प्रधान मन्त्री बीपी कोइराला सन् १९६० मा चीनको औपचारिक भ्रमणका बखत अध्यक्ष माओत्सेतुङले बडो स्पष्ट शब्दमा 'नेपालले भारतसँग धेरै राम्रो सम्बन्ध राख्नुपर्छ' भन्नुभएको थियो । भारतको धारणा पनि सुरुदेखि नै त्यस्तै प्रकारको देखिन्छ । नेपालको चीनसँग दौत्य सम्बन्ध स्थापनापूर्व नै सन् १९५४ मे ८ मा प्रधान मन्त्री मातृकाप्रसाद कोइरालालाई भारतीय प्रधान मन्त्री जवाहरलाल नेहरुले एक पत्र लेखी तिब्बतबारे नेपालले प्रकाशित गरेको धारणा (स्टेटमेन्ट) प्रति बेखुसी प्रकट गर्दै 'तपाईंले भारत चीनबीच भएको सम्झौता पढेकै हुनुपर्छ' भनी चीनलाई चिढाउने कुरा नगर्न आग्रह गरिएको थियो । भन्नुको तात्पर्य के भने, नेपाल चीनको पक्षमा झुकेको देख्न नचाहने भारत, चीनको चासोका विषयमा उसलाई अप्ठ्यारो पार्न सक्ने कुरामा नेपाल अगाडि नबढोस् भन्ने धारणा पनि साथै राखेको पाइन्छ । यसबाट नेपालले बुझ्नुपर्छ प्रत्येक मुलुकको आआफ्नै राष्ट्रिय स्वार्थहरू हुन्छन् । जसमा भारत र चीनको राष्ट्रिय स्वार्थका बीच नेपालले सधैँ नै सन्तुलन र सद्भाव बनाइराख्नुपर्छ । आफ्नो राष्ट्रिय स्वार्थ–स्वतन्त्रता, सार्वभौमिक अखण्डतालाई बचाउन नेपालले रक्षात्मक नीति (डिफेन्सिभ पोलिसी) अवलम्बन गर्नुपर्छ ।'रक्षात्मक नीति' भनेको आइलाग्दा आफ्नो सुरक्षा गर्न सक्नु हो । यसका लागि घर बलियो चाहिन्छ । त्यसैका निम्ति पछिल्ला समयमा हामीले 'बाह्र बुँदे समझदारी'देखि संविधान निर्माणसम्म एउटा राष्ट्रिय संकल्प एवं अठोटलाई सही दिशा दिन एकता कायम राख्दै तानाशाहीविरुद्ध संयुक्त जनआन्दोलन गर्दै २०७२ असोज ३ गतेसम्म आइपुग्यौँ । र, अन्त्यमा कसैको दबाब एवं कूटनीतिक प्रभावमा नपरी एउटा ऐतिहासिक निर्णय लियौँ– 'नेपालको संविधान' घोषणा ग¥यौँ । हामीलाई यस बिन्दुसम्म सफलतापूर्वक आइपुग्ने प्रेरणा अघिल्लो संविधान सभाले नै दिएको हो । उक्त सभाले आफ्नो कार्यकालमा संविधान जारी गर्न नसकी अवसान भोग्नुपरेको थियो । यसपटक पनि त्यस्तो नहोस्, कहिल्यै पनि विश्वसामु नझुक्ने नेपाली आफ्नै अकर्मण्यतासँग झुक्न नपरोस् भन्ने चिन्ता र चासो वर्तमान रूपान्तरित संसद्का प्रत्येक सदस्यले संविधान सभामा प्रवेश गर्दा र सपथ लिँदा महसुस गरेको थियो । सत्तापक्ष नेपाली कांग्रेस र सत्तामा प्रमुख साझेदार नेकपा एमाले त छँदै थिए, प्रतिपक्षमा रहेको ठूलो दल एनेकपा माओवादी र तराई–मधेसका मुद्दामा केन्द्रित रही असन्तुष्टिका अभिव्यक्ति दिने दलका सभासद्हरूसमेत यसपटक संकल्प गरिएको समयावधिभित्र संविधान घोषणा गर्नुपर्छ भन्नेमा दृढ थिए । आआफ्नो दलका नेतृत्व तहले सत्ताका कारण खुट्टा कमाए भने पनि हामीले दह्रो बनाउनुपर्छ भन्ने अर्को अघोषित संकल्प पनि थियो । त्यसैले नै आज हामी प्रत्येक सदस्यलाई एउटा ऐतिहासिक कार्यमा सहभागिता रहेकोमा गौरवको अनुभूति गर्ने सौभाग्य मिलेको छ ।
जनताको भावना र चाहना 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'को घोषणालाई संस्थागत गर्ने संविधान चाँडै ल्याउनुपर्छ भन्ने थियो । प्रत्येक सभासद्लाई पनि निर्वाचनदेखि त्यही भावनाले उत्प्रेरित गरेको थियो । सत्तापक्षको नेतृत्व गर्ने प्रमुख दल कांग्रेस र प्रधान मन्त्री सुशील कोइरालासमेत त्यसै भावनाबाट उत्प्रेरित थिए । त्यस्तै भावना एमालेभित्र पनि थियो । त्यसैले संविधान घोषणा छिट्टै हुन सक्यो । तर, घोषणापश्चात् एउटा ठूलो जनसंख्याले आज पछाडि परेको महसुस ग¥यो । मेचीदेखि महाकालीसम्मले समानरूपमा दीपावली गर्ने अपेक्षा रहेकोमा तराई–मधेसका अधिकांश भागमा खुसियालीको दियो बलेनन् । यही बिन्दुबाट कैलालीको अत्यन्त दुखद–अनपेक्षित र स्मृतिबाट टाढा भइसकेको १० वर्षे हिंसात्मक द्वन्द्वलाई स्मरण गराउने प्रकृतिको विभत्स घटना भयो । यसबीच करिब आधा सयले तराई–मधेस आन्दोलनमा ज्यान गुमाएका छन् । प्रमुख ठूला दलहरू संविधान घोषणानजिक आइपुग्दा प्रमुख ४ सहयात्रीमध्ये एउटा किन पछाडि छुट्यो ? त्यसलाई बुझ्नुपथ्र्यो । त्यसैलाई निहुँ बनाएर छिमेकीले 'अघोषित नाकाबन्दी' पनि प्रारम्भ ग¥यो । तर, यसपटकको नाकाबन्दी अघिल्ला दुईवटा भन्दा छुट्टै प्रकृतिको भयो ।
यस स्थितिले नेपालको राजनीतिक नेतृत्वलाई अर्को चुनौती थप्यो । तराई–मधेससँग मात्र नभई अब दिल्लीसँग पनि संवाद थाल्नुपर्ने भयो, कैलाली र जनकपुरमा पुग्दा सल्टिनसक्ने विषय मुलुकबाहिर पनि पुग्नुपर्ने बाध्यात्मक स्थिति पैदा भयो । यसैबीच भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीका विशेषदूत काठमाडौँ आइपुगेका थिए– समग्र घटनाले वर्तमानको स्वरूप नलिँदै । उनको पछिल्लो उद्देश्य संविधान घोषणा केही दिन रोक्न सल्लाह दिने थियो । अर्को उद्देश्य, तराई–मधेस आन्दोलनप्रति समर्थन प्रदर्शित गर्नु थियो । यता, संविधान घोषणा गरिछाड्ने संकल्प धेरै अगाडि बढिरहेको थियो । एक मिनेट ढिलाइ गर्दा पनि संविधान घोषणाको घडी झन्झन् टाढा हुने हो कि भन्ने आशंका व्याप्त थियो । तराई–मधेस भने त्यतिखेरसम्म संविधान निर्माणको यात्रामा धेरै पछाडि छोडिइसकेको जस्तो थियो । संविधान सभाको गति भने छिटो संविधान घोषणा गर्ने र नयाँ सरकार बनाउन बाटो खुला गरिदिनेतिर केन्द्रित देखिन्थ्यो ।
संविधान घोषणा गर्ने क्रम एकनासले अगाडि बढिरहेको बेला भारतीय विशेष दूतको आगमन भयो । त्यस अवसरलाई कसरी उपयोग गर्ने भन्ने सोच र चिन्तन त्यति भएन । हाम्रो परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्वको ऊर्जा त्यसतर्फ लाग्न सकेनमात्र होइन स्थिति अरु बिग्रन नदिनेतर्फ सजगताको अभाव पनि देखियो । त्यतिखेर एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय दूतबारे गरेका टीकाटिप्पणीले कस्तो परिणामा ल्यायो, भनिरहन नपर्ला । उता, सत्तापक्षको प्रमुख साझेदार दलको शीर्ष नेता केपी शर्मा ओलीले बोल्दा विद्यमान जटिल समस्या समाधानमा कति सहयोग पुग्यो होला त्यो पनि यहाँ भनिरहन नपर्ला । सत्तापक्षको नेतृत्व गरिरहेको पार्टीको नाताले सरकारीस्तरबाट र साझेदार दलका तर्फबाट भैरहेका कूटनीतिक–गैरकूटनीतिक अभिव्यक्तिप्रति 'मौनम सम्मत्ति' देखिँदै जाँदा समग्रमा भारतीय दूतले कस्तो धारणा बनाएर फर्के, अनपेक्षित 'अघोषित नाकाबन्दी'बाट नै स्पष्ट भएको छ ।
कांग्रेसले त्यसबीच महसुस ग¥यो– संविधान घोषणाअघिसम्म तराई–मधेसकेन्द्रित दल फोरम (लोकतान्त्रिक) पछाडि छुट्न गएको छ । हाम्रा कारणले वा उसैका कारणले ! अर्को महŒवपूर्ण तप्काले संविधान सभाबाट अलग भएर सडक आन्दोलनमा सहभागी भयो । अर्को पक्षले राजिनामा नै दिएर तराई–मधेस आन्दोलनलाई चर्काउन श्रेयष्कर ठान्यो । यसरी देशको एउटा महŒवपूर्ण हिस्सा बुझेर–नबुझेर घोषित संविधानको पक्षमा नहुनु कुनै पनि हालतमा चित्त बुझाउन सकिने कुरा होइन । कांग्रेसले यस स्थितिमा महसुस ग¥यो– असन्तुष्ट पक्षलाई अब धेरै टाढा रहन दिनु हुँदैन । त्यही बिन्दुबाट प्रधान मन्त्री पदका लागि कांग्रेसले आफ्नो उम्मेदवार खडा गर्ने निष्कर्ष निस्क्यो । तराई–मधेसलाई राष्ट्रिय मूलधारबाट अलग्याएर अभीष्ट पूरा गर्न खोज्ने एउटा वृत्तलाई मैदान खाली गरिदिएजस्तो नहोस् भन्ने चासो र चिन्ताको यसै बिन्दुमा कांग्रेसको ध्यान केन्द्रित हुन पुग्यो । त्यतिमात्र नभई नेपालको राजनीतिक जागरणको उषाकाल र ०७ सालको जनक्रान्तिदेखि निरन्तर साथमा रहेको तराई–मधेसले आफ्नो हकअधिकारको सन्दर्भमा ठगिएको महसुस गर्न हुँदैन भन्ने निष्कर्ष नै निर्वाचनमा उम्मेदवारी दिने र अहिले प्रतिपक्षको भूमिकामा सक्रिय रहनु हो । यद्यपि, नेपाली राजनीतिक परिदृश्यमा यसलाई आश्चर्यको दृष्टिले हेरिने र केही हदमा रहस्य ठानी विश्लेषण गर्नेको कमी छैन, जसलाई समयले नै प्रष्ट्याउने छ ।
कांग्रेस भूकम्पपीडित जनताको कष्ट र नाकाबन्दीबाट उत्पन्न थप संकटलाई 'राष्ट्रिय संकट' ठहर गरी यसबाट मुक्तिका लागि आलोचना र अपमानजनक टीकाटिप्पणी हुँदाहुँदै पनि आफ्नो निर्णयमा स्वाभाविक अडान राखेको छ । कांग्रेस राष्ट्रिय स्वार्थको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताप्रति दृढताका साथ अडान र तराई–मधेससँगको आत्मीयताको तन्तुलाई कमजोर हुन नदिन र थप मजबुत बनाउन हरप्रकारले गम्भीर छ भन्ने सन्देश दिन चाहन्छ । तराई–मधेससम्बन्धी मुद्दा, नाकाबन्दी, भूकम्पग्रस्त क्षेत्रको समस्या र भारत–चीनसँगको सम्बन्ध एवं सन्तुलनजस्ता विषय झन् पेचिलो बन्दै गएकोले त्यसप्रति आफ्नो जिम्मेवारी कांग्रेसले महसुस गरिरहेको छ । प्रतिपक्षमा रहेर अब कसरी यी विषयमा अग्रसरता लिन्छ त्यो मननयोग्य छ ।
जनता क्रमशः संकटको गहिराइतिर घचेटिँदै छन् । हिमपातपछिको चीसो ठिग्रो बढ्न थालेको छ, इन्धन आपूर्ति अवरुद्ध छ, देशको अर्थतन्त्र ठप्प हुनेतिर उन्मुख छ । सबैभन्दा गम्भीर कुरा त बिरामी–केटाकेटीको अवस्था अझ दयनीय बन्दै गएको छ । यति हुँदाहुँदै पनि नेपालीको धैर्य स्तुत्य छ, तर कति दिनसम्म ? कहिलेसम्म ? यसरी राजनीतिक संकट, आर्थिक संकटले कूटनीतिक संकटको अर्को चक्रब्यूह बन्दैछ । भारत हिजो मोदीमैत्री स्थितिबाट आज नाकाबन्दी लगाउने छिमेकीका रूपमा देखिन्छ । नाकाबन्दी यसपटक लोकतान्त्रिक गणतन्त्र नेपालविरुद्धजस्तो हुन गएको छ । यो वास्तविकता छँदाछँदै पनि भारत प्रतिदिन नाकाबन्दीकै पक्षमा स्वयं फस्दै गएको देखिन्छ । वास्तविकताको यही बिन्दुमा पुग्दा कांग्रेस अझ गम्भीर बन्न पुगेको छ ।
नेपालीलाई संकटबाट मुक्ति दिलाउन चीनले आफ्नो तर्फबाट हुनसक्ने सहयोगमा उदारता देखाएको छ । तात्कालिक समस्याका लागि अनुदानमा इन्धन आपूर्ति र राष्ट्रको एकतिहाइ इन्धन आवश्यकता पूरा गर्न गुणस्तरीय इन्धनको नियमित आपूर्तिको वचनबद्धता यस दिशामा महŒवपूर्ण कदम हो । यसको सारा नेपालीले प्रशंसा गरेका छन् । चाहेमा थप सहयोग पनि दिन तयार रहेको जनाएर चीनले हाम्रो हौसला बढाएको छ । तर, प्रमुख नाकाहरूमध्ये दुई नाका भूकम्प, बाढीपहिरोले दुरुस्त हालतमा छैनन् । अब हिँउ पर्ने मौसम आइसक्यो, यस स्थितिमा पनि नाकाहरूलाई चालु राख्न चीनले वचन दिएको छ । भारतमुखी हाम्रो अर्थतन्त्रलाई चालु राख्न उसले लगाएको नाकाबन्दी नै हटाउनुपर्छ । अहिलेको राष्ट्रिय चुनौती यही नै हो । नाकाबन्दीको स्थितिमा चीनबाट हुने आपूर्ति र सहयोग पनि पूर्णरूपले सहज बन्न सक्तैन । समुद्रसम्म पुग्ने पारवहन सुविधा पनि नाकाबन्दीले नै अवरुद्ध छ, त्यसैले चीनको सदासयता र भारतको अपेक्षालाई सन्तुलित बनाइ राख्ने चुनौती आज मुलुकसामु छ । राजनीतिक दलहरूका शीर्ष नेतृत्वले बोल्नुअघि परिस्थितिको गम्भीरता र देशको अवस्था मनन गर्नु जरुरी छ ।
नेपाली कांग्रेस नेता तथा सांसद