तराईमा आन्दोलन चर्केको मौका छोपेर भारतले नेपाललाई अस्वीकार्य दिनुले आन्दोलनकै नियतमा सन्देह उत्पन्न भएको छ। भारतीय व्यवहार नेपालको सार्वभौमसत्तामाथि नै अतिक्रमण हो। यसैले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय खोज्नुबाहेक राष्ट्रिय स्वतन्त्रता जोगाउने अरू विकल्प देखिँदैन।
अहिले मधेसी दलका सबै माग स्वीकार गरे पनि भारतको चित्त बुझ्छ भनेर ढुक्क हुन सकिँदैन। र भारतको चित्त नबुझ्दासम्म नाका खुल्ने वा मधेसको आन्दोलन मत्थर हुने संकेत पनि देखिँदैन। मधेसीका मागसँगै मिसाएर भारतले यही बेला राखेका सर्त स्वतन्त्र र सार्वभौम नेपालका लागि आपत्तिजनक र अस्वीकार्य छन्। अहिले नेपालीको मनःस्थिति सत्ताको लोभमा कुनै दल, नेता वा समूहले नेपालको सार्वभौमसत्तामा आँच आउने गरी सम्झौता गरे भने जनताले त्यसलाई स्वीकार नगर्ने पक्षमा देखिएको छ। बरु नेपालीहरू राष्ट्रियता जोगाउन सरकार अग्रसर भए संकटको सामना गर्न तयार देखिन्छन्।
भारतको स्वार्थ एकपटक पूरा गरेरमात्र पनि नपुग्ने उदाहरण त सन् २०१३ मा भुटानमा चुनावको मुखमा इन्धन आपूर्तिमा लगाइएको रोकले नै पुष्टि गरिसकेको छ। यसैले अब समस्याको दीर्घकालीन समाधानका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय माग्नुको विकल्प देखिँदैन। नेपालको अहिलेको संकट अन्तर्राष्ट्रिय मानवीय सहायता आकर्षित हुने चरणमा पुगेको छ। नेपालस्थित युरोपेली मुलुकका कूटनयिकहरूले नेपालमा आवश्यक मानवीय सहयोग पुर्या उन तत्पर रहेको वक्तव्य सार्वजनिक गरेका छन्। 'मानवीय आवश्यकताका सामग्रीको आपूर्ति र वितरण'का लागि तत्पर रहेको उनीहरूको वक्तव्यमा उल्लेख हुनुको अर्थ संकटमा अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको पुष्टि गर्नु नै हो। यसैले नेपाल सरकारले भारतलाई रिझाएर समस्या समाधान गर्न राष्ट्रको हितसँग सम्झौता गर्न हैन अन्तर्राष्ट्रिय समुदायको सहयोग लिएर जनताको जीवन जोगाउन र अन्तर्राष्ट्रिय कानुनका प्रावधानअनुसार न्यायको खोजी गर्न अग्रसर हुनुपर्छ। विश्व व्यापार संगठनको सदस्यका हैसियतमा पनि नेपाललाई पारवहन सुविधा दिन भारत कानुनतः बाध्य छ।
नेपालले लामो संघर्षपछि पूर्ण लोकतान्त्रिक विधि र प्रक्रिया अपनाएर विश्वका कुनै पनि संविधानसँग तुलना गर्दा लोकतन्त्र र मानव अधिकारका दृष्टिमा कमजोर नठहरिने संविधान बनाएको छ। यो बेला त नेपालले संसारभरबाट स्याबासी र संविधान कार्यान्वयनमा सहयोग पाउनुपर्थ्यो। विडम्बना, आफूलाई संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक ठान्ने भारतबाट पूर्ण असहयोग भयो। यस्तोमा लोकतान्त्रिक शासन पद्धति रहेका पश्चिमका मुलुकहरूले नेपाललाई सहयोग नगर्ने हो भने यहाँका जनताले कष्ट सहनु त पर्छ नै नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउनकै लागि पनि उत्तर कोरियाजसरी एक्लै बाँच्ने प्रयत्नमा लाग्न नेपाल बाध्य हुनेछ। सम्भवतः यसैले संयुक्त राष्ट्रसंघले पनि अग्रसरता देखाउनु आवश्यक छ।
दक्षिण एसियाका अरू मुलुकसँग सम्पर्क गरेर अहिलेको अवस्थाबारे जानकारी गराउन र सकेको सहयोग माग्न पनि नेपालले ढिलो गर्नु हुँदैन। यद्यपि, दक्षिण एसियाली सहयोग संगठन सार्क यस्तो संकटमा कुनै सार्थक सहयोगी हुनसत्तै्कन। सार्कको अध्यक्षका हैसियतले पनि नेपालले क्षेत्रीयस्तरमा अग्रसरता दिनुपर्ने देखिन्छ।
अन्तर्राष्ट्रिय जगतमा अपेक्षाकृत एक्लो परेका बेला चीनलाई नेपालले साथ दिएको थियो। चीनसँग इमानदारीसाथ सहयोग मागे पक्कै उताबाट अस्वीकार हुनेछैन। यसैले अकर्मण्यता त्यागेर सरकार सञ्चालन गर्नेहरू विशेषगरी प्रधानमन्त्री सुशील कोइरालाले पहल गर्नु जरुरी छ। सत्तामा रहेकाहरूको नालायकी र भारतीय शासकहरूको संवेदनहीनताले नेपाली जनताले अकालमा मर्नुपर्ने अवस्था उत्पन्न भयो भने अन्तर्राष्ट्रिय समुदायमाथि कलंक त लाग्ने नै छ भारतकै पनि हित हुनेछैन। शासकहरूको अवस्था कस्तो होला त्यो त अहिले कल्पनासम्म पनि गर्न सकिँदैन।