निर्वाचनमा दलित प्रतिनिधित्व
०७ वैशाख २०७९
•
५ मिनेट पाठ
निर्वाचनमा दलित प्रतिनिधित्व
वर्तमान पाँच दलीय गठबन्धनको सरकारलेआगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेअनुरूपनै सम्पन्न हुने करिब निश्चित भएसँगै दलहरूमा ह्वात्तै चुनावी सरगर्मी बढ्न थालेको देखिन्छ।




यो निर्वाचन संघीयता स्थापनापश्चात् स्थानीय जनप्रतिनिधिहरूको नितान्त दोस्रो कार्यकालका लागि निर्वाचित गरिनुमामात्रै सीमित छैन। खासगरी गठबन्धन सरकारमा रहेका पाँच राजनीतिक दलहरूको चुनावी मोर्चा र फुटपश्चातको एक्लो प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का बीच एकापसमा शक्ति परीक्षणसमेत हुँदैछ।

विगतमा आआफ्नै बलबुताले एक्ला–एक्लै भिडेका कतिपय रदलहरू अहिले भिन्न परिस्थितिबीच गठबन्धन निर्माण गर्दै र कतिपय पुनः एक्ला–एक्लैहिसाबले निर्वाचनमा होमिँदै छन्। त्यसो हुँदा विगतको स्थानीय निर्वाचनको तुलनामा अहिलेको निर्वाचन खास बन्ने देखिन्छ।

मुलुकले संघीय शासन प्रणाली अवलम्बन गरेपश्चात स्थानीय जनप्रतिनिधिले स्थानीय तहको विकासका सम्बन्धमा विल्कुल पृथक ज्ञान र अनुभव हासिल गर्न सफल हुँदै गएका छन्। संवैधानिक र कानुनीरूपमै स्थानीय सरकारलाई स्वायत्त र निर्णायक अधिकार प्रदान गरिएको हुँदा स्थानीय जनप्रतिनिधिहरूको गरिमा र महत्व आफैँमा विशिष्ट छ।

आफ्नो पालिकाको विकास कस्तो र कसरी गर्ने भन्ने विषयमा स्वनिर्णय गर्ने, बजेट विनियोजन र योजनाहरूको कार्यान्वयन गर्ने तथा करारमा कर्मचारीको नियुक्ति गर्नेसम्मको प्राधिकार स्थानीय सरकारमा रहेकाले पनि निर्वाचित जनप्रतिनिधि शक्तिशाली हुने नै भए।

खासगरी स्थानीय जनप्रतिनिधिहरूले जनताको बीचमा बसेर काम गर्ने हुँदा जनतासँग प्रत्यक्ष सरोकार र सम्बन्ध हुने गर्छ। आफैँमा शासक भन्दा बढी सेवक र दलविशेषका नेता भन्दा बढी जनताको सारथिको हैसियतमा काम गर्नुपर्ने हुँदा उनीहरूलाई स्थानीयका बीच लोकप्रिय छवि बनाउने अवसर पनि त्यत्तिनै मात्रामा प्राप्त हुने देखिन्छ। त्यसो हुँदा जनताले स्थानीय तहको निर्वाचनलाई विशेष प्राथमिकताका साथ लिनु र हेरिनु निश्चय नै सान्दर्भिक र युक्तिसंगत ठहर्छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई स्वायत्त सरकारको परिकल्पना गरेको छ। संविधानमा गरिएको प्रबन्धअनुसार स्थानीय सरकार आफैँमा स्वशासनका निम्ति स्वतन्त्र छ। स्थानीय जनताको माग र आवश्यक्तालाई केन्द्रमा राखी उनीहरूलाई घरपायककै कार्यालयबाट सेवा प्रवाह गर्ने हेतुले संघीय शासन प्रणाली लागु गरिएको हो। संघीयताको मेरुदण्ड मानिने स्थानीय सरकार हाम्रो देशको सन्दर्भमा अहिलेसम्मकै विशिष्ट शासन व्यवस्था हो। वास्तवमै स्थानीय सरकार नैजनताको सबैभन्दा नजिकको सारथि पनि हो।

यद्यपि नेपालले संघीय शासन प्रणालीको अभ्यास भर्खरै प्रारम्भ गरेकाले पहिलो कार्यकालमा निश्चय नै स्थानीय सरकारका कहीँ न कहीँ र केही न केही कमीकमजोरी हुन सक्छन्। तर अब हुने निर्वाचन प्रक्रियाबाट निर्वाचित भै आउने स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सुदृढ र परिपक्व बनाउँदै जानुपर्छ। आफ्नो योग्यता, क्षमता र कार्यशैलीमाथि प्रश्न नउठ्ने गरी स्तरीय सेवा प्रवाह गर्नुपर्ने दबाब र चुनौतीलाई स्वीकार गर्दै अघि बढ्नुपर्नेहुन्छ।

संघीयता र समानुपातिक समावेशितासहितको संविधान र लोकतन्त्र जोगाउनका निम्ति शासकीय शैली र व्यवहारमा क्रमिकरूपमा परिवर्तन गराउँदै अघि नबढेमा आगामी भविष्यमा संघीयतामाथि प्रश्नहरू उठ्ने देखिन्छ। ताकि स्थानीय जनप्रतिनिधिहरूको शासकीय मनोवृत्ति र व्यवहार संघीयता र लोकतन्त्रको रक्षाका निम्ति कामयावी बन्न सकून् ।

सत्ताका निम्ति दलित भोट बैंकको राजनीति

आधुनिक नेपालको निर्माणदेखि नै अभूतपूर्व र विशिष्ट भूमिका खेल्दै आएका दलित समुदायको २००७, २०३१, २०३६, २०४६, २०५२ र २०६२/०६३ सालमा भएका विभिन्न राजनीतिक क्रान्तिहरू, संघर्षहरू, सशस्त्र विद्रोहहरू र जनआन्दोलनहरूमा समेत महत्वपूर्ण योगदान छ। देशमा लोकतन्त्र, संघीयता र समानुपातिक समावेशिता जस्ता राजनीतिक उपलब्धिहरू हासिल गर्नका निम्ति हजारौँ दलितले बलिदानी गर्दै आएका छन्। तसर्थ, लोकतन्त्रमा राज्यप्रदत्त अवसर, सेवा र सुविधाका लागि गैरदलित समुदाय जति हकदार छ, दलित समुदाय पनि उत्तिकै मात्रामा हकदार छ।

तर विडम्बना, लामोकालखण्डदेखि नै दलित समुदाय राज्यसंयन्त्रका हरेक अंगहरूमा प्रतिनिधित्वका हिसाबले असाध्यै पछाडि पर्दै आइरहेका छन् र सामाजिकरूपमा बहिष्कृत छन्। लोकतन्त्र स्थापनापछि पनि दलितका मुद्दाको सम्बोधन अपेक्षित र प्रभावकारी हुन नसक्दा दलितमाथिको उत्पीडन ज्युका त्युँ रहेको छ।

जातीय भेदभाव तथा छुवाछूतका नाममा समाजबाट बहिष्कृत, आर्थिक–राजनीतिक तथा शैक्षिक आदि हिसाबले चरम उत्पीडित र राज्य प्रदत्त सबैजसो अवसरहरूबाट वञ्चित गरिँदै आएका ५०औँ लाख दलित समुदायलाई शासकीय संरचनामा पनि समन्यायिक हिसाबले सहभागी गराइनुपर्छ। त्यसका निम्ति आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबाट दलित समुदायको मतको रणनीतिक प्रयोग गर्ने र सत्ताको भर्‍याङमात्रै बनाउने प्रपञ्च गरिनुहुँदैन।हाम्रा राजनीतिक दलहरूबाट विगतमा हुँदै आएका दलित भोट बैंकको नितान्त रणनीतिकरूपमा प्रयोग गरिँदै आएको गलत परिपाटी अब कदापि स्वीकार्य हुन सक्तैन। यस किसिमका प्रयोगमूलक र अवसरवादी कार्यहरूदलित हित र उत्थानका विरुद्ध हुने देखिन्छ।

अर्कोतर्फ राजनीतिक दलहरू संविधानमा उल्लिखित समानुपातिक समावेशी सिद्धान्तविरुद्ध उभिनु हुँदैन। दलित समुदायलाई संवैधानिक व्यवस्थाअनुरूप सरकारका निर्वाचन प्रक्रियामार्फत सरकारका संयन्त्रहरूमा सहभागी गराउनु पर्छ। समानुपातिक समावेशी दृष्टिकोणले दलित समुदायलाई निरन्तर बाहिर राख्ने कार्यले राजनीतिक दलहरूलाई दलितविरोधी, परिवर्तनविरोधी र व्यवस्थाविरोधीको ट्याग लाग्ने गम्भीर खतरा पैदा हुन सक्छ। लोकतन्त्र, संविधान र संघीयताको पहरेदार र जनताका आस्थाको धरोहर मानिने राजनीतिक दलहरूबाट गरिने त्यस्ता धोकाधडीपूर्ण कार्यले प्राप्त उपलब्धिहरूको रक्षा र निरन्तरताका निम्ति रत्तिभर सहयोग पुग्ने देखिँदैन। यसर्थ, स्थानीय तहको निर्वाचनमा दलित प्रतिनिधित्व जस्तो गम्भीर विषयमा सबैजसो राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ।

अन्त्यमा,

यस पटकको स्थानीय तहको निर्वाचनमा दलहरूले दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व गराउन उम्मेदवारी छनोटका सन्दर्भमा फराकिलो दिल बनाउन तयार हुनुपर्छ। उम्मेदवार छनोट गर्दा पार्टीमा राजनीतिक योगदान भएका र सक्षम दलितहरूलाई अघि बढाइ समानुपातिक समावेशीसम्बन्धी संवैधानिक व्यवस्थाको मर्मानुरूप कार्यान्वयन गर्न तयार हुनु आवश्यक छ।
अर्को समाचार
स्थानीय निर्वाचनमा दलित उम्मेदवार उठाउन माग
०४ वैशाख २०७९
•
२ मिनेट पाठ
स्थानीय निर्वाचनमा दलित उम्मेदवार उठाउन माग
विगतका स्थानीय निर्वाचनमा दलित समुदायको समानुपातिक सहभागिता हुन नसकेको जनाउँदै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले प्रत्येक राजनीतिक दलहरुले स्थानीय तहमा दलित समुदायको अर्थपूर्ण समानुपातिक उम्मेदवारीको व्यवस्था गर्न माग गरेका छन्। संविधानमा व्यवस्था भएको प्रत्येक स्थानीय निकायमा एक दलित महिलाको व्यवस्था गरेपनि त्यसले समानुपातिक प्रतिनिधित्व र निर्णायक प्रतिनिधित्व हुन नसकेको जनाएको छ।




देशको १३.८ प्रतिशत जनसंख्या ओगटेको दलित समुदायलाई स्थानीय सरकारमा दलहरुले आलटाल गरेर समानुपातिक सहभागिताको व्यवस्था गर्न नसकेको गुनासो उनीहरुको छ। राष्ट्रिय जागरण मंञ्चका संयोजक खगेन्द्र सुनारले प्रत्येक राजनीतिक दलहरुले दलितलाई मेयर, उपमेयर ,अध्यक्ष,उपाध्यक्ष जस्ता पदमा पनि दलितको उम्मेदवार हुन सक्छ भन्ने निर्णय दलहरुले लिनु पर्ने अभियानको माग छ।  

आइतवार अभियानले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्। सोही दिनेश थपलियालाइर्ए  ज्ञापन पत्र बुझाएका छन्। सोही क्रममा आयुत्तल थपलियाले ०७४ को निर्वाचनमा १ सय ७८ वटा दलित महिला सदस्यको कोटामा उम्मेदवारी खालि आएको स्मरण गरे। खालि हुनुमा दलहरु जिम्मेवार रहेको र अवको निर्वाचनमा आयोगले दलहरुलाई सुझाव दिने उनले बताए।

पत्रकार सम्मेलनको क्रममा बोल्दै संयोजक सुनारले सवै राजनीतिक दललले संविधानको मर्म अनुरुप समावेशी सिद्धान्तका आधारमा दलित समुदायलाई स्थानीय निर्वाचनमा अध्यक्ष, मेयर, उपमेयर, वडा अध्यक्षमा उम्मेदवारको रुपमा उठाउनु पर्छ’ युवा अभियानकर्ता  सुनारले भने। 

सोही क्रममा स्वतन्त्र पत्रकार वावुराम विश्वकर्माले स्थानीय निर्वाचनमा दलहरुले दलित उम्मेदवार उठाउनमै कमजोरी गरेको विगतको अनुभवले बताए। ‘ चितवनको मेयरमा किन छोरी नै च्यापेर हिंड्नु पर्‍यो? कुनै दलितलाई उम्मेदवार बनाउन किन सोंचिदैन? ’ विश्वकर्माले भने। उनले  जोड दिंदै भने, ‘राजनीतिक दलहरुको नीति तथा कार्यक्रम दलितमेत्री हुनुपर्छ ’ सो क्रममा स्थानीय तहका दलित प्रतिनिधिलाई समेत विभेद हुने गरेको बताए।  

सोही क्रममा कलाकार तथा अभियन्ता सन्ध्या सानुले राजनीतिक  अवसरको क्रममा दलित महिलामाथि दलका नेताहरुले प्रयोग गर्ने गरेको बताइन्। कुनै पनि महिलालाई प्रयोग नगरी अघि बढ्ने अवसर दिनु पर्ने उनको माग छ।

अभियानले ६ बुँदे मागमा यसअघिको निर्वाचनमा निर्वाचित दलित महिलाहरुलाई पहिलो प्राथमिकतामा राखी उनीहरुको उचित व्यवस्थापन गर्ने, निर्वाचित प्रतिनिधिहरुले जातीय विभेद गरेमा पद खारेज हुनु पर्ने,दलितको जनसंख्याको ठूलो हिस्सा ओगटेको स्थानमा दलित उम्मेदवारलाई सबै राजनीतिक दलहरुले पहिलो उम्मेदवार तोक्नु पर्ने, जातीय विभेद तथा  छुवाछुत कसुरमा संलग्न कुनै पनि पार्टीको जिम्मेवारीवाट तत्काल हटाउनु पर्ने र यसको लागि राजनीतिक दलहरुले प्रतिबद्धता जनाउनु पर्ने लगायतका मागहरु छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस