संविधान सभाबाट नेपालको संविधान, २०७२ पारित भएलगत्तै नेपाल भारतको कोपभाजन हुनुपुग्यो। संविधानमा भारतले निर्देश गरेअनुसार संशोधन नगर्दासम्म तराईको हिंसात्मक विरोध प्रदर्शन र नेपाललाई लगाएको नाकाबन्दी कायमै रहनसक्छ। तत्कालका लागि पेट्रोलियम पदार्थ र खाद्य सामग्रीको अभाव हुनसक्छ। त्यसो त औषधिलगायत अन्य अत्यावश्यक वस्तु पनि मूलतः भारतबाटै आयात गरिन्छ।तराईमा औषधिको अभाव हुन थालेको छ। यति नै बेला चीनसँगका चल्तीका नाकाहरू भुइँचालोका कारण क्षतिग्रस्त भएका छन्। भारतले सायद यही मौका छोपेर शक्ति देखाउन खोजेको हो कि? मधेस आन्दोलनको निहुँ देखाएर भारतले विगत केही दिनदेखि नै नेपालतर्फ सामान आउन नदिने खेल सुरु गरिसकेको थियो।
संविधान सभाले पारित गरेको र नेपालका राष्ट्रपतिले जारी गरेको संविधानलाई कार्यान्वयन हुनै नदिई तुहाउने षड्यन्त्र संविधानमा आफ्ना माग समावेश गराउने चाहनाबाट मात्र भएको हैन कि भन्ने सन्देह बढ्दै गएको छ। कतै यो नेपालको सार्वभौम सत्ताको अभ्यास नेपाली जनताले स्वतन्त्रतापूर्वक गर्न पाउँदैनन् भन्ने देखाउन गरिएको अतिक्रमण त हैन? त्यसो हो भने सबैले थाहा पाउनुपर्छ नेपाली जनता राष्ट्रिय स्वाभिमानका लागि नाकाबन्दीको प्रभाव सहन तयार हुनेछन्। तराईका आन्दोलनकारीसँग वार्ताका लागि सरकारले गरेको प्रयास विफल भइरहेका छन्। सायद अब भारतको मध्यस्थताविना वार्ताहरू सफल पनि हुनेछैनन्। लाग्छ, दन्त्यकथाको राक्षसको प्राणजस्तै तराई आन्दोलनको मूल साँचो भारतकै हातमा छ र तराईका नेपाली गोटी बनाइएका छन्। यसैले नेपालीहरू अब नाकाबन्दीबाट दैनिक जीवनमा पर्ने कष्ट सहन तयार हुनुपर्छ। सरकारले पनि तत्काल नाकाबन्दीको प्रभाव मत्थर पार्ने उपायहरू सोच्नु जरुरी छ।
इन्धनको आपूर्ति रोकिएकाले सबैभन्दा पहिले यसैको व्यवस्थापन गरिहाल्नु आवश्यक छ। निजी सवारी साधनको प्रयोग अत्यन्त जरुरी नहुँदासम्म नगर्ने हो भने ठूलो मात्रामा इन्धन जोगाउन सकिन्छ। यस्तै सहरी क्षेत्रमा खानेकुरा पकाउन विद्युतीय उपकरण प्रयोग गर्न सकिन्छ भने ग्रामीण बजारहरूमा दाउरामा पकाएर गर्जो टार्न सकिन्छ। तत्कालका लागि अत्यावश्यक नहुँदासम्म इन्धन खर्च नगर्ने बानी नेपालीले यसैपनि बसाउनै छ। राजधानीमा त पैदल यात्रालाई वा साइकलको प्रयोगलाई सहज बनाउने हो भने पनि इन्धनको अभावमा हुने धेरै समस्या समाधान गर्न सकिनेछ। सौर्य ऊर्जाको प्रयोगमा जोड दिएर पनि इन्धनको विकल्प तयार गर्न सकिन्छ।
भुटानका तत्कालीन प्रधानमन्त्रीले चीनसँग निकटता बढाए भनेर भारतले सन् २०१३ मा चुनावको मुखैमा त्यहाँ ग्यासमा दिएको अनुदान कटौती गर्दा निर्वाचन परिणाममै फरक पारेको थियो। सायद नेपालमा पनि त्यही गर्न सकिने भारतीय पक्षले सोचेको हुनसक्छ। तर नेपालीहरू भुटानी हैनन् भन्ने भारतीय पक्षले बिर्सनु हुँदैन। नेपालीका लागि सहज जीवनशैलीको साटो यथार्थमा आधारित दिनचर्या अपनाउन सायद यो उपुक्त अवसर पनि हो। जेनेरेटरबाट बिजुली निकालेर पंखा चलाउने ठस्सा अब छाड्नैपर्छ। भारतसँग वार्ता गरेर समस्याको समाधान खोज्दै गर्दा नेपालले आफूमाथि भएको अन्यायको पनि अन्तर्राष्ट्रियकरण गरेर न्याय खोज्नु उचित हुनेछ। यसपटक भारतीय ज्यादती र थिचोमिचोको प्रश्न उठाउँदा भूपिरिवेष्ठित मुलुकको अधिकारका साथै तराईका सीमावर्ती क्षेत्रमा भारतले एकतर्फीरूपमा बनाएको भौतिक संरचनाबाट नेपाली भूभाग र बस्तीहरू डुबानमा परेको विषय पनि उठाउनु जरुरी छ।
चीनसँग नाकाहरू खोल्न विशेष अनुरोध गर्ने हो भने असल छिमेकीका रूपमा हुनसक्ने जति सहयोग चीनबाट पनि पक्कै प्राप्त हुनेछ। त्यसले भारतमा नेपालको निर्भरता कम हुनेछ। परनिर्भर हुन नपरे स्वतन्त्रता पनि बढी अनुभव गर्न पाइनेछ। सरकारले तत्काल उद्यमी, व्यापारीलगायत नागरिक समाजसँग समेत सल्लाह गरेर संकटकालीन कार्यक्रम तर्जुमा गरोस्। यसबीच भारतसँग कुरा मिले पनि आत्मनिर्भरताका कार्यक्रमहरू जारी राख्ने अठोट गर्नुपर्छ। राष्ट्रिय स्वाभिमानसँग साँट्न मिल्ने त केही पनि हुँदैन।