नेपाली हामी स्वाभिमानी छौँ। अन्यायविरुद्ध झुक्न जान्दैनौँ भन्ने कुरा इतिहासमा पढ्दै आएका पनि छौँ। हुन पनि इतिहासको कुनै कालखण्डमा नेपाल कहिल्यै कसैको उपनिवेश बन्नुपरेन। नेपालको छिमेकी मुलुक भारत बेलायतको उपनिवेश भयो।उसले ब्रिटिस शासनविरुद्ध आन्दोलन गर्यो र १९४७ मा स्वतन्त्र भयो। त्यसपछिका दिनमा आफ्नो देशबारे कुनै पनि निर्णय गर्न स्वतन्त्र रह्यो। तर विडम्बना के रह्यो भन जुन दिन भारत स्वतन्त्र भयोे त्यसै दिनदेखि उसले नेपाललाई अघोषित उपनिवेश बनाउँदै आयो। घोषितरूपमा भएको भए सायद नेपाली जनताले उहिल्यै नै लडेर स्वतन्त्र बनाइसक्थे तर अघोषित भएको हँुदा सधैँ मार खेपिरहेका छन्। त्यसैमध्येको मार केही दिनदेखि लगाइएको नाकाबन्दी पनि हो।
भारतले ब्रिटिस शासनविरुद्ध 'भारत छोडो' आन्दोलन चलाउँदा नेपाली जनताले साथ दिएका थिए। स्वयम् मनमोहन अधिकारी, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई आन्दोलनकै क्रममा जेल परेका थिए। जब भारत स्वतन्त्र भयो उनीहरूले आन्दोलनमा पुर्याेएको सहयोगको भाग खोजेनन्। बरु भारतीय जनताको खुसीमा नै रमाउन पुगेका थिए। २००७ सालमा नेपाली जनताले नेपालमा शताब्दियौंदेखि चल्दै आएको राणाशासनविरुद्ध प्रजातन्त्रका लागि लडाइँ लडे। भारतले उक्त आन्दोलनलाई आफूअनुकूल बनाएर तुहाउने काम गर्यो । त्यतिमात्र होइन, आन्दोलनमा सहयोग गरेको भाग खोज्दै नेपाली राजाका सल्लाहकार भारतीय नागरिकलाई राख्न बाध्य बनायो।
भारतले पटकपटक नेपालमा अशान्ति मच्चाउने परिवेश बनाउने र आफैँले द्वन्द्वको निकासा पहिल्याएको निहँुमा सधैँ नेपालमाथि हैकम राख्दै आएको छ। नेपाली नेता र शासकहरू सधैँ भारतको नियन्त्रणमा रहनुपरेको बाध्यता अहिले आएर अझै छर्लङ्ग भएको छ। भारतले नेपालमा शान्ति भए आफ्नो हैकम कमजोर हुने ठानेर सधैँ अस्थिरता ल्याउन उद्यत रह्यो। त्यसैको अर्को शृङ्खला हो अहिलेको मधेस आन्दोलन। पटकपटक देशको मन्त्री भएर बूढा भएकाहरू राज्यबाट विभेद गरियो भन्ने नाममा विदेशीको गोटी बनिरहेका छन्। दशकौंंपछि नेपाली जनता संविधान सभाबाट संविधान बनाएर खुसी भइरहेका बेला विदेशी भूमिमा बसेर नेपालतिर ढुङ्गा हान्ने जुन हर्कत गरेका छन् त्यो साह्रै खेदजनक छ। नेपाललाई सधैँ आफ्नो पञ्जामा राख्ने दशकौंदेखिको नीतिका विरुद्ध सिङ्गो नेपाली जनता उठेका बेला तराई मूलका नेपाली हौँ भन्नेहरूले देखाएको हर्कत कसैका लागि पनि स्वीकार्य छैन। असहमतिको देखावटी रूप संविधानका विषयमा नेपाल सरकारसँग छ। माग भारततिरबाट आएका छन्। विदेशी भूमिमा डेराडण्डा जमाउने, आन्दोलन नेपालमा गर्ने? यिनको सक्कली अनुहार चिन्न आवश्यक छ। यिनीहरू कसका लागि लडेका छन्? नेपालीमाथि नाकाबन्दी लगाएर कसका लागि देशको स्वाभिमान झुकाउँदै छन्? यो कुनै वर्ण, लिङ्ग, जातजाति, भाषाभाषी एवम् क्षेत्रको कुरा होइन, सिङ्गो राष्ट्रियतामाथिको प्रहार हो।
सरकारले आन्दोलन मत्थर पार्ने र वार्ताको वातावरण बनाउने भन्दै आन्दोलनमा मारिएकाहरूलाई दश लाख दिने निर्णय गर्योो जुन दुर्भाग्यपूर्ण थियो। त्यस्तो निर्णय आन्दोलन रोकिएपछि मात्र हुनुपर्थ्याे। आन्दोलन चलिरहँदा भएको त्यस किसिमको निर्णयले आन्दोलनमा मर, उधारोमा ५० लाख होइन, सरकारबाट नगदमा दश लाख लेउ भनेजस्तो भयो। सरकार वार्ता/वार्ता भनिरहेको छ। वार्ता केका लागि? कसको एजेन्डामा वार्ता? आफूहरूमाथि नाकाबन्दी लगाउँदा पनि सरकारलाई साथ दिन तयार भएका सम्पूर्ण नेपाली जनतालाई प्रष्ट पार्नुपर्छ। होइन विदेशीले उचालेका भरमा वार्ता गर्ने र नेपाली जनताको शिर निहुर्याणउने काम सरकारले गर्छ भने सिङ्गो नेपाली जनताले त्यस्ता कुराको प्रतिवाद गर्नेछन्। त्यतिबेला उत्पन्न हुने परिस्थिति अहिलेको नाकाबन्दी भन्दा हजारौँ गुण सशक्त हुनेछ। त्यसप्रति पनि वार्ता/वार्ता भन्नेहरूले गम्भीर भएर सोच्न आवश्यक छ।
आतङ्कका भरमा मधेसी नेताहरू सिङ्गो तराई आफ्नोमात्र हो भने जसरी जननिर्वाचित प्रतिनिधि एवम् शीर्षस्थ नेताहरूलाई तराईमा आउन चुनौतीसमेत दिइरहेका छन्। विदेशीका एजेन्डा बोकेर राजनीतिका नाममा कहिलेसम्म आतङ्क मच्चाइरहन दिने? मान्छे मार्छौं, काट्छौँ भन्नेलाई कहिलेसम्म यसरी खुला हिँड्न दिने? उनीहरू आन्दोलन होइन, देशद्रोही काम गर्दैछन्। यिनलाई राज्यले तुरुन्त नियन्त्रणमा लिनुपर्छ। ठीक छ, भोलि वार्ता भएर सहमति भए छाडिदिए हुन्छ, होइन यसैगरी आतङ्क मच्चाउने हो भने जेलमा कोचिराख्नुपर्छ। भारतले लगाएको नाकाबन्दी कूटनीतिक पहलबाट खोलिएला तर आपराधिक मनोवृत्तिका केही मान्छले तराईमा जुनखालको हैकम चलाउन खोज्दैछन् त्यो स्वाभिमानी नेपालीका लागि किमार्थ स्वीकार्य हुन सक्दैन। विदेशीको आडमा मातृभूमिमाथि धावा बोल्नेहरूसँग सरकार मुकदर्शक होइन, गम्भीर बन्नुपर्छ। देखावटी जे भए पनि यो स्वाधीनताको लडाइँ हो। लडाइँ नेपाली जनताले जित्नुपर्छ।