पुनर्निर्माणका चुनौती
२९ भदौ २०७२
•
१८ मिनेट पाठ
पुनर्निर्माणका चुनौती
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसको १७ दिनपछिको अर्को ठूलो अनुकम्पसहित अन्य सयौँ पराकम्पनका कारण हालसम्म करिब नौ हजारको मृत्यु, करिब २२ हजार ३०० घाइते भएका छन्।साथै करिब ८० लाख जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन्। देशका ७५ जिल्लामध्ये ३१ जिल्ला प्रभावित भएकोमा १४ जिल्लालाई उच्च क्षतिका कारण भूकम्प ग्रस्त घोषणा गरिएको छ। यस भूकम्पले निजी आवासीय, सरकारी तथा सार्वजनिक भवन, पुरातात्विक तथा ऐतिहासिक मठ, मन्दिर, चैत्य तथा अन्य संरचनाहरू, स्वाथ्य चौकी, विद्यालय, सडक र पदयात्रा मार्ग, पुलपुलेसा, पर्यटन स्थललगायत अन्य संरचना गरी २३ क्षेत्रलाई असर परेको राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता आकलनमा उल्लेख गरिएको छ। यस भूकम्पबाट ५ लाखभन्दा बढी घर तथा ७ हजारभन्दा बढी विद्यालय भवन ध्वस्त वा अधिक क्षतिग्रस्त छन्। राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता आकलनमा यी सबै क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माण गर्न करिब सात खर्ब खर्च हुनसक्ने अनुमान गरिएको छ।

अबको कामलाई पुनर्निर्माण वा नवनिर्माण जे भने पनि विपद्पछिको आवश्यकता आकलनले अनुमान गरेको करिब सात खर्ब रुपियाँ निजी तथा सरकारीस्तरबाट खर्च गरी ५ वर्षमा 'पहिलाको भन्दा बलियो र राम्रो' बनाउने लक्ष्य आफैँमा चुनौती पूर्ण छ। विपद्पछिको पुनःनिर्माण कार्य ढिलो हुँदैजाँदा जनतामा चरम निराशा उत्पन्न भई राज्यप्रति वितृष्णा बढ्ने, गरीबी बढ्ने, सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुग्न सक्ने पाकिस्तान, हाइटी तथा इरानलगायत अन्य भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणको अध्ययनले देखाउँछ। भारत, पाकिस्तान, इरान तथा हाइटीजस्ता देशमा भूकम्पपछि पुनर्निर्माण प्राधिकरण वा राज्यको नियमित संयन्त्रमार्फत् गरिएको पुनर्निर्माण कार्यको अध्ययन र हाम्रो देशको राजनीतीक, सामाजिक, भौगोलिक, आर्थिक तथा सांस्कृतिक अवस्था हेरी पुनर्निर्माणमा आउनसक्ने विभिन्न चुनौतीलाई केलाउने प्रयास गरिएको छ।

लमजुङदेखी करिब २ सय किलोमिटर पूर्व सोलुखुम्बुसम्म लगभग १५ हजार बर्गकिलोमिटर क्षेत्रफलमा भूकम्पले प्रत्यक्ष क्षति पुर्याीएको छ। भूकम्प प्रभावित उच्च पहाडी तथा हिमाली क्षेत्र भौगोलिक दृष्टिकोणले विकट छ र यतायात सुविधा छैन। अधिकांश ग्रामीण भेग पुग्न एक दिनभन्दा बढी पैदल यात्रा गर्नुपर्छ। यस भूकम्पमा भत्किएका ८०–९० प्रतिशत घर तथा अन्य भौतिक संरचना यिनै ग्रामीण भेगका छन्। दुर्गम पहाडी क्षेत्रका बस्ती ससाना र टाढा टाढा छरियर रहेका हुन्छन्। त्यस्ता ठाउँमा निर्माण सामग्री तथा सरकारी सहयोग सुबिधा सहजरूपले पुर्या्उन कठिन हुन्छ।

काठमाडौं, धुलिखेल र चरिकोटजस्ता सहरी तथा सडकको सहज पहुंच भएका स्थानबाहेक अन्य ग्रामीण भेगका बासिन्दा प्रायः विपन्न छन्। जस्ता पाता, सिमेन्ट, छडजस्ता निर्माण सामग्रीमा तिनको पहुँच हुँदैन। ग्रामीण भेगमा निर्माण सामग्रीको ढुवानी लागत उच्च हुन्छ। रसुवा, धादिङ, दोलखाका कतिपय स्थानमा सडक पुगेको ठाउँबाट १ किलो सामान ढुवानी ज्याला ३०–४० रुपियाँसम्म पर्छ।

त्यस्तै धेरैजसो ग्रामीण क्षेत्रमा न्यूनतम भौतिक पूर्वाधारको अभाव छ। ग्रामीण भेगमा पुग्ने कच्ची सडक पनि पहिरो र बर्खाले भत्किएका छन्। अधिकांश गाउँ विकास समितिका कार्यालय भत्किएका छन्। कुनै सरकारी कार्यालय तथा सार्वजनिक संरचना प्रयोग गर्न सकिने अवस्था छैन कुन क्षेत्रबाट पुनर्निर्माण सुरु गर्ने भन्नेमै अन्योल हुने देखिन्छ। अधिकांश जनताको आफ्नै घरगोठ भत्किएको, गुजारा गर्ने उपाय पनि नभएकाले गर्दा पुनर्निर्माणमा स्थानीय समुदायबाट खासै सहयोग नमिल्न सक्छ।

पुनर्निर्माणमा अर्को चुनौती तत्परता र समन्वयको अभावको हो। हाम्रा सरकारी तथा गैरसरकारी संस्थासँग यति ठूलो विपद्पछिको पुनर्निर्माणको अनुभव छैन। हाम्रो प्राविधिक जनशक्ति पनि अनुभवविहीन छ। राष्ट्रिय योजना आयोगले विपद्पछि आवश्यकता आकलन, आस्थायी आवासका नमुना नक्सा निर्माण र पुनर्निर्माण कार्यनिती तर्जुमा गर्न देखाएको तत्परताको प्रशंसा गर्नुपर्छ। यसैले योजना आयोगका उपाध्यक्षलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाइएको हुनुपर्छ। तर पुनर्निर्माण प्राधिकरणको तत्परताले मात्र यती ठूलो पुनर्निर्माण हुनसत्तै्कन। अहिलेको सरकारी संयन्त्रको कार्यशैलीबाट पुनर्निर्माण सम्भव छैन भन्ने २०६५ को कोसी बाढी, केही वर्षका पश्चिम नेपालका बाढी तथा डुबानबाट क्षतिग्रस्त क्षेत्रको हबिगत हेर्दा नै स्पस्ट हुन्छ। राजनीतिक तहमा पनि राजनीतिक दलका नेताले विपद्लाई कार्यकर्तालाई आर्थिक लाभको अवसर दिने मौकाका रूपमा उपयोगमात्रै गरेको देखिन्छ। जिम्मेवारी पन्छाउने र टार्ने प्रवृत्ति र अन्तरनिकाय समन्वयको अभावले पुनर्निर्माणलाई पनि असर पार्नेछ। योजना आयोगले २३ वटा क्षेत्रको पुनर्निर्माण आवश्यक भएको उल्लेख गरेको छ। त्यसैले पुनर्निर्माण बहुपक्षीय कार्य हो र राष्ट्रका लगभग सबै मन्त्रालयको तत्परता तथा समन्वय आवश्यक हुन्छ।

दुर्गम तथा ग्रामीण भेगमा उपलब्ध स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर स्थानीय परिवेश सुहाउँदो घर, गोठ तथा अन्य संरचना सीमित अवधीभित्रै निर्माण गर्ने कार्य सानो चुनौती हैन। तराई तथा काठमाडौंबाट ईटा र अन्य सुगम ठाउँबाट छड, सिमेन्ट लगेर सरकारले नै भूकम्प प्रतिरोध घर तथा संरचना बनाइदिनु आर्थिक, सांस्कृतिक, सामाजिकरूपले सहज र उपर्यक्त हुँदैन। ग्रामीण भेगमा पाइने ढुङ्गा, बास, काठ, माटो तथा अन्य सामग्री प्रयोग गरेर भूकम्प प्रतिरोधी निर्माण प्रविधी बारे हामीले अध्ययन अनुसन्धान गरेका छैनौ। त त्यस्तो प्रविधिसँग हाम्रा प्राविधिक परिचित छैनन्। केन्›मा बसेर बनाइएका केही थान नक्सा तथा भवन आचार संहिता हाम्रोजस्तो भौगोलिक, सांस्कृतिक, आर्थिक र मौसमी विविधता भएको देशमा यथावत् लागु गर्न अत्यन्त कठिन हुन्छ भन्ने गुजरात र कासिमरको पुनर्निर्माणबाट पनि देखिन्छ।

भूकम्पका दृष्टिकोणले जोखिमपूर्ण धेरै भवन भाग्यले जोगिएका छन्। तर धेरै मानिसमा यति ठूलो भूकम्प आउँदा त मेरो घर वा यो भवन केही भएन भने अब जति ठूलो भूकम्प आए पनि सुरक्षित भइन्छ भन्ने गलत सोचको विकास भएको छ। फलस्वरूप, प्राधिकरणमार्फत हुने भूकम्प प्रतिरोधक पुनर्निर्माणमा सहरी क्षेत्रका जनताको उत्साहजनक सहभागिता नहुन सक्छ। त्यस्तैगरी भूकम्प प्रतिरोधात्मक भवन निर्माण आचार संहिता दशकौंअगाडि गरिए पनि १९१ नगरपालिकामध्ये ललितपुर, धरान तथा व्यास नगरपालिकामा मात्र सन्तोषजनकरूपमा उक्त आचार संहिताको पालना गरिएको पाइन्छ। अन्य नगरपालिकामा आचार संहिता अनिवार्य गर्न कुनै ठोस कार्य भएको पाइँदैन। साधनस्रोत र सुगमताका हिसाबमा अग्रस्थानमा रहेको काठमाडांै महानगरपालिकामा बनेकै करिब ८० प्रतिशत भवन आचारसंहिताविपरीत रहेको तथ्यांक छ। यो पुनर्निर्माणको ठूलो चुनौती हो। पुनर्निर्माण भत्केको संरचना बनाउनेमात्र होइन बरु नभत्केको तर जोखिममा रहेका संरचनालाई सुदृढीकरण गर्नु पनि हो। भूकम्पबाट बाँच्न आफू बस्ने घर वा काम गर्ने कार्यालयमात्र भूकम्प प्रतिरोधक भएर हुँदैन। भूकम्प जुनसुकै बेला पनि जान सक्छ। भूकम्प जाने बेलामा तपाईं हामी आफ्नै घर वा कार्यालयमै हुन्छौँ भन्ने निश्चित हुँदैन। त्यसकारण सबै संरचना विपद् प्रतिरोधक नहुँदासम्म भूकम्पको जोखिम उत्तिकै हुन्छ। बहुसंख्यक जनताले यो नबुझेसम्म र सरकार वा प्राधिकरणले विपद् न्यूनीकरण गर्न चाल्ने सबै कदममा चुनौती देखा पर्नेछन्।

पुरातात्विक तथा ऐतिहासिक महत्वका मठ, मन्दिर, चैत्य तथा अन्य संरचनाको पुनर्निर्माण अत्यन्त विशिष्ट कार्य हो। सयौं वर्ष पहिले (अधिकांश मल्ल कालमा ) निर्माण भएका संरचनाकौ कलालाई दुरुस्त उतार्ने कार्य लागत, जनशक्ति तथा निर्माण सामग्री उपलब्धता सबै दृष्टिले चुनौती पूर्ण छ। तर ती पुरातात्विक तथा ऐतिहासिक संरचना यथाशीघ्र पुनर्निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटनको खस्केको स्थितिलाई उकास्नु उत्तिकै जरुरी छ ।

हाम्रोजस्तो भूकम्प र क्षति भोगेको भारतको गुजरात र कास्मिर तथा पाकिस्तानको पुनर्निर्माणमा हजारौं इन्जिनियर,५० हजारभन्दा बढी उच्च तथा दक्ष जनशक्ति र १ लाखभन्दा धेरै अर्धदक्ष र अदक्ष श्रमिक प्रयोग भएको देखिन्छ। ग्रामीण भेगमा श्रम गर्नसक्ने युवाको संख्या अत्यन्त थोरै छ र भएको जनशक्ति पनि तालिम प्राप्त छैन। ठूलो संख्यामा दक्ष तथा अदक्ष जनशक्ती विदेशमा कार्यरत छ। धेरैजसो ग्रामीण भेगमा अन्यत्रबाट श्रमिकहरूलाई तालिम दिएर लैजानु पर्ने बाध्यता पर्नेछ जुन अर्थिक तथा अन्य दृष्टिले चुनौतीपूर्ण हुनेछ। भूकम्प अघि नै नेपालको निर्माण क्षेत्रमा चहिने दक्ष, अर्धदक्ष र अदक्ष सबैप्रकारको जनशक्तिको अभाव हुँदा छिमेकी राष्ट्रबाट ल्याउनुपर्ने बाध्यता थियो। भूकम्प प्रतिरोधी निर्माणका लागि सरकार, संयुक्त राष्ट्र विकास कार्यक्रम तथा अन्य गैरसरकारी सस्थाले ठूलो संख्यामा तालिम दिइरहेका छन् तर तालिम प्राप्त गरेपछि त्यस्तो जनशक्ति विदेशिने भएकाले ग्रामीण भेगमा भेट्टाउन सकिँदैन। भूकम्प पश्चात काठमाडौंमै भत्किएका भवनको भग्नावेश हटाउन तथा आंशिक क्षति भएका भवनको मर्मत गर्न श्रमिक नपाइएको गुनासो छ। उपलब्ध श्रमिकले पनि भूकम्पपूर्वको भन्दा झन्डै दोब्बर ज्याला मागेको देखिन्थ्यो।

नेपालमा अहिलेसम्म भूउपयोग नीति नै नहुनु पुनर्निर्माणको अर्को चुनौती हो। सर्वप्रथम सबै भूगोलको अध्ययन अनुसन्धान गरी कुन भूभाग केका लागि प्रयोग गर्ने हो र कहाँ कस्तो भौतिक संरचना बनाउन सकिन्छ वर्गीकरण गर्नुपर्छ र यसलाई कानुनी रूप दिएर भूउपयोग नीति ल्याउनु अत्यन्त जरुरी छ। देशका करिब एकतिहाइ भाग पुनर्निर्माण गर्नुपर्ने भएकोले भूउपयोग नीतिबिना गरिएको निर्माण दीर्घकालीन हुनसत्तै्कन।

स्थानीय निकायमा जनप्रतिनिधि नभएको दशकभन्दा बढी भइसकेको छ। त्यसमाथि एक जना गाँउ विकास समितीका सचिवले एकभन्दा बढी गाँउ विकास समितिको कार्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पुनर्निर्माणको काम सहजरूपमा बढ्न सत्तै्कन। साथै पुनर्निर्माण प्राधिकरणले स्थानीय स्तरसम्म आफ्नो कार्यालय विस्तार गर्ने हो भने गाँउ विकास समिति वा नगरपालिकाकासँग टक्कर हुनसक्छ। एउटै कर्मचारीलाई क्षतिको मात्रा तथा पीडितको संख्या, परिवार संख्याजस्ता सबै विवरण थाहा नहुने, स्थानीयस्तरबाट निर्वाचित तथा जनताप्रति उत्तरदायी स्थानीय निकाय नहुँदा पीडित जनतालाई प्रदान गरिने अनुदान तथा अन्य सुविधा दुरुपयोग हुने जोखिम छ। यसैगरी, सरकार वा पुनर्निर्माण प्राधिकरण र जनताबीचमा मध्यस्थस्ता गर्ने निकाय नहुँदा सरकार र जनताबीच दूरी बढ्न गई पुनःनिर्माण कार्यमा बाधा उत्पन्न हुन सक्छ।

पुनर्निर्माणको प्रमुख चुनौती जनताको उच्च आकंक्षा र विकासमा अति राजनीतिकरण हो। जनशक्ति भर्ना तथा कार्यक्रम सञ्चालन गर्दा हुने भागबन्डा तथा राजनीतिकरणबाट पुनर्निर्माण प्राधिकरण मुक्त हुनसकेन भने देशकै लागि दुर्भाग्य हुनेछ। साथै जुनसुकै विकास निर्माणबाट प्रतिफल तुरुन्तै खोज्ने, जग्गा अधिकरण र अन्य कार्यमा अनुचित माग राख्ने तर दायित्वबाट पन्छने जनताको प्रवृत्तिबाट अरू ठूला विकास निर्माणकार्यजस्तै पुनर्निर्माण पनिअल्मलिने खतरा उत्तिकै छ।
अर्को समाचार
नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायको तयारी पर्याप्त छैन : परराष्ट्रमन्त्री खनाल
२५ कार्तिक २०८३
•
३ मिनेट पाठ
नेपालजस्ता देशलाई सहयोग गर्न विश्व समुदायको तयारी पर्याप्त छैन : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालजस्ता जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पर्याप्त रूपमा तयार नरहेको बताएका छन्।

प्राकृतिक विपत्तिपछिको उद्धार र राहतमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाए पनि दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन नेपालले चुनौती सामना गरिरहेको उनले बताएका हुन्।

कोप-३१ मा सहभागी हुन टर्किए पुगेका खनालले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँगको अन्तर्वार्तामा गत भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न नेपाललाई चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने बताए।

संयुक्त राष्ट्रसंघको नोक्सानी तथा क्षति कोषबाट नेपाललाई दुई करोड अमेरिकी डलर सहयोग गर्ने निर्णय ऐतिहासिक भए पनि रकम प्राप्त गर्न अझै समय लाग्ने उनको भनाइ छ।

‘यसले नेपालजस्ता जोखिममा रहेका देशलाई सहयोग गर्न विश्व समुदाय कति तयार छैन भन्ने देखाउँछ,’ उनले भने।

पुनर्निर्माणका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने प्रश्नमा खनालले नेपालले अन्तर्राष्ट्रिय वित्तीय संस्था र द्विपक्षीय विकास साझेदारसँग सहयोग माग्नुपर्ने अवस्था रहेको बताए।

अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्ने अहिलेको वातावरण चुनौतीपूर्ण भए पनि ती संस्था र परम्परागत विकास साझेदारबाट आवश्यक स्रोत जुट्नेमा आफू आशावादी रहेको उनले बताए।

उनका अनुसार नेपाल अहिले उद्धारको चरणबाट अघि बढेर पुनःस्थापना र अस्थायी पुनर्निर्माणको चरणमा छ। दसौँ हजार परिवारका लागि अस्थायी आवास निर्माण गर्नुपर्ने र सडक तथा पुल भत्किएर सम्पर्कविहीन भएका बस्तीलाई पुनः सडक सञ्जालसँग जोड्नुपर्ने अवस्था रहेको उनले बताए।

कतिपय प्रभावित बस्तीमा पुरानै ठाउँमा पुनर्निर्माण गर्न सम्भव नभएकाले सुरक्षित स्थान खोजेर प्रभावित परिवारलाई स्थानान्तरण गर्नुपर्ने उनले सुनाए।

अन्तर्वार्तामा खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको जोखिमलाई अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने विषय पनि उठाएका छन्।

नेपालले भुटानसँग मिलेर यससम्बन्धी प्रस्ताव कोप-३१ को आधिकारिक एजेन्डामा राख्न खोजे पनि सहअध्यक्षहरूले त्यसलाई समावेश नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरे। यसबाट नेपाल निराश भए पनि आगामी दुई सातासम्म सहअध्यक्षहरूले नेपालको प्रतिनिधिमण्डलसँग छलफल गर्ने र नेपालका केही मागलाई अन्तिम निर्णय प्रक्रियामा समेट्ने आश्वासन दिएको उनले जानकारी दिए।

खनालले हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धिबारे थप वैज्ञानिक अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए।

उनका अनुसार हिमपहिरो गएको समयमा नेपालको उच्च हिमाली क्षेत्रमा तापक्रम करिब १.५ डिग्री सेल्सियस पुगेको थियो। समुद्र सतहबाट ६ हजारदेखि ८ हजार मिटर उचाइमा रहेका हिमाली क्षेत्रमा यस्तो तापक्रम वृद्धि देखिनु चिन्ताजनक रहेको उनको भनाइ छ।

विश्व समुदायले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको भए पनि हिमाली क्षेत्रमा त्यसको असर देखिन थालिसकेको उनले बताए।

‘तापक्रम बढ्दै जाँदा यस्ता विपत्ति फेरि फेरि दोहोरिने सम्भावना छ,’ उनले भने।

उनले हिमाली क्षेत्रको जोखिमलाई समयमै पहिचान गरी आवश्यक अनुसन्धान, पूर्वतयारी र अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्नेमा जोड दिएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस