संविधान निर्माण गर्नेमात्र होइन नेपालको राजनीतिक प्रक्रिया र प्रशासनिक व्यवस्थामाथिको 'घुसपैठलाई' समेत समूल अन्त्य गर्नुपर्ने समय आएको छ। सुरक्षा निकायका केही पदाधिकारी, कर्मचारीतन्त्रका केही सदस्य र केही पत्रकार एवं राजनीतिक नेताहरूले हालसालै लेखेका आत्मवृत्तान्तको अध्यननमात्रले पनि कुनकुन विदेशी संस्था र कुनकुन देश नेपालमा घुसपैठ गरिरहेका छन् र नेपाली राष्ट्रिय अखण्डताविरुद्ध सक्रिय रहेका छन् भन्ने कुरा स्पष्ट हुन्छ।आत्मवृत्तान्त लेख्नेहरूले यस्ता घुसपैठ र हस्तक्षेपका घटनाप्रति तत्काल आपत्ति किन जनाएनन् वा त्यस्ता घटनाहरूबारे जनतालाई किन सुसूचित गरेनन्? यो प्रश्न पनि उत्तिकै मननीय छ। तर पनि एउटा सत्य के हो भने वर्तमानमा लुकिलुकी विदेशीहरूसँग रासलीला गर्ने, तिनलाई राष्ट्रका संवेदनशील सूचनाहरू दिने र व्यक्तिगत फाइदाका लागि राष्ट्रको अस्मितासँग खेल्ने मानिसका करतुतहरू भविष्यले पर्दाफास गर्नेछ। र, तिनलाई बेस्सरी बदनाम गर्नेछ। राष्ट्रको अहितमा लाग्नेहरूलाई इतिहासले राम्रैसँग सजाय गर्नेछ। मातृभूमिविरुद्ध जासुसी र षड्यन्त्र गर्नेलाई इतिहासले कहिल्यै स्थान दिने छैन।
भूरणनीतिक संवेदनशीलता अत्यन्त तरल रहेको विश्वका अत्यन्त थोरै राष्ट्रको सूचीमा नेपाल पर्छ। केही साताअघिको भूकम्पको त्रासदीले पनि यो तरलताको पुष्टि गरेको छ। यो भूरणनीतिक एवं सुरक्षा तरलताको लामो ऐतिहासिक शृंखला वा क्रमबद्धता छ। ३५०० वर्ष लामो इतिहासमा नेपाल हिमालपारीको चीन साम्राज्य र दक्षिण एसियाको भारतवर्षको बीचको 'हिमालय शृंखला' मा एउटा छुट्टै पहिचान, सभ्यता र आवश्यकताको रूपमा स्थान बनाएको देश हो। चिनियाँहरूले नेपालको संवेदनशीलतालाई छैठौँ/सातौँ शताब्दीबाट बुझेका छन् भने त्यसताका भारतवर्ष पनि यस तथ्यप्रति प्रष्ट रहेको ऐतिहासिक प्रमाणहरू छन्। इतिहासमा प्रष्ट देख्न सकिन्छ, प्राचीन मगध साम्राज्य नेपालसँग राम्रो सम्बन्ध राख्न र नेपाली सम्राट घरानासँग वैवाहिकसम्बन्ध कायम राख्न सधैँ उत्सुक रहेको थियो। सातौँ शताब्दीमा नै हो जब नेपाल हुँदै मगध गएको २२ जना चिनियाँ विद्वान्हरूको टोलीलाई त्यहाँका एकजना सेनापतिले पक्राउ गरे र उनीहरूलाई लुट्नुका साथै केहीलाई मारे पनि। चिनियाँ सम्राटको अनुरोधमा नेपालले ७ हजार घोडसवारी सेना मगध पठाइ चिनियाँ बुद्धिजीवीहरूको उद्धार गर्यो । सेनापतिलाई पक्राउ गरी नेपाल ल्याइ चीन पठाइयो। त्यसताका नेपाल एउटा महत्वपूर्ण र सक्षम शक्तिको रूपमा रहेको थियो भन्ने कुरा यस घटनाबाट देखिन्छ। नेपाल र चीनको सम्बन्ध हिमालय शृंखलासम्बद्ध सामरिक कडीको रूपमा रहँदै आएको छ। तर, पछिल्लो समय जब बेइजिङमा सम्राटहरूको प्रभुत्व कमजोर भयो, नेपाल र चीनको सम्बन्धमा तिब्बतीहरूले अवरोध गर्न थाले। बढ्दैबढ्दै ती अवरोधका घटनाहरू पछि नेपाल र तिब्बतका बीचमा युद्धका कारणसमेत बन्नपुगे।
यस तथ्यबाट के प्रष्ट हुन्छ भने सक्षम नेपाल हिमालय शृंखलाको सुरक्षाको एउटा महत्वपूर्ण कडी हो। सक्षम नेपाल उत्तर र दक्षिण दुवैतिरको हस्तक्षेपविहीन समृद्ध नेपालको रूपमा रहेको छ इतिहासमा। उत्तर र दक्षिणका बीचको नेपाल सतहमुनिको भूकम्प र सतहमाथिको भूकम्प दुवैबाट प्रभावित रहन्छ। उत्तर र दक्षिणका सम्बन्धहरूले उसको अस्तित्व र विकासलाई प्रत्यक्ष प्रभावित पार्दछ। यसबाट देखिन्छ नेपालको अस्तित्व कसरी राख्ने भन्ने कुरा नै यहाँको कूटनीतिक सम्बन्धको प्रथम सिद्धान्त हो र उद्देश्य पनि हो। इतिहासमा दुईवटा तथ्य स्थापित भएका पाइन्छन्। सक्रिय, सक्षम र प्रभावकारी नेपाल, भारत र चीनलाई आफूतिर आकर्षित गर्नमात्र होइन, उनीहरूको सम्पर्कसूत्र पनि बन्नसक्छ। मगधका हर्षवर्धनजस्ता सम्राटले चीनसँग सम्बन्ध बनाउन नेपालको सहयोग लिएको र मगधसँग समस्या पर्दा पनि चीनले नेपालकै सहयोग लिएको इतिहास छ। जब यी दुई देशबीच चिसो सम्बन्ध बन्यो, त्यसबाट नेपाल प्रभावित भएका कुरा पनि स्थापित भएकै तथ्य हो। अतः नेपालको अस्तित्व नेपालको प्रभावकारी सक्षमतामा निर्भर रहन्छ भन्ने कुरामा विवाद छैन। अर्थात्, नेपाल स्वतन्त्ररूपमा अस्तित्वमा रहनसक्ने सक्षमताको निर्माण नै नेपाली कूटनीतिको लक्ष्य हुनुपर्छ। यो 'अनुमान' मात्र होइन अस्वीकार गर्न नसकिने तथ्य हो। सन् १९४५ पछाडिको परिवर्तित भूमण्डलीय युगमा एउटा सकारात्मक विकासको पक्ष पनि देखिएको छ, त्यो हो– कूटनीतिक सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनको प्रयोग। नेपालजस्तो देशले यसको व्यापक प्रयोग गर्नसक्छ र आफ्नो अस्तित्वलाई यसकै आधारमा खडा गर्न पनि सक्छ। अतः नेपालले आफ्नो परराष्ट्रसम्बन्धलाई पूर्णरूपमा अन्तर्राष्ट्रिय कानुनको अधीनमा राख्नु नेपालको स्वतन्त्रताको पूर्वसर्त हो भन्न सकिन्छ।
नेपालको अन्तर्राष्ट्रियसम्बन्धको विस्तारमा उत्तर–दक्षिणका छिमेकीबाहेक पश्चिमी मुलुकहरूको आगमन पनि एउटा महत्वपूर्ण पक्षका रूपमा रहेको छ। सन् १९५०, ६० र ७० का दशकमा भारत र चीनबीचको चिसिएको सम्बन्ध र त्यसले नेपालमा पारेको गम्भीर असरलाई न्यूनीकरण गर्न पश्चिमी मुलुकसँगको सक्रिय कूटनीति नेपालका लागि फलदायी थियो। तर, यसको व्यवस्थापनमा हामीले गम्भीर त्रुटिहरू गर्यौँ , जसको विश्लेषण अहिलेसम्म हुनसकेको छैन। तत्कालीन सोभियत संघसँग टाँस्सिएको भारत र आफ्नो मौलिक समाजवादी व्यवस्थाको निर्माणमा लागेको चीन दुवै पश्चिमी मुलुकका विरोधी शक्तिका रूपमा रहेका थिए। त्यसैले दुवैमाथि निगरानी राख्नुपर्ने बाध्यता पश्चिमी मुलुकलाई थियो। त्यसका लागि नेपाल उनीहरूले चाहेजस्तो देश थियो। सोभियत युनियनको पतनपछि अन्तर्राष्ट्रिय राजनीतिको स्वरूप त बदलियो, तर भारत र चीन फेरि पनि एउटा शक्तिको रूपमा त थिए नै। भारत र चीन एवं पश्चिमी मुलुकहरूको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भए होला यस सन्दर्भमा। तर, त्यसबारेमा हामीले कहिल्यै विश्लेषण गरेनौँ। अहिले नेपाल कमजोर छ र हस्तक्षेप एवं घुसपैठका घटनाहरू व्यापकरूपमा भइरहेका छन्। अर्थात्, अहिलेका घुसपैठ र हस्तक्षेप सक्षम नहुँदाका परिणाम हुन्।
छद्म हस्तक्षेप र घुसपैठले संविधान निर्माणको प्रक्रियालाई अवरोध पुर्या इरहेको छ। अघिल्लो संविधान सभालाई जातीयताका आधारमा विभाजन गर्न पश्चिमी गैरसरकारी संस्थाहरूले ठूलो भूमिका
खेले। उनीहरूले नेपाली समाजका कतिपय समस्यालाई सम्बोधन गरी एकीकृत नेपाल निर्माण गर्न होइन बरु नेपालाई विभाजन गर्न ठूलो प्रयास गरे। यसक्रममा धेरै ठूलो रकम खर्च गरे। लामो द्वन्द्वपश्चात् शान्तितर्फ लम्केको नेपाललाई द्वन्द्वमै फर्काउने प्रयास यस्ता संस्थाहरूबाट भयो। जातीय सद्भाव समाप्त पारेर जातीय द्वन्द्वमा देशलाई धकेल्ने प्रयास गरे तिनले। गत निर्वाचनमा त्यो प्रयासको पटाक्षेप भयो। तर फेरि अहिले त्यो घुसपैठ र हस्तक्षेप नयाँरूपमा देखिँदैछ। विदेशी ग्रिनकार्ड बोकेका केही मानिस अहिले नेपालको अमूक भागलाई स्वतन्त्र बनाउन सक्रिय रहेका छन्। यस्ता व्यक्तिसँग केही देशका कूटनीतिज्ञहरू भेटघाट गर्दैछन् र केही अन्तर्राष्ट्रिय संस्था यिनीहरूको समर्थनमा कथित अन्तर्राष्ट्रिय जनमत बनाइरहेका छन्। विदेशीसँग अकूत धन लिने केही व्यक्ति पनि यसमा संलग्न होलान्।
सन् १७७० को दशकमा पृथ्वीनारायण शाहले 'क्यापुचिनो पादरी'को एउटा समूहलाई नेपालबाट निकालिदिए। कारण उनीहरू भरखरै एकीकृत नेपालविरुद्ध जासुसी गरिरहेका थिए। उनीहरूले बेतियामा इस्ट इन्डिया कम्पनीका अधिकारीहरूलाई बताए– उनीहरूले भक्तपुर र पाटनमा नेपालका ५ हजार हस्तलिखित दस्तावेज जलाइदिए। नेपालका शासकहरूलाई विभाजित गरी व्यवस्थाको भित्रै छिरेर यस किसिमका जासुसी गर्ने कार्य विदेशीहरूले त्यसबेलादेखि नै गर्दै आएका हुन्। सन् १८१६ पछाडि 'बेलायती रेजिडेन्टले' नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्नथाले। जंगबहादुरलाई नियन्त्रणमा लिन नसकेका बेलायतीहरूले उनकै दाजुभाइलाई भ्रष्ट बनाएर उनका वंशजलाई लखेटे। त्यसपछि शमशेरहरू बेलायतीका दासकै रूपमा देखिए। स्वतन्त्र भारतले पनि नेपालप्रतिको सम्बन्धमा बेलायती उपनिवेशको संस्कारलाई यथावत् लागु गर्यो । चीनसँगको सम्बन्धले नेपालको स्वतन्त्रतालाई मजबुत त पार्योय, तर यसैबाट हामी कूटनीतिक तटस्थताको युगमा प्रवेश गर्यौँ्। यस खेलमा हामीसँग अमेरिका र बेलायत नजिक आए। उनीहरूलाई हामीले नेपालको स्वाधीनता र स्वतन्त्रताको मसिहा ठान्यौँ। तर, उनीहरूको चासो भने हामीप्रति होइन उत्तर र दक्षिणतर्फ निगरानीको थियो। उनीहरूको आँखा त्यसबेला तिब्बत र उत्तरपूर्वी भारतीय राज्यहरूमा थियो। पश्चिमी मुलुकमा आफ्नो छोराछोरी पढ्न पठाउने र आफू पनि ग्रिनकार्ड लिन उद्यत् हाम्रा कर्मचारी र नेताले कहिल्यै ध्यान दिएनन् यस खतरनाक तथ्यप्रति। बिस्तारैबिस्तारै ती पश्चिमी देश जान पाउनु 'हामीलाई स्वर्ग जान पाएजस्तै' भयो। र, यसैबाट हाम्रो राष्ट्रियता कमजोर भयो।
अर्कातिर नेपाली बुद्धिजीवीहरू भारत र चीनको समर्थन तथा विरोधमा विभाजित भए। नेपाली बुद्धिजीवी बन्नुभन्दा चीन समर्थक वा भारत समर्थक कहलाउने प्रतिस्पर्धा व्यापक भयो। यसक्रममा हामीले के थाहा नै पाएनौँ भने– नेपाली त जातजातिकै आधारमा विभाजित भइरहेका थिए, जसका लागि पश्चिमी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र तिनको सहयोगमा नेपाली गुमस्ताहरू घनिभूतरूपमा काम गरिरहेका थिए! कतिपय नेपाली बामपन्थीहरू जो गैरसरकारी संस्थाका अगुवा थिए, उनीहरू नै पश्चिमी मुलुकका दाता संस्थाका सबैभन्दा अगुवा वा नजिकका मानिस बन्नपुगे! अर्कातिर कतिपय बामपन्थी नेताहरू यस्ता संस्थाका संरक्षकसमेत बन्न पुगे। यस्तो अवस्थामा कसरी गरियो लेाकतन्त्रको संस्थागत विकासका विरुद्ध घुसपैठ र हस्तक्षेप?
(१) नेपालका मानवअधिकारवादी संस्थाहरूलाई राजनीतिक दल र राज्यका निकायका 'अपोजिसन' शक्तिका रूपमा खडा गरियो। यस्ता संस्थाले राज्य र नेतालाई यति धेरै खुइल्याए कि नेपाली नेता बाटामा फ्याँकिएका प्लास्टिकका झोलाजस्ता बनाइए। अनि यिनै नेतालाई देखाएर भन्न थालियो नेपाल 'फ्रेजाइल कन्ट्री' हो। नेपाललाई 'फेल्ड कन्ट्री'को रूपमा प्रमाणित गर्ने प्रयास पनि भयो। त्यसो भए कम्बोडियामा जस्तै नेपालमा युएनको भूमिका हुनेथियो र युएनका नाममा पश्चिमी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको हैकम हुनेथियो। यो भारतका हितमा थिएन, त्यसैले यसमा भारतले टाङ अडायो सायद। नेपाललाई फेल्ड स्टेट घोषणा गर्न भित्रभित्रै भारतले दिएन। (२) यस असफलतापछि जातीय संघीयताको नारा अगाडि ल्याइयो। यस्ता नाराका समर्थकहरू राजनीतिक दलका नेतालाई विदेश डुलाएर र पैसा दिएर सभासद् हुनपुगे। त्यसपछि संविधान सभालाई 'ककस' मा विभाजन गरियो। यसमा लागेका केहीले राम्रैसँग तर मारे! अन्ततः यो पनि असफल भयो। (३) अहिले तराईमा एकजना मानिस सिर्जना गरिएका छन्। निर्वाचनमा आफूलाई तराई नेता भन्नेहरू जनताद्वारा समाप्त पारिए। उनका ठाउँमा एकजना ग्रिनकार्ड होल्डर अमेरिकनलाई तराईको नेता बनाउने प्रयास भइरहेको छ अहिले। अहिले तराईमा मानवअधिकारवादी संस्था छ्यापछ्याप्ती छन्। अहिले पहाडका गैरसरकारी संस्थालाई खडेरी लागेको छ। अहिले तराईमा गैरसरकारी संस्थालाई राज्यको अपोजिसनका रूपमा खडा गरिएको छ।
भूकम्पपछि राज्यको कोषद्वारा होइन आफ्नै योजनामा राहत लैजाने ठूलो दबाब दिइएको छ। राज्यले यस दबाबमा घुँडा नटेकेको हुँदा, नेपालमा पहिलादेखि कार्यरत विदेशी गैरसरकारी संस्थाका नाममा नयाँनयाँ विदेशी गैरसरकारी संस्था उत्तरी भागमा राहत र पुनर्निर्माणका लागि गइरहेका छन्। अर्कातिर नेपाली पर्यटन समाप्त पार्न नेपाल 'बर्बाद' भएको छ भन्ने समाचारहरू संसारभरि प्रचार गरिरहेको छ। घुसपैठका नयाँ खेलहरू भइरहेका छन्। यसमा विदेशमा बसेका केही नेपालीसमेत प्रयोग भइरहेका छन्। यी कथित नेपाली विदेशबाट नेपालमा फेरि भूकम्प आउँदै छ भनी सामाजिक सञ्जालबाट त्रास फैलाउँदै छन् र नेपाली नेता तथा सरकारविरुद्ध विषवमन गरिरहेका छन्। एकातिर सरकारलाई कमजोर पार्ने, राहतमा सहयोग नगर्ने र अर्कातिर नेपाली पर्यटनलाई समाप्त पार्ने काम यिनैबाट भइरहेको छ। यसरी फेरि नेपाललाई फेल्ड स्टेटको विशेषण झुन्ड्याउने कसरत भइरहेको छ। उता, राहत शीर्षकमा अन्तर्राष्ट्रिय संस्थाहरू नेपालका नाममा रकम उठाएर ब्रह्मलुट गरिरहेका छन्। उनीहरूका परामर्शदाता लाखौँ तलब खाइरहेका छन्।
नेपालको संविधान निर्माणको प्रक्रियालाई असफल पार्ने खेल अब हुनसक्छ। यस्तो अवस्थामा राज्यका निकायहरू र राजनीतिक दलहरू विवेकशील हुनपर्छ। अतः नेपालको पुनर्निर्माणमा छिमेकी र स्वयं नेपाली जनतामा भर पर्नुपर्छ। गैरसरकारी संस्थाहरूको भूमिकाको अनुगमन गर्ने सशक्त निकायको व्यवस्था हुनुपर्छ। उनीहरूका तडकभडक राहत वितरणमा देखिएका छन् र व्यापक अनियमितता पनि भएका छन्। राजनीतिक दलका कार्यकर्ताले जनतासँग काम गरेका छन्, उनीहरूले जनताको सही प्रतिनिधित्व गरेका छन्। तर, यिनै विकासे मानिस राजनीतिक दलविरुद्ध विषवमन गरिरहेका छन्। संविधान निर्माणविरुद्ध हुने घुसपैठलाई रोक्नुपर्छ। राजनीतिक दलहरूले सक्षमता प्रदर्शन गर्नुपर्छ र छिमेकीहरूसँगको सम्बन्ध व्यवस्थापन गर्न सफल भएको हाम्रो प्राचिन इतिहासलाई दिमागमा राखेर काम गर्दै अब नेपाललाई समृद्ध नेपालको गन्तव्यतिर अगाडि बढाउन सकिन्छ।