प्रसंग विश्व खाद्य संगठनले वितरण गर्नेगरेको खाद्यान्न्मध्ये केही बोरा कुहिएको चामल फेला परेको बारे थियो। गरिब नेपाली त चुप नै थिए। माग्नेले तातो भात न पाएजस्तै दिनेले विषादी बाँड्यो भने हात थाप्नेका लागि दान पात्र फाल्नुको विकल्प रहँदैन भने कुरा दरिद्रीमा बाँच्न अभिशप्त अधिकांश नेपालीलाई थाहा छ।मध्यमवर्ग भने कुर्लियो- यसरी हेप्न पाइँदैन। तिनलाई इंगित गर्दै एक जना उच्च युरोपेली कूटनयिकले टिप्पणी गरिन्- आत्मगौरव असाध्यै राम्रो कुरा हो। दुःखमात्र के हो भने त्यसले भोकेा पेट भर्दैन। उनको शब्द अत्यन्तै हेपाहा थियो। यथार्थ भने त्यही नै हो। बुद्ध, सगरमाथा, वीर गोर्खाली र हिन्दुहरूको पवित्रभूमी संसारकै दरिद्रतम मुलुकमध्येमा दरिएको छ र दरिद्रता र असमानता निरन्तर बढ्दो छ।
निकृष्ट गरिबीका लक्षण ठम्याउन सूचकांक नै केलाई राख्नु पर्दैन। देशको राजधानी अँध्यारोमा रात बिताउँछ। सातामा एक दिन धारामा एक घन्टा जति पानी आयो भने खुसी हुुनुपर्ने अवस्था छ। भूइँचालोपछि देउतासमेत टेको लगाएको मन्दिरमा बस्न बाध्य छन् भने सहरको मुटुमा महिनौपछि पनि पालहरू यथावत छन्। विदेशमा मिहनेत मजुरी गरेर पठाएको पैसाले देश चलेको छ तर मुलुकको शौचालयमा सूचना झुन्ड्याइएको हुन्छ- 'पर्यटकहरुलाई मात्र'। अंग्रेजीबाजहरूले जति नै होहल्ला गर्ने भए पनि अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशतभन्दा कम र विप्रेषणको आडभरोस पच्चिस प्रतिशतभन्दा बढी रहेकेा यथार्थ विमानस्थलका कर्मचारीले समेत अझै आत्मसात गर्नसकेको देखिँदैनख। पर्यटनको मोहनी (ग्लामर) यथावतै छ।
संसारका अति गरिब देशमध्ये अधिकांश अफ्रिकामा छन्। बेलायत, फ्रान्स एवं स्पेनजस्ता शक्तिशाली सम्राज्यलाई धपाएर आफ्नो स्वतन्त्रता अक्षुण राख्न सफल हाईटी अमेरिकीहरूको स्वार्थका सामु भने बाध्य भएर समाप्त हुनु परेको शीत युद्धकालीन इतिहास अझै पुरानो भइसकेको छैन। एसियाका दुई अन्यन्त दरिद्र अफगानिस्तान एवं कम्बोडियासमेत अमेरिकी दंशको असर बेहोर्न अभिशप्त छन्। जर्ज बुस (दोस्रा)ले अफगानिस्तानलाई बमवारी गरेर दुङ्गेयुगमा फर्काउन गरेको प्रतिज्ञा मानवविहीन 'ड्रोन' वायुयानमार्फत अझै चरितार्थ भइरहेको छ। पाँच लाख ४० हजार टन बम खसाल्न लगाएर रिचार्ड निक्सन एवं हेनरी किसिन्जरले ध्वस्त बनाएको कम्बोडियामा डेढदेखि पाँच लाख कम्बोडियाली मारिएका थिए। एसियाको तेस्रो विपन्न मुलुक नेपाल भने आफ्नै कारणले मगन्ते भएको हो। शब्दसँग रिस गरेर हुँदैन। व्यक्तिगत रूपमा अर्बपति नै भए पनि देशै याचक भएपछि सामूहिक पहिचान स्वभावतः मगन्तेकै हुन्छ।
व्यापक गरिबीका केही कारण नेपालको अवस्थितिसँग अविछिन्नरूपमा गाँसिएका छन्। तिनलाई न्यून गर्न सकिन्छ तर निमिटियान्न पार्न सायद सकिँदैन। समुद्रको स्रोत एवं सम्भावनासम्म पहुँच नभएका भूपरिवेष्ठित क्षेत्रलाई सम्पन्नता हासिल गर्न गाह्रो हुने रहेछ। भौगोलिक विकटता, दुरुह स्थलाकृति एवं विषम हावापानीले गर्दा यातायात तथां बस्ती विकास सहज छैन। हावा र पानी प्रचुर भएको भनिए पनि प्रतिव्यक्ति भूमि एवं ऊर्जाको स्रोतको मामिलामा प्रकृतिले नेपालीलाई खासै माया गरेको छैन। पहाडहरू शैशवावस्थामैं छन्। त्यसैले बहुमूल्य धातु एवं खनिज पदार्थको उपलब्धता नगण्य हुनु अस्वाभाविक भएन। त्यसमाथि भूँइचालो, बाढी अनावृष्टि, पहिरो, आगलागीजस्ता नियमित प्रकोप धान्ने क्षमता हुँदै नभएपछि नियतिलाई सराप्नुबाहेक खासै केही गर्न पनि सकिँदैन।
दूरदर्शी चिन्तक, उपयुक्त व्यवस्था, जागरुक जमात एवं संवेदनशील नेतृत्वले नियतिलाई सराप्नुको साटो जनतालाई निरन्तर संघर्षका लागि तयार बनाउन सक्नुपर्छ। नेपाल राजनीतिक अस्थिरताले गर्दा पछि परेको होइन। विश्व नै प्रथम एवं दोस्रो विश्वयुद्धको भुमरीमा परेका बेला राणाशाही स्थिर थियो। शीतयुद्धको उत्कर्षताका शाहतन्त्रले इतिहासलाई बन्दी बनाएर भए पनि भूगोल सुरक्षित राखेको थियो। झन्डै डेढ सया वर्षको स्थिरताले नेपाली समाजमा जडता व्याप्त भएको छ। 'यो नेपाल हो। यहाँ केही हुनेवाला छैन।' भन्ने निराशाले गर्दा पुँजी, प्रतिभा र श्रम पलायनले व्यापकता पाएको छ। जल, जंगल र जमिनका नारा जति नै उचाले पनि नेपालको सम्भावित उन्नतिको आधार जनशक्तिमात्रै हो। त्यसको परिचालन विज्ञान, प्रविधि वा अर्थशास्त्रभन्दा पनि अर्थराजनीति एवं समाजविज्ञानको क्षेत्र हो। यो स्वतः स्पष्ट कुरा आत्मसात नगरेसम्म खोक्रो राष्ट्रवाद चपाउँदै कचौरा थाप्नुको विकल्प फेलापर्ने छैन।
सृजनात्मक शक्ति
केही सालअघिसम्म पनि सामान्य यान्त्रिक क्षमताको मापन अश्वशक्तिमा हुन्थ्यो। अर्थात् घोडाले तान्न सक्नेे क्षमता बराबरको यन्त्र। हिमाल वारपारका केही सम्म परेका इलाकाबाहेक घोडा, खच्चर वा गधाको भारवहन क्षमतालाई नेपालीले कहिल्यै उपयोग गर्न जानेनन्। बरु मोटरसमेत भरियाले बोकेर ल्याउने गरेको सम्भि्कनेहरू अझै जीवित छन्।
बर्मा र थाइल्याण्डजस्ता देशमा ससाना बाँध, व्यापक बाँस रोपाइ एवं घाँस र केरा खेती (बन्ड, ब्याम्बु, बनानाज)द्वारा कृषि क्रान्ति भइरहेका बेला जंगबहादुर भाडाको सिपाही तयार गर्नमै व्यस्त थिए। बाँधले सिञ्चित भूमिको उत्पादकत्व बढ्छ। बाँसका बासस्थल भरपर्दा हुन्छन्। काँचोमा उसिने खाना, तारे तरकारी र सुकाएर पिंधे पिठो हुने केरा पाकेपछि फल हुन्छ। त्यति थाहा त कस्लाई थिएन र? ध्याउन्ना भने दरवान निर्यातको कमाइतिर भएपछि बेलायतबाट समेत सिकेर आउने दरवार ठड्याउने विधिमात्रै हो। राणापछि शाहहरूले पनि त्यही गरे।
शिक्षाले उत्पादकत्व बढाउँछ भन्ने बोध भएरै राणा प्रधानमन्त्री देव शम्शेरले प्राथमिक शिक्षा निःशुल्क र अनिवार्य गर्ने इच्छा देखाएका थिए। साक्षरतामा एकाधिकार कायम राखेका गुरुहरूले चन्द्र शम्शेरसँग षड्यन्त्र गरेर भाषा पाठशालाहरूको घाँटी निमोठी दिए। त्यसपछिका स्रेस्ता पाठशाला बहिदार, विचारी र खरदार उत्पादन गर्ने कारखाना भए। परम्परागत शिक्षाबाट उत्पादित 'सो सरह स्नातकहरू'द्वारा संचालित नेापलको शाशन प्रशासन सन् १९९० सम्म पनि 'हिन्दु तालिवान' भन्न मिल्ने प्रकृतिको थियो।
सक्षम जनशक्ति शिक्षा, सीप, सक्रियता एवं सृजनात्मकताबाट तयार हुन्छ। घोकेको पाठ, देखेको दक्षता, सुनेको क्षमता एवं पढेको रचनात्मकताले महत्वाकांक्षा त बढाउँछ तर अभिलाषालाई पछ्याउने इच्छा शक्ति प्रदान गर्न सत्तै्कन। अनि सुरु हुन्छ छोटो बाटोको खोजी। कोही क्रान्तिको भ्रान्तिमा जीवन बिताउँछन्। केही सोम शर्माको सातुको गाग्री भर्न मगन्ते बन्छन्। एकथरी लुटपाट र छलछाममै रमाउन थाल्छन। भ्रष्टाचार भन्ने अवधारणा नै नेपालको शक्तिशाली प्रवर्गलाई अनौठो लाग्ने रहेछ जहाँ शक्ति भनेकै त्यसको दुरुपयोगमा देखिने गर्छ। औपचारिक शिक्षाले मात्र उपयुक्त जनशक्ति तयार हुन्छ भन्ने भ्रमबाट मुक्त नभएसम्म जाँचमा असफल, त्यसर्थ आत्मसम्मान गुमाउन बाध्यहरूको जमात बढ्दै जाने सम्भावना रही रहन्छ। आत्मविश्वासयुक्त नागरिकले सीप आफ्नो सक्रियताबाट सिक्छ र शिक्षा स्वअग्रसरताबट हासिल गर्ने गर्छ।
देव शम्शेरको सपना सय वर्षपछिसम्म पनि सपना नै रहिरहनुमा सम्भवतः बढी दोष राजनीतिक प्रणाली एवं समाज व्यवस्थाको छ। असुरक्षा भावले त्रसित राणा, शाह एवं तिनका नातेदार तावेदारले श्री सम्पती देहरादुन, राची, कलकता, बैङ्लोर, सागर, बम्बई, पुनादेखि काशी प्रयाग, लखनउ, पटना एवं दार्जलिङ, सिलाङ तथा जेनेभा, लन्डन र न्युयोर्कसम्म पुर्यारए। तत्काल लाभबाहेकका क्षेत्रमा नेपालमै लगानी गर्ने कोही भएनन्। कवितामा जे सुकै लेखिए पनि देश चुत्थो भएपछि माटोभन्दा वैदेशिक प्रवेशाज्ञाको बाटोले तान्ने रहेछ। पुँजी र प्रतिभा दुवै बाहिरिएपछि श्रमका लागि विदेशिनुको विकल्प रहँदैन। नेपालमा झन् श्रम निर्यातको गौरवशाली परम्परा पनि छ।
सृजनात्मक जनशक्ति निर्माणका लागि चाहिने ऊर्जा युद्धका बाध्यता वा लोकतन्त्रको स्वच्छन्दताबाट आउँछ। सन् १८१४—१६ पछि दुवैमध्ये कुनै अवसर नेपालले पाएन। युद्धको कामना गर्नु आधुनिक युगमा आत्मघात हो तर छाडापन नियन्त्रण गर्ने निहुँमा लोकतन्त्र संस्थागत एवं सम्बर्द्धन हुन नसक्ने वातावरण बनाउनु त झन् गृहयुद्ध निम्त्याएकै ठहर्छ। नेपाललाई एकथान संविधान राजनीतिक स्थायित्वका लागि चाहिएको होइन। त्यस्तो प्रयोग सन् १९६० कै दशकमा असफल भइसकेको हो। संविधान समृद्धि हासिल गर्न पनि त्यति जरुर छैन। परम्परा धानेर बेलायत विश्वशक्ति भएको थियो। स्थायित्व र समृद्धि परिणाम हुन्। उद्देश्य त त्यसभन्दा व्यापक हुनु र देखिनुपर्छ। संविधान 'प्रोजेक्ट रिपोर्ट' होइन।
देशको मूल कानुनको उद्देश्य देशवासीका बीचमा विश्वास र सद्भाव उत्पन्न गर्ने हुन सक्नुपर्छ। त्यसले आत्मविश्वास उत्पन्न गराउनेछ। र, आत्मगौरवको खोक्रोपनको ठाउँमा आत्मविश्वासले लिएपछि पटकपटक हातको कचौरा हेरिराख्नु पर्दैन। कचौरा फालेर ज्यावल समात्ने आँट पलाउँछ।
समावेशी संस्कार
भलाद्मी भइटोपल्न वर्षौंदेखि स्थापित मिथ्या मान्यतालाई भट्याई रहने प्रवृत्ति पढेलेखेकाहरूमा पनि व्यापक छ। जस्तै, हिन्दु धर्म दाबी गरिएजत्तिको सहिष्णु भएको भए छुवाछुतजस्तो अमानवीय चलन उहिल्यै समाप्त भइसक्थ्यो। दुईचार सम्पन्न बाहुन क्षेत्री एवं जनजातिबीच बिहेबारी चल्नु तागाधारी र मतवाली विभेद निमिट्यान्न भएको प्रमाण होइन। केही मुसलमान करोडपति भए भन्दैमा दलितजस्तै परिस्थिति भोग्न बाध्य तराईमधेसका लाखौं मुसलमानको पीडा कम हुँदैन। हिन्दुहरूको सहिष्णुता सामान्यतः अरू धर्मको स्वेच्छिक आत्मसमर्पणमा अडेको छ। राज्यको धर्म हुँदैन र धर्म व्यक्तिगत स्वतन्त्रताको परिधिभित्र पर्छ भन्ने मान्यताका लागि शब्द जे प्रयोग गरे पनि फरक पर्दैन। त्यस्तो प्रावधानबेगरको संविधानले समरसताको सुरुआत गर्न सत्तै्कन।
स्थापना कालदेखि नै नेपाल एकल जातीय राज्य रहिआएको कुरा राजा पृथ्वीनारायणको दिव्य भनिने राजसी उपदेश, जंगबहादुरको मुलुकी ऐन एवं राजा महेन्द्र र वीरेन्द्रका नीतिहरूमा स्पष्ट देख्न सकिन्छ। ती कुरा अब इतिहास भए। भविष्यका लागि सम्मानसहितको संघीयता राष्ट्रिय एकता सुदृढ गर्ने प्रयोग हो। त्यो असफल पनि हुनसक्छ। तर एकात्मकता त पहिले नै असफल भइसकेको अनुभव हो। युवालाई देशभित्र भन्दा देशबाहिर बढी पसिना बगाउन बाध्य पारिनु असफल राज्यको सबभन्दा टड्कारो प्रमाण हो। भाषा सुसभ्य नभए पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको 'अप्लावित' (सबमर्ज) हुनसक्ने डर आधारहीन होइन। लिपुलेकको अधिभोग वा बाँकेको अप्लावनका बारेमा काठमाडौंमा जति नै कुर्लिए पनि स्थानीय जनता चुपचाप सबै सहन्छन्। संघीयताबेगर दूरदराजका जनताले राज्यसँग अपनत्व, ममत्व, तादात्म्य एवं स्वामित्व स्थापित भएको महसुस गर्न सत्तै्कनन्।
योग्य, विद्वान्, प्रतिस्पर्धी एवं कार्यकुशल राज्य संरचना (प्रशासन, प्रहरी तथा विकास संयन्त्र) बेकार नै त होयन तर सोपानतन्त्र जकडिएको समाजमा त्यस्तो व्यवस्थाले एकल जातीय वर्चस्वलाई निरन्तरता दिनेरहेछ। तागाधारी, नेपालीभाषी र पुरुष बहुल राज्य संयन्त्रले नेपाललाई संसारको सबभन्दा गरिब, भ्रष्ट, मानवाधिकारको कम सम्मान गर्ने एवं राज्यभित्र बस्न नसकेर सबैभन्दा धेरै नागरिक विदेशिनुपर्ने असफलताउन्मुख राष्ट्रको सूचीमा राखिराखेकै छ। सेना र प्रहरीलगायतका राज्य संयन्त्र समावेशी बनाइने हो भने यो दयनीय अवस्था केही सुधारोन्मुख हुन्थ्यो कि? ग्यारेन्टी त फेरि पनि कसैले गर्न सत्तै्कन। एउटा कुरा भने पक्का हो तथाकथित 'नेपाली मूलका विदेशी'जति नै आए पनि तिनका भरमा डुब्नै लागेको जहाज जोगाउन सकिँदैन। त्यो जिम्मेवारी अब मधेसी, जनजाति, दलित एवं महिलासँग समानुपातिक एवं समावेशी तवरले साझेदारी नगरी निर्वाह गर्न कठिन छ।
सारतत्वमै राज्य संस्थापनको चौथो अङ्ग भएर काम गरिरहेको मिडियाबाहेक मसौदा संविधान वा बजेटमा सामान्यजनको कुनै चासो छैन। मसौदा संविधानले प्रतिगमनै नभए पनि यथास्थितिलाई संस्थागत गर्न चाहेको त स्वतः स्पष्ट छ। अर्थतन्त्र नाफा क्षेत्रलाई सुम्पेर गरिबका छोराछोरीलाई कुबेत कतार भासिन बाध्य पार्ने बजेट सामान्यजनका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात्जस्तै हो। सक्रियता, परिवर्तन लक्षित हुन जरुरी छ। नभए के हुन्छ? कसैले अनुमान गर्न सक्तैन।