मनोरचना, स्वभाव र शैलीका हिसाबले म कवि हुनुपर्ने हो। रुमानीपन र अराजकतामिश्रित विद्रोही कवि। तर, इतिहासको संयोग र नियमितताको योगले हुन पुगेँ म विद्रोही सेनाको प्रधानसेनापति र विद्रोही दलको अध्यक्ष। यो मेरो जीवनको दुरुह विरोधाभास हो। यही विरोधाभाससँग सम्झौता गर्दै जीवनको नाटकमा अनेक अभिनय गर्नु मेरो नियति बनेको छ।
म सिंगो राज्य जितेर आफ्नो रोजाइको राज्यव्यवस्था, अर्थनीति र संस्कृति निर्माण गर्ने महायात्रामा हिँडेको थिएँ तर बाह्र बुँदे समझदारीमा अवतरण गर्न पुगेँ। यो बाह्र बुँदे न माओवादीको राजीखुसीको रोजाइ थियो न त संसदवादीहरूको नै। यो आआफ्नो शक्तिको सीमाद्वारा निर्धारित अरुचिकर मिलन थियो। यो मिलन दुई पक्षको आपसी घृणा र वाध्यात्मक प्रेमको विचित्रको लगनगाँठो थियो। माओवादी जनयुद्ध न हार न जितको अक्करमा अड्किएको थियो। संसदवादी दलका ललाट आफ्ना इष्टदेवरूपी राजाका बुटको प्रहारले कुच्चिएका थिए। हामी दुई थरीको यो विवशता एक भएर राजतन्त्ररूपी साझा शत्रुलाई मिल्काउने मतोमा परिणत भयो। महान् गुरु कार्ल मार्क्स भन्थे - मानिस आफ्नो नियतिको निर्माता आफैँ हो, तर परिस्थितिले तोकिदिएका सीमाभित्रमात्र। के लाग्छ, परिस्थितिको कठोर सीमाले मलाई अपवित्र गठबन्धन भन्न मिल्ने बाह्र बुँदे समझदारीद्वारा निर्मित संहिताको चौघेराभित्र स्थित गराइदियो।
यतिखेर कुपमण्डुक दक्षिणपन्थीहरू बाह्र बुँदेतिर धारे हात लगाउँदै बृद्ध गिरिजाबाबुको सत्तोसराप गरिरहेका छन्। पश्चात्तापको भाकामा यी भन्दैछन् - गिरिजाले परचक्री माओवादीलाई शिरमा बोकेर आफ्नो छँदाखाँदाको दललाई धुलामा पछारे। माओवादीका बन्दुक नखोसी संविधानसभाको चुनावमा जानु महाभूल थियो भनेर पनि यी अलापविलाप गरिरहेका छन्। जीवनमरणको युद्धमा डटेका दुईथरी नेपालीलाई गिरिजाबाबुले अभिभावकीय दायित्व र स्नेहसाथ सहमति र सहकार्यको साझा चौतारीमा उभिन सघाएको महान् तथ्य यी रुन्चेहरु बुझ्दैनन्। सेना समायोजन-व्यवस्थापनको सर्त शक्ति सन्तुलनको वाध्यात्मक नतिजा थियो भन्ने कटु सत्य त यी रुन्चेहरू झनै बुझ्दैनन्। यी ती तत्वहरू हुन् जो गणतन्त्र र संघीयताले आफ्ना सनातनी अग्राधिकार हरण गर्लान् भन्ने भयले सदैव तिनका मुखर विरोधी रहिआएका छन्। रत्तिभर इतिहासबोध नभएका यी कुपमण्डुकका के कुरा गर्नु!
आदर्श सिद्धान्तका आवरण भिरेका तर दक्षिणपन्थमा गिरेका अनेकथरी तत्व इतिहासको रथलाई उल्टो दिशातिर मोड्न एकगठ भइरहेका छन्। जो प्रतिक्रियामात्र गर्छन्, ती प्रतिक्रियावादी हुन्। शक्तिखोर र नयाँ वानेश्वरका मेरा भाषणमाथि यिनले गरेका प्रतिक्रियामा यिनको वैचारिक र नैतिक टाटपल्टाइ कति प्रस्ट छ! शक्तिखोरमा मैले विद्रोहको भट्टीमा दीक्षित तातो रगत र उच्च आवेग भएका लडाकुलाई मनोवैज्ञानिक तरिकाले शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिक यात्रामा डोर्याउन कार्यनीतिक चातुर्ययुक्त उपचार गर्ने चेष्टा गरेको थिएँ। हामी हार्दै पो छौँ कि, हामी लक्ष्यबाट विचलित हुँदै पो छौँ कि, हाम्रो माओवादी नेतृत्व खाओवादी हुन लागेको पो हो कि भनी आशंकित र चिन्तित लडाकुको आशंका र चिन्ता हटाउन नाटकीय शब्दावलीमा केही भन्न म वाध्य भएको थिएँ। तर, प्रतिक्रियावादीले मेरो भाषणको टेप चोरेर, काटकुट गरेर, आफूलाई अनुकूल हुने अंश झिकेर, देशदेशावरमा बाँडेर हल्ला मच्चाए। म कल्पना गर्छुः दक्षिणपन्थीहरूले माओवादीविरुद्ध मनले र वचनले केमात्रै चिताएनन् होला र? नेतृत्वलाई पक्राउ गर्ने, लडाकु शिविरका हतियार कब्जामा लिने, उस्तै परे शिविरमाथि बमबाडी नै गर्ने.....। शक्तिखोरका के कुरा, त्यस्ता भाषण मैले अन्त पनि गरेको छु। प्रक्रियावादीलाई प्रतिक्रिया गर्नकै दुःख भए म ती भाषणका टेप टक्र्याउन सक्छु। टेप सुनून्, रोऊन्, कराऊन्, कोकोहोलो मच्चाऊन्!
नयाँ वानेश्वरमा मैले स्वदेशी नोकरका विदेशी प्रभुहरूलाई न अनुमोदन गरेको थिएँ, न त हस्तक्षेप गर्न आमन्त्रण नै गरेको थिएँ। मैले त तीसँग राष्ट्रिय स्वाधीनता र सम्प्रभुतासम्बन्धी पाँच एजेन्डामा वार्ता गर्ने कुरा पो गरेका थिएँ। तर दक्षिणपन्थका बहुरंगी पथिकले वार्ताका एजेन्डाको उल्लेखै नगरी ‘प्रचण्डले विदेशी प्रभुहरूका पाउमा घुँडा टेक्यो, हस्तक्षेपलाई निम्त्यायो' भन्ने आशयको हुइँया पिटे। माउ विषयलाई लुकाएर तपसिलको पुच्छर समात्दै हल्ला गर्नु पनि प्रतिक्रियावादकै एउटा संस्करण हो। र, यो झुर संस्करण हो।
‘माओवादी सच्चिएको छैन,' ‘माओवादी सत्ता कब्जा गर्ने दाउमै छ' -दक्षिणपन्थी जमातका दुईवटा प्रिय मन्त्र हुन् यी। तथ्य के हो भने माओवादी सत्ता कब्जाको निहुँ अघि सारेर दक्षिणपन्थीहरू आफैँ सत्ता कब्जाको तयारीमा लिप्त छन्। यिनलाई खाली भनेजस्तो निहुँको दुःख छ। माओवादीले सडकमा तोडफोड, हिंसा र विनाश लीला रचोस् र त्यही निहुँमा सत्ता कब्जा गरुँला भनेर यी भगवान्लाई पुकार्छन्। सडकमा लाखौँ मानिस जुट्छन्, तर यिनले हल्ला गर्न मिल्ने तहको उपध्रो हुँदैन। अनि यी तालु ठोक्छन् र सुस्केरा हाल्छन्। सडकमा बीस-पच्चीस हजार जनको राँके जुलुस निस्कन्छ। तैपनि चिताएजस्तो उत्पात केही हुँदैन। अनि यी फेरि तालु ठोक्छन् र फेरि सुस्केरा हाल्छन्। दीर्घकालीन संसद अवरोधलाई निहुँ बनाएर केही गर्न पाइएला कि भन्यो माओवादी बडो चतुर्याइँसाथ संसद खोलिदिन्छ। अनि यी फेरि पनि तालु ठोक्छन् र फेरि पनि सुस्केरा हाल्छन्।
माओवादी चिरा पर्दैछ, माओवादीमा प्रचण्डको पकड खुकुलिँदैछ - यी हुन् यिनका अरू दुई प्रिय मन्त्र। यिनको अव्यक्त इच्छा त चिरियोस् र खुकुलियोस् भन्ने नै हो। यो माओवादीको विनाशमा आफ्नो अस्तित्वको निरन्तरता देख्ने मिथ्या सपना हो। हो, माओवादी जिउँदो दल हो। जिउँदो दलमा निश्चितैरूपमा विचारको घर्षण हुन्छ। कहिलेकाहीँ टेबुल ठोकाठोक पनि हुनसक्छ। केही कामरेडहरू यदाकदा अलि चर्को क्रान्तिकारिताको अभिनय गर्न रुचाउँछन्। अनि तीसँग उचाइ मिलाउन मैले पनि केही चर्को बोल्नुपर्ने हुन्छ। आफ्नै बारेमा केही भन्दा मैले अहंकार गरेजस्तो लाग्ला। तर, जडी कुरा के हो भने प्रचण्ड भनेको पर्वत हो र अरू कामरेड थुम्का हुन्। पर्वत चारै दिशाबाट देखिन्छ, थुम्काहरू एकातिरबाट मात्र देखिन्छन्। प्रचण्ड पर्वतको हैसियतमा छउन्जेल उसको पकड खुकुलिने कल्पना गर्नु हनुमान चालिसा जपेर भाग्य अजमाउन खोज्नुजस्तै बेतुक कुरा हो।
मलाई लाग्छ, माओवादीको वास्तविक वा कल्पित खोटलाई उछाल्दै फौजी बलले सत्ता कब्जा गर्ने दक्षिणपन्थी दुराशयका पछिल्तिर दुई प्रमुख स्वार्थ छन्। एक, सेना समायोजन गर्न नदिनु। दुई, सविधान बन्न नदिनु। यी दुई कार्य पूरा हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा संस्थागत हुन्छ र चुनाव आउँछ। चुनाव सम्झ्यो कि यिनलाई संविधानसभाको चुनावी नतिजाको भूतले तर्साउँछ। अनि चुनावी दुर्दशाबाट जोगिन र सत्ताको मह चाटिरहन यी तत्व भ्रष्टाचार, हतियार र दमनको शरण पर्छन्। सम्झँदा मलाई ताज्जुब लाग्छ, पहिले दिव्य बाह्र वर्षमा पनि त यिनीहरू भष्टाचार, हतियार र फौजी दमनको शरण परेकै हुन्। आखिर चुनावमा यिनको दुर्दशा हुनु त्यही कारणले जनताका नजरमा गिर्नुको नतिजा होइन र? अनि आइन्दा?
जिब्रो अलि खुकुलो हुनु मेरो दुःख हो। हाम्रो माओवादी दलको दुःख आफ्नो सशक्त सञ्चार माध्यम र प्रभावकारी बुद्धिजीवी नहुनु हो। पदमा लुछाचुँडी गर्ने बुद्धिजीवीको कमी छैन। तर, आफ्नो दलका कथनी र करनीको प्रतिरक्षा गर्ने सुबोध्य भाषा र तर्कशीलता भएका जीवको भने ठूलै अनिकाल छ। जनसाधारणले लडेर, आत्मबलिदान गरेर जनमतको कच्चा पदार्थ बनाउँदो रहेछ। तर, त्यो कच्चा पदार्थलाई प्रशोधन गरी जनमतको मूर्त आकारमा ढाल्ने मिडिया रहेछ, बुद्धिजीवी रहेछ। माओवादीको कमजोर कडी यही हो। प्रतिक्रियावादीले मलाई रातोदिन हैरान पारेको पनि यही कमजोर कडीमा प्रहार गरेर न हो। अहो! यिनले मलाई कम्ती सताएका छन् र!
अँ, कुरो फेरि दक्षिणपन्थकै। माधव सरकार त दक्षिणपन्थी कलाहीन नाटकको रिहर्सलमात्र हो। रंगमञ्चमा जब यो नाटकको मञ्चन हुन्छ, त्यहाँ केपी शर्मा ओली प्रधानमन्त्री, रुक्मांगद कटवाल रक्षामन्त्री र खुमबहादुर खड्का गृहमन्त्रीको अभिनयमा प्रस्तुत हुनेछन्। यो फौजी सरकार संविधानसभाको ढाड टेकेर उभिने छ। बस्, दक्षिणपन्थीद्वारा बुनिदै गरेको कुरूप योजनाको वास्तविक चित्र यही हो। जब यो गोप्य चित्र आँखामा पर्छ, म कुम र भुँडी हल्लाउँदै हाँस्छु। जनजनका संघीय सपनाको हत्या गर्ने यो चित्रले कसरी गरिखाला? माओवादीलाई यी दक्षिणपन्थी शूरवीरहरूले भौतिकरूपमै मासेछन् रे लौ। संविधानमा आफ्नो उज्यालो भाग्य लेख्न आतुर महिला, दलित, जनजाति, मधेश-तराईवासी र कर्णालीवाला मुखमा दही जमाएर, हात बाँधेर यिनलाई टुलुटुलु हेरिरहलान् र? मलाई डर छ, ती सबले यिनलाई चिमोटेर, मुक्क्याएर, लतारेर के के गर्नेछन्। भगवान श्री पशुपतिनाथले यिनको रक्षा गरुन्!