अहिले माओवादी संकटको चक्रव्युहमा फसेको छ। माओवादी यही चालाले अघि जान राष्ट्रिय/अन्तर्राष्ट्रिय कारणले सक्दैन भने कार्यकर्ताका कारण तत्कालै पछाडि फर्किन पनि नसक्ने अवस्था छ। यही अन्तरविरोधले कहिले उसलाई ‘ज्वालामुखी बनेर पड्किने' तहमा पुर्याएको छ भने कहिले ‘सीधै दिल्लीसँग वार्ता गर्ने' घोषणा गर्नुपर्ने अवस्थामा पुर्याएको छ। पुष्पकमल दाहालका यी अभिव्यक्ति कुनै नापतौलका आधारमा भन्दा पनि हतासा र उत्तेजनाका उपजका रूपमा आएका हुन्।
गन्तव्यहीन सात महिने आन्दोलनको टिठलाग्दो अवस्था, पार्टीभित्रको अनुदार पंक्तिको बढ्दो दबाब र सत्तामा पुग्ने आफ्नै तीब्र लालसाको चेपमा परेर दाहाल राष्ट्रिय स्वाभिमानविरुद्ध सीधै दिल्लीलाई गुहार्न पुगे। आफै"ले बनाएको यस चक्रव्यूहमा उनी कसरी फ"सेका छन् भन्ने त भाषणको चौबीस घन्टा नबित्तै ‘व्यङ्ग्य मात्र' र ‘आशय त्यस्तो नभएको' भन्दै दिइएको स्पष्टीकरणले पनि स्पष्ट पार्छ।
माओवादीले भारतका बारेमा व्यक्त गरेका अभिव्यक्ति र उसको व्यवहारमा कही"कतै तालमेल देखि"दैन। माओवादीले बाहिर चर्कोरूपमा भारतको विरोध गरिरहेको बेला भित्रभित्रै अनेक गोप्य कुराकानी भइरहेका हुन्छन्। बेलायत, हङकङ र सिंगापुरको यात्रापछि कुनै ‘प्रभु' ले नपत्याएर निराश भएका पुष्पकमल दाहालले वार्ताका लागि खुला रूपमा भारतलाई गुहार्नु कुनै संयोग मात्र भने होइन। सारा संसार घुमिसक्दा र पटकपटक आग्रह गर्दा पनि भारत जाने अवसर नजुटेका कारण उनीमा उत्पन्न आक्रोशको अभिव्यक्ति हो यो। सत्तामा जानका लागि दिल्लीस"ग कुरा गर्ने अर्थ लाग्ने भयले सन् १९५० को सन्धिलगायतका विषयमा भारतस"ग कुरा गर्ने दाहालको अभिव्यक्ति झन् हास्यास्पद छ। किनभने, एउटा मुलुकले अर्को कुनै मुलुकको दलस"ग कुरा गर्दैन, सरकारस"ग कुरा गर्छ। नौ महिना प्रधानमन्त्री भइसकेका दाहाललाई यो थाहा छैन भन्ने पत्याउन सकिन्न।
माओवादीले सत्ताधारी दलहरूलाई ‘कठपुतली', ‘दिल्लीका दलाल', ‘विदेशीका गोटी' जस्ता संगीन आरोप लगाउ"दै आएको छ। तर, इतिहास हेर्ने हो भने सबभन्दा बढी भारतमा निर्भर र भारबाट फाइदा लिने पार्टी माओवादी नै देखिन्छ। दस वर्षे ‘जनयुद्ध' मा साढे आठ वर्ष दिल्लीकै वरपर बसेका पुष्पकमल दाहाल र बाबुराम भट्टराईले अरूलाई त्यस्तो आरोप लगाउनुअघि एकपटक आफूतिर हेर्नुपर्छ। प्रधानमन्त्री हुन ढिला भएपछि सात पटक भारतीय दूतावास धाउन पछि नपर्ने दाहालले नसकेर छोडेपछि रिक्त कुर्सीमा संविधानसम्मत रूपमा कोही निर्वाचित भएर आयो भने पनि यति असहिष्णु, अशिष्ट र अमर्यादित भाषा बोल्न कत्तिको सुहाउला?
राजनीतिकरूपमा तर्क गर्न नसकेपछि माओवादीले अरूमाथि लगाउने आरोप नै यस्तै हो। विगतमा सहयोद्धा बाबुराम भट्टराईले आफ्नो नेतृत्वलाई चुनौती दिएपछि उनलाई ‘भारतपरस्त' भन्दै थुनामा अर्थात् ‘जनमुक्ति सेनाको बलियो सुरक्षा घेरा' मा राख्ने यिनै दाहाल हुन्। त्यति मात्र होइन, ‘भारतका विरुद्ध लड्नका लागि पाकिस्तानको गुप्तचर संस्था आईएसआईले आर्थिक सहयोगको प्रस्ताव गरे पनि आफूले नमानेको' खुलासा पनि उनी आफैले" गरेका हुन्। यी सबै तथ्यमा आ"खा चिम्लेर माओवादीले अरूमाथि चोर औ"ला ठड्याइरह"दा एउटा कुरा अवश्य ध्यानमा राख्नुपर्छ- बा"की चार औ"ला उसैतिर फर्किरहेका छन्।
अहिले माओवादीले ‘राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउने' निर्णय गरेको छ। तर, आवरणमा जे सुकै नाम दिइए पनि माओवादीको आन्दोलन सत्ताका लागि नै हो भन्ने स्पष्ट छ। शनिबार दाहालले वीरगन्जमा व्यक्त गरेको ‘माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न नदिए आन्दोलनको ज्वालामुखी सिर्जना गर्ने' उद्घोष यसैको द्योतक हो। मुख्य नेतृत्व भारतीय भूमिमा सुरक्षित बसेर, भारतीय भूमिबाट प्राप्त हतियारका भरमा माओवादीले विगतमा ‘जनयुद्ध' गरेको कसैबाट लुकेको छैन। माधवकुमार नेपाल, गिरिजाप्रसाद कोइरालाहरूले पुष्पकमल-बाबुरामहरूलाई दिल्ली, लखनउ, सिलगुडी, गोरखपुर आदि ठाउ"मै पुगेर भेटेका हुन्। त्यतिमात्र होइन, माओवादीका केन्द्रीय समितिका कैयौ" बैठक र विस्तारित भेला भारतमै सम्पन्न भएका थिए। के यी सबै काम भारतीय प्रशासनको जानकारीबिना भएका थिए भन्ने विश्वास गर्न सकिन्छ र? तर पनि, माओवादीले अरूलाई ‘भारतीय दलाल' सिद्ध गर्ने निरर्थक प्रयास गरिरहेको छ।
विगतमा माओवादी नेतृत्वले भारतमा सुरक्षित रहेर ‘भारतका विरुद्ध सुरुङयुद्ध गर्ने' भन्दै आफ्ना कार्यकर्तालाई गाउ"का पाखापखेरामा खाल्डो खन्न लगाएको थियो। मोहन बैद्य र सीपी गजुरेलजस्ता अनुदार नेताहरूका लागि भारत अहसज बन्ने र पुष्पकमल दाहाल र बाबुराम भट्टराई जस्ता नेताका लागि सहज बन्ने पनि बिनाकारण होइन होला। ‘भारतविरुद्ध' भन्दै प्रकारान्तरले नेपाली राष्ट्रिय स्वाभिमान र अस्मिताविरुद्ध माओवादीले सुरु गरेको आत्मघाती अभियान कतै पार्टीभित्रको त्यही गुटगत लडाइ"को अभिव्यक्ति त होइन?
माओवादीका सामु सीमित विकल्प छन्। पा"च महिना लगातार अवरुद्ध गरेर औचित्यहीन बनाउन लागेको संसद्लाई सुचारु रूपमा सञ्चालन गर्नु उसको सदाशय नभई बाध्यता र चालबाजी दुवै हो। विगतमा अरू दलले अनुनयविनय गर्दा पनि नखोलिएको संसद् एकाएक आश्चर्यजनक रूपमा किन खोलियो त? ‘संसद्लाई संघर्षका नया" मोर्चा बनाउने' घोषणास"गै बुझ्न सकिने एउटा कुरा के हो - माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्छ। दोस्रो कारण हो- समयमै संविधान बन्न नसक्दा आफ्ना टाउकोमा आउने दोषबाट पन्छिनका लागि पनि संसद् खोल्न माओवादी बाध्य भएको हो। एकातिर ‘दिल्लीस"ग सीधै वार्ता' को घोषणा गर्नु र अर्कातिर त्यही दिन संसद् खोल्नुले माओवादीको द्विविधा र वाध्यतालाई राम्रोस"ग मुखरित गरेको छ।
भारतलाई खुसी पार्न पाकिस्तानको आईएसआईको कुरा गर्ने, चीनलाई खुसी पार्न भारतको विरोध गर्ने र अमेरिकालाई खुसी पार्न जर्ज बुसको ‘बडी ल्याङ्वेज' पढ्न सक्ने कला माओवादीस"ग मात्र छ। महेन्द्रकालमै असफल भइसकेको ‘चाइना कार्ड' को प्रयोगले पनि माओवादीको हातमा केही लाग्नेवाला छैन। जबसम्म माओवादीस"ग हतियारको दम्भ र ‘मालिक-दास' मानसिकता रहन्छ, तबसम्म उसले कहिले ज्ञानेन्द्र नामक मालिक खोज्छ भने कहिले दिल्ली नामक मालिक खोजिरहन्छ। मालिक अरू दललाई होइन, माओवादीलाई चाहिएको देखिएको छ।
घरेलु समस्याको समाधानका लागि अरूको मुख ताक्नु दुर्भाग्य हो। एकै ठाउ"मा बसे भने नेपालका दलहरूले जुनसुकै समस्याको पनि समाधान निकाल्न सक्छन्। माओवादीले सत्ताको दौडबाट आफूलाई अलग राख्ने हो वा सत्ताका लागि संविधानसम्मत बाटो अ"गाल्ने हो भने समाधान नहुने कुनै समस्या छैन। माओवादीलाई राष्ट्रपति हटाउनुछ भने महाअभियोगको बाटो छ"दैछ, सरकार परिवर्तन गर्ने हो अविश्वास प्रस्ताव ल्याए हुन्छ। त्यसबाहेकका विकल्पहरू न संविधानसम्मत छन् न त राजनीतिकरूपमास्वीकार्य नै। त्यसैले माओवादी आफै"ले सिर्जना गरेका चक्रव्यूहबाट कुशलतापूर्वक निस्किनु नै सबभन्दा बुद्धिमानी हुनेछ। अन्यथा संविधान नबन्ने र मुलुक दुर्घटनामा जाने अवस्थामा सबभन्दा बढी जिम्मेवारी ‘ठूलो दलका हैसियतले' माओवादीले नै बोक्नु पर्नेछ।