टीकापुर हत्याले देशभित्र र बाहिरका धेरै नेपालीलाई दुःखी बनाएको छ। एक बालकको अनाहकमा ज्यान गएको छ, राष्ट्रसेवक प्रहरीको भालाले घोचेर र जिउँदै आगो लगाएर हत्या भएको छ।उक्त घटनामा प्रत्यक्ष वा परोक्षरूपमा संलग्नहरूमाथि उचित खोज–अनुसन्धान गरी कारबाही हुनु त परै जाओस् उनीहरूलाई टेलिभिजनमा चर्को स्वरमा जे मन लाग्यो त्यही बोल्न छुट दिइएको छ। यस घटनाको निःसर्त विरोध गर्नुको सट्टा कतिपय राजनितिक शक्ति त्यही राप र तापमा आफ्नो रोटी सेक्ने कसरतमा छन्। यस्तो कार्य र प्रवृत्तिले कालान्तरमा मुलुक रुवान्डा बन्न सक्नेतफ जिम्मेवार राजनीतिक शक्ति र प्रवुद्ध लेखक–विश्लेषकको ध्यान नजानु दुर्भाग्यपूर्ण छ।
यही सारको स्ट्याटस मैले आफ्नो फेसबुकमा लेख्दा कतिपय साथीले असन्तुष्टि व्यक्त गरे। मैले पीडितका विरुद्धमा र उच्च जातीयहरूको पक्षपोषण गरेको आरोप लगाइयो। मलाई लाग्छ यो गलत बुझाइ नेपालको हिंसात्मक राजनीतिको ऐतिहासिक उपज हो। जातीय राजनीतिको बुइ चढेर छिटो सत्ता हासिल गर्ने उपायको खोजी हो यो। हिंसालाई आममानिसले स्वाभाविक राजनीति वा उत्पीडित जनताको उचित प्रतिक्रिया ठानेको अवस्था हो (जुन सबैका लागि अत्यन्तै खतरानक छ)।
हिंसाले केही नेता–कार्यकर्तालाई फाइदा गर्ला, उनीहरूलाई एक्कासी ...लाइमलाइट'मा पुर्या उला, तर समग्रमा उत्पीडित जनको हकअधिकार प्राप्त गर्नका निम्ति उपयोगी हुँदैन। कैलाली घटनाको उदाहरण लिने हो भने पनि यो प्रष्ट हुन्छ। अहिले त्यहाँ कतिपय निर्दोष, सोझासीधा थारू दाजुभाइ–दिदीबहिनीले त्रासमा बाँच्नुपर्ने अवस्था सृजना भएको छ। शदियौँदेखि मिलेर बस्दै आएका छरछिमेकसँगसमेत सशंकित हुनुपर्ने अवस्था आएको छ! कतिखेर मारकाट मच्चिने हो थाहा छैन। दैनिक ज्याला–मजदुरी गरी खानुपर्नेलाई कति सकस भएको होला? सुनिन्छ कति घर जलाइए, कति थारू कुटिए। चितवनमा मेरा एकजना मितेरी साइनो पर्ने थारू परिवार भन्दै थिए, कतिखेर के हुन्छ थाहै छैन। आफ्नो जातिको नामबाट गरिएको राजनीतिबारे तिनलाई खासै थाहा र चासो पनि छैन। उनीहरूको दैनिक जीवनमा भने धेरै चिन्ता थपिएको छ। यसबाट थारू जति आमानवीय र असभ्य मान्छे हुन्, तिनलाई दबाएरै राख्नुपर्छ भन्नेहरूको मनोबल उकासिएको छैन र? शदियौँसम्म हेपिएका, कमलरी र हलिया बनाएर पुस्ताँैसम्म दासताको सिकार बनाइएका थारू समुदायको स्वाभाविक मुद्दामा रगत मिसाएर दुयिात तुल्याइएन र?
कैलाली हिंसाले थरूहटको मुद्दालाई ओझेल पारेको छ। अब राज्यले यो माग पूरा गर्न अझ बढी आनाकानी पनि गर्नेछ। माग मानिदिँदा राज्य हिंसाको अगाडि घुँडा टेकेको देखिनेछ। यो नजिरले मगरात, तमुवान, लिम्बुवानलगायत अन्य जातीय र क्षत्रीय शक्तिलाई हिंसा नै राज्यलाई मनाउने उत्तम उपाय रहेछ भन्ने सन्देश जानेछ। कैलाली घटनापछि थारू आन्दोलनकारीलाई सरकारले वार्तामा बोलायो रे भन्ने खबर आउँदा कतिपय दलित साथीले फेसबूकमा लेखे– हाम्रो शान्तिपूर्ण अभियानलाई पूरै बेवास्ता गर्ने राज्यलाई मनाउन त हामीले नि अब भाला, बन्चरो, खुकुरी लिएर निक्लनुपर्ने रहेछ।
समस्याको जड कुनै पनि उत्पीडित जाति–समुदाय नभएर मुख्य दल हुन्। प्रथमतः नेपाली कांग्रेस, नेकपा एमाले मुख्य दोषी छन्। २०४६ सालदेखिका आन्दोलनमा तिनले पाखा लगाएका समुदायलाई सचेत बनाए, आफ्नो हकअधिकारका निम्ति लड्न सिकाए। विभिन्न जातीय र क्षत्रीय भ्रातृ संगठन निर्माण गरे। अहिले आन्दोलित कतिपय जातीय संगठन एमालेनिकट एनजिओ (गैरसरकारी संस्था) हुन्। तर, जब पन्चायत र राजतन्त्रविरुद्ध उनीहरूको अभियान सफल भयो, आफूले गरेका बाचा बिर्सिए। कुशासन, भ्रष्टाचार मौलायो, नेताहरू स्वार्थी अभियानमा लागे। शक्तिको दुरुपयोग गर्ने, कमाउने अनि मोज गर्नेतिर आकर्षित भए। आफ्नालाई जसरी हुन्छ माथि पुर्यातउने तिनको ध्याउन्न हुन थाल्यो। नेपाली राजनीतिको मुख्य अघोषित सिद्धान्त यही हो। दलका प्रमुख नेताले राजा हटेपछि आफैलाई श्रीपेचबिनाको राजाको रूपमा स्थापित गराए।
हुँदाहुँदा ६०१ जना सभासद्समेत पंगु बनाइए। यसले गर्दा जनताले माग्ने र बडामहाराजजस्तै तीन–चार जना नेताको हुकुमले जे पनि प्राप्त हुने परिस्थिति निर्माण भयो। कुनै वैज्ञानिकतालाई आधार बनाइएन माग पूरा गर्दा। संघीयताजस्तो विषयमा डा. पिताम्बर शर्मा, डा. चैतन्य मिश्रजस्ता भूगोलविद्, मानव र समाजशास्त्रीको टिमले सीमांकनलगायतका विषयलाई टुंगोमा पुर्या उन पाएको भए विवाद कम हुने थियो। अहिले त हुँदाहुँदै सबैजना विज्ञझैँ तर्क गर्न थालिसकेका छन्, जुन सबैलाई मान्य हुनैसक्दैन।
जातीय मुद्दालाई उकास्न एनजिओ, आइएनजिओहरूले पनि ठूलै भूमिका खेले। वैदेशिक दातृ निकायले विभिन्न जातीय संगठनलाई प्रशस्तै आर्थिक सहयोग गरे, खासगरी युएनले सन् १९९२ लाई विश्व आदिबासी वर्षको रूपमा मानेपछि। म आफै पनि एक प्रमुख दातृ निकायमा केही वर्ष संलग्न रहेँ। तर, सहयोगका नाममा हिंसा भड्काउने, अशान्ति फैलाउने उद्देश्य राखिनु हुँदैन। दाताहरूले के हेक्का राखेनन् भने आदिबासी, जनजातिको अर्थ देशअनुसार बेग्लैबेग्लै हुन्छ। तिनको समाधान गर्ने तरिका पनि फरकफरक नै हुन्छ। अस्ट्रेलियाका ओरिजिनलहरू र नेपालका मगर एकै होइनन् र एकैखाले औषधिले रोग निको हुन्न भन्ने ख्याल नपुगेकै हो। यो कुरा अझै सार्वजानिक डिस्कोर्सको विषय बनेको छैन।
शदियौँसम्म उत्पीडनमा परेका केही प्रमुख जातिको मुक्तिको बढ्दो चाहनालाई जातीय राज्यको रूपमा उत्कर्षमा पुर्यासउने मुख्य काम भने माओवादीले गरे। र, त्यो उद्देश्य हिंसाको माध्यमबाट प्राप्त गर्नुपर्छ भनेर सिकाउने पनि तिनै हुन्। विभिन्न जातजातिलाई यसरी युद्धमा होम्ने कार्य रुस र चीनमा पनि भएकै हुन्। माओवादीले यो प्रक्रियाबाट आफ्नो रक्तरन्जित अभियानमा निकै चमत्कार गरेर पनि देखायो। राज्यसत्ताको स्वार्थी शैली र अकर्मण्यताले त्यो आगोमा घिउ थप्यो। माओवादी नियन्त्रण गर्ने नाममा गाउँगाउँमा सेना र प्रहरी पठाएर निर्दोष जनताको हत्या गर्ने सरकारले उल्टो माओवादीको एजेन्डालाई मलजल गर्योा। तिनको युद्ध फस्टायो। तर, सफल हुनचाहिँ सकेनन्। माओवादी एकदलीय कम्युनिस्ट सत्ता निर्माण गर्न सफल भएका भए कुनै पनि रुप र रंगको राजनीति सह्य हुने थिएन। थरूहट होस् या मधेसी वा लिम्बुवान, कुनैखाले प्रतिपक्षी राजनीतिलाई राज्यले बलपूर्वक नियन्त्रण गर्ने थियो। आज चीनमा उत्पीडित जनजाति कति छन् कति, तर उनीहरू चुइँक्क बोल्न सक्ने अवस्था छैन।
पहिला उपयोग गरिएका समुदायमा के सन्देश गयो भने माओवादीले समेत जातीय राज्यको निम्ति भनेर मर्न र मार्न लगाए, तर अहिले उत्पीडितको साथ छोडे। यसमा पनि जातीय गन्ध किन आयो भने युद्धको राप र तापले सत्ता र शक्तिको फाइदा लिने पूर्वक्रान्तिकारीबाट पनि धेरैजसो उच्च जातीय पहाडिया नै भए। जुनसुकै नियुक्तिहरूमा नेताका जाति, आफन्त, भाइभारदार र पैसावालको बर्चस्व रह्यो। व्यवस्था परिवर्तन भयो, तर जुन दल सत्तामा आए पनि एकैजातिको हालिमुहाली रह्यो ( क्रान्तिकारीको सरकारमा समेत)। तसर्थ, हिजो प्रचण्ड र बाबुरामका निम्ति ज्यान हत्केलामा लिएर हिँडेका कतिपय योद्धा अब आफ्नै जातीय अधिकारका लागि त्यही तरिकाले सक्रिय हुने निष्कर्षमा पुगे। मधेस आन्दोलन छुट्टै भनेर व्याख्या गरिए पनि त्यहाँ पनि समग्र देशको राजनीतिले प्रभाव पार्योन।
अब प्रमुख दलका शीर्ष नेतृत्वले परिस्थितिको यो गम्भीरतालाई मनन गर्नुपर्छ। फलानो समुदायलाई रौँजति नि दिन्न भन्नेजस्ता उत्तेजक अभिव्यक्ति दिने वा आफ्नै सत्ता स्वार्थमा केन्द्रित रहेर टि्वटर वा फेसबुकमा अनेक वक्तव्यबाजी गर्ने नेताहरूले आआफ्नो कमीकमजोरी महसुस गर्नुपर्यो । विगतमा भएका हिंसा र प्रतिहिंसाप्रति खेद जनाउनुपर्योग। र, जस्तोसुकै जातीय, क्षत्रीय हिंसालाई पनि राष्ट्रियमुक्तिका आन्दोलनसँग तुलना गर्नु भएन। फ्रान्सेली क्रान्ति अत्यन्तै रक्तरन्जित थियो, तर सधैँ हिंसाकै मार्गबाट अगाडि बढेको भए आज फ्रान्स यो स्थानमा पुग्थ्यो? यो अत्यन्तै विवेकसम्मत ढंगले अगाडि बढ्ने समय हो। नत्र नेपाल सुडानको हालतमा नपुग्ला भन्न सकिन्न।