माओवादीहरूको एमालेकरण अब नयाँ विषय रहेन। थपनाका प्रधानमन्त्री सुशील कोइराला एवं जपनाका मुख्तियार खड्गप्रसाद शर्मा ओलीजस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सामान्य जनभन्दा बढी विशिष्ठ व्यक्तिहरूसँग उठबस गर्ने गर्छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई श्रमजीवीभन्दा बुद्धिजीवीलाई भेट्न रुचाउँछन्। एमालेलाई समृद्धिको चिन्ता छ। एमाओवादीले पनि अब अर्को कुनै बाटो देखिरहेको छैन। आखिर कार्ल मार्क्सले समेत आफ्नो पोथीको नाम केही सोचेरै जुराएका होलान् – पुँजी एक सत्य, जगत मिथ्या!
एमालेकरण प्रक्रियाका अवयवहरूबारे पनि जनवृत्तमा खासै बहस भएको छैन। एमाले प्रवृत्तिलाई गिरिजाप्रसाद कोइरालाले सूत्रात्मकरूपमा औँल्याएका थिए – माले, मण्डले, मसाले एकै हुन्। मण्डले शब्दलाई बृहत् नेपाली शब्दकोशले 'छुल्याहा, बदनामी कमाएको, अरूको अहित चिताउने र उपद्रवी' भनेर अर्थ्याएको छ। त्यही शब्दकोशले 'माले' शब्दलाई 'टाटेपाटे, छिरबिरे र झालेमाले'का रूपमा परिभाषित गरेको छ। मसाले शब्दलाई राँकेकै समानार्थी हुनेगरी अर्थ्याइएको छ। यी सबैको एकीकृत रूप प्राप्त गर्ने प्रक्रियालाई एमालेकरण मान्ने हो भने नेपाली राजनीतिको भाँडभैलो बुझ्न केही सहज हुनसक्छ।
एमाले प्रवृत्तिभित्र राष्ट्रवादको परिभाषा मण्डले अर्थात् महेन्द्रवादमा आधारित छ। मधेसीलाई 'अरू' स्थापित गरिएको महेन्द्रीय राष्ट्रवादको आधारभूत मान्यता नेपाली भाषी, पहाडी मूल एवं हिन्दु धर्म मान्ने पुरुषबाहेकका अन्य जति सबैको निरन्तर बहिष्करण निश्चित गर्नु हो। त्यसका लागि कानुन, विचार निर्माण एवं भया उत्पादनका उपाय अवलम्बन गर्न अन्यथा मानिदैन। उत्तर प्रदेश र विहारको गङ्गा नदी चुरे एवं महाभारत शृंखला उक्लेर टुकुचामा मिसिन आउला र नेपालीको दैविक पहिचान मेटिएला भन्ने डर सुन्नेलाई जतिसुकै हास्यास्पद लागे पनि जनसांख्यिक गतिशीलताको लगभग त्यस्तै व्याख्या एमाले चिन्तनको वचर्स्वले गर्दा राष्ट्रिय नीतिका रूपमा स्थापित हुन पुगेको छ।
छिरबिरे रङ्गरूप भने एमालेकरण भइसकेका राजनीतिकर्मी एवं विचारनिर्माताहरूको व्यवहारमा देखिइरहेको हुन्छ। कहिले बाहिर हेर्दा तर्बुजाजस्तो हरियो तर भित्र भने स्तालिनवादको रातोजस्तो अधिनायकवाद झल्किरहेको हुन्छ। कुनै बेला त्यही तर्बुजा कुहिएर पहेँलिएकोजस्तो हिन्दुत्ववादी रङ्ग र गन्ध पनि त्यहाँबाट आइरहेको हुन्छ। एमालेकरण भएको व्यक्तिको राजनीतिक रङ्ग कुन हो? ठम्याउन सहज छैन। बर्को कहिले कहीँ सेता वा रातो ओड्ने गरे पनि त्यसभित्र धर्मान्धताको बेसार रङ्गदेखि फासीवादको कालोसम्म सबै छाप लुकेको हुन्छ। कहिले पुरेत भएर कर्मकाण्ड गर्ने र कहिले पण्डित भएर ज्ञान दर्शाउने प्रवृत्तिका व्यक्तिहरू पुरेत्याइँ छाडेर पण्डित्याइँमा र फेरि तुरुन्तै विद्याबाट प्रथातिर सजिलै फर्कन सक्छ। मूल उद्देश्य भने उथास्थितिको निरन्तरता हो र त्यसका लागि जुन रङ्ग दल्नु परे पनि फरक पर्दैन।
राँकाहरू अँध्यारोमा बाटो देखाउन पनि काम लाग्छन् तर गिरिजाप्रसादले औँल्याएका मसाले भने राँकोको प्रयोग आगो लगाउनका लागि गर्ने गर्छन् । त्यसैले ती मण्डले र मालेकै रूप मानिएका हुन्। संघीयता, समावेशिता तथा समानुपातिक प्रतिनिधित्वजस्ता लोकतान्त्रिक मान्यता न्यायपूर्ण एवं सभ्य समाज तथा दिगो राष्ट्र निर्माणका अनिवार्य अवयव हुन्। तिनलाई तीलाञ्जली दिएर हतारमा लेखिएको संविधानले देशको भविष्यमा आगो झोस्ने काममात्र गर्छ भन्ने ठम्याउन न त राजनीतिशास्त्री हुनुपर्छ न राय संकलनको तमासा नै गरिराख्नुपर्छ। प्रत्यक्षलाई प्रमाण चहिँदैन भन्ने आहान त्यसै चलेको होइन।
अपवर्तक अभ्यास
फ्रान्सेली भाषाबाट ल्याइएको अङ्ग्रेजी शब्द 'डिभर्जिटमेन्ट' ठ्याक्क अपवर्तक नै त होइन तर सहीभन्दा आकर्षक बाटो देखाएर अलमल्याउने अर्थमा प्रयोग भने गर्न मिल्छ। एक त, मसौदा संविधान आफै अपवर्तक छ। संसदीय व्यवस्थाको सारतत्व समाप्त पारिएको, प्रतिनिधि छनोटमा प्रत्येक मतको वजन बराबर हुने लोकतान्त्रिक मान्यतालाई लत्याइएको र विभिन्न दर्जाको नागरिकताको प्रावधान राखेर आधुनिक राज्य निर्माणको सिद्धान्तलाई उल्ट्याएको खाका सामान्य छलफल लायक पनि छैन भन्ने यसका मसौदाकारलाई पनि थाहा छ। नचाहिँदो विवाद भने शासकीय स्वरूप, बहुलवाद र धर्मनिरपेक्षताजस्ता विषयमा खडा गरेर पहिचानसहितको संघीयतालाई निषेध गर्न प्रयोग भइरहेछ।
विविधता सामाजिक यथार्थ हो। केही राज्य त्यसलाई समाप्त पारेर एकरूपता निर्माण प्रतिबद्ध हुन्छन्। अपेक्षाकृत शान्तिपूर्ण एकरूपता निर्माणमा सयौं वर्ष लाग्नसक्छ। विविधता अन्त्य गर्ने राज्य सञ्चालित अभियानहरू मुसोलिनीको इटाली, हिटलरको जर्मनी, किम परिवारको उत्तरकोरिया वा दक्षिण एसियाकै भुटान, श्रीलङ्का र पाकिस्तानमा जीस्तो हिंसक हुनसक्छ। बहुलवादको अवधारणा त्यस्ता प्रयन्तहरू आवश्यक नपर्ने राजनीतिक कार्यसूचीका रूपमा स्वीकार गरिएको हो। त्यसले के गर्छ वा गर्दैन भन्दा पनि सामाजिक यथार्थ सुहाउँदो राजनीतिक वादको औचित्यका बारेमा विवाद गर्नु बुद्धिविलासमात्र नभएर बौद्धिक आत्मरतिका श्रेणीमा राख्नु उपयुक्त हुनेछ।
शासकीय स्वरूपबारेको बहसलाई बहुलवादभन्दा पनि निकृष्ट प्रवर्गमा राख्न सकिन्छ। रूपमा हेर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संसदीय प्रणाली स्थापित लोकतान्त्रिक अभ्यासकै प्रारूप हुन्। दुवै प्रणलीका गुणदोषबारे बहस हुन थालेको इतिहास कम्तीमा अमेरिकी स्वतन्त्रता संग्रामजत्तिकै पुरानो छ। त्यसबारे प्राध्यापक लोकराज बराल वा प्रबन्धशास्त्री विद्वत् व्याख्या गर्न सक्लान् तर नयाँ बौद्धिक आयाम थप्नसक्ने सम्भावना निकै कम छ। अन्ततः छनोट राजनीतिक हुनुपर्छ। र, संसदीय अभ्यासबाट विमुख हुने जोखिम विविधतायुक्त एवं अझै निर्माणकै चरणमा रहेको बहुराष्ट्रिय राज्यमा सर्सर्ती हेर्दा पनि अत्यासलाग्दै देखिनसक्छ। अन्ततः हार्नेले हरिभजनमा मन बहलाउने प्रकृतिको बहसले निष्कर्ष जे दिए पनि असर भने मुलुकको भविष्यले बेहोर्नुपर्नेछ।
बहुलवाद र शासकीय स्वरूपका अपवर्तक बहसहरू अपेक्षाकृत निरापद प्रकृतिका हुनछन्। नेपालीसँग अरू केही नभए पनि समय प्रशस्त छ। गलत छनोट अख्तियार गर्न पुगेमा फर्कने बाटो रही नै रहन्छ। प्रत्यक्ष कार्यकारीबाट संसदीय प्रथामा फर्केका उदाहरणहरू अपेक्षाकृत बण्ी भए पनि निर्वाचित बादशाह रुचाइएका दृष्टान्त पनि मनग्यै पाइन्छ। धर्म र राज्यबीचको सम्बन्धबारे भने निरुपण भइसकेको विषयलाई पुनः उचालेर एमाले प्रवृत्तिका व्यक्तिहरूले राँके अर्थात् मसाले चरित्र देखाउँदैछन्। त्यो एउटा यस्तो सुरुङ हो जसभित्र पसेपछि सद्दे हालतमा निस्कन सहज हुनेछैन।
राज्य र धर्म व्यक्तिको मात्र हैन जनसमूहको समेत अविभाज्य निष्ठा खोज्ने झन्डैझन्डै प्रतिस्पर्धी संकल्पना (कन्सेप्चुएलिजेसन्स) हुन्। कालक्रममा राज्यको शक्ति धर्मको उन्मादलाइृ नियन्त्रणमा राख्न सफल भएको भए पनि धार्मिक आस्थाका जराहरू मानवीय मनःस्थितिमा अझै गहिरा नै छन्। तिनलाई बढी मलजल गर्ने हो भने राज्यको प्रभावकारिता नै कमजोर हुनसक्छ भन्ने निर्क्योलबाट 'सेक्युलेरिज्म' सिद्धान्त जन्मिएको हो। व्यक्ति वा समूहले आआफ्ना आस्था, ईश्वर र प्रथा पछ्याए पनि राज्यले भेदभाव नगर्ने भएकाले सबैको निष्ठाको प्राथमिक हकदार हुन्छ भन्ने मान्यता बेगर लोकतन्त्र चल्न सत्तै्कन। त्यसैले सेक्युलरिज्म नमान्ने व्यक्ति अरू जेजस्तो भए पनि लोकतन्त्रवादी हुनसत्तै्कन। शब्दका बारेमा जति बहस गरे पनि हुन्छ तर सेक्युलरिज्म राजनीति गर्ने विषय नै होइन। कुन देशमा के छ भन्ने दृष्टान्त केलाउनु आधारभूत प्रश्नबाट ध्यान अन्यत्र मोड्नुमात्र हो।
दक्षिण एसियामा सेक्युलेरिज्मको अवधारणालाई स्वीकार्य बनाउने जवाहरलाल नेहरू स्वयंलाई भने यो शब्द नै उति मन परेको थिएन। 'यो आनन्द वा रहरलाग्दो शब्द त होइन' भन्ने उनको ठहर थियो। पछि उनले फेरि निरीहता देखाउँदै भावलाई अर्थ्याए – 'हामी राज्यलाई सेक्युलर राख्ने कुरा गर्छौँ। सायद सेक्युलरका लागि हिन्दीमा उपयुक्त शब्द भेट्टाउन पनि गाह्रो छ। कतिले यसलाई धर्म विरोधीका रूपमा अर्थ्याउँछन्। स्पष्टतः त्यो सही होइन। यसको अर्थ केमात्र हो भने राज्यले सबै धर्मलाई समान आदर गर्छ र अवसर प्रदान गर्छ अनि राज्य कुनै धर्मसँग जोडिन चाहँदैन। किनभने त्यस्तो अवस्थामा राज्य धर्म भएको ठहररिन्छ।' परस्पर प्रतिस्पर्धी अवधारणा एकाकार भएपछि के हुन्छ भन्ने मानव इतिहासले धेरै पटक भोगिसकेकाले त्यसै विषयको पुनरावृत्तिसमेत सभ्य हुन उन्मुख समाजमा सुहाउँदैन।
धर्मबारे संविधान मौन रहनुपर्ने छनोटका पक्षधर 'मौनं सम्मति लक्षणम्' भन्ने आस्थाबाट अभिप्रेरित देखिन्छन्। धर्मान्धताको बेडीमा जकडिएका बहुसंख्यक 'हिन्दु' जनजाति, दलित, कथित तल्ला जाति एवं लगभग सबै महिलाका लागि घोषित आदर्शकै रूपमा सेक्युलरिज्म अन्य धर्मावलम्बीलाई भन्दा बढी चाहिएको हो।
आस्थाको स्खलन
नेपालको वैचारिक आधुनिकीकरणमा नेपाली कांग्रेस अपेक्षाकृत अग्रपंक्तिमा रहँदैआएको हो। संसदीयता एवं समाजवाद सन् १९५० को दशकका लागि क्रान्तिकारी अवधारणा थियो। हुनत, पार्टीबाट विरक्तिएर एक्लिए तर गणेशमान सिंहले सन् १९९० को दशको सुरुमै एक्काइसौं शताब्दीको पदचाप सुनेर सबैले कान थुनेका बेला पनि समावेशिताका कुरा उठाएका थिए। मन परेरभन्दा पनि आधुनिक राज्य निर्माणको अपरिहार्य आवश्यकता ठम्याएर गिरिजाप्रसादले संघीयताको अवधारणालाई अङ्गीकार गरेका थिए। तथाकथित मसौदा संविधानमा नेपाली कांग्रेस 'मण्डले–माले–मसाले' प्रवृत्तिका सामु 'त्वं शरणम्' भएको पक्का हो भने राष्ट्रिय राजनीतिमा वैकल्पिक धार समाप्त भएको यथार्थ स्वीकार गर्न धक मान्नुपर्दैन।
नेपाली कांग्रेसको एमालेकरण प्रक्रिया पूरा भएपछि 'राष्ट्रिय' भन्नसकिने राजनीतिक दलको आवश्यकता अझ बढी महसुस हुनेछ। भ्रष्टाचारलाई क्यान्सर भन्ने फेसन मध्यमवर्गमा व्याप्त छ। राजनीतिमा साम्प्रदायिकता व्याप्त हुनु भने त्यसभन्दा खतरनाक रोग हो। साम्प्रदायिकता वर्चस्वशाली समूहमा मात्र देखिन्छ। अस्तित्वकै लागि संघर्षरत सीमान्तीकृत र बहिष्कृतहरू चाहेर पनि साम्प्रदायिक हुनसत्तै्कनन्।
झिनो आशा अझै पनि कांग्रेससँगै राख्नुपर्ने हुन्छ। निजी जीवनमा जति नै धर्मभीरु भए पनि धर्मान्ध भएर वा क्षेत्रीयता आँगालेर आगो झोस्ने प्रवृत्ति शेरबहादुर देउवामा समेत छैन। मधेसीलाई खासै नरुचाए पनि तिनलाई होच्याउनैका लागि 'महेन्द्रमाला' जप्ने प्रवृत्ति प्रधानमन्त्री सुशील कोइरालामा पनि छैन। तिनले टार्न सकिने विपत्तिबाट जोगिन मसौदा संविधानबारे पुनर्विचार गर्ने अग्रसरता लिन्छन् वा लिँदैनन् त्यो भने हेर्न बाँकी छ।