शिक्षाको उद्देश्य जीवनको लागि आवश्यक ज्ञान, सीप र संस्कार आर्जन गर्नु हो। शिक्षाको उद्देश्य व्यक्तिलाई वास्तविकरूपमा नागरिक दायित्व निर्वाह गर्नसक्ने चेतना, दृष्टिकोण र क्षमता विकास गर्ने हुनुपर्छ। यस प्रकारको उद्देश्य पूरा गर्न सकेन भने शिक्षा कोरा ज्ञान र औपचारिकमात्र बन्ने गर्छ।त्यस्तै शिक्षा चरित्र निर्माणको जग पनि हो। समाजमा रहनका लागि विशेष प्रकारका शील, स्वभाव र सीप आवश्यक हुन्छ र त्यसैका आधारमा मानिसले सामाजिक आचार व्यवहारलाई व्यवस्थित गर्न सक्छ। शिक्षा सभ्यता, संस्कृति र सामाजिकीकरणको अनन्त प्रक्रिया हो। शिक्षाले नै संभावनालाई सामाजिक आदर्श प्राप्तिका लागि आधार खडा गर्छ। कुनै व्यक्ति शिक्षित भएछ भन्नुको अर्थ 'उसले जीवनका लागि आवश्यक पर्ने ज्ञान र व्यावहारिक सीप हासिल गरेछ' भन्ने बुझिन्छ। त्यसैले शिक्षा प्रदायक र नीति निर्माताहरू शिक्षा व्यक्तिको जीवनका लागि आवश्यक व्यावहारिक सीप र आभ्यान्तरिक चेतना विकासमा केन्द्रित हुनुपर्छ भन्छन्। शिक्षाका पाठ्यक्रम र शिक्षण विधि यसैअनुरूप अनुकूलन गरिनुपर्छ। शैक्षिक अनुष्ठानहरू यसैअनुरूप क्रियाशील हुनुपर्छ। त्यसैमा शिक्षाको वास्तविक सफलता रहन्छ।
समकालीन नेपाली समाजमा एउटा प्रश्न सँधै अनुत्तरित छ– 'शिक्षाले जागिर खोज्ने कि जागिर नै बनाउने?'। प्रत्येक वर्ष प्रवेशिकामा सामेल भएपछि व्यक्ति क्रियाशील उमेर समूह (१५ वर्षमाथि) प्रवेश गर्छ र जागिर खोज्न भौँतारिन्छ। विद्यमान शिक्षा परिपाटीले श्रमविमुख हुँदै जाने जनशक्ति पैदा गर्ने भएकाले 'टेबल वर्क' (जागिर) अधिकांश पढेलेखाको चाहना हो। आर्थिक क्रियाकलाप सीमित भएकाले जागिरको झन्डै एकल प्रदाता सार्वजनिक क्षेत्र हो जुन आफँैमा साँघुरो छ, र चाहेजति जागिरका अवसर सिर्जना हुँदैन। जागिर नपाएपछि युवा जोस कुण्ठामा वा विद्रोहमा परिणत हुन्छ। 'युथ बल्ज' वा १५–२० को युवा उमेर केही गरौँ भन्ने, उत्साह, उमङ्ग र उमेदको वय हो। पाए पहाडै फोडौँ र सिर्जना गरौ भन्छ यो उमेर। नसके आक्रोशमा पड्किन्छ वा निराशामा थन्किन्छ। शिक्षाले उत्साह, प्रेरणा र मार्गदर्शन गर्ने हो, सिर्जनाशक्ति र सीप दिने हो। समाज, सभ्यता र विकास सिर्जनाको उपज हो, निराशा र आक्रोशको होइन। शिक्षा प्रदत्त सिर्जना शक्तिले सभ्यता र विकासका इँटा थपिने गर्छन्। सिर्जना कर्मको परिणाम हो भने सीप सिर्जनाको आधार हो। शिक्षाले जीवनोपयोगी सीप दिन सक्नुपर्छ। तर प्रश्न अझै अनुत्तरित छ,–'शिक्षा जागिरको आधार हो कि जागिर बनाउने सामर्थ्य?' त्यसैले प्रवेशिका उत्तीर्ण गर्नेबित्तिकै व्यक्तिको मनमा स्वाभावीक प्रश्न उठ्छ – 'अब मैले जागिर कहाँ खाने?'
प्राज्ञिक अर्थमा शिक्षा ज्ञान, सीप, मूल्य, विश्वास र आचरण सुधारको विधि हो। शिक्षाले ज्ञान दिन्छ, ज्ञानले अवधारणा विकास, विश्लेषणको आँखा खोल्छ। त्यसैले यो 'ज्ञानचक्षु' उघार्ने विधि हो। ज्ञानी व्यक्तिले कार्यक्षमता आर्जन गर्न सक्छन्। त्यसैले ज्ञानपछि सीप वा सामर्थ्य विकास गर्नु शिक्षाको अभीष्ट हुने गर्छ। तर समाजमा आपसी संकीर्णता, लोभलालच, आग्रह, प्रतिस्पर्धा, अहम्, द्वेष, ईर्ष्या, रिसजस्ता व्यभिचार पनि हुर्किने भएकोले शिक्षाले विवेकको विकास गरी चरित्र निर्माण गर्नुपर्छ जसबाट मानव सभ्यता सहज होस्, सामाजिक आचार, नैतिकता र सकारात्मकताजस्ता मानवीय मूल्य संस्थागत हुन्। उदाहरण प्रस्तुत गर्न सकियोस्। ज्ञान प्रसारण, सीप विकास र चरित्र निर्माण गर्नसक्ने शिक्षा नै जीवनोपयोगी शिक्षा हो। जीवनोपयोगी शिक्षाले असल र सक्षम नागरिक निर्माण गर्छ। जीवनोपयोगी शिक्षाले सामाजिक परिवर्तन र विकासका लागि आवश्यकताअनुसार संरक्षणात्मक, सिर्जनशील, तटस्थ वा क्रान्तिकारी काम गर्छ। र, यो जीवनभर हुने प्रक्रिया हो। किनभने नागरिक जीवनका लागि आवश्यक ज्ञान, सीप, सामर्थ्य र सीप परिवर्तन/परिष्करणका क्रममा रहन्छन्। त्यसैले गतिशील हुनु शिक्षाको आभ्यान्तरिक स्वभाव हो। तर कोरा शिक्षा जागीर खोज्नेको भीड उत्पादन गर्ने अभियान हो।
नेपालमा शिक्षाको विकास तीव्ररूपमा भइरहेको छ। विगत तीन दशकको तथ्यांङ्क हेर्दा यस क्षेत्रमा निकै विकास भएको देखिन्छ। साक्षर व्यक्तिको संख्या वृद्धि भएको छ, महिला र पुरुषबीचको साक्षरताको खाडल पनि साँघुरिदै गएको छ, शिक्षामा सवै बर्ग र सम्प्रदायको पहुँच विस्तार भएको छ। भर्ना दर र भर्ना अनुपात पनि बढ्दै गएको छ। कुल सरकारी विनियोजनको सोह्रसत्र प्रतिशत जति यस क्षेत्रमा खर्च हुन्छ। विद्यालय, विश्वविद्यालय जस्ता शैक्षिक संरचना पनि व्यापक विस्तार भएका छन्। विद्यालय उमेरका बालबालिका अधिकांश स्थानमा बढीमा आधा घन्टा हिडेर नै विद्यालयमा पुग्छन्। शिक्षा क्षेत्रको विकासलाई हेर्ने मान्य सूचक यिनै हुन्। यिनै सूचकका आधारमा नेपालको शैक्षिक क्षेत्रले विस्तारको चरण पार गर्न लागेको देखिन्छ। तर यसको गुणात्मक पक्ष र जीवनोपयोगिता हेर्ने हो भने ठीकविपरीत स्थिति देखिन्छ। शिक्षाले सीप र सामर्थ्य विकास गरेन, ज्ञान र जानकारी मात्र विस्तार गर्योत। सामर्थ्य र क्षमता विकास गर्न सकिएको भए शैक्षिक बेरोजगारको भिड बढ्ने थिएन, स्वरोजगार सिर्जना गर्न सकिने थियो, राष्ट्र निर्माण मजबुत हुनेथियो। फलस्वरूप, समाज, अर्थतन्त्र र राष्ट्रिय विकासलाई योगदान पुर्या उने थियो। पढलेखाहरु पनि श्रम गर्न इच्छुक हुने थिए र शिक्षा वास्तविकरूपमा जीवन उपयोगी हुने थियो। शिक्षाको स्तर बढ्दै जाँदा श्रमसितको नाता मेटिँदै जाने थिएन। र प्रवेशिका उमेरका व्यक्तिले भन्न पर्ने थिएन –'अब मैले कहाँ जागीर खाने?'।
अब मैलै जागिर कहाँ खाने भन्ने प्रश्न रहेसम्म वा पढेर कहाँ काम पाउँला भन्ने ध्याउन्नमा लाग्नुपर्ने भएसम्म शिक्षा त न ज्ञान न सीपको कोरा कुरामात्र हुन्छ। यो प्रश्न रहेसम्म व्यक्ति आफ्नो भविष्य सुरक्षित देख्दैन र आफ्नो भविष्य सुरक्षित पार्न मिल्नेनमिल्ने, हुनेनहुने सबै कर्म गर्न थाल्छ। यस अवस्थामा सामाजिक मूल्यवृत्ति पनि बिथोलिन गई अपव्यवस्था नै परम्परा बन्न थाल्छ। समाज सिर्जनाभन्दा विनाशतिर अघि बढ्छ, ज्ञानको विनाश, परम्पराको विनाश, मूल्य संस्कृतिको विनाश, संस्कारको विनाश, आचारनैतिकताको विनाश र अरू यस्तै विनाश। प्रत्येक व्यक्ति र पुस्ताले भावी दिन सुरक्षित देख्न सक्नुपर्छ। उसभित्र निहित संभावना उजागर र उपयोगको अवसर सुनिश्चित देख्न सक्नुपर्छ। शिक्षा त्यसको आधार हो। वर्तमान पुस्ता सुरक्षित नभएकाले देश, समाज, संस्कार, आफू र राष्ट्रप्रति गर्व गर्न छाड्दैछ। आफ्नैपनप्रतिको अपनत्व पातलिन गएमा भावी समाज अँध्यारो हुन्छ। नकारात्मक सोच र व्यवहारको बोलवाला हुन्छ। औपचारिक व्यवस्था र आदर्शप्रति आस्था रहन्न। त्यसको विम्ब सरकार, राजनीति, शासन, प्रशासन र अरू यस्तै प्रणालीमा देखिन्छ। देखिँदै आएको छ।
यसर्थ तथ्य, जानकारी, सूचना ग्रहण, प्रशोधन र विश्लेषण गर्न सिकाउने ज्ञानमुखी शिक्षाका साथै सीपको विकास, उपयोग र सिर्जना गर्नसक्ने जीवनोपयोगी सीपमुखी शिक्षा अहिले आवश्यक छ। सकारात्मक अभिमुखीकरणका साथ स्वाभिमान विकास अहिले अपरिहार्य देखिन्छ। शिक्षाको सफलता सूचक अङ्कको विशिष्ठता नभएर सीप र विवेकको वैशिष्ठ्य हो। जीवनोपयोगिता शिक्षाको मूल गुण हो।
सहसचिव, राष्ट्रिय योजना आयोग