संविधानमा द्वन्द्वपीडितका अधिकार
३१ असार २०७२
•
१५ मिनेट पाठ
संविधानमा द्वन्द्वपीडितका अधिकार
नेपालको संविधानको मसौदा जनताको सुझावका लागि सार्वजनिक भएको छ। तर सार्वजनिक गरिएको संविधानको मसौदा नेपालको अन्तरिम संविधान, २०६३ भन्दा प्रतिगामी रहेको, जनताका अधिकार कटौती गरिएको, महिलामाथि विभेद कायमै राखिएको, अनावश्यक शब्द र गोलमटोल भाषा प्रयोग गरिएको भन्ने टिप्प्णी प्रशस्त सुनिएका छन्। जनताको सुझाव लिने काम औपचारिकतामात्र हुनेे आशंका पनि व्याप्त छ।
नेपालको शान्ति प्रक्रियाका मूलतः तीन कार्यभारमध्ये माओवादी लडाकुको व्यवस्थापन भइसकेको छ र संविधान छिटै जारी हुने सम्भावना देखिएको छ। तर शान्ति प्रक्रियाको तेस्रो कार्यभार द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनको सम्बोधनप्रति भने सरकार उदासीन रहँदै आएको छ। सबै पक्षले शान्ति प्रक्रियाको लक्ष्य मेलमिलाप नै रहेको बताएका छन् तर आपसी स्वीकृति र सहकार्य नै मेलामिलापको आधार हो भन्ने तथ्य आत्मसात गरिएको छैन। द्वन्द्वका कारण उत्पन्न पीडामा मलम लगाउनु, द्वन्द्वका कारण भत्किएका सम्बन्ध तथा अविश्वासलाई विश्वासको वातावरण तयार पारी मेलमिलापमा बदल्नु, अमानवीय ज्यादती गर्नेलाई जवाफदेही बनाउनु र भविष्यमा मानवअधिकारको उल्लंघन गर्दा दण्डित होइनेतर्फ सचेत गराउनु कार्यभार भएको सक्रमणकालीन न्याय प्रक्रिया अभियोजन र आममाफीको एकोहोरो बहसमा अल्भि्कन पुग्यो। द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य अनुसन्धान गरी आवश्यक सिफारिस गर्ने कार्यादेश हुने सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका नागरिक छानबिन आयोगहरू सरोकारवालासँगको परामर्शविना राजनीतिक छायाँमा गठन गरेर कमजोर र अविश्वसनीय बनाइयो। त्यसअघि पीडित समुदायलाई निरन्तर उपेक्षा गरेर संक्रमणकालीन न्यायका मान्यता एवं सर्वोच्च अदालतका फैसलाविपरीत माफी प्रधान आयोग गठन सम्बन्धी ऐन बनाइयो। आयोगहरू गठन भएको ५ महिनाभन्दा बढी भयो तर प्रमुख सरोकारवाला द्वन्द्वपीडित समुदायको अपनत्व र विश्वास आर्जन गर्न सकेका छैनन्। यी आयोगहरू के गर्दैछन् भन्ने अत्तोपत्तो छैन।

विसं २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण देशले जनधनको ठूलो क्षति भोग्नुपर्योव। प्राकृतिक प्रकोपका रूपमा लिइने भूकम्पबाट आफन्तजन गुमाएका, घाइते भएका तथा धनसम्पत्ति गुमाएका भूकम्प पीडित नागरिकका लागि देश तथा विदेशबाट सराहनीय ढंगले सहयोग गर्ने काम भयो। भूकम्प पीडित नागरिकका सन्तानलाई उच्च माध्यमिक परिषद्ले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेर साह्रै सराहनीय काम गर्यो्। तर सशस्त्र द्वन्द्वमा हत्या गरिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग बनाइएका पीडित विद्यार्थी तथा पीडितका सन्तानका लागि त्यस प्रकारको सुविधा दिइएन, १८ वर्षसम्मका पीडित परिवारजनका विद्यार्थीलाई छात्रवृत्ति दिने नीति न व्यावहारिक छ न त त्यसमा सबैको पहूँच नै छ। द्वन्द्वका कारण दशकौंदेखि पारिवारिक, आर्थिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक पीडा एवं सत्यको खोजीमा भौँतारिरहेका कैयौं पीडितहरू भूकम्पका कारण दोहोरो पीडामा पिल्सिन पुगेका छन्।

सार्वजनिक गरिएको संविधानको मसौदाको धारा २९३ (२) मा 'नेपालको अन्तरिम संविधान २०६३ बमोजिम भएका शान्ति प्रक्रियासम्बन्धी कार्यहरू यसै संविधानबमोजिम भएगरेको मानिनेछ' उल्लेख गरिएको छ। शान्ति प्रक्रिया सम्पन्न गर्न कानुनमा रहेका थुप्रै चुनौती र समस्याका उपाय सुल्झाइएका छैनन्। गम्भीर अपराधहरू बेपत्ता र यातनालाई अपराधीकरण गर्ने सर्वोच्च अदालतले पटकपटक आदेश दिएको थियो तर हालसम्म बेपत्ता र यातनालाई अपराधीकरण गर्ने कानुन बनाउने अग्रसरता देखाइएको छैन। बरु सर्वोच्चको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको माग गरेको छ। अपराधीकरण नगरिएका अपराधमा पश्चातदर्शी कानुन बनाउने प्रावधान संविधानमा कतै उल्लेख गरिएको छैन, बलात्कारको अपराधमा मुद्दा दायर गर्ने ३५ दिने हदम्याद संशोधन गर्ने काम अझै भएको छैन। द्वन्द्वकालीन यातना र यौनहिंसा पीडितलाई न पीडितका रूपमा सूचीकृत गरिएको छ न सहायता नै दिइएको छ। दफा (२७) यातनाविरुद्धको हकअन्तर्गत थुनामा रहेको व्यक्तिलाई दिइएको यातनालाई यातनाका रूपमा परिभाषित गरिएको छ। यो नेपालले अनुमोदन गरेको यातनाविरुद्धको महासन्धिसमेतको परिभाषासँग मेल खाँदैन। दफा (४७) सामाजिक न्यायको हकअन्तर्गत द्वन्द्वपीडित तथा पीडितलगायतलाई न्याय एवम् उचित सम्मानसहित शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षामा कानूनबमोजिम प्राथमिकताका साथ अवसर प्राप्त गर्ने हक हुनेछ भनिएको छ। तर गम्भीर मानवअधिकार उल्लंघनका द्वन्द्वपीडितको परिपूरणको हक सुनिश्चित गरिएको छैन। दफा (२६) अपराध पीडितका हकमा 'अपराध पीडितलाई आफू पीडित भएको मुद्दाको अनुसन्धान तथा कारबाहीसम्बन्धी जानकारी पाउने हक हुनेछ, अपराध पीडितलाई कानुनबमोजिम सामाजिक पुनर्स्थापना र क्षतिपूर्ति पाउने हक हुनेछ' भनिएको छ। यसरी हेर्दा न त द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई दलहरूले अपराधका रूपमा परिभाषित गरी संविधानको मसौदामा उल्लेख गरेका छन् न त भविष्यमा विगतमा जस्तै गम्भीर मानवअधिकार उल्लंघनका पीडितको प्ा्रभावकारी उपचारको हकको प्रावधान मसौदा संविधानमा राखिएको छ। गठन गरिएको औपचारिकतामा मात्र आयोगहरू सीमित रहने तर पीडितको पीडामा मलम लगाउन नसक्ने आशंका व्याप्त छन्।

मुलुक जनताको सुझाव लिएर नयाँ संविधानको मसौदालाई अन्तिम रूप दिएर संविधान घोषणा गर्ने प्रक्रियामा रहेकै बेला १७ औँ अन्तर्राष्ट्रिय न्याय दिवस आइपुगेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएका दिन १७ जुलाईलाई दण्डहीनताको संस्कृतिको अन्त्य गर्न गरिएको प्रतिबद्धता सरकारलाई स्मरण गराउँदै र अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोमविधान सम्मिलन गर्न घच्घच्याउने उद्देश्यले विश्वभरजस्तै अन्तर्राष्ट्रिय न्याय दिवस नेपालमा पनि वर्षौंदेखि मनाइँदै आइएको छ। स्ांसदीय लोकतन्त्रविरुद्ध २०५२ सालमा तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएर सुरु गरेको सशस्त्र द्वन्द्वका नाममा युद्धसँग सरोकार नभएका हजारौं निःशस्त्र सर्वसाधारण नागरिक हत्या, बेपत्ता, यातना, यौन हिंसा, जबजर्स्ती विस्थापनजस्ता गम्भीर मानवअधिकार उल्लंघनका कारण हजारौं घरपरिवार क्षतविक्षत बन्न पुगे। तिनै परिवारजनको रगत, पीडा र योगदान गणतान्त्रिक संविधान बनाउने आधार बन्यो। पटकपटक 'द्वन्द्वकालमा मानिस मारिनु, बेपत्ता पारिनु सामान्य हो जे जे भयो सबै बिर्सनुपर्छ' भन्ने गरिएको छ। कुनै एकजना द्वन्द्वपीडितले पनि न्यायको अनुभूति गर्न नपाएकोले द्वन्द्वपीडितहरूका लागि न्याय नै हराएको अनुभुति भएको छ।

अब बन्ने लोकतान्त्रिक संविधानमा सम्पूर्ण मानवअधिकार प्रत्याभूत गरिनुका साथै पीडितको न्याय पाउने अधिकार पनि सुनिश्चित हुनुपर्छ। दण्डहीनताको संस्कृतिको अन्त्य गर्ने, विधिको शासन प्रत्याभूति गर्ने, मानवअधिकार तथा मानवीय कानुन कार्यान्वयनको सुनिश्चितता तथा उल्लंघनलाई अपराध घोषित गर्ने गरी आवश्यक कानुन अविलम्ब निर्माण गर्नेगरी मानवअधिकारमैत्री संविधान बन्नुपर्छ। गम्भीर मानवअधिकार उल्लंघन सम्बोधन गर्न पश्चातदर्शी कानुनको निर्माण गर्ने व्यवस्था हुनुपर्छ, बेपत्ता तथा यातनाजस्ता गम्भीर मानवअधिकार उल्लंघनलाई दयडनीय अपराध मानिनुपर्छ। गम्भीर मानवअधिकार ज्यादती नदोहोरिने सुनिश्चिततासमेत नयाँ संविधानमै गरिनुपर्छ। उत्तरदायित्व बहन गर्नुपर्ने प्रभावकारी प्रक्रिया र संयन्त्रको विकास नभएसम्म्ा नेपालमा दण्डहीनताले प्रश्रय पाइरहन्छ।

संक्रमणकालीन न्याय सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने ग्यारेन्टी नयाँ संविधानले गर्नु पर्छ र सार्वजनिक निकायमा नियुक्ति तथा बढुवा एवं निर्वाचित गर्दा 'भेटिङ' प्रक्रिया लागु गर्ने कानुनको सुनिश्चितता गर्नुपर्छ। द्वन्द्वपीडित समुदायको सत्य, न्याय र परिपूरणको अधिकारलाई राज्यको नीति तथा दायित्वअन्तर्गत सुनिश्चित गर्नुपर्छ। हाल गठित आयोगमा विश्वास नभएका द्वन्द्वपीडितलाई सत्य र न्यायको अधिकार सुनिश्चित गर्ने प्रावधान हुनुपर्छ। द्वन्द्वपीडित समुदायलाई शिक्षा, स्वास्थ्य, रोजगार, स्वरोजगारमूलक सीप, मनोसामाजिक विमर्श, सामाजिक सुरक्षा, पहिचान तथा पुनर्स्थापना, कब्जा सम्पत्ति फिर्ताजस्ता आर्थिक तथा सामाजिक अधिकारको ग्यारेन्टी हुनुपर्छ। राष्ट्रिय मानवअधिकार आयोगलाई स्वतन्त्र तथा स्वायत्त बनाउने र आयोगका सिफारिस कार्यान्यन हुने ग्यारेन्टी संविधानमै गर्नुपर्छ। संविधानमा राखिएको राष्ट्रपतिद्वारा कार्यान्वयन गरिने दफा (२७१) माफीको प्रावधान विगतमा अदालतको सजाय छल्नका लागि दुरुपयोग गरिएजस्तै हुन नदिन सर्वोच्च अदालतबाट गरिएको निर्देशात्मक आदेश र अन्तर्राष्ट्रिय कानुनमा विकसित विधिशास्त्रका आधारमा निश्चित विधि र प्रक्रिया अवलम्बन गर्ने व्यवस्था गरिनुपर्छ। संविधान जारी हुनुमात्र उपलब्धि मान्न सकिन्न, लोकतन्त्रका आधारभूत सिद्धान्त मानवअधिकार, विधिको शासन, सामाजिक न्याय, समानता तथा जवाफदेहीका स्पष्ट प्रावधान र तिनको इमानसाथ कार्यान्वयन गर्ने संयन्त्रको व्यवस्था गर्न सकेमात्र लोकतन्त्र दैनिक जनजीवन र व्यवहारमा लागु हुनेछ। अनिमात्र संविधानलाई जनताले आफ्नो ठान्नसक्ने छन्। जनताले बगाएको रगत र बलिदानको सम्म्ाान र उपादेयता रहनेछ।
अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस