विष खाएर अचेत भएका दाजुभाउजुलाई ट्याक्सीमा राखेर गएको सोमबार वीर अस्पताल पुगेका रामकोटका बच्चु भुजेलले वीर अस्पतालमा उपचार गराउन पाएनन्। वीर अस्पताल स्थापनापछिको १ सय २० वर्षमा यस्तो गम्भीर बिरामीलाई उपचार नगरी फर्काइएको सम्भवतः पहिलो घटना हो। भुजेल दम्पतीजस्तै सयौँ गम्भीर प्रकृतिका बिरामी त्यहाँबाट बिनाउपचार फर्के।
दिनहुँ दुईदेखि तीन हजार बिरामीले सेवा दिने यो दुईसाताभन्दा लामो समय बन्द भयो। यस अस्पतालमा यस वर्षमात्रै तीन पटक हड्ताल गरियो। तर यसअघि आकस्मिक सेवा बन्द भएको थिएन। वरिष्ट कन्सल्टेन्ट एवं विभागीय प्रमुखले आन्दोलनमा भाग लिएका थिएनन्। वीर अस्पतालको यस्तो दुर्दशा हुनुका धेरै कारण होलान् तर तिनमा स्वास्थ्य मन्त्रालयको नियन्त्रणको चाहना र न्याम्सका पदाधिकारीको स्वायत्तताको आडनै प्रमुख हो।
उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, दक्ष जनशक्ति उत्पादन गर्ने तथा चिकित्सा विज्ञान क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य राखेर २०५९मा अध्यादेशमार्फत् वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा परिणत गर्ने निर्णय गरिएको थियो। न्याम्स बनाएपछि वीर अस्पतालको स्वतन्त्र अस्तित्व र पहिचान सकियो। प्रतिष्ठान बनाउने निर्णयलाई त्यतिबेला अतिमहत्वाकांक्षी योजना भनिएको थियो। अहिले त्यहाँ करिब २ सय चिकित्सकले स्नात्तकोत्तर अध्ययन गरिहेका छन्। नेपालका लागि न्याम्सको खाँचो थियो। दुर्गममा जानै नचाहने चिकित्सकलाई सरकारले न्याममा पढेपछि जानैपर्ने र दुर्गममा काम गरेपछि उच्च अध्ययनको अवसर पाइने बनाएको छ।
प्रतिष्ठानको जन्मसँगै वीर अस्पताल अस्थिरता र राजनीतिक खिचातानीको केन्द्र बन्न पुग्यो। अहिले वीर अस्पतालमा स्वास्थ्य मन्त्रालयको नियन्त्रणमा छैन। मन्त्रालयको अस्पतालमा अप्रत्यक्ष नियन्त्रण कायमै राख्न चाहन्छ। प्रतिष्ठानका पदाधिकारी स्वायत्त संस्था भन्दै मन्त्रालयलाई टेर्देनन्। न्याम्सभित्रै पनि समस्यमा छ। त्यसले कर्मचारी र चिकित्सकलाई आन्दोलन गर्ने आधार दिएको छ।
न्याम्समा अनुभवी र दक्ष प्राध्यापक, पुस्तकालय र छात्रावासजस्ता अत्यावश्यक पूर्वाधार छैन। यही मागमा आवासीय चिकित्सकले बारम्बार आन्दोलन गरेका छन्। त्यहाँ सरकारी र प्रतिष्ठानका गरी दुईथरी कर्मचारी कार्यरत छन्। उनीहरू निवृत्तिभरणलगायत सेवा सुविधाका मामिला उठाउँछन्।। कनसलटेन्ट चिकित्सकहरूको सम्बन्ध प्रायः पदाधिकारीसँग हुन्छ। चिकित्सक र कर्मचारीको स्वार्थमा अस्पताल ठप्प हुन्छ।
यस पटक आन्दोलनको थालनीमा आवासीय चिकित्सकको आन्दोलनका बहानामा प्रतिष्ठानका पदाधिकारी हटाउल्न खोजिएकै थियो। तर, वीर अस्पतालमा माओवादी वर्चस्व कायम गर्ने रणनीतिमा लागेका पदाधिकारी सहजै पद छोड्न तयार भएनन्। स्वास्थ्य मन्त्रालयले पनि सिधै हस्तक्षेप गरेन। स्वायत्त संस्था भन्दै प्रतिष्ठानका पदाधिकारीलाई नै समाधान गर्न समय दिएको भनेर मौका कुरेर बस्यो। पहिले अरू विषयमा केन्द्रित आन्दोलनकारीले पछि स्पष्टसँग पदाधिकारीको राजीनामालाई प्रमुख माग बनाए। स्वेच्छाले नहटे पदाधिकारी बदल्न निकै जटिल छ। अस्पतालका वरिष्ठ चिकित्सक र स्वास्थ्य मन्त्री पदाधिकारीले आजित भएर आपैँल छोडुन् भन्ने चाहन्थे। पदाधिकारी भने न आन्दोलनकारीलाई मनाउन समर्थ भए न सरकारको सहयोग पाउनै सफल भए। केही गर्न नसके पनि उनीहरू पद छोड्न तयार छैनन्। न्याम्समा रिक्त पदमा नियुक्ति गर्न सजिलो छ तर हटाउने प्रक्रिया जटिल छ। मन्त्रालयले छानबिन कमिटी बनाएर दोषी प्रमाणित गरेर मात्रै हटाउन सकिने प्रावधान छ।
उपकुलपतिलगायतका वर्तमान पदाधिकारी एक वर्षअघि यस्तै शैली अपनाएर नियुक्त गरिएका थिए। अहिले तिनलाई हटाउन त्यही प्रक्रिया अपनाइएको छ। त्यति बेला स्वास्थ्य मन्त्री माओवादी थिए। त्यसैले माओवादी निकटका संगठन र व्यक्तिको अगुवाइमा तत्कालीन उपकुलपति विश्वराज दलीलाई अस्पताल आए खुट्टा भाँच्छौँ भनेर धम्क्याएर राजिनामा गर्न बाध्य पारिएको थियो। अहिलेका पदाधिकारी आफ्नै सुरक्षाकर्मी लिएर अस्पताल आइरहेका छन्। पदाधिकारी हटाउने यही शैली कायमै रहँदा अस्पताल र बिरामी मारमा परिरहने छन्।
वीर अस्पताललाई न्याम्सका विद्यार्थीले अभ्यास गर्ने केन्द्रमात्रै बनाएर प्रतिष्ठानको नियन्त्रणबाट मुक्त गरेमा अहिलेको समस्या समाधान हुनसक्छ। वीर अस्पताललाई सरकारको गरिबका लागि निःशुल्क सेवा दिने स्वास्थ्य केन्द्रकै रूपमा सञ्चालन गर्नुपर्छ। यसो नगरे यो अस्पताल र प्रसतष्ठान दुवैको अस्तित्व संकटमा पर्नेछ। यो मुलुककै सबै भन्दा जेठो र ठूलो रिफरल अस्पताललाई केन्द्रीय अस्पतालै बनाउनु उचित हुनेछ।