जनताको जीवन र मरणसँग जोडिएको स्वास्थ र उपचारको विषयलाइ संविधानमै स्पष्टताका साथ समेट्नु पर्छ। मौलिक एवं आधारभूत मानव अधिकारमध्ये बाँच्न पाउने अधिकार प्रमुख हो। बाँच्न पाउनुपर्ने अधिकारमा रोग या दुर्घटनाका कारण अकालमा ज्यान जानबाट र अपांग हुनबाट जोगिन पाउनु पनि पर्छ। त्यसैले यस अधिकारलाई संविधानमै स्पष्टसँग उल्लेख गर्नुपर्छ।सामान्य आर्थिक अवस्थाको र पहुंच नभएको कुनै व्यक्ति तुरुन्तै उपचार गर्नुपर्ने आकस्मिक रोगबाट पीडित भयो भने निजका सामु दुईमात्र विकल्प रहन्छन् : अकालमा मृत्युवरण गर्नु या तिर्नै नसक्ने ऋण लिएर उपचार गर्नु।
अन्य क्षेत्रमा जस्तै स्वास्थमा समेत उर्लिरहेको निजीकरणको प्रवाहबाट नेपाल अछुतो रहेन। यसलाई अब रोक्न पनि सकिन्न। तर निजीकरण र उदारीकरणका नाममा कुनियत र स्वार्थवश स्वास्थजस्तो सवेदनशील विषयमा राज्य प्रभावहीन, अनुत्तरदायी र उदासीन रहनु दुर्भाग्यपूर्ण हो।
स्वास्थ सेवामा भारतमा जस्तो ८० प्रतिशत स्वास्थ सेवा निजी क्षेत्रमा निर्भर रही बहुसंख्यक गरिब सामान्य उपचारबाट समेत वञ्चित रहने वा क्युबामा अपनाइएको दबाब र जबर्जस्तीमा आधारित सरकारीकरण दुवै नेपालमा ग्राह्य छैनन्। नेपालले बीचको नीति अपनाउनुपर्छ। अहिले निःशुल्क आधारभूत स्वास्थ सेवाको नारा दिइए पनि व्यवहारमा वैदेशिक सहायता प्राप्त भएमात्र केही अंश जनतालाई प्रदान गर्ने विवेकहीन अभ्यास हुने गरेको छ। अबको संविधानमा कम्तीमा ज्यान जोगाउन तत्कालै आवस्यक पर्ने कुनै पनि उपचार निःसर्त र निःशुल्क हुनैपर्ने प्रावधान उल्लेख हुनुपर्छ।आकस्मिक सेवाको अभावमा कुनै पनि नागरिकको अकालमा मृत्यु भएमा छानबिन, कारबाही र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ।
स्वास्थ सेवालाई सरकारी, निजी, बिमित र मिश्रित गरी चार श्रेणीमा विभाजन गरेर नागरिकका निम्ति स्वेच्छिक बनाइदिए पनि कठिन परिश्रम, प्राकृतिक जटिलता, गरिबीआदि कारणले लाग्ने सिकल सेल एनिमिया, हर्निया, हेमोरोइड, जटिल खालको कान पाक्ने रोग, पाठेघरको रोगजस्ता जटिल रोगको उपचारको जिम्मा सरकारले नै लिनुपर्छ।
चिकीत्सा शिक्षा र सेवा क्षेत्रको अनियन्त्रित निजीकरणले समग्र स्वास्थ सेवामा नकारात्मक प्रभाव पारेको छ। त्यसैले चिकित्साशास्त्र शिक्षामा एकरूपता कायम राख्न चिकित्सा विश्वविद्यालयको प्रावधान हुनुपर्छ।
मुलुक संघीयतामा गएपश्चात स्वास्थ सेवालाई केन्द्रअन्तर्गत राख्ने कि प्रदेशमा भन्ने विवाद कायमै छ। तर प्रत्येक नागरिकको जीवन रक्षा र अपांगताबाट बचाउन आवश्यक कुनै पनि आकस्मिक रोगको समयमै निसर्त एवं निःशुल्क उपचारको दायित्व केन्द्र एवं राज्य दुवैबाट बहन हुनुपर्छ।
केन्द्र एवं राज्यले स्वास्थ सेवाको क्षेत्रमा तजबिजीभन्दा पनि वार्षिक बजेटको निश्चित प्रतिशत रकम स्वास्थ क्षेत्रमा छुट्याउनै पर्ने प्रावधान संविधानमै राखिनुपर्छ। सहर वा गाउँ जहाँका भए पनि गरिब र निम्न आय भएकाको जीवन चर्या कठिन छ। त्यसैले राज्यले नागरिकको स्वास्थ सेवाका निम्ति तीन सयदेखि सात सयका रुपियाँसम्म पर्ने न्यूनतम रकम विनियोजन गरेर सामाजिक न्याय हुँदैन।
देशको स्वास्थ सेवालाई प्रभावकारी रूपमा नियमन गर्न चीनलगायत केही मुलुकमा कायम स्थायी निकाय स्वास्थ आयोगको प्रावधान पनि संविधानमै राख्न सकिन्छ कि भन्नेमा संविधान निर्माताको ध्यान जाओस्।
नेपालका वरिष्ठ र स्थापित चिकित्सकहरूमै नेपाली जनताको स्वस्थ जीवन बाँच्न पाउने अधिकारबारे अपेक्षित चासो चिन्ता र संवेदनशीलता नदेख्दा ग्लानि हुनेरहेछ। यसमा तिनका बाध्यता पनि हुन सक्छन् तर स्वास्थ क्षेत्रका अग्रगण्य र नेतृत्वदायी भूमिका लिनुुपर्ने वर्गमा जनसाधारणको बाँच्न पाउने अधिकारप्रतिको मौन विवेकपूर्ण र न्यायपूर्ण ठहरिन्न।
प्रमुख कन्सल्टेन्ट, वीर अस्पताल