विद्युत् प्राधिकरणको सुधार
३२ साउन २०७२
•
५ मिनेट पाठ
विद्युत् प्राधिकरणको सुधार
नेपाल विद्युत् प्राधिकरणको घाटा २७ अर्ब पुगेको छ। दैनिक लोडसेडिङ १२ घन्टाबाट घटेर १० घन्टा हुनुलाई प्राधिकरणका कार्यकारी निर्देशक प्रगति ठान्छन्। भारतबाट किनेको भन्दा बढी बिजुली खेर जान्छ। काम नगरे पनि बिगारे पनि कर्मचारीको सुविधामा फरक पर्दैन।त्यस्तो संस्थानमा बर्सेनि घाटा थपिनु स्वाभाविकै हो। आम्दानीभन्दा वर्षको ५ अर्बसम्म बढी खर्च गर्ने सरकारी स्वामित्वको प्राधिकरणलाई 'सेतो हात्ती' सरह पाल्न नेपाली जनता अभिशप्त छन्। कारण बिजुली उत्पादनमा निजी क्षेत्रको सहभागिता भए पनि वितरण र प्रसारणमा विद्युत् प्राधिकरणकै एकाधिकार जो छ। त्यसमाथि करिब ३० लाख ग्राहक छन्। वितरणमा एकाधिकार भएकाले निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले किन्नैपर्छ। प्राधिकरणलाई बिजुली बेच्ने गरी उत्पादन गर्न १६० आयोजनाका प्रवर्धकले सम्झौता गरेका छन्। प्राधिकरणकै प्रकाशनअनुसार आन्तरिक र बाह्य गरी ९४ अर्ब त रिन छ भने सम्पत्ति ८४ अर्ब रुपियाँमात्र छ। यिनै कारणले नेपाल विद्युत् प्राधिकरण बन्द गर्ने कल्पना पनि गर्न सकिँदैन।

लगभग विकल्पहीन अवस्थामा भएकाले नै नेपाल विद्युत् प्राधिकरणको सुधार प्रयासले कहिल्यै सफलता पाउन नसकेको हो। प्राधिकरणको व्यवस्थापन र राजनीतिक नेतृत्व, जलमाफिया सबै यो सार्वजनिक निकायलाई यही अवस्थामा राखिछाड्न चाहन्छन्। प्राधिकरणको अवस्थामा सुधार भए यसले नयाँ गति लिने र व्यवस्थापनमा सुधार भएमा यसलाई दोहन गरिरहन नपाइने डरले नै विभिन्न स्वार्थी समूहले यसको सुधारमा भाँजो हाल्ने गरेको हुनुपर्छ। प्राधिकरणलाई दोहन गर्ने गिरोहको माखोसाङ्लो तोड्ने गम्भीर प्रयत्न भने कहिल्यै गरिएन। सुधारका लागि दिइएका सुझाव कार्यान्वयन गर्न कहिले कर्मचारीले र कहिले राजनीतिक नेतृत्वले असहयोग गर्यो । कर्मचारी संगठनहरूसमेत बेलाबखत जलमाफियाको स्वार्थअनुरूप सञ्चालित भए। यसैले जलस्रोतका आधारमा संसारकै धनीमध्येको मानिएको मुलुकमा दैनिक सरकार १२ घन्टा बिजुली कटौती हुने अवस्थालाई पनि सहजतापूर्वक स्वीकार गर्नुपरेको छ।

परन्तु, यस्तो स्थिति कायम रह्यो भने जनताले सास्ती त सही रहनु नै पर्छ प्राधिकरणसमेत कुनै पनि बेला थला पर्न सक्छ। यसैले तत्कालै गम्भीररूपमा नेपाल विद्युत् प्राधिकरणको सुधारको प्रयत्न अगाडि बढाउनु आवश्यक छ। तत्कालका लागि चुहावट र भ्रष्टाचार तथा चोरी नियन्त्रण गर्न सरकारले प्राधिकरणलाई निर्देशन र सहयोग दिनुपर्छ। चोरी र चुहावटबाट करिब एक चौथाइ बिजुलीको क्षति हुनेगरेको छ। त्यसलाई आधामात्र घटाउन सके पनि एउटा ठूलै आयोजना निर्माण गरेजत्तिकै फाइदा हुनेछ। व्यवस्थापनको इच्छाशक्ति र सरकारी सहयोग भएमा चोरी र चुहावट नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण केही वर्ष पहिले एक जना जलस्रोत मन्त्रीले देखाइसकेका छन्। यसैगरी प्राधिकरणको सम्पत्तिको सदुपयोग गरेर पनि केही आम्दानी बढाउन सकिन्छ। वितरण र प्रसारणलाई छुट्याउँदा प्रभावकारिता बढ्नसक्छ भने अनावश्यक कर्मचारी समायोजन पनि हुनसक्छ। यस्ता तत्कालीन र सजिलै गर्न सकिने उपाय अपनाएमा पनि दीर्घकालीन सुधारको ढोका खुल्छ। यसैले नेपाल विद्युत् प्राधिकरणको सुधार र सुदृढीकरणलाई सरकारले उच्च प्राथमिकता दिनु बुद्धिमानी हुनेछ।
अर्को समाचार
पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउण्टर बन्द
०१ पौष २०७८
•
१ मिनेट पाठ
पुस ५ गतेसम्म प्राधिकरणको महसुल काउण्टर बन्द
नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ।

विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ। आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ।

सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महुसुुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ। नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ। रासस 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस