लामो राजनीतिक संघर्ष र द्वन्द्वपश्चात हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको संघारमा छाँै। यहीबीचमा महाभूकम्पले भौतिक, आर्थिक तथा सामाजिक जीवनलाई समेत तहसनहस पारिदिएको छ। तर यो बीचमा नयाँ सम्भावना पनि उजागर भएका छन्। लामो राजनीतिक टकराव र महाभूकम्पले हाम्रो चेतनामाथि व्यापक हस्तक्षेप गरेको छ।परिणाम, हामीले नयाँखाले बहस थालेका छौँ। बहसको केन्द्रमा छ– पुनर्निर्माण र नवनिर्माण। विभिन्न दलका शीर्ष नेता र योजनाविद्हरुले पुनर्निर्माण तथा नवनिर्माणका नयाँनयाँँ मोडल अगाडि सारेका छन्। तर कुरामा धेरै नवीनता देख्न सकिएको छैन। खतरा यो छ कि कतै हामी पुरानै कुरालाई दोहोर्याडइरहेका त छैनौं? संविधानमार्फत शान्ति, स्थायित्व र समृद्धिमा फड्को मार्न लागेको अवस्थामा पुनर्निर्माण र नवनिर्माणको सैद्धान्तिक आधार के हो? के यसलाई समग्र राष्ट्र निर्माणकै प्रक्रियामा जोडेर लैजान सकिँदैन? हरेक कुरालाई विवादमा तानेर देशलाई 'ट्रायल एन्ड एरर' मा राख्नु जोखिमपूर्ण हुनसक्ने भएकाले सबैजना सचेत भई यसको सैद्धान्तिक आधार खोज्नु अनिवार्य छ।
राजनीतिक शास्त्रमा राज्य निर्माण (नेसन बिल्डिङ) भनेको राष्ट्रिय पहिचानको निर्माण हो भने राष्ट्र निर्माण (स्टेट बिल्डिङ) भनेको राज्यको संस्थागत पुनर्सरचना र विकास हो। यसरी हेर्दा एउटा पहिचान हो भने अर्को पहिचानलाई उठाउने सामर्थ्य हो। राष्ट्र निर्माणका २ वटा तरिका छन्। एउटा यसको उत्पत्ति तथा विकासका सम्बन्धमा मान्दै आएको इतिहासको मौलिक बाटो। अर्को अन्तर्राष्ट्रिय साझेदारी तथा सहयोगको बाटो हो। नेपालको सन्दर्भमा अहिले हामी भने दोबाटोमा उभिएका छाँै। हामीले हाम्रै इतिहास पनि निर्माण गर्नु छ। छिमेकसंँग पनि स्वाभिमानसाथ उभिनु छ। तर यतिले मात्र पुग्दैन। हामीले नयाँ र तेस्रो बाटो पनि समात्नुपर्छ। आजको सन्दर्भमा मौलिक योजना तथा अन्तर्राष्ट्रिय सहयोगमार्फत राष्ट्रिय एकता र समृद्धिको बाटो नै हो। देशमा गणतन्त्र बहाली भएपश्चात उठेका जातीयता तथा क्षेेत्रीयतामा आधारित संघीयताको बहसहरुलाई हेर्दा अनेकताभित्रको एकतालाई मजबुद बनाउँदै राष्ट्रिय अखण्डता कायम गर्नु अर्को चुनौती देखिन्छ। यो कमजोरी सुधार्दै राष्ट्र निर्माण गर्न पुनर्निर्माण तथा नवनिर्माणको पनि पुनर्परिभाषा गरिनुपर्छ।
यो परिवेशमा पुनर्निर्माण भन्ने शब्दले मात्र अहिलेको समस्यालाई सही तरिकाले सम्बोधन गर्न सक्दैन। किनभने १० वर्ष खर्च गरी जस्ताको तस्तै बनाउने भनेको हामी १० वर्ष लगाएर अहिलेकै ठाउँमा पुग्नेे नै हो। त्यसैले अहिलेको पहिलो आवश्यकता पुनर्संरचना हो। पुनर्निर्माण होइन। यसमा भौतिक, सामाजिक, आर्थिक तथा वातावरणीय हरेक पक्षमा पुनर्संरचना जरुरी छ। यसले हामी २० वर्षमा कहाँ पुग्ने भन्ने दूरदृष्टि, गन्तव्य तथा भिजन निर्धारण गर्छ। त्यतिबेलाको भौतिक संरचना, यातायात तथा सञ्चार, व्यापार तथा व्यवसाय, कूटनीति, बसाइसराइ तथा खुला आवतजावत जस्ता महत्वपूर्ण पक्षहरुको आंकलन गर्न सक्नुपर्छ। समस्याको सही पहिचान नगरी विगतमा झैँ हतारमा काम गर्दा एक कदम अगाडि दुई कदम पछाडिको यात्रा हुने भएकाले यसतर्फ सम्पूर्ण राज्यको ध्यान जानु जरुरी छ। अनिमात्र पुनर्निर्माण सम्भव र सार्थक हुन्छ।
विशेषगरी प्राकृतिक प्रकोपपश्चात संकटकाल, संक्रमणकाल र पुनर्निमाणकाल गरी तीन चरण हुन्छ। अहिले उद्धार, राहत र संक्रमणकालीन आवासको पहिलो चरण समाप्त भइसकेको अवस्था छ। रिलिफ र रिकभरीबीचको ग्याप (ट्रान्जिसन) लामो भए त्यसले अर्कै समस्या निम्त्याउने भएकाले चाँडोभन्दा चाँडो प्रभावकारी संयन्त्र निर्माण गरी युद्धस्तरमा काम गर्नुपर्छ। हाम्रो देशको सन्दर्भमा अधिकांश भग्नावशेषमा ढुंगा, माटो जडानको संरचना भएकाले स्थानीय स्तरमै व्यवस्थापन गर्न सकिन्छ। संकटकालीन अवस्थामै भवनहरुको सुरक्षा जाँच गरी स्टिकर प्रदान गर्ने व्यवस्था हुनुपर्छ। महिला, बालबालिका तथा वृद्धहरुको सुरक्षा तथा मानव अधिकारको रक्षा पनि पहिलो संकटकालीन तथा संक्रमणकालीन चुनौती हो। साथै अपांगतामैत्री वातावरण निर्माण पनि प्राकृतिक प्रकोपपछिको महत्वपूर्ण पक्ष हो।
महाभूकम्पपछि विशेषगरी संकटकाल, संक्रमणकाल र पुनर्निर्माणकाल गरी तीनवटा चरण हुन्छन्। अहिले उद्धार, राहत र अस्थायी बासस्थानको पहिलो चरण समाप्त भइसकेको छ। अव पुनर्संरचना, पुनर्निर्माण र पुनर्स्थापनाको अर्को चरणमा प्रवेश गर्नुपर्छ। सामान्यतया हामी पुनर्संचरना भन्नाले विभिन्न संघ/संस्था तथा कर्मचारीको पुनर्संयोजन, पुनर्निर्माण भन्नाले भौतिक सम्पदाको पुनर्स्थापना र पुनर्स्थापना भन्नाले मानवीय स्वास्थ्यको पुनर्ताजगीको कुरा बुझ्छौं। कसैकसैले यिनीहरुलाई पर्यायवाची शब्दका रूपमा पनि प्रयोग गरेको पाइन्छ। यस्तो धारणा परिवर्तन गरी समयसापेक्ष पुनर्परिभाषित गरी तीन चरणमा कार्यान्वयन गर्नु उपयुक्त हुन्छ :
पुनर्संरचना
अहिले राज्यको सम्पूर्ण ध्यान राज्यको पुनर्संरचनामै केन्द्रित भए तापनि मुख्य एजेन्डा प्रदेशको संख्या र साँध सिमानामै अल्झेको छ। साथै शासकीय स्वरूपमा पनि यथेष्ठ बहस भइरहेको भए पनि सामाजिक तथा आर्थिक क्षेत्रको पुनर्संरचनातर्फ भने त्यति ध्यान दिएको देखिँदैन। खासगरी पुनर्संरचना भन्नाले अहिलेको भन्दा नयाँखाले प्रभावकारी संरचना हो। पुनर्संरचना गर्दा देशले अवलम्बन गर्न लागेको राजनीतिक तथा आर्थिक व्यवस्था र हालसालैका विज्ञान तथा प्रविधिको प्रयोग जस्ता पक्षलाई केन्दबिन्दुमा राख्नुपर्ने हुन्छ। सामान्यतया देहायबमोजिम ५ प्रकारका पुनर्संरचना गर्न सकिन्छ :
• राज्यको पुनर्संंरचना : यसमा राज्यलाई द्रुतगतिमा विकास गर्न र सम्पूर्ण जनतालाई राज्यको पहँुचमा पुर्यााउन भूगोल, पहिचान तथा सामर्थ्यका आधारमा पुनर्संरचना गर्नुपर्ने हुन्छ।
• भौतिक संरचनाको पुनर्संरचना : भ्ाौतिक पूर्वाधारको पुनर्संरचनामा खासगरी पानी, विजुली, यातायात र सञ्चार जस्ता सार्वजनिक क्षेत्रको पुनर्संरचना पर्छन् जसमा भविष्यको आवश्यकतालाई सम्बोधन गर्नसक्ने सञ्जालहरु निर्माण गर्नुपर्ने हुन्छ।
• कृषि,उद्योग तथा व्यावसायिक पुनर्संरचना : यो भनेको समग्र आर्थिक क्षेत्रको पुनर्संरचना गर्नु हो। यसमा भविष्यमा हुन सक्ने चुनौती तथा अवसरलाई सम्बोधन गर्दै परम्परागत गुजारामुखी व्यवसायबाट व्यावसायिक ढाँचामा अवतरण गर्न सक्ने पुनर्संरचना आवश्यक हुन्छ।
• सामाजिक तथा आर्थिक पुनर्संरचना : यसमा सामाजको विद्यमान प्रारूपमा नकारात्मक असर नपर्ने गरी देश सुहाउँदो र दिगो आर्थिक सामाजिक प्रणाली विकास गर्ने कुरा पर्छ।
• संस्थागत पुनसंरचना : यसमा राज्यका माथिदेखि तलसम्मका विभिन्न निकायमा थपघट तथा राजनीतिक र कर्मचारी संयन्त्रमा फेरबदलका कुरा आउँछन्।
पुनर्निर्माण
सामान्यतया भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिपछि भत्किएका बस्ती तथा टोलको फेरि निर्माण गर्नुलाई पुनर्निर्माण भनिन्छ। यसमा एउटा त त्यही ठाउँमा बस्ती निर्माण गरिन्छ भने केही ठाउँमा बस्ती स्थानान्तरण पनि गरिन्छ। पुनर्निमाणको सन्दर्भमा भौतिक पूर्वाधार निर्माण तथा त्यसको आर्थिक, सामाजिक तथा वातावरणीय अन्तरसम्बन्धलाई सम्बोधन गर्न सक्नुपर्छ। पुनर्निर्माणका मर्मतसंहार, सुधार, पुनसंयोजन, पुनः नवीकरण, जस्ताको तस्तै निर्माण जस्ता चरण हुन्छन्।
नवनिर्माण
त्यही ठाउँ तथा अन्य स्थानमा बस्ती स्थानान्तरण गरी नयाँखाले संरचना निर्माण गरिने कार्य नै नवनिर्माण हो। नवनिर्माण पुनर्निर्माणभन्दा एक स्टेप अगाडि जान्छ। यसमा भविष्यको दूरदृष्टि लगाई सयौँ वर्षपछाडिसम्म काम लाग्ने तथा त्यसलाई स्तरोन्नति गर्न सकिने, पुनप्रयोग गर्न सकिने तथा सजिलै हटाउन सकिने किसिमका प्रविधि प्रयोग गरिन्छ।
पुनर्स्थापना
सामान्यतया पुनर्स्थापनाअन्तर्गत सामाजिक, आर्थिक, वातावरणीयलगायत विविध पुनर्स्थापनाका कार्यक्रम समेट्नुपर्छ जसको सफल कार्यान्वयनले देशलाई दिगो शान्ति तथा समृद्धितर्फ लैजान सकिन्छ। यसअन्तर्गत भूउपयोग परिवर्तन तथा भौतिक पुनर्स्थापना, पुनर्वास तथा सामाजिक पुनर्स्थापना, व्यावसायिक तथा आर्थिक पुनर्स्थापना, वातावरणीय पुनर्स्थापना, शारीरिक पुनर्स्थापना, मनोसामाजिक पुनर्स्थापना जस्ता पक्ष पर्छन्।