपर्दो माध्यम बनेको छ। घर भत्केर सडकमा पुगेका मान्छेलाई निःशुल्क अस्थायी घर दिन यी संस्थाल गरेको कामको प्रशंसा गर्न कुनै पनि दल वा समुदायले कन्जुस्याइँ गर्नुपर्दैन। यस्तो कार्यमा न्याय र समताको दृष्टि सर्वोपरि हुनुपर्छ। घर भत्केर सडकमा पुगे पनि आफैँ अस्थायी आवास बनाउन सक्षम आर्थिक स्थिति भएका र आफन्तकहाँ शरण पाएकालाई भन्दा कुनै विकल्प नभएका, आर्थिक स्थिति कमजोर भएका, एकल महिला, वृद्धवृद्धा, रोगीलाई प्राथमिकता दिनुपर्छ। तर, यस्तो पुनित कार्यमा हालीमुहाली गर्ने स्थानीय कार्यकर्ताले न्याय र समतालाई सर्वोपरि राख्न उचित ध्यान दिएको देखिएन। तिनका लागि एकल महिला वा थोरै सदस्य भएको परिवार महत्वपूर्ण भएनन्। यो त आत्मामा पत्थर परेकालाई कविता प्रतियोगितको निर्णायक बनाएजस्तै भयो। टनेल घर दुइटा संस्थाले अनेक दुःखगरी जुटाएको स्रोत हो। त्यसको वितरणमा तिनले आफू, आफन्त र आफ्नो धाकरबाफ प्रदर्शन गर्ने ध्येय राख्नु अनैतिकताको हद हो। यस्तै मान्छेले देश चलाउने जिम्मा पाए के होला?

अन्त्यमा
भक्तपुर, गुन्डुको किबाचोकस्थित क्षतिग्रस्त ज्योति माध्यमिक विद्यालयलाई मंगलबार २ लाख ९५ हजार रुपियाँ सहयोग गर्दै अमरिकास्थित क्वार्ड सिटी नेपाली समाजका रमेश केसीले भने, ‘क्षतिग्रस्त विद्यालयको मर्मत हाम्रो प्राथमिकतामा छ।' क्वार्ड सिटी नेपाली समाजको सहयोग ज्योति माविसम्म ल्याउन सहजीकरण गर्ने दन्तचिकित्सक डा. पुनम दीक्षितले भनिन्, ‘विद्यालय बनाउनु देशको जग बलियो पार्नु हो।' ज्योति मावि यस क्षेत्रमा गरिबका बालबालिकाले अत्यन्त कम शुल्कमा पढ्न पाउने स्तरीय र उदाहरणीय सामुदायिक विद्यालयका रूपमा परिचित छ। यसको एउटा भवन पूर्ण क्षतिग्रस्त छ भने अर्को भवनको चौथो तला मर्मतको पर्खाइमा छ। यसै विद्यालयका र वरिपरि अन्य विद्यालय पढ्ने भूकम्पपीडित गरिब केही विद्यार्थी पैसाको अभावमा अझै भर्ना हुन पाएका छैनन्। पुनित भावना भएका संस्था वा व्यक्तिको ध्यान त्यता पुगे विद्या र मानवता दुवैको जग बलियो बनाउन मद्दत मिल्छ। किनभने विपत्मा परेकालाई सहयोग गर्नु भिरबाट तल खस्न लागेकालाई हात दिएर बचाउनु हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस