संसदीय अभ्यासमा राजनीति
३० असोज २०७२
•
१३ मिनेट पाठ
संसदीय अभ्यासमा राजनीति
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ सालमा प्रतिनिधिसभा भंग गरेपछि अवरुद्ध संसदीय अभ्यास बल्ल पुनः सुरु भयो। जनताका प्रतिनिधिको संस्था संसद्को सर्वोच्चता संसदीय व्यवस्थाको विशिष्ट चरित्र हो ।जनताको मतबाट जितेका र सम्पूर्णरूपमा जनताप्रति उत्तरदायी सांसदहरूले कुनै पनि निर्णय लिँदा जनता र राष्ट्रलाई सर्वोपरी ठान्छन् भन्ने दर्शनमा संसदीय पद्धतिको जग बसेको हो । यही मान्यताका आधारमा अहिलेसम्म संसदीय पद्धति विश्वभर लोकप्रिय र अन्य विकल्पहरूको तुलनामा उत्तम विकल्पका रूपमा स्वीकारिएको छ । विसं २०५८ सालमा संसद् विघटन भयो ०६२/०६३ आन्दोलनका बलमा त्यो पुनःस्थापित पनि भयो । तर, तत्कालीन राजनीतिक परिवेशअनुसार त्यो संसद्ले आफ्ना विशिष्ट चरित्रसँग सम्झौता गर्दै सहमतिका आधारमा मुलुक चलाउने अभ्यासलाई मौन स्वीकृति दियो । सुन्दा कर्णप्रिय लाग्ने सहमतिको रटान संसद्मा केपी ओली र सुशील कोइरालाबीचमा प्रधानमन्त्री पदका लागि भएको प्रतिष्पर्धासँगै समाप्त भएको छ । संसदीय अभ्यासमा सामान्यतः नसुहाउने र संसदीय पद्धति प्रतिकूल अभ्यास हो सहमतिको रटान । यसको अन्त्यपछि अब मुलुक फेरि संसदीय पद्धतिलाई अनुशरण गर्दै अगाडि बढ्दै छ ।

सहमतिका नाममा देश सञ्चालन हुँदा पारदर्शिता ओझेलमा पर्छ । फलस्वरूप, भ्रष्टाचार मौलाउने मौका पाउँछ भने भ्रष्टाचारीलाई कारबाही गर्ने आँट राजनीतिक नेतृत्वले गर्न सत्तैmन । विसं २०५८ सालदेखि २०७२ असोजसम्मको समयलाई व्याख्या गर्ने हो भने, भ्रष्टाचारीमात्र हैन, अन्य अपराधी पनि राजनीतिक संरक्षणमा उन्मुक्ति पाउन सक्दा रहेछन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । संसद्मा बलियो प्रतिपक्षीको अभावका कारण यस्तो अवस्था आउने गर्छ । त्यसैगरी सहमतिको रटानले भागबन्डाको संस्कृतिलाई मलजल गर्छ । प्रक्रिया र क्षमताको महŒव पूर्णरूपमा समाप्त हुन्छ । यस अवधिमा पनि यस्तै भएको छ । हरेक निकायमा भागबन्डा एउटा संस्कृतिका रूपमा रहन पुगेको छ । विश्वविद्यालयहरूदेखि गाँउघरका विद्यालय व्यवस्थापन समितिमात्र हैन, स्थानीय निकायमा प्रतिनिधिŒव गर्ने दलका प्रतिनिधिका बीचमा विकास योजनासमेत भागबन्डाका आधारमा छनौट गर्ने संस्कृति बलियोसँग स्थापित हुन पुगेको छ । यस संस्कृतिले समाजलाई प्रक्रियाका आधारमा सञ्चालन हुन दिँदैन भने आवश्यकताको सिद्धान्तलाई पनि पूर्णरूपमा खारेज गर्दै पहँुचका आधारमा काम हात पार्ने पद्धति स्थापित गर्छ । अहिले हाम्रो समाज र सिंगो राष्ट्र यस अवस्थामा अभ्यस्त भइरहेको छ । संसदीय अभ्यासको अभाव र संसद्मा बलियो प्रतिपक्षको अनुपस्थितिले विधिसम्मत र निश्चित प्रक्रियाका आधारमा मुलुक चल्ने लोकतान्त्रिक मान्यतालाई कमजोर बनाउँदै लगेको छ । लोकतन्त्रलाई बलियो र परिणाममुखी बनाउन लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउनुपर्छ । यो लोकतन्त्रलाई अभ्यासमा लैजाँदै गर्दाको पहिलो र अनिवार्य सर्त नै हो । गत १४ वर्षका अवधिमा एउटा पनि लोकतान्त्रिक संरचना स्थापित हुनसकेका छैनन् । बरु, भएकालाई पनि भागबण्डाको संस्कृतिले अपारदर्शी, कमजोर र निरीह बनाई दिएका छन् । हुँदाहुँदा सरकारमा समेत प्रधानमन्त्रीले चाहेको काम मन्त्रीले नगर्ने र सबै आआफ्नो ढंगले चल्ने गरेको पनि देखियो । लोकतन्त्रको प्रत्यक्ष अभ्यास गर्ने सरकारलाई समेत कसरी कमजोर बनाउने गर्छ संसदीय अभ्यासको अभावले भन्ने निष्कर्ष पछिल्लो नेपाली राजनीतिक अभ्यासलाई हेर्ने हो भने देखाउँछ ।

संसदीय पद्धतिको अभावमा धेरै कुरा गुमेका छन् । खराब संस्कृति स्थापित हुँदै गएका छन् । लोकतान्त्रिक संरचना कमजोर बन्दै गएका छन् । त्यसका परिणाम देखिनेमात्र हैन, त्यसका नकारात्मक असरको अनुभवसमेत हामीले गरिरहेका छाँै । दण्डहीनता फस्टाइरहेको छ । प्रशासन संयन्त्रसमेत आदेशमा चल्ने संस्थाका रूपमा उभिँदै गएको छ । प्रक्रिया र आवश्यकताभन्दा धेरै ठूलो आधार पहुँच हुन पुगेको छ । यी सबै विकृति अन्त्य गर्दै देशलाई एउटा पद्धतिमा लैजानु अहिलेको सबैभन्दा प्रमुख आवश्यकता हुनपुगेको छ । संसदीय व्यवस्थालाई अस्वीकार गर्नेहरू र यो व्यवस्था असफल साबित भयो भन्दै सबै अधिकार एउटा व्यक्तिमा केन्द्रित गर्नुपर्छ भन्नेको अहिले पनि वर्चस्व छ । तैपनि संसदीय पद्धति अभ्यासमा आइछाडेको छ । यस कुराले संसदीय पद्धतिको ओज र गुरुŒव निकै रहेको र यसलाई पूर्णरूपमा खारेज गर्न अब कसैले पनि सत्तैmन भन्ने स्थापित पनि गरिदिएको छ । यस व्यवस्थाको मूल मर्मप्रति विश्वास नरहेकाबाट यस पद्धतिका आधारबाट मुलुकलाई प्रक्रिया र विधिबाट सञ्चालन गर्न सहयोग पुग्ला तर उनीहरूकै भरमा सबै छाड्न भने सकिने अवस्था छैन । सत्ताका लागि प्रचण्ड र कमल थापाको गठबन्धन बन्नसक्ने देशमा संसदीय पद्धतिलाई बलियो बनाउन मनभित्रको अधिनायकवादी महŒवाकांक्षा उनीहरूले त्याग्छन् भन्नेमा विश्वास गर्न सकिँदैन । त्यसकारण संसदीय पद्धतिका पक्षधर नेपाली कांग्रेसले यो पद्धतिलाई बलियो बनाउँदै व्यक्तिगत आकांक्षालाई त्यागेर देशमा संसदीय संस्कृतिको पुनःस्थापन गर्न निकै मिहिनत गर्न जरुरी देखिएको छ । भागशान्तिका भरमा मुलुक चलाउने र बाँडीचुँडी खाने प्रवृत्तिलाई 'समयको माग'का रूपमा व्याख्या गरी नेपाली कांग्रेसलाई पनि भागबन्डामा आउन दिइएको दबाब र त्यसका पक्षमा सामाजिक सञ्जालमा आएका अभिव्यक्ति हेर्दा नेपालमा संसदीय संस्कृति उपेक्षित हुँदै गएको देखिन्छ । गैरसंसदीय संस्कृतिले देशका ल्याएको विसंगतिलाई चिर्दै संसदीय संस्कृति स्थापित गर्दै लैजान कांग्रेसले रणनीतिकरूपमा योजना बनाउनु पर्छ । महाधिवेशनका मुखमा उत्पन्न यस परिस्थितिले महाधिवेशनमा समेत यससम्बन्धी एजेन्डा तय गर्नुपर्ने देखिएको छ । देश पद्धतिका आधारमा चलेको छ कि छैन ? क्षमता, योग्यताका आधारमा अवसर उपलब्ध भएका छन् कि छैनन् ? लोकतान्त्रिक मान्यता र सिद्धान्तलाई कार्यकारीले पछ्याइरहेको छ कि छैन ? राज्य प्रदत्त सेवा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित हुनसकेको छ कि छैन ? राष्ट्रिय ढुकुटीमा जनताको नियन्त्रण स्थापित हुनसकेको छ कि छैन ? भन्नेजस्ता महŒवपूर्ण सन्दर्भमा प्रतिपक्षी दलले चनाखो भएर, विश्लेषणात्मकरूपमा र संसदीय मान्यताका परिधिभित्र रहेर खबरदारी, रचनात्मक सहयोग तथा आवश्यक परे दवावयुक्त आन्दोलनसमेत थाल्नुपर्छ । संसदुमा बलियो प्रतिपक्षीले यतिमात्र भूमिका खेल्न सक्यो भने त्यसले अलग परिणाम दिन सक्छ । यसले असलमा संसदीय पद्धतिसमेत स्थापना गर्छ । प्रधानमन्त्रीको निर्वाचनमा प्रतिष्पर्धा गर्दा नेपाली कांग्रेसलाई लागेको अवगाल पखाल्न पनि योजनाबद्धरूपमा कांग्रेसले यो भूमिका पूरा गर्दै संसदीय पद्धतिको विशेषता र त्यस विशेषताले दिने परिणाम जनताले महसुस गर्नेगरी दिलाउन सक्नुपर्छ । थुप्रै आलोचना भए पनि प्रतिष्पर्धामा उत्रिएको कांग्रेसले यही लक्ष्यका साथ आफूलाई हिडाउन सक्नुपर्छ ।

सत्ता गठबन्धनको मोह संसदीय पद्धतिमा हुँदैन । सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र निर्माण गरी संसद्को सर्वोच्चता स्वीकार्न तयार नभएको सन्देश सत्ता पक्षले दिएको छ । राजनीतिक नेतृत्वलाई सम्मान गर्न यस्तो संयन्त्रको गठन कहीँ कतै गरिएको भए पनि त्यसको संवैधानिक र कानुनी मान्यता हुँदैन । सरकारकै नेतृत्व गरेको दलको वरिष्ठ नेताको नेतृत्वमा यस्तो संयन्त्र गठन हुँदा त्यसलाई पार्टीको तहबाट हुने सहयोगका लागि गठन भएको मान्न सकिन्छ । तर, यहाँ महŒवाकांक्षी नेता भनेर चिनिने प्रचण्डको नेतृत्वमा संयन्त्र गठन भएको छ । प्रचण्डको पार्टी र प्रधानमन्त्रीको पार्टी फरक हो । यस्तो संयन्त्रलाई सरकारले स्वीकारेर त्यसको निर्देशनमा चल्नु संसदीय संस्कृति होइन । संसद्ले चिन्न नसक्ने, संविधानले नचिन्ने र कुनै कानुनले आधिकारिकता दिन नसक्ने संयन्त्र गठन गर्ने सरकारले संसद्को सर्वोच्चता स्वीकार गर्दैन । यस्तो संरचना संसदीय अभ्यासका क्रममा अवरोध ठहर्न सक्छ । भागबन्डा नमिल्दा सरकारको आयुमा समेत समस्याका रूपमा उपस्थित हुनसक्छ । त्यसकारण सरकारले आफ्नो गठनसँगै महाभुल गरेको छ । यस भुलले गर्दा उसले कांग्रेस जस्तो बलियो प्रतिपक्ष्ीाको बढी आलोचना र खबरदारी खेप्नुपर्ने छ भने त्यही संरचना वर्तमान गठबन्धन तोड्ने हतियारसमेत बन्न सक्नेछ । सत्ता गठबन्धन जानेर वा नजानेर संसदीय संस्कृतिको विपक्षमा उन्मुख भइसकेकाले प्रतिपक्षीको भूमिकामा नेपाली कांग्रेसे संसदीय संस्कृति स्थापित गर्न प्रभावकारीरूपमा प्रस्तुत हुनु जरुरी छ ।
अर्को समाचार
राष्ट्रपतिमा दुवै ‘चन्द्र’बीच प्रतिस्पर्धा
१३ फागुन २०७९
•
४ मिनेट पाठ
राष्ट्रपतिमा दुवै ‘चन्द्र’बीच प्रतिस्पर्धा
नेपालका तेस्रो राष्ट्रपतिका लागि राजनीति एवं संसदीय अभ्यासमा बौद्धिक र परिपक्व छवि बनाएका प्रजातन्त्रवादी र वामपन्थी फरक विचारधाराका अनुभवी दुई नेताको उम्मेदवारी परेको छ। यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको मात्र उम्मेदवारी परेको हो।

फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल तनहुँ– निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका हुन। पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्री लगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालय लगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेको अनुभव छ । दुवैले स्थानीय विकास मन्त्रालयको कार्यभार सम्हालेको अर्काे संयोग पनि परेको छ।  

संविधान तथा ऐन–कानूनका व्याख्याता नेम्वाङले विसं २०६२÷६३ को आन्दोलनपछि संविधान सभाको अध्यक्षसहित पाँच पटक सभामुखको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर इतिहास रचेका छन । समाजवादका व्याख्याता पौडेलले एक कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए । उनीहरू दुवै आआफ्नो संसदीय दलमा वरीयताको हिसाबले दोस्रा भएको अर्काे संयोग पनि परेको छ।  

राष्ट्रपतिका दुवै उम्मेदवारको नेपालको संसदीय अभ्यासमा विसं २०४८ देखि प्रवेश भएको हो। पौडेल कांग्रेसका हाल वरिष्ठ नेता हुन भने नेम्वाङ एमालेका उपाध्यक्ष हुनुहुन्छ। यसअघि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए भने पौडेल भने एक पटक संसदीय दलको नेतामा निर्वाचित भई इतिहास रचेका छन। उनले दलमा वरिष्ठ उपसभापतिको समेत जिम्मेवारी सम्हालेका थिए ।  

नेम्वाङ विसं २०४८ मा राष्ट्रियसभा सदस्य तथा पौडेल प्रतिनिधिसभा सदस्य थिए । उम्मेदवार पौडेल विसं २०७४ मा बाहेक तनहुँबाट लगातार प्रतिनिधिसभामा निर्वाचित हुँदैआएका छ भने नेम्वाङ पनि विसं २०५६, २०६४, २०७०, २०७४ र गत मङ्सिरमा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा इलामबाट विजयी भएका छन।

नेम्वाङभन्दा आठ वर्षले जेठा पौडेलको राजनीतिक संलग्नता विसं २०१५ देखि भएको हो । मुलुकमा लोकतन्त्रका प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनका क्रममा पौडेलले विसं २०१८ देखि विसं २०६२ सम्म पटक पटक गरी १५ वर्ष बन्दी जीवन बिताएका छन। उनका ‘प्रजातान्त्रिक समाजवाद, कृषि क्रान्ति र राजनीतिक विश्लेषणसँग सम्बन्धित पाँच पुस्तक तथा केही रचना प्रकाशित छन्।

विसं २०२८ देखि राजनीतिमा प्रवेश गरी निरन्तर क्रियाशील नेम्वाङ पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा पटक पटक नजरबन्द र सात महिना कैद बसेका छन । केही समय प्राध्यापनको अनुभवका साथै वरिष्ठ अधिवक्ता समेतको उपाधि हासिल गरेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए। उनीसँग प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेको अनुभव पनि छ।

पौडेल मानवाधिकार सम्बन्धी पुरस्कारबाट सम्मानित भएका छन भने नेम्वाङ गणेशमान सिंह जनआन्दोलन पदकबाट विभूषित भएका छन। मुलकमा मूल्यमान्यता र  आदर्शको राजनीतिका लागि निरन्तर आवाज उठाउँदै आएका  स्नातकोत्तर पौडेल साहित्यकार पनि हुन।  स्वतन्त्रता र कानूनी राज्यका लागि क्रियाशील नेम्वाङले बिए/बिएलको अध्ययन पूरा गरेका छन ।  

दुवै नेताले मुलुकको कार्यकारी पदका लागि पहल गरे तापनि दलभित्रका राजनीतिक समीकरणले त्यो अवसर दिलाउन भने सकेन । करिब एक दशकअघि भएको प्रधानमन्त्रीको निर्वाचनमा पौडेल एमालेका झलनाथ खनालसँग पराजित भएका थिए । मुलुककै सर्वाेच्च पदका लागि दुवै एकैसाथ प्रतिस्पर्धामा रहनुपर्ने घटनालाई अनौठो संयोगका रूपमा हेरिएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि अपराह्न ३ बजेसम्म आठदलीय गठबन्धन र वर्तमान सत्ता साझेदार एमालेका तर्फबाट मात्र उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो ।

मुलुकको राष्ट्राध्यक्षका रूपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । विसं २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’मा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

मुलुकमा २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता हुने छन्।

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्का ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस