२०६२/६३ सालको जनआन्दोलनपछि राज्यका सबै क्षेत्रमा राजनीतिक भागबन्डाको संस्कार भित्रियो। जसको प्रत्यक्ष प्रभाव त्रिविमा पनि पर्यो । त्रिविका प्रमुख पद भिसी, रेक्टर र रजिस्टार ठूला दलहरूले र त्यसभन्दा बाहेकका अन्य पदमा साना दलहरूलाई पनि भागबन्डामा नियुक्ति गर्न थालियो।त्यो क्रम बढ्दै जाँदा आङि्गक क्याम्पसमा पिएनसम्म राजनीतिक भागबन्डा लगाउन थालियो। भन्दा पार्टीको नाम जोडिए पनि पार्टीभित्र कुनै नेताको आसेपासे बनेर नियुक्ति खानेहरूमात्र भए। जुन कुरा लुकाएर लुक्नै सक्दैन। भलै पार्टीको नाम जोडिएपछि ती व्यक्ति तिनै दलका हुन्। ती व्यक्तिले गर्ने हरेक कामको जिम्मेवारी नियुक्ति गर्ने दलले लिनुपर्ने हो तर त्यस्तो देखिएन। पार्टीभित्र पनि फलानो नेताले नियुक्ति गरेको हो उसैले जे गर्छ गरोस् भन्ने गरियो। पद खाँदा पार्टीको नाम जोड्ने तर उनीहरूले गरेका कामको कहिल्यै मूल्याङ्कन नहुने विचित्रको संस्कार बस्यो। पदाधिकारीहरूको पदावधि चार वर्षको हुन्छ। त्यसमध्ये अहिले भएका पदाधिकारी २०६२/६३ पछि दोस्रो पटक नियुक्ति खानेहरू हुन्, उनीहरूमध्ये भिसीको अवधि सकिन केही दिनमात्र र अन्यको केही महिना बाँकी छ। ती पदमा नियुक्ति खान खोज्नेहरू नेताको घरघर र तिनका श्रीमतीको चाकरीमा दौडधुप थालिसकेका छन्।
पार्टीको भागबन्डामा नियुक्ति भइसकेपछि पदाधिकारी बस्ने चेम्बर तिनै पार्टीको कार्यालय जस्ता भए। प्राध्यापकहरू पनि जुन पार्टीमा आस्था राख्छन् तिनलाई मात्र आफ्ना पदाधिकारी ठानेर भेट्ने, समस्या राख्ने, राजनीतिक आस्थाका आधारमा काम गर्न दबाब दिने जस्ता संस्कार बस्दै गयो। फलतः त्रिवि पार्टीहरूको साझा कार्यालय जस्तो बन्यो। शिक्षाको बारेमा चिन्तन छलफल र बहसको साझा चौतारी बन्नुपर्ने कार्यालय पार्टीका बारेमा बैठक बस्ने थलो बन्दै गएपछि विगतमा रहँदै आएको गरिमा दिन/प्रतिदिन गिर्दै गएको छ। त्यसका बारेमा पदाधिकारी नियुक्ति गर्ने पार्टी, त्रिविमा कार्यरत प्राध्यापक कोही गम्भीर बनेको देखिँदैन। चार वर्ष त्रिविको जिम्मेवार पदमा बसेकालाई तिमीले गरेका दुईवटा राम्रा काम के हुन् भनेर सोध्यो भने उत्तर दिन सक्ने अवस्था छैन। त्यसको दोष कसलाई दिने, पदाधिकारी बन्नेलाई वा बनाउने दललाई?
त्रिविका आंगिक क्याम्पसमा विद्यार्थी संख्या प्रत्यक वर्ष घटेको छ। आफूलाई त्रिविको टाठाबाठा ठान्ने स्थायी, अस्थायी र करारमा कार्यरत शिक्षकमध्ये निकै ठूलो संख्या निजी कलेज र अस्पताल खोलेर व्यापार गर्नमा रमाएका छन। त्रिविलाई जागिर खाने थलो र मौका पाउँदा पद पड्काउने च्याँखे बनाएर बसेका छन्। कुन बाटोबाट हुन्छ छिटोभन्दा छिटो स्थायी हुन र प्राध्यापक बन्न आतुर छन्। प्राध्यापक त्रिविको हुनुपरेकोे छ, उद्देश्यचाहिँ निजी कलेज र अस्पतालबाट कुस्त कमाउने राखिन्छ भने त्रिविको साख कसरी बच्छ? त्रिविका आंगिक क्याम्पस जति छिटो डुब्छन् त्यति नै शिक्षाको व्यापार फस्टाउँदो छ। तिनलाई त्रिविका बारेमा चिन्ता हुने कुरै भएन तर जसले त्रिविको नेतृत्व लिएका छन् तीसमेत मुकदर्शक छन्। राजनीतिले थिलोथिलो पार्दै त्रिविको गरिमा घटाउँदै गएकामा आफूलाई प्रा.डा. भन्ने बुद्धिजीवीहरू चुइँक्कसम्म बोल्दैनन्। त्रिवि कुनै एक पुस्ताले मात्र जागिर खाने थलो होइन। हाम्रा सन्तान दरसन्तानका लागि पनि जीवन्त रहनुपर्छ भन्ने सोच कतै देखिँदैन। यदि यस्तै हँुदै जाने हो भने विश्वविद्यालयको आकार नै नलिएका अन्य विश्वविद्यालयको त के कुरा सबैभन्दा जेठो र विश्वासिलो त्रिवि पनि इतिहासमा सीमित हुनेछ।
अब छिटै त्रिविमा नयाँ पदाधिकारी नियुक्ति गर्नुपर्ने अवस्था आइरहेकोे छ। विगतमा जसरी विश्वविद्यालयका पदाधिकारी भागबन्डा लगाउनेे परम्परा बसालियो त्यो कुनै पनि हिसावले उपयुक्त छैन। अब पनि राजनीतिक भागबन्डा लगाउँदै शिक्षा क्षेत्र ध्वस्त पार्नेगरी आफ्ना सम्धी, भाइभतिजा सालासाली र चाटुकदारलाई त्रिविको पदाधिकारीमा नियुक्त गर्ने चेष्टा गरियो भने व्यक्तिगतरूपमा कसैलाई त फाइदा होला तर उच्च शिक्षाको क्षेत्र भने निकम्मा बन्दै जानेछ। त्यसैले त्रिविलाई बचाउन राजनीतिक भागबन्डा सदाका लागि अन्त्य हुनुपर्छ। त्रिविको पदाधिकारी राजनीतिक दलको कार्यकर्ता होइन, स्पष्ट दृष्टिकोण भएको बौद्धिक व्यक्तित्व हुनुपर्छ। त्यसका लागि त्रिविको पदाधिकारी हुन चाहनेहरूले दीर्घकालीन र अल्पकालीन कार्यक्रम त्रिविको प्राङ्गणमा त्यहाँ कार्यरत सबै स्टकहोल्डरबीच सार्वजनिक सुनुवाईमार्फत प्रस्तुत हुनुपर्छ।
त्यसपछि त्रिविमा कार्यरत प्राध्यापकहरूले क्षमतावान पदाधिकारी छान्ने प्रणाली अपनाउनुपर्छ। देशमा रहेको राजनीतिक सङ्क्रमणका कारण यति गर्न सकिँदैन र राजनीतिक भागबन्डा नै लगाउने हो भने पनि सम्बन्धित पार्टीहरूले त्रिविको पदाधिकारी हुन दावा गर्ने व्यक्तिहरूसँग उसको दृष्टिकोण के छ त्यो कुरा पार्टी पंक्तिमा राखेर छलफल गरेर योग्य र सक्षम व्यक्तिलाई मौका दिनुपर्छ। उसले गरेका सम्पूर्ण कामको जिम्मेवार जुन दलले नियुक्ति गर्छ त्यसैले लिनुपर्छ। होइन नेताको चाकरी गरेकै भरमा नियुक्ति दिने नियुक्ति खानेले कतै पनि जिम्मेवार बन्नु नपर्ने हो भने सरकारीरूपमा रहेको त्रिविलगायतका सबै विश्वविद्यालयलाई निजीकरण गरेर सरकारले शिक्षाबाट हात झिक्दा राम्रो हुनेछ। हुनेखानेका छोराछोरी विदेश गएर पढेकै छन्। त्यति पनि नभए नेपालमै खोलिएका महँगा निजी कलेजमा पढ्छन्। पढ्न नपाउने भनेको त जनताका छोराछोरीले न हो। जनताका छोराछोरीको के चिन्ता? आखिर यहाँ जनताप्रति को पो जवाफदेही र जिम्मेवार बनेको छ र?
उपप्रा., रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिवि