डा. गोविन्द केसी फेरि अनशन बस्ने भए! उनले फेरि आमरण अनशनको घोषणा गरिसकेका छन्। आउँदो बुधबारदेखि सुरु हुने यो उनको छैठौँ अनशन हुनेछ। अनशनमाथि अनशनको यो शृंखलाले 'अनशन'को मर्मलाई नै फिक्का बनाउँदै लगेको दाबी गर्नेहरू प्रशस्त छन्।केसीले अनशनका माध्यमबाट उठाएका चिकित्सा शिक्षा सुधारको यो प्रयासले सफलता पाउने–नपाउने भन्ने कुरो भने जटिल बन्दै गएको छ। हालसम्म चिकित्सा शिक्षा सुधारका लागि चुकाइएका मूल्य र उपलब्धिलाई एकैपटक सिध्याउने प्रयत्नस्वरूप 'यस क्षेत्रमा योगदान गरेको' प्रचार गरेर नथाक्ने व्यापारीहरू अग्रमोर्चामा देखापरेका छन्। कुनै पनि हालतमा यो प्रतिवेदनलाई आउन दिनुहुन्न भन्ने सोच राख्नेहरूले आर्थिक, प्रशासनिक र राजनीतिक शक्ति लगाएका छन्।
अघिल्ला ५ पटकका अनशनका क्रममा डा. केसीले कुनै न कुनैरूपमा उठाएका र सरकारले कार्यान्वयनको प्रतिबद्धता गरेका विषयलाई सुल्झाउनेगरी तयार भएको त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ मा आएर थेग्रिएको छ। डा. केसीकै शब्दमा माथेमा प्रतिवेदन 'मेडिकल माफिया'को कुदृष्टिमा परेको छ। छ महिना छलफल तथा अध्ययन–विश्लेषण गरेर नेपालका प्रतिष्ठित शिक्षाविद् र चिकित्सकले तयार पारेको प्रतिवेदन एक महिना मन्त्रिपरिषद्को सामाजिक समितिमा थन्क्याइयो। अर्को एक महिना फेरि अध्ययनको नाममा गयो। प्रतिवेदन अध्ययन गर्ने र गराउने अनिमात्रै निर्णय दिनुलाई नराम्रो भन्न सकिन्न तर, कुनै पनि कार्यपछाडिको नियतले नै त्यसको नतिजाको पूर्वअनुमान दिन्छ। माथेमा प्रतिवेदनमाथिको अध्ययनको नाटक प्रतिवेदन कार्यान्वनय हुन नदिनका लागि भएका प्रयासको पहिलो सफलता हो।
डा. केसीका यसअघिका अनशनलाई धेरैले नयाँ मेडिकल कलेज आउन नदिनका लागि भन्ने बुझे र त्यसरी नै व्याख्या पनि भयो। त्यतिबेलाका प्रमुख एजेन्डा नयाँ नीति नबन्दासम्म नयाँ कलेज आउन दिनहुन्न भन्नेमै केन्द्रित थिए। तर, कसैले पनि त्यसको पृष्ठभूमितिर जान खोजेन। लडाइँको अग्रमोर्चामा नयाँ मेडिकल कलेजका लागि पूर्वाधार तयार पारेर सम्बन्धनका पर्खाइमा रहेकाहरू आए। कतिपयले त्यसलाई खुल्लाबजार अर्थनीतिसँग त कतिपयले चिकित्सा पढ्न नेपालमा नपाएर विदेशिएकाहरूको सपना र आवश्यकतासँग दाँजेर हेरे र अनशनको प्रतिवाद गरे। तर, विषय त्यस्तो थिएन। लडाइँ सञ्चालनमा रहेका मेडिकल तथा डेन्टल कलेजले जन्माएका विकृति, गुणस्तरहीनताको अन्त्यकै लागि थियो। तर, नयाँ कलेज नआउँदाको फाइदा हामीलाई नै हो भनेर कलेज सञ्चालकहरू आनन्द लिएर बसे।
अहिले सन्दर्भ फेरिएको छ। नयाँ कलेज कहाँ खोल्ने भन्ने कुरामा माथेमा प्रतिवेदनको सुझावलाई लिएर सम्बन्धनको पर्खाइमा रहेका कलेजहरूले केही न केही भए पनि न्याय हुने आशा राखेका छन्। तर, अहिले माथेमा प्रतिवेदनविरुद्ध चलिरहेका मेडिकल कलेजका सञ्चालकहरू नांगोरूपमा प्रस्तुत भइरहेका छन्। प्रतिष्ठित व्यक्तिहरूले अवस्थाको विश्लेषण र तर्कसहित दिएका सुझावलाई उनीहरू 'नेपालका मेडिकल कलेजलाई सिध्याउन कसैको इसारामा आएको प्रतिवेदन' भनिरहेका छन्! उनीहरूले सार्वजनिकरूपमा प्रतिवेदनको सुझावअनुसार एमबीबीएस शुल्क ३५ लाख तोक्ने र कलेजहरूले एक शैक्षिक वर्षमा सय सिटभन्दा बढीमा विद्यार्थी लिन नपाउने भन्ने सुझावमा आपत्ति जनाएका छन्। तर, भित्री रूपमा सञ्चालकहरू चिकित्सा शिक्षा सुधारको यो सिंगो क्याप्सुललाई तुहाउने पक्षमा नै छन्। किनभने, यो प्रतिवेदन जेहेनदार विद्यार्थीको पक्षमा छ। नेपालमै गुणस्तरीय स्वास्थ्य शिक्षा पाउनबाट वञ्चित भएकाहरूको पक्षमा छ। ३५ लाख रुपैयाँमा पढाउनै नसक्ने र १ सय ५० सिटका लागि पूर्वाधार बनाइसकेकोले आफूहरूमाथि अन्याय हुने दाबी कलेज सञ्चालकहरूको छ। तर, कमिटीका सदस्यहरू भने हाल सञ्चालनमा रहेका कलेजहरूको भनाइ र ब्यालेन्स सिटका आधारमा नयाँ कलेज खोल्दा पनि कम्तीमा १० वर्षभित्रै नाफामा जानेगरी यो शुल्क तय गरिएको बताइरहेका छन्। डेढ सय सिट माग्ने सञ्चालकहरूले बुझ्नुपर्ने तथ्य के हो भने, सुविधासम्पन्न त्रिवि शिक्षण अस्पताल ७५ सिट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ५५ तथा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको अस्पतालले जम्मा ६० सिट स्वीकृृति पाएका छन् भने उल्लिखितभन्दा कुन निजी मेडिकल कलेजमा पूर्वाधार बढी होला?
अचेल कुनै पनि उच्चमावि तथा निजी विद्यालयले एउटा सेक्सनमा ४०–५० जनासम्म राखेर पढाउँछन्। तर, मेडिकल साइन्सजस्तो जटिल विषय पढ्न एउटै कोठामा १ सय ५० जना विद्यार्थी राखेर शिक्षण सिकाइ कस्तो होला? विद्यार्थीसँग प्राध्यापकको अन्तर्क्रिया कस्तो होला? सिकाइ मात्रै होइन यति ठूलो संख्यामा विद्यार्थी विविध समूहमा राखेर इन्टर्नसिप र बेडसाइड लर्निङका लागि पोस्टिङ गर्दा सम्बद्ध बिरामीले कति झन्झट बोक्नुपर्ला? अहिले पनि १ सय ५० सिट पाइरहेका कलेजहरूले पूर्वाधार तयार पार्नेभन्दा पनि नियामक निकायलाई प्रलोभनमा पारेरै काम चलाइरहेको तथ्य कसैबाट लुकेको छैन। त्यसको ज्वलन्त उदाहरण त नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा हुने आर्थिक खेल एवं हानथाप, राजनीतिक नियुक्ति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिका क्रममा प्रष्फुटित हुने गरेकै छ। नियामक निकायमा पनि इमानदार र क्षमतावान तथा वरिष्ठभन्दा मेडिकल माफियाका ब्रिफकेस र लबिइङका आधारमा पदाधिकारी नियुक्ति भइरहेको सबैले बुझेका छन्। कलेज सञ्चालकहरूले नियमन गर्न नसक्ने अनि हामीलाई दोष दिने भनेर जति कुर्लिंदै हिँडे पनि पाइलापाइलामा उनीहरूले कसरी पूर्वाधारविनै जनशक्ति उत्पादन गरिहरका छन् भन्ने सबैलाई थाहा छ। अन्यथा, आफ्नै स्वास्थ्य जाँचका लागि तिनीहरू लुकेर विदेश किन जान्थे? आफ्नै कलेजका उत्पादनमध्येबाट छानेर उपचार गराइहाल्थे! मेडिकल कलेजका सञ्चालकले दोहोर्याजइरहेको अर्को अविश्वसनीय तथ्य अहिले भएकै कलेज चलाउन धौधौ छ भन्ने हो। तीमध्ये चारवटा कलेजका सञ्चालकले एउटा कलेज खोलेको केही वर्षभित्रै थप कलेज स्थापना गरेका छन् र अझै थप्न पनि तयार छन्। यो परिप्रेक्ष्यमा घाटा खाएर उनीहरुको यस्तो हैसियत बनेको हो भन्ने कसरी पत्याउने?
सतहमा शुल्क र सिट संख्या देखिए पनि माथेमा प्रतिवेदनमा कलेज सञ्चालकका टाउको दुखाउने विषय थुपै्र छन्। कलेजका सञ्चालकलाई भारतीय विद्यार्थी प्रवेश परीक्षा लिने कुरा मान्य छैन। उनीहरूलाई मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने सर्त स्वीकार्य छैन! एकीकृत प्रवेश परीक्षा (सिंगल इन्ट्रान्स इक्जाम) र परीक्षा प्रणालीमा सुधारले सर्टिफिकेटको व्यापार बन्द गर्नेछ भन्ने सञ्चालकहरूले राम्ररी बुझेका छन्। त्यसैले त उनीहरू माथेमा प्रतिवेदनलाई एकै धक्कामा सिध्याउन चाहन्छन्। वर्षमा करोडाँै आम्दानी घट्ने र दलालीको बाटो सुक्ने भएपछि प्रतिवेदन तुहाउने उनीहरूको प्रयासलाई जायज ठान्नेको जमात पनि ठूलै हुन सक्छ। माथेमा प्रतिवेदनमा चिकित्सा शिक्षामा व्याप्त विकृतिको सुधारका एकमुष्ठ सूत्र छन्। यो प्रतिवेदनको सही अर्थमा कार्यान्वयन गरी सोअनुसारका संरचना बनिसकेको अवस्थामा नेपालमा उत्पादन हुने चिकित्सकसँग सेवा लिन अहिलेजस्तो डराउनुनपर्ने अवस्थाको अन्त्य हुनेमात्रै होइन, चिकित्सा शिक्षामा व्याप्त माफियातन्त्रको समेत अन्त्य हुन्छ।
निश्चय पनि राज्यले खुला बजार अर्थतन्त्रको नीतिलाई अंगिकार गरको छ। तर, खुलाबजारको सबैभन्दा ठूलो वकालतकर्ता अमेरिकाले पनि स्वास्थ्य र शिक्षामा व्यापारीलाई छाडा छोडेको छैन। नेपालमा छाडातन्त्र हुनाले नाफामात्रै खोज्ने सोच भएकाहरूले लोभी र बेइमान नियामकलाई प्रभावमा पारेर विकृति निम्त्याएका छन्। माथेमा प्रतिवेदन कार्यान्वयन भएन भने फेरि पनि छोटो समयमा कमाउन चाहने व्यापारी यो क्षेत्रमा आकर्षित भइरहनेछन् र मेडिकल शिक्षाले कहिल्यै स्तरीय र विश्वसनीय आधार पाउने छैन।
यस्तो अवस्थामा करको प्रलोभन र कसैको लगानी डुब्छ भन्ने तर्कका भरमा सुधार प्रयास रोकियो भने वषर्ौंसम्म विपन्न विद्यार्थी डाक्टर बन्ने र आमनेपालीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सम्भावना रहने छैन। यतिबेला प्रश्न उठ्छ, ज्यान ठूलो कि लगानी? लगानीको सुरक्षा राज्यको दायित्व हो भने कलेजहरूलाई क्षतिपूर्ति दिँदा पनि फरक नपर्ला, तर माथेमा प्रतिवेदन कार्यान्वनको विकल्प छैन। राज्यले जनताप्रतिको दायित्व देखाउने बेला हो यो। संविधानमा स्वास्थ्यको हकको सुनिश्चितता गर्ने तर चिकित्सा सेवामा माफियाकरण गर्न छुट दिएर राज्यको दायित्व कसरी पूरा होला?
अहिले पनि सरकारमा भएका केही व्यक्तिले माथेमा प्रतिवेदनलाई डा. केसीको दबाब र लहडको उपजमात्रै ठानेको देखिएको छ। कतिपयले माथेमा, डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की, डा. रमेशकान्त अधिकारी र डा. भगवान कोइरालाको प्रतिष्ठासँग जोडेर राम्रै सुझाव त दिएका होलान् नि भन्दै कार्यान्वयन गर्नुपर्छ भनेको सुनिन्छ। यो प्रतिवेदनलाई माथेमालगायतका व्यक्तिको प्रतिष्ठा र डा. केसीको दबाबभन्दा पर राखेर बुझ्ने कोसिस गर्नुपर्छ। अधिकांश नेता उपचारका लागि विदेश धाउँछन् नभए पनि तिनले नेपालका नामी डाक्टरबाट लाइन नबसी सेवा पाउँछन्। सिफारिस गरिएका औषधि र परीक्षणको जवाफ पनि चिकित्सकबाट पाउँछन्। त्यसैले तिनमा चिकित्सा सेवा र शिक्षा सुधार गर्नुपर्छ भन्ने बोध नै छैन। तिनीहरू ५० लाखमा एमबीबीएस र सवा करोडमा पोस्ट ग्य्राजुएट गरेका, मुस्किलले उच्च शिक्षामा ५० प्रतिशत ल्याएर प्रवेशदेखि फाइनल परीक्षासम्म पासको ग्यारेन्टी गर्नेगरी पैसा बुझाएका चिकित्सकको फेला पदर्ैैनन् तबसम्म सुधारको आवश्यकता बोध हुँदैन।
अहिले माथेमा प्रतिवेदनमार्फत् देश बनाउँछु भनेर लाग्नेहरूको नियत जाँच गर्ने समय आएको छ। फेरि पनि प्रश्न अनशनमै पुगेर अड्किएको छ। डा. केसीले अनशन गरिरहने विद्यार्थीका साथै चिकित्सकहरू आन्दोलनमा उत्रिरहने अनि पुनः सरकार सम्झौताको बाटो खोज्ने शृंखला अब दोहोरिनु हुन्न। यसरी मेडिकल शिक्षामा सुधार पनि आउँदैन। सरकारले जबसम्म माथेमा प्रतिवेदनलाई डा. केसीको अनशनले उत्पन्न गरेको समस्याको व्यवस्थापनका रूपमा बुझ्छ, त्यतिबेलासम्म यो प्रतिवेदन सही अर्थमा कार्यान्वयन हुनै सक्दैन।