सारा देशवासीको घाँटी थिच्ने भारतीय नाकाबन्दीलाई मधेसी मित्रहरू शासकलाई गलाउने बाध्यताको हतियार ठान्दैछन्। खासमा यो दिल्ली र काठमाडौँबीचको असझदारीमा दिल्लीले मधेसलाई हतियार बनाएर काठमाडौँतिर फ्याँकेको हो। मधेसी आन्दोलनकारी भने त्यसैलाई 'जस्टिफाइ' गर्दैछन्। दिल्लीसँगको सम्बन्धमा पनि मधेसले काठमाडौँलाई शत्रु ठान्नु ठूलो भूल हो। पहाडले मधेसको राष्ट्रियतामा अनावश्यक सन्देह गरेको सत्य हो।मधेसवासी विखण्डनकारी नै हुँदा हुन् त ती अहिले अधिकारका लागि लडिरहेका हुने थिएनन्। ती सोझै सीके राउतका पछिपछि हुन्थे। हो, हिमाली, पहाडी र मधेसीका उपराष्ट्रियता फरक छन्। यी तिनैलाई जोड्ने तन्तु नेपालीपन नै हो। यसलाई तोड्नु हुँदैन। दिल्लीको अमानवीय नाकाबन्दीविरुद्ध मधेसी मित्रहरू पनि काठमाडौँसँगै हुनुपर्थ्यो। यो हाम्रो आन्तरिक मामला हो, हामी नै सल्टाउँछौँ, तिमी यहाँ अनधिकृत प्रवेश नगर भन्ने उँचो नैतिक साहस देखाउनुपर्थ्यो। यसो हुँदा सारा न्यायप्रेमी पहाडवासी तिनका पक्षमा हुन्थे र तिनका माग पूरा गराउन राज्यलाई दबाब पर्थ्यो। उल्टै तिनले सीमापारि गएर नाकाबन्दी गर्न सघाउँदा र वारितिर ढुंगा बर्साउँदा पहाड र मधेसको सम्बन्ध अझै रूखो र हृदयविहीन हुन्छ। तिनको राष्ट्रिय स्वाभिमान हिमाल र पहाडका नजरमा सदाका लागि सन्देहको घेरामा पर्ने खतरा हुन्छ। आन्दोलनको बलले तिनले अधिकार लेलान्, तर विभीषण शैलीको विद्रोहले दुई उपराष्ट्रियताबीचको हार्दिकता झन्झन् फाटिँदै जान्छ।
दुई सातादेखि जारी नाकाबन्दीले देश ठप्प छ। ग्यासको अभावमा सहरवासी दाउरा युगमा फर्कंदैछन्। यही क्रम जारी रहे चाँडै ती ढोड, छ्वाली, पराल र धुस्नु बाल्न बाध्य हुनेछन्। सार्वजनिक सवारी साधन केहीदिनमै ठप्प हुनेछ। दसैँको मुखमा खाद्यान्नलगायत अन्य उपभोग्य सामानको हाहाकार हुनेछ। यातायातको अभावमा अधिकांश बासिन्दा दसैँमा आफ्ना आदरणीयको आशीर्वाद थाप्न घर जान पाउने छैनन्। जोजति जान्छन् तिनका यातायात सुरक्षित हुँने छैन। भारत सरकारले प्रशासनलाई निर्देशन दिएको खबर आए पनि पेट्रोलियम पदार्थको ट्यांकर छिर्न दिइएन। काइते जमिनदार शैलीको उसको व्यवहारले हामीलाई कष्ट दिनुभन्दा बढी आधुनिक मानव सभ्यतालाई लज्जित पार्योो।
जागेको मधेस
सबैलाई थाहा छ, २०६३ को हिउँद्मा भएको मधेस आन्दोलनले संघीयतालाई सुनिश्चित गर्न लगायो। नेपालमा पहिलोपल्ट २००८ सालमा तराई कांग्रेसले संघीयताको माग गरेको थियो। ५५ वर्षपछि भए पनि त्यसलाई स्थापित गर्ने काम तराईकै पार्टीहरूबाट हुनु तराईका लागि गर्वको विषय हो। अप्रिल आन्दोलनपछि विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानले केन्द्रीकृत राज्यको अन्त्य गर्ने मनसुवा राखेको थियो। त्यसलाई मूर्तरूपले संघीयतातिर डोर्यानउने काम २०६३ माघ १ मा जारी अन्तरिम संविधानको प्रतिकारमा उठेको मधेस आन्दोलनले गर्यो्।
मधेसको पहिचान स्थापित गर्ने, समावेशी र समानुपातिक आधारमा राज्य संरचनामा मधेसीको प्रतिनिधित्व गराउने, भूगोल र जनसंख्याका अनुपातमा निर्वाचन क्षेत्र बनाउने वचन त्यसबेलै दिइएको हो। संविधान सभाले त्यही निर्देशनअनुसार काम गरेको पनि हो। अन्तरिम संविधानमा समेत मधेसी जनतालाई दिइएको यस अधिकारलाई कृष्णप्रसाद सिटौला नेतृत्वको संविधान मस्यौदा समितिले लोप्पा खुवाउने काम गर्योल। अहिलेको सारा तनाव र तिक्तताको जड त्यही समिति हो। त्यही पुरानो अधिकार पाउन मधेस आन्दोलनमा ४२ जनाले ज्यान गुमाउनुपर्यो्। टेलिभिजनहरूमा हामीले नै देख्यौँ, आन्दोलनको विभाजनकै मूल्यमा पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार संविधान निर्माणबाट बाहिर ननिस्कन १६ बुँदे सहमतिमा सहभागी भए। त्यसले ८ प्रदेशको खाका कोर्योि। तुक न तर्कसहित त्यसलाई ६ प्रदेशमा झारियो। कर्णाली जाग्नासाथ ७ प्रदेशमा उकालियो। त्यसलाई मधेसी र थारूले ८ प्रदेश नै बनाउन खोज्दा यत्रो बितन्डा मच्चियो।
पीडित मधेसी
शंकै छैन, तराई क्षेत्रका हाम्रा परिश्रमी मधेसी दाजुभाइ, दिदीबहिनी राज्यबाट पीडित भएकै हुन्। पहाडी उच्चतावादी अभिमानबाट पनि ती हेपिनुसम्म हेपिएकै हुन्। पहाडमा दलित जताततैबाट हेपिन्छन्। तिनको सम्मानपूर्वक बाँच्न पाउने हक सामाजिकरूपमा सधैँ खोसिएको छ। तर, तिनै उत्पीडित दलितले समेत मधेसीलाई हेपाहा व्यवहार गर्नु कम्ती विडम्बनाको कुरा होइन। काठमाडौँका व्यापारी, किसान नेवारका लागि त मधेसी 'मान्छे होइन, मदिसे' मात्र हो। त्यसलाई व्यक्त गर्न ती 'मनु मखु, मर्स्या' भन्छन्। बाँकी पहाडी उच्च जातिका लागि मधेसी केवल 'धोती वा काले' हुन्। आलुप्याज, बरफ, लत्ताकपडा, जुत्ता बेच्न आउने हजुरबाबु उमेरका मधेसी दाजुभाइलाई पहाडतिर ओठ निचोर्दा दूध निस्कने बालकले समेत 'तँ, मदिसे, धोती, ठग' भनेर हेप्छ।
दुई देशबीच सिमानाका बासिन्दाका नाताले पारितिरका बासिन्दासँग तिनका सांस्कृतिक समानता हुनु, रोटीबेटीको सम्बन्ध गाँसिनु स्वाभाविक हो। सिमानामा बस्नुको पीडा भुक्तभोगीलाई नै थाहा हुन्छ। रातारात सिमाना सार्न र बलमिच्याइँ गर्न भारतको एसएसबी अत्यन्त बदनाम छ। मधेसवासीको नागरिकता नेपाली हुन्छ, तर भोलिपल्ट बिहान उठ्दा तिनका घर र जमिन भारततिर परिसकेको हुनसक्छ। त्यस्तो स्थितिमा झेल्नुपर्ने प्रशासनिक झमेला वर्णन गरिनसक्नु हुन्छ। हामीलाई खपिनसक्नु गर्मी मधेसीलाई अभिन्न मित्र नै भएको होला मानौँ। तर, तिनले भारतीय सिमाना सुरक्षा बल (एसएसबी), नेपाल प्रहरी र भारततिरबाट आएका खतरनाक डाँकु सबैतिरबाट जीउधनको सुरक्षा गर्नु ठूलै चुनौती छ।
चेतनाले नै मान्छे अरू प्राणीभन्दा भिन्न हुन पुगेको हो। यसले मान्छेलाई पहिचान, आत्मसम्मान र स्वाभिमानको भोक जगाउँछ। प्रजातन्त्र पुनर्स्थापनपछि मधेसीहरू पनि शिक्षा र रोजगारका लागि देशविदेश पुगे। त्यसले तिनमा स्वत्वको अपूर्व जागरण ल्यायो। अनि तिनलाई बोध भयो, कर तिरेर, देशको नियमकानुन मानेर ती नागरिक हुनुको कर्तव्य त निर्वाह गरिरहेका थिए तर तिनको आत्मसम्मान र एक नागरिक हुनुको मौलिक अधिकार खोसिएको रहेछ। त्यसपछि नै जागेको हो मधेस।
देशको कुल क्षेत्रमध्ये मधेसमा २१ प्रतिशत छ। ४८ प्रतिशत नागरिक त्यहीँ बस्छन्। ६० प्रतिशत राष्ट्रिय आय मधेसमै निर्भर छ। खेतीयोग्य जमिनमध्ये ५३ प्रतिशत र सिञ्चितमध्ये ५७ प्रतिशत मधेसमै छ। तर, राज्यले नै मधेसीलाई अनागरिकसरह व्यवहार गरेर हेप्नु हेप्यो। २००९ सालसम्म मधेसबाट काठमाडौँ छिनुपर्दा राहदानी लिनुपर्थ्यो भनेर हामीले इतिहासमा पढेकै हो।
मधेसमा उत्पादन नभए, मधेसबाट आपूर्ति रोकिए, मधेसबाट आयकर नउठे देशमा हाहाकार मच्चिने अवस्थामा पनि त्यही मधेसलाई झड्केलो छोराको व्यवहार गर्नु अन्यायको हद थियो। ०६३ को मधेस आन्दोलनपछि त्यहाँ युगान्तकारी परिवर्तनहरू भए। समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्य संरचनामा मधेसीहरूले पर्याप्त मात्रामा नभए पनि ठाउँ पाउँदै गए। तिनका अधिकारहरू अन्तरिम संविधानमा अंकित भए। नयाँ संविधानमा तिनका पहिचान, प्रतिधित्व र पहुँचलाई संस्थागत गर्नुपर्ने थियो। ४ दलबीच १६ बुँदे सम्झौता भएपछि तिनका मनमा चिसो पस्यो। नेपालको संविधान २०७२ मा अन्तरिम संविधानमा सुनिश्चित गरिसकिएका अधिकार पनि घटाउ भएको महसुस भएपछि ती आन्दोलनमा उत्रिए। ४० दिनमा ४२ जनाले ज्यान गुमाउँदा पनि राज्य कानमा तेल हालेर बसिरह्यो। जब भारतले नाकाबन्दी नै लगायो, त्यसपछि एक्कासि मधेसको समस्या समाधान नगरी नहुने रहेछ भन्ने तत्वबोध सबैलाई भयो।
र, अन्त्यमा
मधेस आफ्ना अधिकारका लागि 'गर या मर' को मानसिकतामा आन्दोलनमा उत्रियो। राज्यले बुझ्नुपर्ने हो, आन्दोलन जति चर्किंदै जान्छ, मागहरू थेगिनसक्नु गरी बढ्दै जान्छन्। मधेसी, अझ तिनमा पनि दलित, उत्पीडित, महिलालाई समेट्ने गरी राज्य संरचनालाई समानुपातिक समावेशी बनाउन ढिला गर्नु हुँदैन। नभए विदेशीले यहाँको सरकार निर्माणमा समेत खेल्न पाउँछ। तर, विवेकी मधेसी मित्रहरूले पनि भुल्नु हुँदैन, आन्दोलनमा जुनसुकै कुरा जायज हुँदैन। त्यसका पनि मर्यादा हुन्छन्। तपाईंहरू पनि विभीषण र सुग्रिबको कलंक निधारमा टाँस्न चाहनुहुन्न होला। ती दुवैले परचक्रीलाई बोलाएर आफ्नै दाजुलाई मार्न लगाएका थिए।