माओवादी यतिबेला 'भारतीय विस्तारवादविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलन' मा छ। यसका लागि भारतद्वारा अतिक्रमित सीमाक्षेत्रको भ्रमण गर्नेदेखि असमान सन्धि-सम्झौता जलाउने र नेपालस्थित भारतीय दूतावास घेर्नेसम्मका कार्यक्रम घोषणा गरिएको छ। ठीक यसैबेला पुष्पकमल दाहालले आफ्नै सहयोद्धा बाबुराम भट्टराईलाई 'भारतले प्रधानमन्त्री बनाउन दबाब दिएको' खुलासा गरे। स्वाभाविक विकल्पका रूपमा संसद्को बहुमतबाट बनेको सरकारलाई 'कठपुतली' ठहर गर्न तल्लीन पार्टीकै अध्यक्षबाट यस्तो अभिव्यक्ति आएपछि एउटा प्रश्नको सहज समाधान भएको छ- प्रधानमन्त्रीका उम्मेदवार पनि विदेशीले कुन पार्टीभित्र छानिदि"दा रहेछन्!
'राष्ट्रिय स्वाधीनताको आन्दोलन' चलाउने पार्टी स्वयम् कति स्वाधीन र सार्वभौम रहेछ? कार्यकर्ता भेलामा गरेको भाषणको 'अडियो' नै सार्वजनिक भएका कारण 'आफ्नो भनाइ बंग्याइएको' र 'पीत पत्रकारिता' गरेको आरोप लगाउन नसक्ने अवस्था आइपरेपछि दाहालले आफ्नो भनाइ सच्याएका छन्। र, त्यो 'सच्चिएको' अभिव्यक्ति झन् लज्जास्पद छ। भारतीयमध्ये कतिपयले आफूलाई र कतिपयले भट्टराईलाई प्रधानमन्त्री बनाउन पहल गरिरहेको दाहालको पछिल्लो अभिव्यक्तिले 'राष्ट्रिय स्वाधीनताको आन्दोलन'को लक्ष्य थप स्पष्ट पारेको छ।
माओवादी आन्दोलनको एउटै मात्र लक्ष्य आफ्नो नेतृत्वमा सरकार गठन गर्नु हो। लन्डन, सिंगापुर र हङकङ यात्राको उद्देश्य पनि यही नै हो। तर, माओवादीको एउटा खुपी मान्नैपर्छ - आफ्नो त्यस स्पष्ट लक्ष्यलाई अनेक जलप लगाएर लुकाउन ऊ सफल देखिएको छ। साढे छ महिनासम्म 'नागरिक सर्वोच्चता' र अहिले 'राष्ट्रिय स्वाधीनता' का नाममा कार्यकर्तालाई प्रधानमन्त्री, मन्त्रीमाथि ढुंगामुढा गराउने काममा लगाइरहन ऊ सफल देखिएको छ। दाहालको अभिव्यक्ति र क्रियाकलाप हेर्दा 'राजनीतिमा जे पनि गर्न हुन्छ' भन्ने भनाइ अपनाइएको देखिन्छ। नत्र भने कुनै नेताले कसरी आफ्नै सहयोद्धालाई 'विदेशी दलाल' भन्न सक्छ? पहिला अरूमाथि लगाउने आरोप दाहालले आफ्नै सहयोद्धामाथि लगाउनुले उनमा रहेको मनोवैज्ञानिक आतंक र त्रासलाई प्रतिविम्बित गर्छ। प्रधानमन्त्री हुन उनी जे पनि गर्न तयार छन् भन्ने सन्देश यस घटनाले दिएको छ। सत्ता र शक्तिका लागि आफ्ना सहयोद्धालाई जे सुकै गर्न पनि पछि नपर्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा नौलो घटना होइन। आफूस"ग विमति राख्ने आफ्नै पार्टीका पोलिट्ब्युरो सदस्यहरूको सफाया गर्ने स्टालिन होऊन् वा पोलपोट, अथवा 'सांस्कृतिक क्रान्ति' का नाममा देङ स्याओपिङ जस्ता सहयोद्धालाई श्रमशिविरमा पठाउने माओ नै होऊन्, विश्व कम्युनिस्ट आन्दोलनले यस्ता थुप्रै कुकृत्यहरु देखिभोगिसकेको छ। अहिले दाहालले भट्टराईलाई सुली चढाउन खोज्नुलाई यसै विकृत परम्पराको निरन्तरताका रूपमा बुझ्न सकिन्छ।
दलहरू भित्र र बाहिर द्वन्द्व हुन्छ। त्यस्ता द्वन्द्व कहिलेकाहीँ सैद्धान्तिक/वैचारिक हुन्छन् भने धेरै जसो व्यक्तिगत अहम्का कारण हुने गरेको देखिएको छ। तर, तिनलाई सहीरूपमा सञ्चालन र ग्रहण गर्ने क्षमता नेपालमा विकास भएको छैन भन्ने सबै पार्टीभित्रका विवाद देख्दा अनुभूति गर्न सकिन्छ। अरू पार्टीभित्र आन्तरिक विवाद सिर्जना गराउन, आपसमा भिडाउन र त्यसबाट फाइदा लिन अभ्यस्त माओवादी स्वयम्भित्र सबभन्दा बढी अस्वस्थ प्रतिस्पर्धा छ। एउटै लक्ष्य, उद्देश्य र आदर्श बोकेका सहयोद्धालाई नै 'भारतको दलाल' भन्नुलाई कसरी सहज मान्न सकिन्छ र? सम्बन्धकै कुरा गर्ने हो भने भारतीय गुप्तचर संस्थादेखि 'विदेशी प्रभु'हरूस"ग सबभन्दा बाक्लो र सघन उठबस दाहालकै छ। सातपटक भारतीय दूतावास धाएको, लन्डन पुगेर भारतीय गुप्तचर संस्थाका प्रतिनिधिलाई भेटेको जस्ता कुरा स्वयम् दाहालले स्वीकारिसकेका छन्। त्यति मात्र होइन, भारतीय एक पक्ष आफूलाई पनि प्रधानमन्त्री बनाउन लागेको उनको स्वीकारोक्तिले सर्पका खुट्टा सर्पले नै देख्छ भन्ने उखानको सम्झना गराएको छ।
दाहालमा अहिले अपूर्व छटपटी र कुण्ठा देखिन्छ, साथसाथै प्रधानमन्त्री पद छोड्नुपर्दाको पश्चाताप पनि। त्यसैले उनले जुनसुकै हालतमा पनि सत्ता प्राप्त गर्ने नीति अख्तियार गरेका छन्। त्यसका लागि जति प्रयास गर्दा पनि समर्थन प्राप्त नभएकै कारणले होला, दाहालले बाहिरीरूपमा 'भारतविरुद्ध संघर्ष गरेर' उसलाई थकाउने प्रयास गरेका छन् भने भित्रीरूपमा उसलाई रिझाउने प्रयास पनि जारी नै राखेका छन्। खरिपाटी बैठकमा 'अब प्रधानमन्त्री हुन्न' भन्ने दाहालले तत्काल सम्भावना नहु"दानहु"दै उधारोमा भए पनि पार्टीभित्र 'अध्यक्षले नै सरकारको नेतृत्व गर्ने' निर्णय गराउने सफलता पाएका छन्। उनका यी सबै गतिविधि हेर्दा उनी सबभन्दा चतुर, अन्तरविरोधमा खेल्न सक्ने र पदका लागि जे पनि गर्न सक्ने नेता देखा परेका छन्।
जे बोल्दा उत्तेजना फैलिन्छ, दाहालले त्यही बोल्दै आएका छन्। समग्र नेपाली सेना र तत्कालीन सेनापतिलाई लाञ्छित गरेको घटना होस् वा अरू दलका नेतामाथि गरेको प्रहार होस्, दाहालका अभिव्यक्ति उत्तेजनात्मक, आवेशयुक्त र गैरजिम्मेवार हुने गरेका छन्। आफ्नो हत्या गर्ने षड्यन्त्र भइरहेको दाहालको अभिव्यक्ति पनि यसकै निरन्तरता हो। विगतमा १५ हजार नागरिकको ज्यान लिने अभियानको नेतृत्व गरेको र आफ्नै सहउत्पादन अहिले हतियारबन्द आन्दोलनमा भएका कारण पनि होला, दाहालले आफ्नो सुरक्षाप्रति निकै चिन्ता प्रकट गरिरहेका छन्। उनका अभिव्यक्ति सुन्दा लाग्छ- उनलाई हिजो मारिएका मानिसको आत्माले तर्साइरहेको छ। आफूलाई मदन भण्डारी र राजा वीरेन्द्रस"ग तुलना गरेर उनले उत्तेजना फैलाउनमात्र खोजेका छन्। त्यसो हो भने हतियार नै सबैथोक हो भन्ने मान्यता राख्ने दाहालले स्वीकार गर्नुपर्यो - हतियार नै सबैथोक होइन रहेछ। नत्र भने १९ हजार लडाकुका नेताले किन यसरी आफ्नो सुरक्षाका लागि चिन्तित हुनुपर्दो हो र?
माओवादी अन्तरविरोध र विसंगतिको पर्याय बनेको छ। आवरणमा जेको विरोध गर्छ, भित्रीरूपमा त्यही गरिरहेको हुन्छ। विगतमा उसले 'राजतन्त्रविरुद्ध' जनयुद्ध गर्दा राजास"ग 'अघोषित कार्यगत एकता' गरेको थियो। अहिले पनि घोषितरूपमा 'भारतीय विस्तारवाद' विरुद्ध आन्दोलन गरिरहेको बेला कतै अघोषित 'कार्यगत एकता' त भइरहेको छैन?
जे होस्, पछिल्लो घटनाक्रमले माओवादीभित्र चलिरहेको नाटकको दुःखान्त पटाक्षेप गरेको छ। आशा गरौँ- यसबाट माओवादीका कार्यकर्तालाई पनि शिक्षा मिल्नेछ।