समयको महत्त्व
११ असार २०७९
•
५ मिनेट पाठ
समयको महत्त्व
यो संसारमा समय कतिसम्म महत्त्वपूर्ण छ र कतिसम्म बलवान् छ भन्ने कुरा यहाँ देखिएका विभिन्न घटनाहरूले दर्शाइरहेकै छन्। हिजोसम्मका करोडपति मानिसहरू आज रोडपति भइरहेका पनि देखिन्छन्। यो सबै समयको खेल हो भनिन्छ। तर मानिसहरूको जीवनममा विभिन्न घटनाले अनि समय परिस्थितिले गर्दा पनि धेरै नै परिवर्तनभइरहेको देखिन्छ।




हिन्दुस्थानका सम्राट अशोक कतिङ्गको युद्धमा विजयी भइसकेपछि युद्ध क्षेत्रमा देखिएका विभत्स दृश्य, हजारौं मानिसका मरेका लास देखेर उहाँको मनमा ठूलो चोट परेपछि युद्ध जित्ने नाममा धेरै नै मानिसहरूको ज्यान लिन पुगेछन्। यस्तो युद्ध गरेर देश जितेर के गर्ने भनी मनमा अशान्ति छायो। तत्कालै सम्राट अशोकले शान्तिको पथ बौद्ध मार्गमा गई आफै बौद्ध भएर विभिन्न देशहरू घुम्दै छोरी चारुमतिलाई पनि साथै लगेर बौद्धमतको प्रचार गर्न थाले।

यसै क्रममा भगवान् गौतम बुद्धको जन्म भएको स्थान नेपालको लुम्बिनीमा आई अशोक स्तम्भ नै बनाइदिए। गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने एउटा सशक्त प्रमाण नै राखिदिए। त्यस्तै अशोककी छोरी चारुमतिले चाबहिलमा बहाल बनाएर बौद्ध स्तुप चैत्य स्थापना गरेर चारुमति विहार भनी नामकरण गरिदिइन्। यसरी समय परिस्थितिले गर्दा मानिसको जीवनमा धेरै नै परिवर्तन ल्याइदिन सक्छ।

त्यस्तै परिस्थितिले नै रत्नाकरजस्ता डाँकुलाई वाल्मीकि ऋषि बनाइदियो। अंगुलिमाल जस्ता राक्षसलाई समेत बुद्धको अनुयायी बनाएर बोधिसत्व नै बनाइदियो। समय यतिसम्म बलवान् छ कि समयको महत्त्व बुझ्न सकेन भने मानिसको जीवनमा धेरै उतारचढाव आइरहन्छ।

समयको महत्त्वको कुरा गर्दा समयको ज्ञानका ज्ञाता लंकापति दशानन रावणलाई बिर्सनु हुँदैन, किनभने लंकापति रावणले २४ घण्टाभित्रको पृथ्वीलाई दुई भागमा विभाजन गरेर दिन र रातको प्रत्येक सेकेन्डको महत्त्वको विषयमा विश्लेषण गरेका रहेछन्। पृथ्वीमा प्रत्येक मानिसहरूले आफ्नो भलाइका लागि खराब समय राहुकालबाट बच्नुपर्छ भनी रावणले भनेका रहेछन्।

हुन त रावण यतिसम्म शक्ति भएका रहेछन् कि नवग्रहलाई नै आफ्नो वशमा राखेका थिए। रावणले प्रत्येक दिनको राहुकाललाई वर्गीकरण गरिदिएका छन्। उक्त वर्गीकरण गरिराखेको समय पृथ्वीको करोडौं वर्षसम्म त्यही नै भइरहन्छ। त्यसमा कुनै पनि हेरफेर हुँदैन भनिएको छ। यो समयलाई पृथ्वीमा रहेका सम्पूर्ण मानिसहरूले जानकारी राख्न सकेमा आफ्नै कल्याण हुने छ। यसमा शङ्का गर्ने ठाउँ छैन, किनभने यो शास्त्रसम्मत छ।

रावणलाई तन्त्र, मन्त्र, ज्योतिष, रसायन शास्त्र, चिकित्सा शास्त्र र अनेकौं गुढ रहस्यका ज्ञाताका रूपमा लिइन्छ। रावण स्वयम् एउटा वैज्ञानिक पनि हुन्। रावण हावामा पनि उड्न सक्ने व्यक्ति हुन्। रावणले भनेको समयमा वर्षा गराउन र हावाहुरी ल्याउन सक्छन्। रावणको आदेशले पहाडले पनि ठाउँ छोड्छ भनिन्छ। यतिसम्म शक्तिशाली हुन् रावण। रावण समय विज्ञानका विशेषज्ञ नै हुन्।

यो कुरा बुझ्नुभएका भगवान् श्रीरामले रावणलाई युद्धमा हराइसकेपछि रावणले मृत्युवरण गर्न लागेको बेलामा पृथ्वीबाट कालको ज्ञान विद्या लोप हुने ठानेर रावणसँग ज्ञान लिन आफ्ना भाइ लक्ष्मणलाई रावणको पाउमा निहुरिएर कालज्ञान माग्न जाऊ भनी आदेश दिएका हुन् भनिन्छ। लक्ष्मणले पनि रावणको गोडा मुनी बसेर दण्डवत् गरेर रावणसँग काल ज्ञानको विद्या मागेर लिएका हुन्।

रावणले लक्ष्मणलाई ज्ञान दिने सन्दर्भमा भन्छन्- ‘प्रत्येक सेकेन्डसेकेन्डको आफ्नै महत्त्व छ, अनि प्रत्येक सेकेन्ड सार्वभौम छ। कुनै समय कुनै पनि समय अन्तर्गत छैन। त्यसो भएकाले जसले ठीक समयमा समयलाई चिनेर पृृथ्वीमा कामकाज गर्छ, उही सफल हुन्छ।’ यति भन्नेबित्तिकै रावणले समयको महत्त्व बुझाउने क्रममा सुकेका सातवटा रुखको पात भुईंमा राखेर रावणले फलामको पहिलो सियोले भुईंमा राखेका सुकेका सातवटै पातमा छुवाउँछ। सियोले छुनेबित्तिकै पहिलो पात सुनको पातमा परिणत हुन्छ।

दोस्रो पात चाँदीको हुन्छ, तेस्रो पात तामाको हुन्छ, चौथो पात फलामको हुन्छ भने अन्य पात पहिला जस्तै सुकेका पात नै भइरहेका देखाएर प्रमाणित गरी भन्छन्–‘देवता पनि यो समयको बन्धनमा बस्नुपर्छ।’

रावणका यस्ता कार्य देखेर लक्ष्मण आश्चर्यचकित भैरहेको बेलामा रावणले लक्ष्मणको शङ्का निवारण गर्दै भन्छ-‘म यतिसम्म शक्तिशाली भएर पनि आज यसरी किन मर्नुपर्‍यो भन्ने शङ्का लागेको हुन सक्छ। यो स्वाभाविकै हो तर मलाई यो सबै कुरा पहिला नै थाहा थियो। आजको यो शुभ समय पारेर मेरो अन्त्य यसरी भगवान् श्रीरामको हातबाट हुनु नै मेरो मुक्तिको मार्ग हो। यसमा कुनै शङ्का लिनु पर्दैन।’

जसले पनि शुभ कार्य गर्नुपरेमा साइत हेर्नुपर्छ। शुभ समय पारेर गर्नुपर्छ भनी साइत हेरेर मात्र गर्ने चलन छ। जस्तोसुकै शुभ कार्य गरेको किन नहोस्, यदि त्यो राहुकालमा परेको रहेछ भने त्यस समयमा गरेको कार्य सफल हुन सक्दैन। भारतका ज्योतिष विज्ञानका ज्ञाता त्रिकालदर्शी डा. नारायणदत्त श्रीमालीले पनि रावणको काल ज्ञानलाई आत्मसात गरेर समयलाई महेन्द्रकाल, अमृतकाल, बक्रकाल, शून्यकाल र राहुकाल गरी वर्गीकरण गरेका छन्।

लंकापति रावणले सम्पूर्ण मानिसको कल्याणका लागि करोडौं वर्षसम्म हेरफेर नहुने सात बारका खराब समय अर्थात् राहुकालको समय तोकिदिएका छन्। लोक कल्याणका लागि शुभ कर्म गर्दा, कतै जाने बेलामा, कुनै पनि कुराको निर्णय गर्नुपर्दा यो राहुकालबाट बच्नुपर्छ भनिएको छ। त्यसैले मैले यहाँ सबैको कल्याण होस् भनी राहुकालको समयतालिका प्रस्तुत गरेको छु।

यो समयतालिका प्रत्यक दिन, प्रत्येक महिना र वर्षमा यही नै भइरहन्छ। यसमा परिवर्तन हुन सक्दैन। यो समयतालिका करोडौं वर्ष पनि यही नै रहन्छ। खराब समय अर्थात् राहुकालको समयतालिका यसप्रकार छ-आइताबार दिनको ४ः३० बजेदेखि ६ः०० सम्म, सोमबार बिहान ७ः३० बजेदेखि ९ः०० सम्म, मंगलबार दिनको ३ः०० बजेदेखि ४ः३० सम्म, बुधबार दिउँसो १२ः०० बजेदखि १ः३० सम्म, विहीबार दिउँसो १ः३० बजेदेखि ३ः०० सम्म, शुक्रबार बिहान १०ः३० बजेदेखि १२ः०० सम्म र शनिबार बिहान ९ः०० बजेदेखि १०ः३० सम्म। यहाँ यो दिइएको समयतालिका लंकापति रावणले राहुकालको रूपमा उल्लेख गरिराखेका हुन्।

यस्तै शुभ समय भनेर रावणले उल्लेख गरिराखेको समय यसप्रकार छ-आइतबार दिनको ३ः०० बजेदेखि ४ः३० सम्म, सोमबार दिनको १ः३० बजेदेखि ३ः०० सम्म, मंगलबार दिउँसो १२ः०० बजेदेखि १ः३० सम्म, बुधबार बिहान १०ः३० बजेदेखि १२ः०० सम्म, विहीबार बिहान ६ः३० बजेदेखि १०ः३० सम्म, शुक्रबार बिहान ७ः३० बजेदेखि ९ः०० सम्म र शनिबार बिहान ६ः०० बजेदेखि ७ः३० सम्म। यो शुभ समय पारेर काम गर्नुपर्छ, सफल भइन्छ।

यो समयतालिकामा विश्वास भए पनि, नभए पनि मन लागेका पाठकहरूले व्यवहारमा एकपटक प्रयोग गरेर अनुभव गरी हेरौँ। अस्तु।
अर्को समाचार
देशको समृद्धि र विकासका लागि समयको महत्त्वलाई बुझौंं: नेता शाही
०९ चैत्र २०७९
•
२ मिनेट पाठ
देशको समृद्धि र विकासका लागि समयको महत्त्वलाई बुझौंं: नेता शाही
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले देशको विकास र समृद्धिका लागि समयको महत्त्व बुझेर त्यसको पालना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।




उनले समयमै हिँड्न नसक्दा देशको विकास हुन नसकेको बताउँदै सबैले समयको पालना गर्न सिक्नु आवश्यक रहेको बताए।

‘विदेशमा प्रत्येक सेकेण्डको महत्त्व हुन्छ, हामी नेपालीहरुले समयको महत्त्व बुझेकै छैनौं,’ बिहीबार वीरेन्द्रनगरमा नेपाल शिक्षक संघको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका शाहीले भने, ‘जबसम्म हामी समयसँगै हिँड्न सक्दैनौँ, देशको विकास र समृद्धिले गति लिँदैन।’

शाहीले शिक्षकहरु समयको महत्त्वका बारेमा बुझ्ने, बुझाउने र कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताए। ‘शिक्षक आफै समयमा हिँड्न सक्यो भने त्यसको सिको विद्यार्थीहरुले गर्छन्, अभिभावकहरूले गर्छन्,’ उनले भने, ‘जसरी परीक्षामा समय तोकेर परीक्षा लिइन्छ, त्यसैगरी समयलाई आफ्नो जीवन व्यवहारमा प्रयोग गर्नु आवश्यक छ।’

उनले शिक्षकहरुको बोली र व्यवहारले समाज परिवर्तनमा ठुलो अर्थ राख्ने बताए। ‘समयसँगै शिक्षक हिँड्न सकेमा शिक्षाको गुणस्तर वृद्धिमा पनि सघाउ पुर्‍याउँछ,’ उनले भने, ‘विद्यार्थीले समयको महत्त्व सिके त्यसको प्रभाव देश निर्माणमा पनि पर्छ।’

कांग्रेस केन्द्रीय सदस्य शाहीले शिक्षामा समय सापेक्षा परिवर्तनको आवश्यकता रहेको बताए। उनले नीति राम्रो भएर मात्रै नहुने बताउँदै नीति कार्यान्वयन गर्ने नेतृत्व पनि उत्तिकै प्रभावकारी हुनुपर्ने बताए।

‘नीति राम्रो भएर मात्रै हुँदो रहेनछ भन्ने हामीसँग धेरै उदाहरणहरु छन्,’ उनले भने, ‘नीतिसँगै त्यसको कार्यान्वयन गर्ने नेतृत्व राम्रो हुनुपर्छ।’ उनले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षकहरूको क्षमता विकासमा ध्यान दिनु आवश्यक रहेको बताए।

शाहीले कर्णाली पछाडि पर्नुको कारण पूर्वाधारको कमिलाई औँल्याए। ‘कर्णालीको भूगोल ठुलो छ, जनसंख्या कम हुँदा बजेट थोरै आउँछ,’ उनले भने, ‘त्यो बजेटले पूर्वाधार निर्माण गर्न कर्णालीमा सम्भव छैन।’

उनले पूर्वाधार भए कर्णालीको विकास र समृद्धिले समग्र देशको समृद्धिलाई अघि बढाउने बताए। ‘कर्णालीमा अझै सदरमुकामसम्म पुग्ने सडक छैनन्, राम्रा सडक नहुँदा प्राकृतिक स्रोत–साधन र पर्यटकीय क्षेत्र भए पनि पर्यटकहरु आउँदैनन्,’ उनले भने, ‘पूर्वाधार भइदिए कर्णाली आफै समृद्धिको मार्गमा अघि बढ्छ।’
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस