पीडित केन्द्रित आयोग
२९ भदौ २०७२
•
१३ मिनेट पाठ
पीडित केन्द्रित आयोग
यस वर्ष पनि विश्वभर वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ मनाइयो। यस वर्ष राज्यका तर्फबाट सिंहदरबारभित्र औपचारिक कार्यक्रम आयोजना गरियो।तर, द्वन्द्वकालमा बेपत्ता पारिएका आफन्तजनको स्थिति सार्वजनिकीकरणको माग गर्दै आएका परिवारजनमा उक्त दिवसले कुनै सान्त्वना वा भरोसा जगाउन सकेन। परिवारजनमा झनै निराशा र अन्योल छायो। विस्तृत शान्ति सम्झौताको प्रतिवद्धताबमेजिम ६० दिनभित्र बेपत्ता पारिएका नागरिकको स्थिति सार्वजनिक त भएन नै। ८ वर्षमा पीडितका लागि गठन गरिएको भनिएका बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगले पीडित समुदायमा कुनै उत्साह र विश्वास ल्याउन सकेनन्।

आयोग गठन प्रक्रियामा उपेक्षा गरिएका कारण पीडित समुदाय र आयोगबीच विश्वसनीय वातावरण बन्न नसकेको हो। आयोगहरूले आन्तरिकरूपमा नियमावलीलगायतका आवश्यक प्रक्रिया तथा नीतिनियम बनिरहेका छन्, तर प्रमुख सरोकारवाला पीडित समुदायसँग परामर्श गरिएको छैन। बेपत्ता छानबिन आयोगले केही परामर्श गरेको सुनियो, तर सत्य निरूपण आयोगले एक साताको हदम्याद राखेर नियमावलीमाथि सुझाव माग्यो। तर, सुझाव माग्ोको औपचारिकता मात्र निर्वाह गर्योह। आयोगले सर्वोच्च अदालतका फैसलाहरूबमोजिम संक्रमणकालीन न्याय प्रक्रियालाई अगाडि बढाउन ऐनमा भएका अस्पष्टताहरू फुकाउने एवं आवश्यक आधारभूत कानुन निर्माण गर्न सिफारिससमेत नगरी नियमावली बनाइएका छन्।

संक्रमणकालीन न्याय कानुनी र प्राविधिकमात्र नभएर मनोवैज्ञानिक, सहभागितामूलक र भावनात्मक प्रक्रिया भएको तथ्य नियमावलीमा आत्मसात गरिएको छैन। परम्परागत ढंगले गरिने खानतलासीको शैलीमा सत्य पत्ता लगाउन खोजेजस्तो गरिएको छ। प्राप्त सूचना एवं तथ्य प्रमाणका आधारमा थप गहन अनुसन्धानलाई उचित स्थान दिइएको छैन। घटनाको प्रमाण पुर्या्उने जिम्मा पीडितलाई नै थोपर्न खोजिएको र प्रमाण पेश हुन नसकेका घटना तामेलीमा राखिने देखिन्छ। आयोग जान चाहने पीडितलाई आतेजाते, सेवा–सुविधा एवं सुरक्षाको स्पष्ट व्यवस्था गरिएको छैन न त घटनाको सत्यतथ्य उजागर गर्ने मनोवैज्ञानिक एवं उत्प्रेरणाका प्रावधान समावेश गरिएको छ!

गम्भीर अपराधमा मेलमिलाप नहुने सर्वोच्च अदालतको फैसलालाई उपेक्षा गर्दै जुनसुकै घटनामा परिपूरणको नाममा आर्थिक सहुलियतसँग मेलमिलाप साट्ने गरी क्षमादान केन्द्रित नियमावली बनाउन खोजिएको छ। परिपूरणलाई पीडितको अधिकार नभएर सहुलियतको रूपमा लिइएको छ, आर्थिक राहत र क्षतिपूर्तिलाई बढी महŒव दिइएको छ। सबै घटनामा क्षतिपूर्ति प्रदान गर्ने बृहत् प्रावधान राखिएको छ, तर अवधि सीमित भएको र गहिरो अनुसन्धान गरेर सत्यतथ्य उजागर गर्ने आधार नदेखिएकोले उक्त क्षतिपूर्ति पनि नियमावलीमा मात्र सिमित रहने देखिन्छ।

आयोग प्रक्रिया स्पष्ट, विश्वासिलो, स्वतन्त्र, पारदर्शी एवं सहभागितामूलक हुनुपर्छ। दूरगामी प्रभाव पार्ने आयोगलाई कति सक्षम र विश्वसनीय बनाउने भन्ने मनन् गरेर अग्रसरता लिने दायित्व आयोगकै हो। वर्षौंदेखि पीडा र अन्योलमा पिल्सिरहेका पीडितको दुःख, रगत र आँसुको जगमा बनेका आयोगहरूले सत्यको उजागर गर्ने, पीडितको आँसु र दुःख साटासाट गर्ने विश्वासको वातावरण बनाउने र भावनात्मक मल्हम लगाउने इमानदार प्रयास गर्नुपर्छ। संक्रमणकालीन न्याय सबै सरोकारवालाको सहकार्य र समन्वयको आवश्यकता पर्ने र जटिल प्रक्रिया हो।

आयोग प्रक्रियामा केन्द्रदेखि स्थानीय तहसम्म द्वन्द्वपीडित एवं पीडित समुदायसँग लामो समयदेखि सहकार्य गरिरहेका मानवअधिकार समुदाय, नागरिक समाज एवं सञ्चार माध्यमको पहुँच, सहकार्य र सहभागिता अनिवार्य हुन्छ। पीडितका सवाल तथा आवश्यकताहरूको पहिचान, प्राथमिकीकरण, संरचना, प्रक्रिया निर्धारण गर्न, सूचनामा दोहोरो पहँुच हासिल गर्न, पीडित समुदाय एवं सरोकारवालाको प्रभावकारी सहकार्य, सहभागिता एवं विश्वासको वातावरण बनाउनका लागि आयोगले कार्यप्रक्रिया थाल्नुअगाडि नै परामर्श गर्नुपर्थ्यो। द्वन्द्वपीडित साझा चौतारीले आयोगहरूको पीडित केन्द्रित संक्रमणकालीन न्यायको परिकल्पना, कार्ययोजना एवं आयोगको प्रमुख सरोकारवाला पीडितलगायतका समुदायसँग सहकार्यको अवधारणाको पटकपटक माग गर्दै आएको हो। एउटै उद्देश्य लिएका दुई आयोगबीच आपसी सूचना आदानप्रदान एवं सहकार्य नितान्त जरुरी छ। साथै, राष्ट्रिय मानवअधिकार आयोग, सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघ, गैरसरकारी संस्थाहरूसँग रहेका द्वन्द्वकालीन घटनाका सूचना, प्रमाण, विवरण, दस्तावेजहरू प्राप्त एवं समन्वयात्मक ढंगले काम गर्ने वातावरणको उत्तिकै आवश्यकता पर्छ।

जबर्जस्ती बेपत्तालाई दण्डनीय कसुर बनाउने तथा बलात्कारमा उजुरी गर्ने ३५ दिने हदम्याद संशोधन प्रक्रिया तुरुन्त आरम्भ गर्न सरकारलाई सिफरिस गर्नुपर्छ। सर्वोच्च अदालतको फैसलाबमोजिम ऐनका अस्पष्टताहरू फुकाउन र आवश्यक ऐननियम बनाउन सरकारलाई सिफारिस गर्नुपर्छ र आयोगको कार्यादेशले समेटेसम्म ऐनका अस्पष्टताहरू नियमावलीमा सुल्झाउनुपर्छ। आयोग आफैले विज्ञताको आधारमा आवश्यक कर्मचारी, विशेषज्ञ, मनोसामाजिक परामर्शदाताको पर्याप्त व्यवस्था गर्नुपर्छ। भावनात्मक व्यवहार एवं समन्वयका लागि कर्मचारीलाई तालिम दिनुपर्छ।

ऐनको २(ञ्ा) मा रहेको मानवअधिकारको गम्भीर उल्लंघनको अस्पष्टतालाई स्पष्ट पार्नुपर्छ, अन्यथा कुनै पनि घटनामा मेलमिलापको गुञ्जायस रहँदैन। मेलमिलाप हुन सक्ने र नसक्ने मानवअधिकार उल्लंघनका घटनाहरू, स्वस्फूर्त एवं सामाजिक मेलमिलापको स्पष्ट आधार, मापदण्ड र प्रक्रियाको स्पष्ट व्यवस्था हुनुपर्छ। मेलमिलापको मापदण्डमा परेका घटनाहरूमा पीडा दिने पीडक र पीडा भोगका पीडितलाई मेलमिलापका लागि आयोगले सहजीकरण एवं उत्प्रेरणा गर्नुपर्छ, आयोग तेस्रो पक्ष भएकाले बाध्य पार्न सक्दैन। मेलमिलापका लागि पीडकले आफूले गरेको ज्यादतीको पूर्ण विवरणको तथ्यपूर्ण खुलासा गरेको हुनुपर्छ। गलत कार्य स्वीकार गरी पश्चात्ताप गरेको हुनुपर्छ र सत्य पूर्ण उजागर गरेको सुनिश्चित गर्न सुनुवाई गर्नुुपर्छ। सत्य भन्ने तथा उजागर गर्ने एवं मेलमिलाप प्रक्रियामा पीडितले विश्वास गरेको व्यक्ति वा संस्थाको सहयोग लिनुपर्छ।

पीडकहरू शक्तिवान् र संरक्षित रहेको एवं यतिका वर्षमा कतिपय प्रमाण लोप भइसकेको तथा लोप पारिएको अवस्थामा पीडित एवं साक्षीको कानुनी, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा, आवश्यक परेमा सम्पत्ति समेतको सुरक्षाको व्यवस्था हुनुपर्छ। दुर्गम क्षेत्र, विभिन्न भाषाभाषी, बलात्कार तथा यौनहिंसा, अपांगता भएका पीडित तथा साक्षीहरूको कानुनी, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा, पहुँच, सेवासुविधा, पीडित तथा साक्षीबाट प्राप्त प्रमाण एवं बयानको सुरक्षा र गोप्यता हुनुपर्छ। सत्य उजागर गर्न सहुलियत, उत्प्रेरणा तथा मनोवैज्ञानिक उपायको अवलम्बन गर्नुपर्छ। कुनै पनि स्रोतबाट प्राप्त सूचना, प्रमाण, विवरण, दस्तावेजहरूको आधारमा द्वन्द्वपीडित व्यक्तिको पहिचान भएपछि प्रमाण जुटाउने जिम्मेवारी पीडितको नभएर स्वभावतः आयोगको हुनुपर्छ।

बेपत्ता पारिएका नागरिकहरूको उत्खनन्, सार्वजनिक सुनुवाईलगायतका प्रक्रियामा मनोसामाजिक परामर्शको व्यवस्था एवं पीडितको विश्वासपात्र व्यक्ति तथा संस्थाहरूको साथ लिनुपर्छ। पीडितको पीडा भयमुक्त एवं खुलस्त भएर व्यक्त गर्ने, पीडकले आफूले गरेको ज्यादतीको पूर्णरूपमा खुलासा गर्ने उत्प्रेरणात्मक वातावरण बनाइनुपर्छ। सत्यको उजागर एवं प्राप्त सत्यतथ्यको पुनःपुष्टि गर्न, मेलमिलाप हुने घटनाहरूमा भावनात्मक मेलमिलापको वातावरण बनाउन संयुक्त वा फरकफरक एवं गोप्य वा खुला सार्वजनिक सुनुवाइको व्यवस्था गर्नुपर्छ। भर्खरै सर्वोच्च अदालतले गरेको फैसलाबमोजिम राज्यले पीडितलाई पहिचान र सम्मान गर्ने परिचयपत्र प्रदान गर्नुपर्छ। परिपूरणलाई द्वन्द्वपीडितको अधिकारको रूपमा परिभाषित गर्नुपर्छ। र, पीडितको परामर्शमा राज्यको विकाससँग जोडेर एकीकृत दीर्घकालीन र विस्तृत परिपूरण नीति तयार पारी कार्यान्वयनका लागि सिफारिस गर्नुपर्छ।

अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी
अर्को समाचार
सत्य निरुपण आयोगमा आयुक्त नियुक्ति
०१ पौष २०७१
•
१२ मिनेट पाठ
सत्य निरुपण आयोगमा आयुक्त नियुक्ति
सरकारले यथासक्य छिटो बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने बताइहेको छ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा स्थापित मान्यताबमोजिमको पीडित केन्द्रित आयोग बनाउने प्रतिवद्धता सरकारले जनाएको छ।
राजनैतिक दलहरूले पनि छिटोभन्दा छिटो संक्रमणकालीन न्याय संयन्त्र बनाउने बताइरहेका छन्। आयोगका आयुक्तहरू सिफारिस गर्न सरकारद्वारा गठित सिफारिस समितिले यही डिसेम्बर महिनाभित्र आयोग गठन गर्ने पनि बताएको छ। विस्तृत शान्ति सम्झौताकालदेखि नै द्वन्द्वपीडित समुदायले उपरोक्त आयोग तुरुन्त गठन गर्न निरन्तर आवाज उठाउँदै आएको हो। तर, विस्तृत शान्ति सम्झौताको ८ वर्ष बित्दा पनि विश्वसनीय र स्वतन्त्र आयोग प्रक्रिया सुरु हुनसकेन।आयुक्तहरू सिफारिसका लागि सरकारले गठन गरेको सिफारिस समितिले डिसेम्बरभित्र तोकिएको काम पूरा गर्ने समाचारमा सुनिएको छ। त्यसअघि मानवअधिकार आयोगका प्रतिनिधिविनै सिफारिस समितिले लामो अलमलपछि परामर्श नै नगरी छनौट कार्यविधि बनाएर आयुक्तका लागि आवेदन मागिसकेको छ। र, आयुक्तका रूपमा विभिन्न व्यक्तिको चर्चापरिचर्चा पनि चलिरहेको छ। आयोगका पदाधिकारी नियुक्ति गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाको सन्दर्भमा सर्वोच्च अदालतले २०७० पुस १८ मा मार्गदर्शन दिएको थियो। द्वन्द्वकालमा सशस्त्र विद्रोहको पक्षमा वा सो विद्रोहको दमन अथवा प्रशासनमा संलग्न भई कुनैरूपमा द्वन्द्वको पक्षधर वा सम्बन्धितबाहेकका मानवअधिकार उल्लंघनको नकारात्मक अभिलेख नभएका व्यक्ति सम्मिलित हुनेगरी अन्तर्राष्ट्रियरूपमा स्वीकृत मापदण्डको आधारमा स्वच्छ, निष्पक्ष, विश्वसनीय आयोग गठन गर्न सर्वोच्च अदालतले निर्देश गरेको छ। तर, सिफारिस समितिले छनौट कार्यविधि तयार पार्दा खुला हृदयले न परामर्श गर्योद न त विश्वसनीय छनौट प्रक्रिया नै तयार पार्योा। आयोगको पदाधिकारी नियुक्तिको लागि आवेदन दिएका व्यक्तिउपर सरोकारवालाले दाबीविरोध तथा उजुरी दिन पाउने व्यवस्थासमेत नभएको र कुनै व्यक्तिको विशिष्ट योग्यता र अनुभवको आधारमा समितिले नाम सूचीकृत गर्ने प्रावधान सिद्धान्ततः राम्रो देखिए पनि आयोगका पदाधिकारी नियुक्तिमा राजनैतिक भागबण्डा हुने आशंकामा बल पुगेको छ।

संक्रमणकालीन न्याय केवल प्राविधिक एवं कानुनी प्रक्रियामात्र नभएर पीडितप्रतिको भावनात्मक, मनोवैज्ञानिक र व्यवहारिकताजन्य प्रक्रिया हो। पीडितलगायत आमजनताको विश्वास जित्न र अपनत्व महसुस गर्नका लागि आयोग गठन प्रक्रियादेखि नै द्वन्द्वबाट पीडित एवं आमनागरिकको भौतिक तथा भावनात्मक संलग्नता एवं सहभागिता हुनुपर्छ। संक्रमणकालीन न्यायलाई केवल कसले कसलाई पीडित बनायो भन्ने थाहापाउने, पीडक र पीडितलाई देखावटी अंकमाल गराएर मेलमिलाप भयो भनाउने, केही पीडकलाई दण्डित गरेजस्तो गर्ने, पीडितलाई २/४ लाखको राहत दिने र २/४ वटा स्मारक बनाउनेजस्तो सा"घुरो तथा अस्थायी ढंगमा थामथुम पार्ने प्रक्रियाका रूपमा मात्र कदापि बुझ्नु हुँदैन। संक्रमणकालीन न्यायको उद्देश्य केवल पीडित र पीडकका पहिचानमात्र नभएर द्वन्द्वका अन्तर्निहित कारण पत्ता लगाउने, गम्भीर मानवअधिकार उल्लंघनकर्ताहरूको पहिचान गर्ने र जवाफदेही बनाउने, आवश्यक कानुनी व्यवस्था गरी भविष्यमा त्यस्ता अपराध गरेमा दण्डित भइनेतर्फ सचेत गराउने हो। विधिको शासन, मानवअधिकार, जवाफदेहितालाई अभिन्न अंग मानेको संक्रमणकालीन न्यायलाई लोकतन्त्रको आधारस्तम्भका रुपमा बुझ्नु र आत्मसात गर्नु जरुरी छ।

बेलैमा विश्वसनीय संक्रमणकालीन न्यायप्रक्रिया अवलम्बन गर्न नसकिएकै कारण उच्चपदस्थ प्रहरी अधिकारी शान्तिसेनामा तथा केही राजनैतिक दलका नेता एवं तत्कालीन महान्यायधिवक्तासमेत विदेश जाननपाएको तथ्य हाम्रासामु ताजै छ। वर्षौंको प्रतीक्षापछि पनि पीडितले देशमा न्यूनतम न्यायको अनुभूति गर्ननसकेमा अरू कुमार लामाहरू विदेशमा प्रक्राउ पर्ने अप्रिय घटनाको सामना गर्ननपर्ला भन्न सकिन्न। अन्तर्राष्ट्रियजगत्मा देशको विश्वसनीयता एवं छविसँग जोडिएको विषयवस्तु भएकाले आपसमा विभाजित भएर वा असहयोगको वातावरण कायम राखेर होइन कि सरकार, राजनैतिक दल, पीडित समुदाय, मानवअधिकारकर्मी तथा नागरिक समाजको आपसी सहकार्य र अपनत्वले मात्र स्ांक्रमणकालीन न्यायप्रक्रिया सफल हुन्छ। विगतमा मल्लिक आयोग, रायमाझी आयोगजस्तो समस्यालाई थामथुम पार्नका लागि आयोग गठन गर्ने र प्रतिवेदन कहिल्यै कार्यान्वयन नहुने नियति सत्य निरुपण आयोगलाई कदापि स्वीकार्य हुनु हुँदैन।

स्थापित मान्यताबमोजिम नबनाइने आयोग प्रक्रियामा सहभागी नहुने संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायको अडानबीच सरकारले बेपत्ता पारिएका व्यक्ति छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कामका लागि आफै साधनस्रोत उपलब्ध गराउने र द्वन्द्वबाट पीडित भएका नागरिकको परिपूरणका लागि विदेशी समुदायसँग सहयोग मागिरहेको बुझिएको छ। ऐन बनाउँदा सरकारले पीडित समुदायसँगको सहकार्यको आवश्यकतालाई बेवास्ता गरिसकेको छ। सिफारिस समितिले अलमलका बीच काम अगाडि बढाइरहेको भए तापनि ऐन सर्वोच्च अदालतको फैसला एवं मानवअधिकारका अन्तर्राष्ट्रि्र्रय दस्तावेजउपर निहित राज्यको दायित्वविपरित रहेको जनाउँदै मानवअधिकार सुमदायले राखेको ऐन संशोधन नगरी आयोग गठन प्रक्रियामा संलग्न नहुने कुनै हचुवाको अडान पक्कै होइन। साथै, प्रक्रियालाई सर्वस्वीकार्य बनाउनकै लागि संयुक्त राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघका विशेष समाधिक्षक, अन्तर्राष्ट्रिय संघसंस्थाहरू, एम्नेस्टी इन्टरनेसनल, आइसीजे, ह्युमन राइट्स वाच, आइसीटीजेले सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन एवं मापदण्डबमोजिम ऐन संशोधन गर्न आग्रह गरेका छन्।

मुख्य ३ दलका शीर्ष नेताले सिफारिस समितिसँगको परामर्शमा स्वतन्त्र र सक्षम व्यक्ति छनौटका लागि हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएको सुनिएको छ। सबै क्षेत्रमा राजनीतिक भागवण्डा हुने र कुनै दलमा नलागेका विज्ञहरूले कुनै भूमिका नपाउने हाम्रोजस्तो देशमा आयुक्तहरूले कति स्वतन्त्र र विवेकपूर्ण ढंगले काम गर्न सक्नेछन् भविष्यले नै बताउला! आयोगका आयुक्तहरूको विश्वसनीयता, क्षमता, विज्ञता एवं निष्पक्षताले नै आयोगको समग्र सफलता निर्धारण गर्दछ। आफ्नो पीडा आत्मसात् गर्नसक्ने सक्षम, निष्पक्ष, क्षमतावान एवं विश्वास जितेका आयुक्तहरू भएमा र सुरक्षाको विश्वसनीय प्रबन्ध भएमात्र पीडित एवं साक्षीले आयोगमा गएर कुरा खोल्न सक्नेछन्। राजनैतिक प्रभावमुक्त भएर तटस्थ भूमिका खेल्नसक्नेे, संक्रमणकालीन न्याय तथा मानवअधिकारप्रति प्रतिवद्ध, स्वतन्त्र, इमानदार, सार्वजनिक ख्याति कमाएको, विश्वसनीय, द्वन्द्वरत कुनै पक्षसँग संलग्न नरहेको, मानवअधिकार उल्लंघनको नकारात्मक संक्रमणकालीन न्याय र मानवअधिकारप्रति जानेबुझेको व्यक्ति छान्नुपर्छ। साथै, आवश्यकताअनुसार साधनस्रोत र विज्ञ उपलब्ध गराउने पहुँच भएको एवं सबै समुदाय र क्षेत्रको प्रतिनिधित्वतर्फ उत्तिकै ध्यान दिनु पनि आवश्यक छ।

पीडित समुदायलगायत सबै क्षेत्रबाट ऐन संशोधनका लागि निरन्तर आवाज उठिरहेको र पीडित समुदायले नै गठन प्रक्रियामा अपनत्व महसुस नगरिरहेको सन्दर्भमा सरकारले आपसी विश्वास र सहकार्य सुनिश्चित गर्नका लागि तुरुन्त निकास खोज्नुपर्दछ। र, विश्वसनीय आयोग गठन प्रक्रिया तत्काल आरम्भ गर्नुपर्छ। सम्भावित आयुक्तहरूको संक्षिप्त सूची सार्वजनिक गर्नुपर्छ, सरोकारवालाले देशैभरिबाट दाबीविरोध गर्ने तथा उम्मेदवारहरूलाई सफाइ प्रस्तुत गर्ने पर्यात समय र अवसर प्रदान गर्नुपर्छ। अन्तिम सूचीमा परेका उम्मेदवारको आयुक्त बन्न चाहनुको कारण, कार्ययोजना तथा भूमिकाका सम्बन्धमा सार्वजनिक सुनुवाई गर्नुपर्छ। द्वन्द्वपीडित समुदायसमक्ष पीडितको सहमतिमा मात्र मेलमिलाप एवं क्षमादानका लागि सिफारिस गर्ने, तर गम्भीर अपराधमा क्षमादानको लागि सिफारिस नगर्ने प्रतिबद्धता व्यक्त गरेका व्यक्तिमात्र आयोगको पदाधिकारीमा सिफारिस गर्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस