दिल्ली दौडको तयारी रहेका नेताको सूची लामै रहेछ। यस्तो बेलामा देशको अखण्डता र सार्वभौमसत्ताको सुरक्षा प्रस्तावित संविधानले गर्नसक्नुपर्छ भनी लेख्नु हास्यास्पद हुनजाला। नेपालको सत्ता दिल्लीबाट निर्माण हुन्छ भन्ने विश्वास रहुन्जेल यो दौड रोकिने पनि छैन। तसर्थ अब यस विषयमा नेता तहबाट होइन जनताको स्तरबाटै कुनै दिन फैसला हुने विश्वास राखेर यसको बिट मारौँ।काठमाडौंबाहिर नेपाली समाज बेग्लै छ। समाजको तौरतरिका, रहनसहन, राज्यसँगको सम्बन्ध र गुनासा सबै फरक छन्। काठमाडौं बाहिर समाजमा प्रभाव पार्ने तत्व पनि बेग्लाबेग्लै भएकाले यसो भएको हो। अझ तराई आउँदा यहाँको जमिनको वस्तुस्थिति, सांस्कृतिक विविधता, भाषिक फरक अनि राजनीतिक विश्लेषण र निष्कर्ष नितान्त मौलिक र व्यावहारपरक हुन्छन्। लेख्नलाई पनि समाजका विविध आयाम र आर्थिक सामाजिक सामग्री भेटिन्छन्।
तराईका सहर र गाउँ दुवैको अर्थराजनीतिको चरित्र बुझ्न गर्मीको समय सबैभन्दा उपयुक्त समय हो। रोग, भोक, अभावसँगै सूर्यको निर्दयी तापलाई पनि ग्रामीण जनता आफ्नो आंगमा सिधै सहिरहेका हुन्छन्। विराटनगरबाट ३४ किलोमिटर पूर्वतर्फ हुलाकीमा मार्ग हिँड्दा खेतमा धान रोप्ने मधेसी समूहका अधिकांश पुरुष र स्त्री अर्धनग्न देखिन्थे। तिनका केटाकेटी छेउकै बाटोमा सिंगान चाट्दै धुलोमा लुटपुटिएर खेलिरहेका थिए। सबैभन्दा दुःखको विषय ती खेतमा धान रोप्ने सतार, मुसहर, राजवंशी र अन्य जाति कोही पनि आफ्नो खेतमा धान रोप्दै थिएनन्। धान खेको कानुनी स्वामित्व अरू नै कसैको थियो।
सिधा पूर्व नगएर महेन्द्र राजमार्ग उन्मुख भएर अगाडि बढ्दा केही किलिमिटर उत्तर लागेपछि समाज पूरै बदलिएको देखिन्छ। सबै खेतमा पर्म लगाएर धान रोपिइसकेको छ। घरहरू पक्का र काठका छन्। घर अगाडि दुईचार फूलका बोट लगाइएका छन्। केटाकेटी सफासुग्घर देखिन्छन्। ती सबै आफ्नै घरमा बस्छन्। आआफ्नै खेतबारी रहेछ। अर्थात्, त्यहाँ जिन्दगी रमाइलो थियो।
सर्सर्ती हेर्दा हुलाकी मार्ग आसपास र त्यसको दक्षिण बस्ने मधेसीमूलका नेपालीको राज्यमा पहँुच आज पनि शुन्य बरावर छ। यसको कारण उपत्यकाको भन्दा फरक सांस्कृतिक समूहलाई तिनले प्रतिनिधित्व गनु नै हो। यस भेगमा राज्यको उपस्थिति कुनै नेताजीका लागि वा जमिनदारका कारण मात्र भएको देखिन्छ। यस्तो अवस्थामा नेपालको संविधान, २०७२ को प्रारम्भिक मसौदा प्रदेशको सीमांकन र नामांकन थाती राखेर जारी गरिएको छ। यहाँ स्मरणीय के छ भने राजधानी काठमाडौंले मधेसीप्रति उपेक्षाभाव राखेको कारण मधेस आन्दोलनले प्रदेश निर्माणलाई संविधानमा व्यवस्था गर्न तत्कालीन सरकारलाई बाध्य पारेको थियो।
विराटनगरका केही मित्र मधेसीको राष्ट्रियताप्रति शंका गर्छन्। तिनलाई नागरिकता र राज्यबाट दिने सेवा सुविधाबाट पृथक राख्नुपर्छ भन्ने तर्क अगाडि सार्छन्। मलाई त्यतिखेर तिनको चरित्र झनै अनौठो लाग्छ जब तिनै आफ्नो छोराले अमेरिका गएको पाँच वर्षमै ग्रिनकार्ड पाएको कुरा बढो गौरवका साथ चोकगल्लीमा सुनाउँदै हिँड्छन। आफ्नो सन्तानले अरूको देशमा पाँच वर्षमा ग्रिनकार्ड र पीआर पाएको सुनाउनेले सयौं वर्षदेखि अनागरिकजस्तै भएर नेपालको राजनीतिक भूगोलमा बस्ने मधेसीप्रति दुर्भाव राख्न कसरी सकेका होलान्? प्रस्तावित संविधानले राज्यमा पहुँच नभएका यी नागरिकलाई प्रदेश निर्माण र नागरिकताका विषयमा सम्बोधन गर्ने रुची नराख्दा देशले राष्ट्रिय अखण्डता कायम राख्छ भनी सोच्नु मूर्खता हुनेछ।
उपत्यकाको अर्थराजनीति, संस्कृति र संस्कारले पश्चिमको नक्कल गरेको छ। त्यही पश्चिामा सभ्यता पछ्याउने क्रममा नेपालको व्यवस्थापिका, न्यापालिका र कार्यपालिकालगायत राज्यका अंग विदेशी अनुदान र कृपामा चलेका छन्। मधेसको यस भागमा पश्चिामा सभ्यताको प्रवेश अहिलेसम्म देखिँदैन र त्यहीकारण राज्य पनि देखिँदैन। विदेशी सहयोग र पर्यटक नपुगेका ठाउँहरू नेपालभित्रै पनि स्वतन्त्ररूपमा आत्मनिर्भर केन्द्र भएर विकसित हुँदैथिए। हुलाकी मार्गको आसपास बसेको नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक सहर विराटनगरलाई उदाहरणकारूपमा लिन सकिन्छ। यो सहर पर्यटकीय दृष्टि र विदेशी सहयोगबाट त सधैँ उपेक्षित थियो तर आफ्नो छुट्टै आर्थिक राजनीतिक हैसियत बनाउन भने समर्थ भएको थियो।
अहिले विराटनगरमा पहिलोपल्ट एसियाली विकास बैंकको सहयोगमा ठूलो परियोजना सञ्चालित छ। परियोजना आफैँले सहर बनाउने होइन। कुनै परियोजनाकै भरमा नगर बन्ने भए राजविराज यतिखेर नेपालकोसबैभन्दा आधुनिक र ठूलो सहर बन्नुपर्थ्यो। तसर्थ विकासमा विवेक र दूरदृष्टि जरुरी हुन्छ। अहिले विराटनगर युद्धपछिको खण्डहरजस्तो देखिन्छ। भावी पुस्तालाई सफा, सुन्दर र चौडा सडक दिने आकांक्षाले विराटनगरको वर्तमान पुस्ता अहिले आफ्नो घर, रुख, बिरुवा सबै मास्दैछ। केही परिवारको उठीवासै हुनेभएको छ यस क्रममा। त्यस्ता परिवारलाई राज्यले सम्बोधन गर्नुपर्छ। एसियाली विकास बैंकको २ अर्ब ४० करोडले विराटनगर आधुनिक बन्नेछ भन्ने सपना अहिले यस सहर देखिरहेको छ। तर विदेशी सहयोगमात्रले कुनै पनि देश र क्षेत्रको विकास बिरलै भएको छ। दृष्टान्त नेपालको फुटबलमा अहिले देखियो।
डेढ दशकअगाडि नेपाली फुटवल दक्षिण एसियामा मात्र होइन सिंगै एसियामा समेत फिफा वरियताक्रममा सम्मान गर्न लायक ठाउँमा थियो। फुटबलमा 'गोल प्रोजेक्ट'लगायत नाममा विदेशी कोच र पैसा भित्याइयो। त्यसपछि नेपालको फुटबलको स्तर गिर्न थाल्यो। विदेशी सहयोगसँगै आउने अपारदर्शी कार्यशैली र विलासिताले नेपालको विकासलाई थिच्ने गरेको छ। नेपालको फुटबलमा त्यस्तै भयो। अहिले सार्क राष्ट्रको फुटबल सूचीमा नेपाल अन्तिममा पुगेको फिफा 'र्यानङकिङ'ले देखाएको छ। यस पृष्ठभूमिमा विराटनगर सहरलाई आधुनिकतातर्फ अगाडि बढाउँदा कम्तीमा पनि एकसय वर्षको योजना र तदअुनरूप विकास ढाँचा बनाउने बुद्धि र विवेक राजनीतिक नेतृत्वमा आउनेछ भन्ने सोचौँ। अहिलेसम्म विराटनगर निर्माणको गुरुयोजना 'मास्टर प्लान' कतै नदेखिएकोले यो चिन्ता लागेको हो। विराटनगरको विवेकपूर्ण विकास आफ्नो ठाउँमा छ, गर्नुपर्छ। तर लोकतन्त्रको रक्षा आज सबैभन्दा ठूलो चुनौती हुनुपर्ने हो नेपालका दल र तिनका नेतालाई।
विश्वको 'रिभर्स लोकतन्त्रलाई' नेताहरूले हेर्न र बु‰न जरुरी छ। किन आज लोकतन्त्रले सामान्य नागरिकको चित्त बुझाउन नसकेको हो? कैयौं देशमा लोकतन्त्र 'रिभर्स' किन हुँदैछ? नेपालमा मात्र होइन लोकतन्त्रको लामो विकास भएका पश्चिमा देशमै पनि लोकतन्त्र अब असुरक्षित र सर्वसाधारण नागरिकलाई सम्बोधन गर्न नसक्ने राजनीतिक व्यवस्था हुँदैगएको छ।
चीनले आर्थिक विकासको क्षेत्रमा लोकतान्त्रिक अर्थात् पश्चिमा राष्ट्रको एकाधिकारलाई तोडेको छ। नयाँ दर्शन, नयाँ मोडल र नयाँ मन्यता चीनले स्थापित गरेको छ विश्वराजनीतिमा। अमेरिकाले तीसवर्ष लगाएर गरेको आर्थिक उपलब्धि अहिले दस वर्षमा भएको छ चीनमा। तसर्थ, चीनको राजनीतिक र आर्थिक पद्धति विश्वमा सबैका लागि रुचिको विषय हुँदैगएको छ। चीनको विकासमा एउटै मन्त्रले काम गरेको मान्छन् पश्चिमाहरु- त्यो हो चिनियाँ कम्युनिस्ट पार्टीमा योग्य, सक्षम र चरित्रवान युवा छान्न नेताहरू चिन्तन गर्छन् र तिनलाई अगाडि बढाउँछन्।
चिनियाँ कम्युनिस्ट पार्टीमा प्रत्येका दशकमा नयाँ नेता आउँछन् पार्टी संगठनबाट। ती नेताको जिम्मेवारी हुन्छ राष्ट्रिय विकासको लक्ष्यअनुरूप पार्टीमा कार्यकर्ता तयार गर्ने र खोज्ने। राष्ट्रप्रतिको जिम्मेवारी बोध भएर तदनुरूप पार्टी निर्माण गर्ने चलन चीनमा। गरिब र विपन्न भनिएको पश्चिम चीनका नागरिकलाई पनि पार्टीले मूलधारमा जोडेर अहिले राष्ट्र निर्माणमा अगाडि ल्याएको छ। त्यसबाट शिक्षा लिने हो भने नेपालमा हुलाकी मार्ग आसपास र हिमाली क्षेत्रका जनतालाई देशको अर्थराजनीतिको मूलधारमा ल्याउनु जरुरी छ ।
नेपालमा आज बजेट आउँदैछ। हुलाकी मार्गको दक्षिण आसपास बस्ने मधेसी समुदायलाई बजेटले कहिल्यै सम्बोधन गर्न चाहेन। त्यहाँ 'टि्रकल डाउन इफेक्ट' परिहाल्छ भनेर अझै पनि राज्य रमाएर बसेको भान हुन्छ। नेपालमा बजेट भनेको सरकारी कर्मचारी र व्यापारीको हित सम्बोधन गरिनेमात्र विषय होइन भन्ने सिद्ध गर्न जनतालाई विश्वासमा लिन अहिलेसम्मका कुनै पनि अर्थमन्त्रीले रुचि राखेनन्।
केही साताअगाडि प्रधानमन्त्री निवासमा अर्थमन्त्री डा. रामशरण महतसँग कुराकानी हुँदा उनी पनि देशको अर्थराजनीतिसँग असन्तुष्ट देखिन्थे। देश कतै अलमलिएको र अगाडि बढाउन गाह्रो भइरहेको आशय उनले प्रकट गरेका थिए। देशमा केही गर्छु भनेर लामो समय महत्वपूर्ण जिम्मेवारीमा बस्नेहरूलाई देशको अहिलेको अवस्थाले लज्जाबोध हुनु स्वाभाविक हो, हुनुपर्छ। तर देशलाई अगाडि बढ्न नदिने 'ट्राप' कहाँ छ भनी सतही सोचमात्र गर्नाले देश अझै सयौं वर्ष जहाँको त्यहीँ रहन्छ। हाम्रो शासकीय संरचना र पार्टीको गुणस्तर यही रहने हो भने नेपाल बन्दैन भन्ने सबैलाई थाहा छ। त्यस अवस्थामा डा. महतलाई जस्तो बेचैनी र छटपटी अझै कैयौं पुस्तालाई हुनेछ।
लेखको शीर्षक 'ड्रङकन मसौदा संविधान' हुनुपर्थ्याे। तर मदमत्त शब्दले संविधान मसौदा गर्न अहोरात्र खट्ने मित्रहरूलाई केही सन्तोष देओस् भनेर नेपालीकरण गर्नु उचित लाग्यो। संविधानको मसौदा गर्नेहरूले आउने दिनमा यही देशमा यही संविधानअन्तर्गत सरकार पनि चलाउनुपर्छ भन्ने हेक्का राखेको नदेखिएकाले 'मदमत्त मसौदा संविधान' लेख्नुपरेको हो। सबैकुरा राज्यले दिन्छ र विदेशीले दिन्छन् भन्ने नै यस संविधानको आधारभूत सोच रहेको देखिएको छ।
नेपाली कांग्रेसको महाधिवेशन हुन केही साता बाँकी रहेकाले पार्टीमा सुधार होस् भन्ने मनशायले चीनको पार्टी पद्धतिमा गरिएको सुधारको चर्चा गरिएको हो। देश सुधार्न पार्टी पनि सुधि्रनुपर्छ लोकतन्त्रमा। कांग्रेसले महाधिवेशनमार्फत हुलाकी मार्ग आसपास नेपालभर बस्ने मधेसी समुदायलाई लोकतन्त्रको मूलप्रवाहमा ल्याउन जरुरी छ। त्यो भनेको राष्ट्रिय भावधारामा ल्याउने हो। अनि चीनको आर्थिक विकासबाट विश्व आकर्षित भएजस्तै कांग्रेसले पनि सक्षम र देश हाँक्नसक्ने कार्यकर्ताको लामो पंक्ति निर्माणमा लाग्नुपर्नेछ। कांग्रेस पार्टी दुई कार्यकाल सकिएकोलाई फेरि अवसर दिने 'रिभर्स गियरमा' जाने सोच बनाउँदैछ भन्ने सुनिन्छ। पार्टीहरू 'रिभर्स गियर'मा जान थाले भने देशको लोकतन्त्र पनि रिभर्स गियरमा जान्छ।
लोकतन्त्रको शक्ति भनेकै यसमा वैकल्पिक नेताको उदय हुने सम्भावना सधैँ रहिरहनु हो र त्यही वैकल्पिक नेताले वैकल्पिक विचार र कार्यक्रम सारेर फेरि आशा र भरोसा जगाउँछ लोकतन्त्रप्रति। तर सुविधाका लागि वैकल्पिक नेतृत्व र विचारलाई सिन्डिकेट प्रथाबाट बन्द गरियो भने त्यस पार्टीको पतन अवश्यंभावी हुन्छ। राजनीतिलाई पेसामात्र हैन अहिले धन्दा बनाइएको छ। धन्दा राजनीतिले देश टुक्रिन्छ, लोकतन्त्र समाप्त हुन्छ। यस्लाई रोकेमात्र लोकतन्त्र र राष्ट्रिय अखण्डता जोगिन्छ। तर नेता नै दिल्लीको दौड लगाएर प्रभु रिझाउने संस्कारका छन् भने कार्यकर्ता कसरी पृथक हुनसक्लान्? सायद, अहिले सबैभन्दा ठूलो चुनौती यही हो।