मापदण्ड पालना नगरेका अवैध क्रसरहरुप्रतिको सरकारी मोह बुझिनसक्नु छ। चार–चार पटक म्याद थपेर पनि नपुगेर फेरि पनि त्यही कसरत हुँदैछ। हाम्रा मन्त्रालयको काम गर्ने इच्छाशक्ति नभएको हो कि नियत नै यस्तै हो, मापदण्ड विपरितका क्रसर उद्योगलाई उन्मुक्ति दिन उद्योग, ऊर्जा र भौतिक पूर्वाधार मन्त्री लागिपरेको देखिन्छ।मापदण्ड विपरित जथाभावी सञ्चालन भइरहेका क्रसर उद्योगलाई नियमन गर्नेतर्फ मन्त्रालयको उदासिनता बढ्दो छ। आफ्नै उपस्थितिमा भएको मापदण्डसम्बन्धी निर्णय पालना गराउनुपर्नेमा उल्टै त्यसको अपहेलना गर्ने र रद्धी टोकरीमा फाल्ने मनसाय यी मन्त्रालयका नेतृत्व तहमा देखापरेको छ। मन्त्रिपरिषद्बाट भएका निर्णय लत्याउने काम मन्त्रिपरिषद्बाटै बारम्बार किन भइरहन्छ?
अझ अहिले त पुनर्निर्माणलाई दह्रो बहाना बनाइएको छ, अवैध क्रसर उद्योग सञ्चालनमा। रोडा, ढुंगा र गिट्टीबिना पुनर्निर्माण सम्भव नै छैन, यो कुरा साँचो हो। यी उद्योगको उत्पादनबिना कुनै पनि विकास र निर्माणको काम सम्भव पनि छैन। यसो भन्दैमा वर्षौंदेखि चुरेलगायतका संवेदनशील क्षेत्र खोस्रेर बसेका क्रसर उद्योग अब पनि व्यवस्थापन नगर्नु ठूलो भुल हुनेछ। अघिल्लो मन्त्रिपरिषद्ले मापदण्ड पालना नगरेका उद्योगलाई २०७० चैत मसान्तबाट बन्द गर्ने निर्णय गरेको थियो। तर ती उद्योग बन्द हुनु त कता हो कता, चार पटक छ/छ महिनाका लागि म्याद थपियो। २०७२ असार मसान्तसम्म पनि यिनलाई म्याद थपेर चल्न दिइयो। तर दुई वर्ष बितिसक्दा पनि यी उद्योगीले मापदण्ड पालना गरेनन्। मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले पटक–पटक यी उद्योगको म्याद थप्यो। यसबीचमा व्यवसायीले सरकारी मापदण्ड व्यावहारिक नभएको भन्दै आन्दोलन पनि गरे। बजारमा निर्माण सामग्रीको कृत्रिम अभाव पनि सिर्जना गरे। यसलाई दबाब मानेर म्याद थप्ने काम भएको हो।
पछिल्लो समय उद्योग मन्त्रालयले मापदण्ड पालना नगरेका अवैध उद्योग सञ्चालन गर्न दिने कि नदिने सम्बन्धमा सरोकारवाला मन्त्रालयस"ग राय मागिरहेको छ। यो दुर्भाग्य हो, राय माग्ने कि सरोकारवाला मन्त्रालयलाई निर्णय कार्यान्वयनमा दबाब दिने? क्रसर व्यवस्थापन समाधान गर्न सरकारबाट गठित पछिल्लो समितिले करिब ५८० वटा क्रसर उद्योगलाई खानी क्षेत्रमा मात्र सञ्चालन गर्न दिनू भनेर सरकारलाई सिफारिस गरेको छ।
तत्कालीन उद्योग सचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा गठित समितीले दिएका सिफारिस कार्यान्वयनतर्फ सरोकारवाला निकायको कहिल्यै ध्यान गएन। आखिर किन? समितिको सिफारिसअनुसार यी उद्योगलाई सरकारले तोकेको खानी क्षेत्रमा मात्र सञ्चालनको वातावरण तयार गरिदिनुपर्ने हो। खानी क्षेत्रको पहिचान गर्ने काम उद्योग मन्त्रालयलाई दिइएको थियो। र, उद्योगले खानी तथा भूगर्भ विभागलाई ती क्षेत्रको पहिचान गर्ने जिम्मेवारी दिइयो। र, खानी विभागले १९ वटा क्षेत्रको विस्तृत विवरणसहित आफ्नो प्रतिवेदन करिब तीन महिना उद्योग मन्त्रालयलाई बुझाइसकेको छ।
तर, उद्योग मन्त्रालयले ती खानी क्षेत्रमा पहुँच मार्ग तयार गर्न सरोकारवाला मन्त्रालयलाई झकझक्याउनुपर्ने थियो। पछिल्लो समय थपिएको म्याद सकिनै लाग्दा त्यस्ता उद्योग सञ्चालन गर्ने कि नगर्ने भनेर सरोकारवाला मन्त्रालय र निकायहरुस"ग माग गरेको छ। यसले क्रसर उद्योग व्यवस्थापनमा सरकार उदासिन हुँदै गएको पुष्टि गर्छ।
विशेषगरी खानी क्षेत्रमा पहु"च मार्ग र बत्ती पुर्यासउने काम भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयले गर्नुपर्ने हो तर यी दुई मन्त्रालय नेतृत्वले यो मुद्दालाई गम्भीररूपमा लिएकै छैनन्। ऊर्जा मन्त्री राधाकुमारी ज्ञवाली जलविद्युत् आयोजनाको ठेक्कापट्टा र कर्मचारी भर्तीमै ब्यस्त भएर होला उनले यसलाई सामान्य समस्याका रूपमा लिएकी छिन् वा यिनीसमक्ष यो समस्या पुगेकै छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि छ/सात महिनाअघि नै चुरेको ढुंगा गिट्टी निकाल्न बन्द गर्दा विकास निर्माण नै ठप्प भयो भन्दै थिए। यस्तो भन्ने नेतृत्वले समयमै खानी क्षेत्रमा पहु"च मार्ग पुर्यारउन पहल गर्नुपर्ने हो कि होइन? विकास निर्माण ठप्प भयो भनेर संसदीय समितिहरुमा कुर्लिने तर आफ्नो जिम्मेवारी र दायित्व समयमै पालना नगर्ने? खानी क्षेत्रमा पहु"च मार्ग पुर्यारइदिने काम के उनको मन्त्रालयको होइन?
लामो समयदेखिको समस्या बल्झाएर राख्ने कि समयमै समाधान गर्ने? क्रसर उद्योग दिगो व्यवस्थापनको समस्या वषर्ौंसम्म बल्झाएर राख्दा कसलाई के फाइदा भइरहेको छ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ। अबर्ौं रुपियाँ लगानी भएको यो उद्योग देश विकासका लागि अपरिहार्य छ भन्ने थाहा पाउँदापाउँदै किन व्यवस्थापन गरिँदैन? विगतका समितिका सुझाव प्रतिवेदन कार्यान्वयन नगर्ने नियत हो भने पटक–पटक समिति बनाएर 'हाइ भोल्टेज' ड्रामा किन गर्नु? क्रसर उद्योगहरुको व्यवस्थापन समयमै नहुनुमा भूमि सुधार, स्थानीय, वातावरण, अर्थ र वन मन्त्रालय तथा योजना आयोगलगायतका निकाय कतै न कतैबाट त्यत्तिकै जिम्मेवार छन्।
यी उद्योगलाई मापदण्ड पालना हुनेगरी खानी क्षेत्रमा सञ्चालन गर्ने कि फेरि पनि म्याद थप गरेर समस्या बल्झाइरहने भन्ने निर्णय गर्ने जिम्मेवारी उद्योग मन्त्री महेश बस्नेतको का"धमा छ। किनकि उद्योग सञ्चालनसम्बन्धी कुनै पनि निर्णयको टिप्पणी उद्योगले नै उठाउने हो र फेरि पनि गलत टिप्पणी मन्त्रिपरिषद् र त्यो अन्तर्गतका समितिमा नजाऊन्। फेरि पनि म्याद थपको प्रस्ताव गयो भने आमनागरिक र उद्योगीको एउटै बुझाइ हुनेछ– क्रसर उद्योगलाई समयमै व्यवस्थापन नगरेर दुहुनो गाई बनाइँदैछ। व्यवस्थापन नगरे दूध आउ"छ, गरे आउँदैन भन्ने मानसिकता सरकारको छ।
खानी क्षेत्र पहिचान गरेर उद्योगले केही काम गरेको देखिएको छ। त्यसैले पनि यी सबै उद्योगलाई खानी क्षेत्रमा स्थानान्तरण गरेर यो समस्या सधैँका लागि टुंगोमा पुर्याएउने चुनौती पनि त्यत्तिकै छ। मन्त्री बस्नेतले क्रसर उद्योग र यसको प्रकृति बुझ्नु जरुरी छ। यसको जथाभावी सञ्चालनले चुरे जस्ता संवेदनशील र तराईका भू–भागमा धेरै क्षति पुर्या्एको छ। अहिले पनि क्रसर सञ्चालनको अनुमति लिएर ढुंगा गिट्टी जथाभावी खोसि्रने काम भइरहेको छ। दुवै काम एउटै अनुमतिबाट कसरी भइरहेको छ? काभ्रेमा अवैध तरिकाले पहाड र खोला खोसि्रने काम नियमित भइरहेको छ। विगतमा यस्ता उद्योगले भूकम्पीय दृष्टिकोणले निकै जोखिम मानिएको चुरेका ढुंगा गिट्टी पनि निर्वाधरूपमा खोसि्रए। यसको प्रभाव तराईका जिल्लामा प्रष्ट देखिएका छन्।
अझ भूकम्पपछिका संवेदनशील चुरे, पहाडी क्षेत्रहरुमा यस्ता उद्योगको जथाभावी सञ्चालन जोखिमपूर्ण मानिएको छ। यी क्षेत्रको जनजीवन र बस्ती त्यत्तिकै जाखिममा छन्। खोला नदीका सतह घटिरहेका छन्। सिँचाइ कुलो र नहरमा पानी नचढ्ने अवस्था छ, वन विनाश भइरहेको छ, पहिरोको जोखिम त्यत्तिकै छ। यी विकास निर्माणका लागि नभई नहुने उद्योग हुन्। त्यसैले यिनलाई समयमै व्यवस्थापन गर्नुपर्छ। यो उचित मौका पनि हो। मुलुक पुनर्निर्माणको कुरा उठिरहेका बेला यी उद्योगको पुनर्निर्माण र व्यवस्थापन पनि त्यत्तिकै आवश्यक छ। पहिले यी उद्योगको दिगो व्यवस्थापन गरेरमात्र पुनर्निर्माणको काम थालनी गर्नुपर्छ।
व्यवसायीलाई ढुक्कस"ग आफ्नो उद्योग सञ्चालन गर्ने वातावरण त्यतिबेला हुन्छ जतिबेला सरकारले तोकेका नियम, कानुन र परिधिको पूर्ण पालना हुन्छ। यो भनेको नै क्रसर उद्योगलाई खानी क्षेत्रमा व्यवस्थापन गर्नु हो, दिगो समाधान पनि। यसको समाधानमा सरकारी वरिष्ठ प्रशासक पनि अवरोधका रूपमा आउन सक्छन्। सत्ताधारी दल नजिकका प्रशासकले आफन्तहरुलाई अघि सारेर देशका विभिन्न स्थानमा क्रसर उद्योग चलाइरहेका छन्। तिनको प्रभावले गर्दा पनि चुरेका क्रसर र समग्र क्रसर व्यवस्थापन अहिलेसम्म अल्भि्करहेको छ, यसतर्फ पनि मन्त्री बस्नेतको ध्यान पुग्न आवश्यक छ।