नोबेल शान्ति पुरस्कारका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम सिफारिस एउटा नामी प्रहसन हो जसका प्रोड्युसर र डाइरेक्टर प्रधानमन्त्री माधवकुमार नेपाल हुन्। मुख्य सहायक निर्देशकचाहिँ सुजाता कोइराला हुनुपर्छ।
नेपालको शान्ति प्रक्रिया र संविधानसभा गम्भीर संकटमा छन्। यस्तो अवस्थामा नेपालबाट कसैको पनि नाम शान्ति पुरस्कारका लागि सिफारिस हुनु शान्तिप्रतिकै गम्भीर व्यंग्य हो। गिरिजाप्रसादले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेले। यो सत्य हो। तर, राजनीतिका बक्ररेखा बुझ्नेहरूलाई थाहा छ, यस संकटमा उनकै 'पोलिटिकल म्याथम्याटिक्स'ले काम गरिरहेको छ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन माधव नेपाल, वामदेव गौतम, प्रकाश, कृष्णप्रसाद सिटौलाको भगीरथ प्रयास र युद्धबाट आजित स्वयं माओवादीले भूमिका खेले। यी सबको प्रयासमा गिरिजाप्रसादले लोकतन्त्र र शान्तिको छेस्किनी खोले। विडम्बना, गिरिजाप्रसाद त भित्र छिरे र लोकतन्त्र र शान्ति निकाला भए। (विचरा शान्ति र लोकतन्त्र पनि गिरिजाप्रसाददेखि कति दिक्क होलान्!)
हो, गिरिजाप्रसादले पद्धति परिवर्तनमा योगदान गरे। कुनै बृला तुल्सि गिरीलाई माथ लगाउने खालका जण्ड पञ्च बन्नबाट उनी मुस्किलले जोगिएका थिए। त्यसलाई बिर्सने हो भने ०७, ०४६ र ०६३ सालको परिवर्तनमा उनको योगदान अनिन्द्य छ। आफूलाई जण्ड प्रजातन्त्रवादी भन्ने कतिपयले ज्ञानेन्द्रको असोज १८ कदमलाई जयजयकार गर्दा त्यसविरुद्ध उनले अविराम आन्दोलन हाँकिरहे। प्रधानमन्त्रीमा आफ्नो पुनःस्थापनापछि विदूषक शैलीमा शेरबहादुर देउवाले प्रतिगमन सच्चिएको घोषणा गरे। एमाले त्यसलाई आधा सच्चिएको भनेर शासनको आसनमा विराजमान भयो। कोइराला टसमस भएनन्। उनको यही दृढता आन्दोलनको बीउ बन्यो जसमा राजाको चोट पाएका संसद्वादी र जंगलका माओवादीको पनि शक्ति थपियो र आन्दोलन सफल भयो। असम्भव भनिएको संसद् पुनःबहाली र लोकतन्त्र पुनःस्थापना गराउन गिरिजाप्रसाद कोइराला सफल भए। उनकै सरकारसँग माओवादीले बृहत शान्ति सम्झौता गर्यो र जनयुद्धको विधिवत् अन्त्य गर्न राजी भयो। बस, गिरिजाप्रसाद कोइरालाको अग्रगामी भूमिका सिनेमामा अल्पनायकको जस्तै यहीँ सकिन्छ र लोकतन्त्रविरोधी यात्रा सुरु हुन्छ।
नेपालको राजनीति कोइरालाको ग्राण्ड डिजाइनमा चलिरहेको छ। जनताले कांग्रेसलाई माओवादीभन्दा निकै पुड्को बनाइदिएको चोटको प्रतिशोध उनी देशसँग लिइरहेका छन्। अन्तरिम संविधानमा समानुपातिक सहभागिताका आधारमा सहमतीय सरकारको व्यवस्था थियो। त्यसको उद्देश्य सहमतिमा उन्नत, समतामूलक संघीय लोकतान्त्रिक नयाँ संविधान निर्माण गर्नु हो। उनकै हठका कारण त्यो बहुमतीय बन्न पुग्यो। अहिलेको सारा तनावको जड अन्तरिम संविधानको त्यही संशोधन हो। उनकै डिजाइनअनुसार रुक्मांगद कटवाल, तोरणबहादुर सिंहको बढुवा, आठ जर्नेलको म्याद थप, कटवालमाथि कारबाही फिर्तालगायत प्रतिगामी निर्णय भए। बहृत शान्ति सम्झौताविपरीत कटवालले सैनिक भर्ना प्रक्रिया अघि बढाए। नेपाल सरकारको आदेशबिना उनले आठ जर्नेलको म्याद थपे। ठूला दुई वामपन्थी माओवादी र एमाले शत्रु हुन पुगे।
नेपालको शान्ति मानव बस्ती र निर्जन टापुको बीचमा छ। दलहरूको अकर्मण्यताका कारण त्यो निर्जन टापुतिरै फर्कने ताकमा छ। शान्ति स्थापनाको एउटा कडी लडाकु समायोजन सरकार, सेना र माओवादीकै कारण असम्भव भइरहेको छ। मुख्य दलका मुख्य नेताकै ध्याउन्ना संविधान लेखनमा भन्दा सत्ताको छिनाझपटीमा केन्द्रित छ। आफ्नै असीम प्रयासले बनेको संविधानसभामा ती बिरलै पुग्छन्। शासकीय स्वरूप र संघीयतासम्बन्धी दलहरूबीच ठूलै असहमति छ। संविधानसभाका तीन समितिले मस्यौदासमेत बुझाएका छैनन्। आठ पटक संविधानसभाको कार्यतालिका फेरिइसकेको छ। संविधानसभामा सबैभन्दा ठूलो दल माओवादी सत्ता र संविधान निर्माणको नेतृत्वबाट धकेलिएको छ।
कटवाल प्रकरणमा राष्ट्रपतिको हस्तक्षेपविरुद्ध नागरिक सर्वोच्चताका नाममा विगत सात महिनादेखि माओवादी आन्दोलनरत छ। साझा संकल्प प्रस्तावमा राष्ट्रपतिबाट गल्ती भएको आभासमात्र हुने भाषा प्रयोग गरिए माओवादी आन्दोलन रोक्न तयार छ। सहमतिको सबैभन्दा बढी दुहाइ दिने कांग्रेसकै हठका कारण त्यो सम्भव भएन। एक महिनाभित्र यो मुद्दा किनारा नलागे माओवादी अनिश्चिकालीन आम हड्ताल गर्ने योजनामा छ। त्यसले जनतालाई मात्र दुःख दिने छैन, संविधान लेखनलाई समेत असर पार्नेछ। तोकिएको मितिमा संविधान जारी भएन भने शान्ति प्रक्रिया के होला भन्ने अन्योल छ।
शान्तिवाटिकामा कोइरालाले यसरी अशान्तिको बीउ रोपे। माओवादीले त्यही बिरुवा हुर्काएका हुन्। आज शान्ति विस्थापित हुने स्थितिमा छ। यस्तो बेला उनकै नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस हुनु महान् हास्य हो। कसो सरकारले शान्ति स्थापनामा कोइरालाको मूल्यांकन गौतम बुद्धको भन्दा बढी गरेन!
chanky.shrestha@gmail.com