संविधान सभाको मस्यौदा समितिअन्तर्गतको कार्यदलले प्रारम्भिक मस्यौदा (खाका) सहितको प्रतिवेदन पेस गरेर संविधान निर्माण प्रक्रिया अगाडि बढाएको छ। संविधान सभाको निर्देशनअनुरूपका सबै विषयको प्रारम्भिक मस्यौदा तयार भएको समाचारले एकपटक जनतामा संविधान निर्माण हुने नयाँ आशा जगाएको छ। स्थानीय तहको संरचना तथा निर्वाचन प्रणालीलगायतका विषयमा गम्भीर छलफल भएकै थिएन। यसैलाई कार्यदलले गम्भीर छलफलको विषय बनाएर सराहनीय थालनी गरेको छ।
संविधान निर्माणका सम्बन्धमा संविधान सभाका ४ प्रमुख दलबीच भएको १६ बुँदे सहमतिमा 'स्थानीय निकायको निर्वाचन'को विषयसमेत परेको थियो। १६ बुँदेमा उल्लेख भएअनुसार– जनताको प्रतिनिधित्व र अधिकारलाई सबल तुल्याउनका लागि यथाशक्य चाँडो स्थानीय निकायको निर्वाचन गरिनेछ। यसैबीच गत असार ११ गते स्थानीय निकायमा निर्वाचित भई अनुभव प्राप्त सभासद्हरूको एउटा प्रतिनिधिमण्डलले मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलासँग भेटी ९ बुँदे सुझावपत्र हस्तान्तरण गरेको थियो। स्थानीय सरकारबारे प्रस्तुत सुझावमा स्थानीय निर्वाचनलाई 'अन्तरिम स्थानीय निर्वाचन' का रूपमा यथाशीघ्र सम्पन्न गरी स्थायी संरचना निर्माण गर्ने प्रक्रियामा निर्वाचित स्थानीय जनप्रतिनिधि संलग्न हुनसक्ने गरी व्यावहारिक सहयोग लिन उपयुक्त हुने विषयसमेत स्मरण गराइएको छ।
स्थानीय तहका बारेमा आजसम्म छलफलमा पटक्कै नपरेको विषय 'जिल्ला' हो। स्थानीय सरकारका रूपमा जिल्ला इकाइलाई राख्ने वा नराख्ने कुनै छलफल नै भएको थिएन। यसलाई विवादका रूपमा थाती राखेजस्तो मात्र गरिएको थियो। मस्यौदा समितिको कार्यदलमा स्थानीय निकायमा जिल्ला तह पनि राख्ने–नराख्ने विवाद थियो। अहिले गाउँपालिका, नगरपालिकाको समन्वयकारी निकायका रूपमा राख्ने समझदारी भएको समाचार आएको छ। यस निष्कर्षले संविधान निर्माणको सही गन्तव्य पहिल्याउन निकै सहायक हुने विश्वास गर्न सकिन्छ।
गाँउपालिका, नगरपालिका र जिल्लामा कार्यकारी निर्वाचित गर्ने मस्यौदामा उल्लेख छ। स्थानीय निकायका निर्वाचित पूर्व जनप्रतिनिधिले र स्थानीय निकायका तीनवटै संघ–महासंघले विभिन्न समयमा विभिन्न चरणमा माग राख्दै र स्मरणपत्र दिँदै दबाबमूलक कार्यक्रमद्वारा समेत यसबारे ध्यानाकर्षण गराउँदै आएका हुन्। मस्यौदा समितिका सभापति सिटौलालाई सुझावपत्र हस्तान्तरण गर्दा कानुनमन्त्री नरहरि आचार्यको पनि उपस्थिति थियो। संक्षिप्तमा लेखिएका ९ वटा बुँदालाई एकएक गरी पढ्दै र व्याख्या गर्दै जाँदा स्थानीय निर्वाचन र स्थानीय तहमा जिल्लाको स्थान रहने/नरहने सम्बन्धमा सुझाव केन्द्रित भएको थियो।
४ प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीमा स्थानीय निर्वाचनको उल्लेख गरिएकोमा स्वागत गर्दै समयसमेत तोकी यथाशीघ्र निर्वाचन गराउन र सहमतिलाई कार्यान्वयन गर्न माग गरिँदा यस विषयमा समितिले अत्यन्त महत्वका साथ छलफल गरी निष्कर्षमा पुग्ने सिटौलाले स्पष्ट पारेका थिए। जिल्लाका विषयमा सभासद्ले स्थानीय तहमा जिल्ला, नगर, गाउँ रहने भनी स्पष्ट उल्लेख गरिनुपर्ने र जिल्लालाई वर्तमान स्वरूपमा नराखी 'समन्वयकारी' भूमिका दिँदै त्यसलाई जिल्ला सदन वा जिल्ला पालिका सभा ( डिस्ट्रिक्ट पार्लियामेन्ट ) का रूपमा राखिनुपर्छ भन्ने सुझाव दिएका छन्। त्यसमा स्थानीय गाउँ र नगरका प्रतिनिधिले आफ्ना जिल्लाका केन्द्रीय सांसद एवम् प्रान्तीय व्यवस्थापिकाका सदस्यसँग भेटघाट हुने र आफ्ना कुरा सुनाउन पाउने उपयुक्त थलोका रूपमा व्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ। साथै, माथिल्लो तह र स्थानीय तहबीच गाउँ वा नगरलाई अधिकार दिलाउन 'सहजकर्ता'को भूमिकालाई महत्व दिँदै प्रान्त र गाउँ–नगरबाट तत्काल नसमेटिने खालका केही महत्वपूर्ण अधिकारसमेत राखिनुपर्ने सुझाव दिइएको छ।
यसैगरी संघीय केन्द्रीय व्यवस्थापिकामा स्थानीय सरकारका जनप्रतिनिधिबीचबाट पाँचपाँच वटा स्थान सुरक्षित राखिनुपर्ने र स्थानीय तहलाई संविधानतः सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिइयो। संविधान सभामा स्थानीय तहबारे तिनीहरूको अधिकार एवं सम्भावनाबारे छलफल नभई संविधान सभाको अवधि सकिन गयो भने ठूलो अन्याय हुने कुरा राख्दै स्थानीय तह भन्नाले गाउँ, नगर, जिल्ला भनी स्पष्ट किटान गरिनुपर्ने सुझाव पनि दिइएको थियो।
नगरका हकमा वर्तमान ४ प्रकारका नगर इकाइलाई नै अधिकार सम्पन्न बनाउने र राजधानी रहेको 'महानगर'लाई विशेष हैसियत दिइनुपर्ने सुझाव दिइयो। संघीय प्रणालीमा स्थानीय तह अर्थात् स्थानीय सरकार केन्द्र र प्रान्तको आधारशिला हो भन्ने भावनाका साथ संविधानमा लेखिनुपर्ने माग राखिएको थियो। राज्य पुनर्संरचनामा निर्वाचित स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग हुने भएकाले निर्वाचन यथाशीघ्र गरिनुपर्छ भन्नेमा सुझावपत्रले जोड दिएको छ।
नेपाल संघीय प्रणालीको भावना र मर्मअनुरूप संविधान निर्माण गर्नेजस्तो अति महत्वपूर्ण तथा संवेदनशील प्रक्रियाबाट गुजि्ररहेको छ। सुस्त गति वा भावावेशमा हतारको गति दुवै स्थितिबीच निरन्तर र धैर्यता साथ जुट्न र एकएक बुँदामा गम्भीर चिन्तन र मनन गर्न आवश्यक छ। यस घडीमा अलिकति पनि असावधानी भयो भने जनताको भविष्य निर्माण प्रभावित हुने स्थिति आँउछ। राष्ट्रिय अस्तित्व र एकता बचाइराख्न फेरि पनि संघर्ष गर्नुपर्ने अवस्था आउन नदिन संविधान निर्माणमा सावधानीका साथ सबै जुट्नुपर्छ। सार्वभौम जनताको अधिकार सुनिश्चित गराउने र अधिकार सम्पन्न गराउने काम त्यति सजिलो छैन। त्यसैले प्रस्तावित स्थानीय निर्वाचनले त्यो सम्भावनाको ढोका खोलिदिने र राज्यको पुनर्संरचना प्रक्रियालाई सहज बनाइदिनेछ। जसअनुसार राज्यको पुनसंरचनाजस्तो जटिल कार्यमा अन्तरिम स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले स्थानीय समस्यामा ६०१ जना सभासद्लाई सघाउने छन्। निर्वाचित संघीय व्यवस्थापिका र निर्वाचित स्थानीय नेतृत्वको सहयोगमा प्रान्तीय तहको संरचनाले संविधानलाई व्यवहारतः पूर्णता दिन तयार हुनेछ। र, केन्द्रको नेतृत्व र प्रान्तको सहयोगमा जटिल स्थानीय सरकारको देशव्यापी पुनर्संरचना हुनेछ। यस स्थितिमा विवादका सम्भावना अति नै न्यून भएर जानेछन् र राष्ट्र नवनिर्माणको दिशामा सहजढंगमा अग्रसर हुनेछ।
कुनै पनि मुलुकमा स्थानीय तह अर्थात् स्थानीय सरकार सधैँ नै केन्द्र र प्रान्तीय तहको आधारशिलाका रूपमा रहने गर्छ। विश्वमा कुनै पनि राज्य सञ्चालनको सफल प्रणालीमा सबल, सक्षम र अधिकारसम्पन्न स्थानीय सरकारले महत्वपूर्ण योगदान पुर्या एको देखिन्छ। स्थानीय तह जहिले पनि सफल शासनप्रणालीको बलियो आधारशिला बनेर रहेका हुन्छन्। यही भावना र मर्मका साथ हाम्रो संविधान लेखिनुपर्छ। कहिल्यै पनि संघीय प्रणालीको प्रतिस्पर्धी स्थानीय सरकार हुनसक्दैन र हुँदैन पनि। त्यसैले संविधान निर्माणका लागि अधिकार सम्पन्न संविधान सभाले उत्तरदायी जनप्रतिनिधित्वको सम्भावना सुनिश्चित गर्दै स्थानीय तहलाई सहानुभूति र सहयोगको भावनाले हेर्नुपर्छ।
संविधान सभा सदस्य