शासकीय स्वरूप
संविधानको मस्यौदा जनविचारका लागि प्रस्तुत गरिँदा उत्साहजनकरूपमा नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनुपर्ने विचारको लहर नै आएको देखियो। त्यसकै पक्षमा एमाओवादी र एमालेमा ठूलो जनमत बनेको छ। नेपाली कांग्रेसमा पनि युवानेता यसकै पक्षमा छन्।
यो लहर संसदीय प्रणाली यहाँ अफापसिद्ध भएकैले आएको हो। नेपालमा प्रजातन्त्र पुनःर्स्थापनापछि २०४८ सालमा आमचुनाव भयो। तीन स्वतन्त्र सांसदलाई समेत प्रवेश गराएर प्रस्ट बहुमतमा रहेको कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनाए पनि त्यो मुस्किलले दुई वर्ष टिक्यो। संसद्मा बहुमत भएको पार्टीभित्रै अनेक विवाद, मतमतान्तर भयो। कांग्रेसी संसदीय दल ३६ से र ७४ रे मा विभाजित भएको प्रस्टै देखियो। आफ्नै सांसदले समेत मत नदिएर नीति तथा कार्यक्रम असफल गराएपछि अविश्वासको प्रस्ताव टार्न ०५१ असार २६ गते प्रधान मन्त्री कोइरालाले संसद् भंग गराएर मध्यावधि चुनाव गराउनुपर्यों।
मध्यावधि चुनावमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन। ९० सिट ल्याएर एमाले अग्रस्थानमा रह्यो र मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो। सानो मन्त्रिमण्डल र प्रियतावादी कार्यक्रमका कारण त्यो सरकार लोकप्रिय भयो। त्यही स्थिति रहँदा अर्को चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउने प्रस्ट देखियो। त्यसपछि राप्रपा, सद्भावनालगायतका सारा दक्षिणपन्थी पार्टीलाई साथ लिएर कांग्रेसले अविश्वासको प्रस्ताव ल्यायो। गिरिजाप्रसादको सिको गर्दै अधिकारीले पनि संसद् भंग गरेर मध्यावधि घोषणा गरे। सर्वोच्चको फैसलाले अधिकारीको निर्णय बदर भयो। उनले अविश्वासको प्रस्ताव सामना गर्नु त छँदै थियो, हेलिकोप्टर दुर्घटनामा परेका उनलाई अस्पताल रहुन्जेलको समय समेत छुट दिइएन। नाकमा अक्सिजनको पाइप लगाइरहेको स्थितिमा उनलाई स्पष्टीकरण दिन लगाएर मानवता नै लजाउने नाटक प्रदर्शन गरियो। आखिर ०५२ भदौ २५ मा उनको सरकार ढल्यो।
त्यसपछि राप्रपा, सद्भावना, स्वतन्त्र र सारा दक्षिणपन्थी पार्टीलाई ताँती लगाएर प्रधान मन्त्री भएका शेरबहादुर देउवाले सरकार टिकाउन गर्न नहुने धेरै काम गरे। उनले सांसदलाई पजेरो र आजीवन भत्ताको मात्र व्यवस्था गरेनन्, अविश्वासको प्र्रस्ताव पराजित गराउन सांसदहरूलाई बैंकक पुर्याजउने कामसमेत गरे। कांगे्रसकै दुई विधायकले एमालेको प्रस्तावमा देउवाविरुद्ध मत दिएपछि ०५३ फागुनमा देउवा सरकार ढल्यो। आखिर जम्मा १९ सिट जितेको राप्रपाका लोकेन्द्रबहादुर चन्दलाई शिरमा चढाएर एमाले सरकारमा सवार भयो। चाँडै नै ०५४ असोजमा राप्रपाकै सूर्यबहादुर थापालाई प्रधान मन्त्री बनाएर कांग्रेसलगायत दक्षिणपन्थी पार्टी सरकारमा गए। पछि कांग्रेसबाट असहयोग भएपछि ०५४ चैतमा थापाले राजीनामा गर्नुपर्यो्, जतिखेर एमाले विभाजित (०५४, फागुन २१) भइसकेको थियो। वामदेव गौतम नेतृत्वको मालेको समर्थनमा ०५४ चैत ३० मा फेरि गिरिजाप्रसाद कोइराला प्रधान मन्त्री भए। ०५५ पुस ७ मा सरकारबाट माले बाहिरिएपछि त्यसको २४ घन्टाभित्रै एमालेको समर्थनमा फेरि कोइराला नै प्रधान मन्त्री भए। ०५६ को आमचुनावमा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधान मन्त्रीका रूपमा प्रचार गरेर एमाले विभाजनको फाइदा उठाउँदै कांग्रेसले १११ सिट जित्यो। ०५६ जेठ १३ मा प्रधान मन्त्री भएका भट्टराईले सत्तासीन कांग्रेसभित्रै चरम कलहका कारण ८ महिनामै रुँदै राजीनामा गर्नुपर्योठ। उनलाई फ्रान्स भ्रमणको समय समेत नदिई राजीनामा गर्न आफ्नै दलका गिरिजाप्रसादले बाध्य पारे। ०५६ चैत ७ मा सत्ताको ह्यान्डिल फेरि गिरिजाप्रसादकै हातमा पुग्यो। राजदरबार हत्याकाण्डपछि होलेरीमा सेनाले सहयोग नगरेको भन्दै उनले राजीनामा गरे। ०५८ साउनमा फेरि देउवा प्रधान मन्त्री भए। उनले संकटकाल लगाए। सरकार टिकाउन पार्टी फुटाए। संसद् भंग गरेर मध्यावधि चुनाव घोषणा गरे। यही अस्थिरताको मेलो समातेर राजा ज्ञानेन्द्रले हस्तक्षेप गरे र अनेक खेल खेले। त्यसपछि चन्द, थापा र देउवा प्रधान मन्त्री बनाइए। अप्रिल आन्दोलनको सफलतापछि गिरिजाप्रसाद, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला प्रधान मन्त्री भए। कहाँसम्म भने संविधान सभा चुनावपछि संसदीय प्रणालीकै कारण संविधान सभासमेत सरकार फेरबदल गर्ने संसद्मा सीमित भएको हामीले खुबै हेर्यौँध। प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो चुनावदेखि २४ वर्षबीचमा २१ जना प्रधान मन्त्री भए। कसैले पनि पूर्ण अवधि काम गर्न पाएनन्। माधव नेपालले राजीनामा गरेपछि प्रधान मन्त्री छान्न १७ पटकसम्म चुनावको निरर्थक र हास्यास्पद अभ्यास गरियो।
घटना र प्रवृत्तिले डेढ दशकको संवैधानिक राजतन्त्र र त्यसपछिको गणतन्त्रमा पनि नेपालमा संसदीय प्रणाली अफापसिद्ध भएको देखाउँछ। नेपालको संविधान–२०७२ को मस्यौदाले भने त्यही अफापसिद्ध भइसकेको संसदीय प्रणाली रहने उल्लेख गरेको छ। तर, जनदबाबलाई सम्मान गर्ने हो भने अब कांग्रेस नेतृत्व पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा नआइ सुखै छैन। सिद्धान्ततः कुनै पनि प्रणालीको फाइदा र बेफाइदा हुन्छन्। प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था भए संसद्मा बहुमत जुटाउन सक्ने 'लठ्ठी' हरू प्रधान मन्त्री हुने प्रथाको अन्त्य हुनेछ। त्यसमा लोकप्रिय युवानेता र चुनाव परिणाममा अत्यन्त साना मानिने नेमकिपाका भद्र नेता रोहितदेखि राजमोका चित्रबहादुर केसी र तमलोपाका महन्थ ठाकुरजस्ता नेतासमेत चुनिने सम्भावना खुला रहन्छ।
दलितमाथि युगीन अपराध
हाम्रा दुःखी दलितजनले भोग्नुपरेका मानसिक यातना, प्रवञ्चना, भेदभाव हेर्ने हो भने मानवीय सभ्यता नै लजाउँछ। तीमाथि भएका अत्याचारको क्षतिपूर्ति दिन अहिलेको संविधान मस्यौदाले समेत अस्वीकार गरेको छ। संविधान सभाले दलितका पक्षमा राखेका ऐतिहासिक क्षतिपूर्तिका प्रावधानहरू हटाएर मस्यौदा समितिले क्षमा गर्नै नसकिने अपराध गरेको छ। 'समानुपातिक आधार' हटाएर 'कानुन बनाइ समावेशी आधारमा' समेट्ने भनी मस्यौदाले दलित अधिकारलाई झारा टार्ने औपचारिक शब्दमा सीमित गरेको छ।
संविधानसभाको विषयगत समितिले सर्वसम्मतिमा टुंग्याएको प्रतिवेदनमा दलितका लागि राज्यका हरेक अंग, निकाय र क्षेत्रमा क्षतिपूर्तिको व्यवस्थासहित समानुपातिक सहभागिताको हकलाई मौलिक हकका रूपमा सुरक्षित गरिएको थियो। उनीहरूलाई जनसंख्याको अनुपातभन्दा संघीय स्तर अर्थात् केन्द्रमा ३ प्रतिशत र प्रदेश स्तरमा ५ प्रतिशत बढी प्रतिनिधित्वको अवसर दिने व्यवस्था थियो। यसले दलितलाई नीतिनिर्माण र कार्यान्वयन तहमा पुर्यातउन महत्वपूर्ण भूमिका खेल्नसक्थ्यो। भूमिहीन र आवासविहीन दलितलाई एकपटक भूमि र आवास उपलब्ध गराउने प्रतिज्ञा संविधान सभाले पारित गरेको थियो। त्यो उनीहरूमाथि भएको अत्याचारको ऐतिहासिक क्षतिपूर्ति हुने थियो। दलित, मधेसीलगायत सामाजिकरूपले पछाडि पारिएका वर्ग र उत्पीडित क्षेत्रलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक संरचना र सार्वजनिक सेवामा सहभागिताको हक हुने व्यवस्था थियो। यसले दलितलाई आफ्नो जनसंख्याको अनुपातमा राज्यका अंग तथा सेवामा समावेश हुने अवसर दिन्थ्यो। शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षामा दलितलाई सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त हुने हक प्रदान गरिएको थियो। परम्परागत पेसा, ज्ञान, सीप, प्रविधिको प्रयोग, संरक्षण र विकासका लागि पनि विशेष अवसर प्रदान गर्ने हक दिइएको थियो। दुःखी दलितजनलाई सुखी र उच्च मनोबलयुक्त बनाउन यी प्रावधान अत्यन्त महत्वपूर्ण थिए। भाषिक स्पष्टता र दस्तावेज उतार्ने दायित्व बोकेको मस्यौदा समितिले संविधान सभाकै निर्णयलाई धुलो चटाउने दुस्साहस कसरी गर्न सक्यो? दलितप्रति अत्यन्त असहिष्णु विष्टहरूले लेखेको यो मस्यौदा यथावत् रहे संविधान फेरि अत्याचारको अर्को दस्तावेजमात्र हुनेछ।
अन्त्यमा,
त्यसै पनि ४ दलबीचको १६ बुँदे सम्झौताले आदिवासी जनजाति, मधेसी र अल्पसंख्यकले आत्मसम्मानस्वरूप उठाएको पहिचानको मुद्दालाई लगभग नतिरिने उधारोका रूपमा प्रस्तुत गरेको छ। भाषिक र सांस्कृतिक हिसाबले फेरि पनि यो एकजातीय, एक भाषिक राज्य बन्ने देखिन्छ। प्रादेशिक र स्थानीय अधिकारहरू केन्द्रमा थुपारेर, अल्पसंख्यक र सीमान्तकृत समुदायको सघन बसोबास भएको ठाउँमा स्वशासन र साझेदारी शासनको सम्भावनालाई समाप्त पारेर संघीयतालाई नाममात्रको बनाउने अनि एकात्मक सरकारकै अभ्यास गर्ने नियत राखिएको छ। समतामूलक समाजको मुटुमा बिझ्ने यी काँडारूपी प्रावधान संविधानमा यथावत् आए तिनलाई उखेल्न फेरि अर्को विद्रोह हुनेछ। त्यसबेला हामी नयाँ संविधान बनेको खुसी मनाएर चुपचाप बस्न पाउने छैनौँ।