आफ्नै महत्वाकांक्षाका कारण ९ महिनाको छोटो सत्ता भोगपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सिंहदरबारबाट बाहिरिएका छन् । यसबाट एकपटक सत्ताको लगाम हातमा लिएपछि साम, दान, दण्ड, भेद जस्तोसुकै उपाय अपनाएर पनि त्यसलाई कब्जामा राखिरहने आकांक्षाबाट प्रेरित यी कम्युनिष्ट नेताले नेपालको व्यावहारिक राजनीतिले सिकाउने एक दुई पाठ अवश्य सिकेको हुनुपर्छ । संविधानसभाको निर्वाचनमा उनको पार्टीले पाएको ३८ प्रतिशत स्थान बहुमत होइन र जनताले उनलाई एक पार्टी तानाशाही थोपर्ने षड्यन्त्रअन्तर्गत राज्यसत्ता परिचालन गर्ने जनादेश दिएका पनि होइनन् । जनताले त वसन्त व|mान्तिका राजनीतिक सहयात्रीसांग मिलेर शान्त र सद्भावपूर्ण वातावरणमा संविधान निर्माणको जिम्मेवारी सुम्पेका हुन् ।
मुख्यतः गलत राजनीतिक दीक्षा र केही सीमासम्म फौजी ढाँचामा संगठित कार्यकर्ता समूहबाट प्राप्त हुने शक्तिको उन्मादले दाहालले मुलुकको कार्यकारी अधिकार पाएको क्षणदेखि नै लोकतान्त्रिक राज्य प्रणालीका आधारस्तम्भहरूको मानमर्दन गर्ने, तिनमा विचलन ल्याउने, मनोबल कमजोर पार्ने र नजानिदो गरी ती संस्थाको उपल्लो तहमा आप\mना मानिसको पदस्थापना गर्दै लैजाने नीति अख्तियार गर्ने गल्ती गरे । सहयात्री दलहरूको महत्व न्यूनीकरण गर्ने ध्याउन्ना, प्रेसलाई दबाउने चेष्टा, न्यायपालिकामाथि हस्तक्षेप गर्ने प्रयास, कर्मचारीतन्त्रमा घुसपैठ र सबैभन्दा राष्ट्रिय सेनाको तेजोबध गर्न प्रधान सेनापति रूक्माङद कटवाललाई बर्खास्त गर्ने निर्णय प्रधानमन्त्रीका हैसियतले पुष्पकमल दाहालले गरेका नकाम हुन् ।
माओवादीको बहिर्गमन र नयाँ गठबन्धनको नेताका रूपमा नेकपा -एमाले)को अभ्युदय निवर्तमान प्रधानमन्त्री दाहालले भनेजस्तो विदेशीहरूको प्रयास र आशीर्वादबाट भएको अप्राकृतिक सत्ता परिवर्तन होइन । दाहालले गठबन्धनमा समावेश सहकर्मीहरूको भावनाको मात्रै होइन, संविधानका अक्षर र मर्मसमेत उल्लंघन गरी नेपाली सेनामा स्थापित प्रणालीमा खलबली मच्चाउने प्रयत्न गरे । यसका पछाडि लुकेको उनी र उनको पार्टीको मनसाय भिडियो टेप प्रकरणमार्फत सार्वजनिक भयो । यस्ता घटनाको आलोकमा हेर्दा, दाहालको पतन एक प्रकारले अपरिहार्य भइसकेको थियो ।
आफ्नो राजिनामाको क्षेप्यास्त्रमार्फत् दाहालले देखेको नेपालको राजनीतिक क्षितिजलाई धमिलो नै राखिरहने र सडक आन्दोलन, भाँडभैलो, अन्योल, अनिश्चितता र परस्पर अविश्वासको आाधीबेहेरी उठाएर फेरि एकपल्ट आफूलाई दुर्दमनीय नेता स्थापित गराउने सपनाको यथासमय भ्रूण पतन भयो । राजनीतिक विकास क्रममा राष्ट्रको इतिहासमा कुनै पनि व्यक्तिको भूमिका निर्विकल्प हुादैन ।
आफूपछि दरो गठबन्धन बन्न नसकोस् भनेर प्रयास गर्दा दाहालले आफ्नो छवि अरु मट्किलो बनाएका छन् । उनले गिरिजाप्रसाद कोइरालालाई फेरि राजकाज समाल्न हौस्याउन खोजेका थिए । माओवादीइतर गठबन्धन बन्न नदिन मदेसी जनअधिकार फोरमका उपेन्द्र यादवलाई सरकारको नेतृत्व गर्न निम्ता नै दिए । तर यसपटक लोकतान्त्रिक बहुलवादमा विश्वास गर्ने दलमाथि 'फुटाउ र राज गर' भन्ने मन्त्र सफल भएन । सामान्यतः पदलोलुपका रूपमा चित्रित गिरिजाप्रसाद कोइरालाले समेत यस पटक प्रचण्डले फ्याँकेको अस्त्र निरस्त पार्नु लोकतन्त्रको स्वास्थ्यका लागि उत्तम हो ।
सत्ताबाट बाहिरिएपछि माओवादी कार्यकर्ताको अराजक समूहले के कस्तो रणनीति अख्तियार गर्ने हो र त्यसको भावी कदमले मुलुकको संविधान लेखन र शान्ति प्रक्रियामाथि कस्तो प्रभाव पर्ने हो भन्ने विभिन्न अनुमान गरिादै छ । सामान्य नेपालीको मात्र होइन, नेपालको भलो चिताउने विश्व समुदायको पनि चिन्ता र सरोकारको विषय यही भएको छ । आफ्नै कारणले कुर्सी त्याग्न वाध्य माओवादी सत्ताबाट अलग भएकै कारणले शान्ति खल्बल्याउने तत्व भएर ननिस्कियोस् । आफूले पदबाट राजिनामा दिइसकेपछि पनि राष्ट्रपतिले गर्दै नगरेको गल्तीका लागि माफी माग्नुपर्छ भन्ने अत्तो थापेर सडक आन्दोलनमा उत्रिएको र संसद् अवरुद्ध पारेर नयाा प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाको बाटोसमेत बन्द गरिरहेको माओवादीको नियतमाथि शंका उत्पन्न हुनु नितान्त स्वाभाविक हो ।
दाहालले आइतबार खुलामञ्चमा गरेको भाषणलाई माओवादीले आगामी दिनमा अख्तियार गर्ने रणनीतिको संकेत मान्ने हो भने उनीहरू यसै निहुामा शान्ति प्रक्रियाबाट अलग हुादैनन् भन्नेमा सतर्कतासहित आशावादी हुन सकिन्छ । तर अझै पनि आफ्नो पार्टीको सेनालाई राष्ट्रिय सेनामा डक्कै गाभ्ने र त्यसका बलमा सत्ता कब्जा गर्ने सपना देखिरहेका माओवादी नेताहरूसाग सतर्क हुन भने आवश्यक छ । यो मामिला राष्ट्रिय बहसमा आउने बेलामा माओवादीले रडाको मच्चाउने र आप\mनो अभीष्ट पूरा नहुने देखियो भने शान्ति प्रक्रियालाई नै जोखिममा पार्न तयार हुने शंका निराधार छैन ।
गैरमाओवादी सत्ता गठबन्धनका सामुन्ने जटिल समस्या र हाँक छन् । सुरुमा माओवादीको दुरुत्साहनबाट र पछि त्यसकै देखासिकीबाट अवाञ्छित रूपले चुलिएका जातीय र साम्प्रदायिक महत्वाकांक्षाको सन्तुलित व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखिएको छ । नयाँ संविधानमा यी छरपष्ट र अनगिन्ती स्वार्थहरूको प्रतिविम्बन अत्यन्त कठीन हुनेछ । त्यसै पनि बिगि्रएको शान्ति र व्यवस्थाको स्थितिमा माओवादीका नक्कली सक्कली फौजी कार्यकर्ताका अराजक क्रियाकलाप जारी नै रहादा थप जटिलता पैदा हुनेछ । माओवादीबाट रचनात्मक प्रतिपक्षको भूमिकाको अपेक्षा त गर्न सकिएला तर भरोसा गर्न सकिादैन ।
आफ्ना छापामारलाई लिएर माओवादी नेताले जेजस्तो दुराकांक्षा राखेको भए पनि वास्तविक लडाकुको सम्मानजनक व्यवस्थापन र समायोजन अहिले राज्यको जिम्मेवारी हो । यति मात्र होइन, माओवादीको एक पार्टी तानाशाही थोपर्ने जालसाजी उदांग भइसकेको अवस्थामा नयाँ सरकारले त्यस पार्टीलाई पनि सांगै लिएर लोकतान्त्रिक मूल्य र मान्यताका विश्वव्यापी मानकलाई पूर्णरूपेण आत्मसात् गर्ने संविधान बनाउने कर्तव्य पूरा गर्नु छ । माओवादी पनि नैतिक कर्तव्यको बन्धनबाट सर्वथा मुक्त छैन । दाहालले खुलामञ्चमा गरेको भाषणलाई उनको मनबाट निस्किएको आवाज मान्ने हो भने नयाँ संविधान बनाउने नैतिक जिम्मेवारी सबैभन्दा बढी उनको र उनकै पार्टीको हुन्छ । वास्तविक रूपमै उनमा यो जिम्मेवारीबोध होस् ।