संविधान सभामा नेपालको संविधान, २०७२ मा मतदान प्रक्रिया चलिरहेको छ। झट्ट हेर्दा पट्यार लाग्दो देखिने यो प्रक्रिया यथार्थमा लोकतन्त्रको सौन्दर्य हो। यो जनताले संविधान निर्माणका लागि चुनेर पठाएका प्रतिनिधिले संविधानको प्रत्येक धारामा आफ्नो मत प्रकट गर्ने अवसर र प्रक्रिया हो। यसले संविधानप्रति जनताको स्वामित्व बढाउने काम गर्छ।संविधानका अधिकांश धारामा संशोधनहरू दर्ता गराइएका छन्। कतिपय संशोधन संविधान सभाका प्रमुख ३ दलका तर्फबाटै प्रस्तुत गरिएको छ। प्रारम्भिक मसौदामा परिमार्जन गर्न प्रस्तुत यी संशोधनहरू पारित गर्दै संविधान सभाको प्रक्रिया अगाडि बडिरहँदा देशमा विश्वास, उत्साह र सद्भाव पनि बढ्दै गएको छ। मध्यपश्चिमको थारुबहुल जिल्ला दाङमा सोमबार निकालिएको सद्भाव र्याालीबाट यथार्थमा नेपाली समाजको यही मूल प्रवृत्ति प्रतिविम्बित भएको छ। यसैगरी संविधान सभालाई राष्ट्रपति डा. रामवरण यादवले पठाएका पत्रले संविधानले अहिलेसम्म जनताको संघर्षबाट स्थापित उपलब्धिको रक्षा हुनुपर्नेमा राष्ट्रपति पनि व्यग्र रहेका छन् भन्ने सन्देश प्रवाहित गरेको छ। जननिर्वाचित संविधान सभाबाट नेपालको संविधान, २०७२ पारित हुने ऐतिहासिक घडीमा मुलुक लामो संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गर्ने विश्वास बढ्न थालेको छ।
संविधान निर्माण प्रक्रिया अगाडि बढ्नेबित्तिकै केही राजनीतिक दलका नेताले त्यसलाई अवरुद्ध गर्ने प्रयास गर्दैआएका थिए। एनेकपा (माओवादी) का नेताले गएको वर्ष संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका सत्तारुढ दलले प्रस्तुत गरेको प्रस्तावमा छलफल गरेर लोकतान्त्रिक विधि स्वीकार गरेका भए सम्भवतः अहिले जति कटुता उत्पन्न हुने थिएन र यसबीचमा भएको जनधनको क्षति पनि हुने थिएन। त्यसैगरी संविधान निर्माण प्रक्रिया र विधिकै विरुद्ध यस प्रकारको ध्रुवीकरण पनि हुने थिएन। जोहोस्, ढिलै भए पनि एमाओवादीका नेता विशेषगरी अध्यक्ष पुष्पकमल दाहालले संविधान सभाको संरचना र परिवर्तित परिवेशको यथार्थ आत्मसात् गरे। संविधान सभाका प्रमुख ४ दलका शीर्ष नेताबीच १६ बुँदे सहमति भयो। त्यसले संविधान निर्माण प्रक्रिया अगाडि बढायो। अर्कातिर, लोकतान्त्रिक विधिबाट संविधान बन्ने निश्चित हुँदै गएपछि हिंसात्मक प्रदर्शन सुरु भए। अकल्पनीय जनधनको क्षति भयो। इतिहास नै कलङि्कत हुने प्रकारका हिंसात्मक घटना आन्दोलनका नाममा भए। संविधान निर्माण प्रक्रिया बिथोलेर देशलाई अराजकताको भुमरीमा फसाउन चाहने तत्वले जनसाधारणलाई उत्तेजित र हिंसक बनाउने प्रयत्न गरिरह्यो। घृणा र विद्वेषको बीउ रोप्न चाहने तŒव नेपालीहरूलाई आपसमा लडाएर युगौंदेखिको सामाजिक सद्भाव र एकता बिथोल्ने कुत्सित स्वार्थ पूरा गर्न पूर्ण सफल भने भएन। दाङको सद्भाव र्यागलीले दिएको सन्देश यही हो।
संविधान सभाका केही सदस्य अहिले संविधान निर्माण प्रक्रिया छाडेर बाहिरिएका छन्। यो उनीहरूको ऐतिहासिक गल्ती सिद्ध हुने निश्चित छ। यति बेला उनीहरू संविधान सभामा उपस्थित भएका भए तिनको उपयुक्त चासोको सम्बोधन हुने सम्भावना थियो। प्रमुख दलहरू निकै लचिला देखिएका थिए। तिनका प्रस्तावहरू पारित नभए नै पनि कम्तीमा संविधान सभामा अभिलिखित हुन्थे र त्यस्ता फरक मतलाई संविधान संशोधन गरेर सम्बोधन गर्ने नैतिक अधिकार रहन्थ्यो। त्यतिमात्र हैन तिनको लोकतान्त्रिक साख पनि कायम रहन्थ्यो। आफूलाई मधेसवादी भन्ने केही राजनीतिकर्मीले आफूहरू अनुपस्थित हुँदा तराईको प्रतिनिधित्व नभएको वा आफूले सिंगो तराईको प्रतिनिधित्व गरेको भ्रम फैलाइरहेका छन्। तिनले संविधान सभाको निर्वाचनमा तराईका जनताले आफूलाई विश्वास नगरेको चटक्कै बिर्सेको देखियो। यथार्थमा अहिले संविधान निर्माणको विरोध गर्नेहरूले १० प्रतिशत जनताको प्रतिनिधित्व पनि गर्दैनन्। यसैले संविधानका धाराहरूमा मतदानसँगै जनस्तरमा सद्भाव र्यावली सुरु भएको हो। जनस्तरमा स्वतःस्फूर्तरूपमा प्रकट यस प्रकारको सद्भाव र एकताबाट विचलित तत्वले त्यसलाई बिथोल्ने प्रयास गर्नसक्छ। यसैले सरकार र प्रमुख दलहरूका साथै लोकतान्त्रिक विधि एवं प्रक्रियामा विश्वास गर्ने सबैले त्यसको प्रतिवाद गर्नुपर्छ। अहिलेसम्मका उपलब्धि संस्थागत होउन् भनेर चिन्तित राष्ट्रपति डा. यादवको पनि त्यस सत्प्रयासमा साथ र समर्थन रहने विश्वास गर्नु अनुचित हुनेछैन।